बसन्त महर्जन पशुपति क्षेत्रमा शैव मतसँग सम्बन्धित धार्मिक तथा सांस्कृतिक कलावस्तु पाइनु स्वाभाविक हो । किनभने प्राचीनकालदेखि यो शैवमार्गीहरूका लागि ठुलो धार्मिक स्थलको रुपमा रहँदै आएको कुरामा शंका छैन । अलि गहिरिएर हेर्दा यो शैवमार्गीको धार्मिक स्थल मात्रै नभएर एउटा सिंगो सभ्यता र ऐतिहासिक निरन्तरता भएको कुरा छर्लङ्ग हुन्छ । धार्मिक क्षेत्रका रुपमा मात्रै रहेको भए सामाजिक तथा सांस्कृतिक बन्दोवस्त हुँदैनथ्यो । त्यो प्राचीन सामाजिक तथा साँस्कृतिक बन्दोवस्त आजपर्यन्त जीवित पाइनु नेपालको लागि मात्र नभएर विश्व इतिहासकै लागि पनि गौरवको कुरा हो । काठमाडौं उपत्यकाका अन्य वस्तीसमान यहाँ पनि एउटा…
Read MoreCategory: लेख
महासिद्ध तिलोपा र नारोपाका दुई गुफा
बसन्त महर्जन पशुपति आर्यघाटबाट उत्तर वाग्मती नदीको विपरित दिशामा अघि बढ्न हिजोआज बायाँ किनारमा बाटो बनेको छ । अलि अगाडि बढेपछि दुई वटा गुफा भेटिन्छ । निकै खोंचमा रहेको यो ठाउँसम्म पुग्न कैलाश पर्वतबाट सानो खुड्किलाहरु पनि बनेका छन् । यहाँ पुग्ने अर्को बाटो भनेको गौरीघाटबाट दायाँ किनारा लागेर अलि तल झर्ने हो । अलि एकान्त र मान्छेको चहल पहल पनि उस्तो नहुँदा दिउँसै अँध्यारोजस्तो वा कहाली लाग्दो वातावरण पाइन्छ । लागू पदार्थ सेवन गर्ने कुलतमा फसेका युवाहरुको अखडा भएकाले जो कोही सज्जनहरु प्रायः यतातिर जाँदैनन् । तर यहाँ रहेका…
Read Moreपशुपति राजराजेश्वरी घाटको बुद्ध मूर्ति
पशुपति क्षेत्रको राजराजेश्वरीघाटमा बुद्धको उभिएको एउटा सुन्दर मूर्ति छ । सो क्षेत्रमा बुद्धका अन्य प्राचीन मूर्तिहरु पनि प्रसस्त मात्रामा पाइन्छन् । विभिन्न कालमा बनेका ती मूर्तिहरुले त्यति बेलाको इतिहास, संस्कृति, समाज र ज्ञानविज्ञानका कुराहरु व्यक्त गरिरहेका हुन्छन् । त्यहाँ प्राप्त प्रत्येक मूर्तिका आआफ्नै विशेषताहरु छन् र उल्लेखनीय नै मान्नु पर्दछ, शैव मूर्ति हुन् वा वैष्णव मूर्ति, शाक्त मूर्ति हुन् वा बौद्ध मूर्ति । बौद्ध मूर्तिहरुका सम्बन्धमै पनि लामो चर्चा सकिन्छ तर यहाँ उल्लेखित मूर्तिमा नै केन्द्रित हुनाका कारण बुद्धका अन्य मूर्तिहरुमध्येमा पनि यो विशेष उल्लेखनीय हुनु हो । मूर्तिको सुन्दर…
Read Moreकाठमाडौं उपत्यकाको बौद्ध नेवार समाजमा प्रचलित ‘पञ्जराँ’ पर्व
