क्रकुच्छन्द बुद्धको जन्म र निर्वाणस्थल क्षेमवती

बसन्त महर्जन कपिलवस्तु जिल्लाको सदरमुकाम तौलिहवाबाट दक्षिण ४ किलोमिटर र कुदानबाट २ किलोमिटर पश्चिम लागेपछि गोटिहवा नामको एउटा गाउँ आउँछ । त्यहाँ माथिल्लो भाग भाँचिएको र तल्लो भागमात्रै बाँकी रहेको विशाल शिलास्तम्भको अवशेष देख्न पाइन्छ । २०५३ सालमा पहिलो पल्ट सो ठाउँमा पुग्दा स्थानिय जनताले ‘फुटेश्वर महादेव’ भनेर चिनाएको थियो । कुनै बेला अत्तोपत्तो नै नभएको सो स्तम्भ पुरातात्विक उत्खनन्बाट उजागर भएको थियो भने पुरातत्वसम्बन्धी स्थानिय जनतालाई ज्ञान दिन नसक्दा फुटेको शिवलिङ्ग भन्ठानेछन् र फुटेश्वर महादेव नाम दिइएको भनेर बुझ्न गाह्रो पर्दैन । आजभोलि पनि शिबलिंग भनेरै पूजा गर्ने गरिन्छ…

Read More

कनकमुनि बुद्धको जन्मस्थल : शोभावती नगर

बसन्त महर्जन बौद्ध वाङमयमा कनकमुनि बुद्धको राम्रो वर्णन पाइन्छ । यसअनुुसार गौतम बुद्धअघि कश्यप बुद्ध, त्यसअघि क्रकुच्छन्द बुद्ध र उनीभन्दा अघि कनकमुनि बुुद्धको समय हो । उनी एउटा ब्राम्हण कुलमा जन्मेका थिए । पिता यज्ञदत्त र माता उत्तराको पुत्र उनी शोभावती नगरमा जन्मेका हुन् भन्ने उल्लेख सिंहली ग्रन्थहरुमा पनि पाइएको छ । कनकमुनि बुद्धको जन्मस्थलको पहिचान कनकमुनि बुद्धको जन्मस्थल शोभावती नगरको वर्तमान अवस्थिति जनाउने ऐतिहासिक प्रमाणको रुपमा अभिलेखसहित अशोकस्तम्भ रहेको छ । यो स्तम्भ वर्तमान नेपालको तराई क्षेत्रको कपिलवस्नु जिल्लाको सदरमुकाम तौलिहवादेखि ७–८ कि. मि. उत्तरमा पर्ने निग्लिहवा गाउँमा अहिले…

Read More

बुद्ध सम्बन्धि भ्रम

आनन्द पोखरेल भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले गत २७ सेप्टेम्बरमा अमेरिकाको न्युयोर्कमा सम्पन्न संयुक्त राष्ट्र संघको ७४ औं महासभामा सम्बोधन गर्दै भने, ‘हामी त्यो देशको बासिन्दा हौं, जसले संसारलाई युद्ध होइन, बुद्ध दियो ।’ सम्बोधनका क्रममा त्यत्तिकै भावनामा बहकिएर आएका वाणी थिएनन् ती । न झुक्किएर फुत्त निस्किएका वाक्य नै थिए । ती थिए, गौतम बुद्ध भारतमै जन्मेको सन्देश अन्तर्रा्ष्ट्रिय जगतमा प्रवाह गर्ने योजनाबद्ध अभिव्यक्ति । जसमा प्रयोग भयो– महासभाको मञ्च । मोदीबाट भएका यो घटना पहिलो होइन, यस अघि पनि उनले जापान र युरोपको मञ्च यसैगरी प्रयोग गरे । अहिले मोदीले राष्ट्र संघको महासभामा गौतम बुद्ध…

Read More

मैत्रीको भावना

हामीले हाम्रो समाजमा शान्ति, सद्भाव र अमनचयन बनाइ राख्न धर्मको नियम पालन गर्नु जरुरी हुन्छ । धर्म भनेको कुनै असल गुण वा अरुको हित हुने गुण धारण गर्नु हो। यसै प्रसंगमा सनातन हिन्दु धर्म र बौद्ध धर्ममा यस्ता अनेकन गुणहरुको बारे वर्णन गरिएको भएता पनि यहाँ महायानी बौद्ध परम्परा अनुसार मैत्री र करुणाको भावना बारे चर्चा गरिनेछ । मैत्री र करुणाको परिभाषा  जसरी आफूलाई दुःख मन पर्दैन त्यसरी नै अरुलाई पनि कसरी दुःख मन पर्ला र ? यसैगरी जसरी आफू जहिले पनि सुख र आनन्दको खोजीमा हुन्छ भने अरु प्राणीहरु…

Read More

पानी र बुद्ध

पानीको महिमा ठूलो छ, किनकि सृष्टि र अस्तित्व नै यसमा अडेको छ । वैज्ञानिकहरूको भनाइ छ पृथ्वीको पहिलो जीव साढे तीन अर्ब वर्ष पहिले समुद्रको कतै तातो पानीको मुहानतिर भएको थियो । मानिस त धेरै पछि आएका हुन्, करिब दुई लाख वर्ष पहिले र ती जहाँबाट देखा परे पनि तिनको सभ्यता चाहिँ नदीको किनारमै विस्तार भयो । औसतमा मानव शरीरको ६० प्रतिशत पानीले ओगटेको हुन्छ । अर्थात ७२ केजी तौल हुँदाको वयस्क शरीरमा ४२ लिटर पानी हुन्छ । उसको शरीर अर्बौंको कोषहरूले बनेको हुन्छ, ती प्रत्येकलाई पानी नभई हुँदैन ।…

Read More

लुम्बिनीमा जापानी भिक्षु इकाइ कावागुचिको आगमन

बसन्त महर्जन बौद्धहरु आफ्नो दैनिक जीवनमा पञ्चशीलको पालनामा जोड दिन्छन् । पाँच वटा शीलमध्ये पहिलो कसैको हत्याहिंसा नगर्ने प्रण हो । यसको अर्थ, बौद्ध मार्गमा लागेका कुनै पनि व्यक्ति सबै प्रकारका प्राणीको हत्याहिंसाबाट विरक्त भएका हुन्छन् । बौद्ध धर्मसँग सम्बन्धित सबै स्थलहरुमा कुनै पनि बहानाबाजीमा यस्तो गतिविधि हुँदैन । तर गौतम बुद्धको जन्मस्थल लुम्बिनीमा हत्याहिंसा ? त्यो अरु ठाउँमा होइन, बोधिसत्व सिद्धार्थलाई माता मायादेवीले जन्म दिइरहेको मूर्तिमा नै लक्षित गरी पशुपंक्षीहरुको बलि ? आजभोलि यो