बसन्त महर्जन बौद्ध धर्मदर्शनमा बज्रयान विस्तृत भूभागमा फैलिएर लामो समयदेखि जीवन्त रहेको भएपनि यसका संस्कार संस्कृति र परम्परा तथा अभ्यासहरु सबै ठाउँ र समाज समान रुपमा रहेको पाइँदैन । अर्को शब्दमा भन्नु पर्दा बज्रयान समाजभित्र पनि विविधता पाइन्छ । काठमाडौं उपत्यकाको बौद्ध नेवार समाजमा प्रचलित ‘पञ्जराँ’ पर्व यही कुराको एउटा ज्वलन्त उदाहरण हो । बौद्ध धर्ममा दानको महिमा मुक्तकण्ठले गाउने गरिन्छ । दानलाई पुण्य संचय गर्ने अवसरका रुपमा पनि लिइन्छ । तसर्थ, सर्वसाधारणदेखि धनीमानी तथा राजा महाराजा पनि दानकार्यमा सरिक भइरहेका हुन्छन् । बोधिसत्वहरुले पूरा गर्नुपर्ने पारमितामा एउटा दानपारमिता रहेको…
Read Moreअनेक नामका भगवान बुद्धहरु
बसन्त महर्जन बुद्ध व्यक्तिको नाम भन्ठान्नेहरु पनि धेरै हुँदा रहेछन् । उनीहरुका अनुसार अन्य धर्मसम्प्रदायका राम, कृष्ण, महादेव, विष्णु, वर्धमान, जीसस आदि भनेजस्तै बुद्ध पनि व्यक्ति विशेषको नाम हो । बुद्ध र बौद्ध धर्मदर्शनको सामान्य रुपरेखासम्बन्धी ज्ञानको अभावमा यस्तो भ्रम रहने गरेको भनेर बुझ्न गाह्रो छैन । गहिरिएर अध्ययन गर्नेहरुका लागि बुद्ध मात्रै भनेर पुग्दैन । बुद्ध त बुद्ध, कुन बुद्ध भनेर प्रश्न गर्दा यससम्बन्धमा जानकारी नभएकाहरु सामान्यतः अलमलिन्छन् । हामीसँग केही बुद्धको नाम मात्रै जानकारीमा छ, त्यो भन्दा निकै संख्यामा बुद्धहरु हुनसक्ने अनुमान बौद्ध धर्मदर्शनको अध्ययनपछि थाहा हुन्छ ।…
Read Moreकाठमाडौंको बौद्ध समाजमा प्रचलित गुँला पर्व
बसन्त महर्जन काठमाडौं उपत्यकाको बौद्ध जनजीवनमा श्रावणशुक्ल प्रतिपदादेखि एक महिनासम्म विहानैदेखि एक विशेष प्रकारको वातावरण सिर्जना हुन्छ । यसलाई गुँला पर्वको माहौल भन्न सकिन्छ । यस बेला बौद्धहरु विहानैदेखि बडो उत्साह र उमंगका साथ धार्मिक क्रियाकलापमा विशेष रुपमा संलग्न हुन्छन् । काठमाडौं उपत्यकाको धार्मिक तथा सांस्कृतिक जीवन स्वयम्भू महाचैत्यमा केन्द्रित छ । यसअनुसार यो स्थल सबैभन्दा महत्वपूर्ण र गौरवपूर्ण रहेको छ । सक्नेहरु प्रत्येक दिन विहान नित्यकर्म सम्पन्न गरी यहाँ जान्छन् भने नसक्नेहरु घर वरिपरिका बौद्ध स्थलहरुको परिक्रमा गरी दैनिक जीवन सुरु गर्दछन् । गुँला पर्वका बेला भने स्वयम्भू जान…
Read Moreफर्पिङमा आचार्य पद्मसंभवको साधना
बसन्त महर्जन काठमाडौंमा मुख्य सहरी क्षेत्रबाट कीर्तिपुरको चोबाहाः (चोभार), टौदह, चाल्नाखेल हुँदै करीव २५ किलोमिटरको यात्रा गरेपछि फर्पिङ नामको एउटा प्राचीन नेवार वस्ती आउँछ । यो ठाउँको स्थानिय प्रचलित नाम ‘फंपि’ हो भने केही सय वर्षअघिसम्म ‘फनपि’ रहेको देखिन्छ । अर्थात्, फर्पिङ आजभोलि मात्रै बसेको नाम हो । हाल यो दक्षिणकाली नगरपालिकाअन्तर्गत रहेको यो क्षेत्र नेपालको मध्यकालीन इतिहासमा शक्तिशाली सामन्तहरुमार्फत शासित थियो । तत्कालीन सामन्तहरु एवं घटनाप्रवृत्तिको अध्ययन गर्दा केन्द्रिय शासनलाई नै पनि हाँक दिएर केन्द्रिय राज्यलाई अप्ठ्यारोमा पार्दथ्यो । इतिहासकै कुरा गर्ने हो भने पनि यो क्षेत्रमा प्राप्त लिच्छविकालीन…
Read Moreगौतम बुद्धको विलक्षण प्रतिभा र अलौकिक क्षमता
बसन्त महर्जन गौतम बुद्धले ३५ वर्षको उमेरमा वैशाख पूर्णिमाका दिन बोधगयामा बुद्धत्व प्राप्त गरेको र पञ्चभद्दीय भिक्षुलाई धर्मदेशना गर्नका लागि ऋषिपतनमृगदावनतर्फ लागेको घटना त प्रसिद्ध नै छ । यही बेला बाटोमा हिड्दै गर्दा उपक नामका एक आजीवक साधुले बाटोमा भेटे थिए । गौतम बुद्धको व्यक्तित्व देखेर उपक अचम्म भएका थिए र के कसो हो भनेर प्रश्न पनि गरे । बुद्धले दिएको जवाफ उनले बुझ्नै सकेनन् र मथिंगल खलबल्याएर बाटो लागेका थिए । घरमा जवान छोरीका लागि सुहाउँदो वर खोज्दै हिडेका ब्राह्मण मागन्दीयले कुरुको ठुलो वस्ती कम्मासदम्मको छेवैमा रहेको भारद्वाज ब्राह्मणको…
Read Moreबुद्धकाल र बौद्धकालको गलत बुझाइ
बसन्त महर्जन बौैद्ध विषयसम्बद्ध लेखरचना तथा प्रसार सामग्रीमा प्रायशः ‘बुद्धकाल’ वा ‘बौद्ध काल’ दुई शब्दको प्रयोग पाइन्छ । यी दुई शब्द प्रायशः नेपाली तथा हिन्दी भाषामा प्रकाशित हुने पत्रपत्रिकाहरुमा देख्न पाइन्छ । काल अवधिको बोध गराउन प्रयोग गर्ने यी दुई शब्दले बेग्लाबेग्लै अर्थ दिन्छ । तर प्रयोगकर्ताहरुमा ‘बुद्धकाल’ र ‘बौद्धकाल’ भनेर समानार्थी शब्दको बुझाइ रहेको पाइन्छ र त्यही अनुसार बुझाउन खोजेको देखिन्छ । यो बुझाइमा रहेको त्रूटिहरुमा घोट्लिँदा सामान्यदेखि गम्भीर भूलहरु पनि दुष्टिगोचर हुन्छ । तसर्थ अलिकति मात्रै होस् पु¥याउन सकेमा पनि धेरै कुरा स्पष्ट हुनसक्छ । सामान्यतः बुद्ध भनेर…
Read Moreबोधिसत्वको मणि दानस्थल मणिचुड दह
बसन्त महर्जन भूकम्पले क्षतिग्रस्त प्राचीन नेवार वस्ती साँखुलाई तलै छाडेर हामी चढेको गाडी उत्तरतिर हुुइँकिएको केही बेरमा नै उकालो सुरु भयो । हामी मणिचुड दहलाई गन्तव्य बनाएर हिडेका थियौं । बाटोको दायाँ बज्रंयोगिणी मन्दिरको ढोकैमा पुुग्दा पनि गाडीअगाडि बढेको पारा हेर्दा लाग्दथ्यो, हिड्नै नपर्ने गरी मणिचुड दहसम्मै पु¥यादिन्छ । बज्रयोगिनी हामीमध्ये कसैका लागि पनि नौलो थिएन र फर्केर आउँदा मन्दिरमा पस्ने योजना त थियो नै । प्रसिद्ध बौद्ध तीर्थस्थल मणिचुड दहसम्मको यो यात्रा मेरो दोस्रो हो । त्यहाँसम्म पुग्ने मोटर बाटो पहिला त थिएन, अब बन्यो कि ? आजभोलि हिड्ने…
Read More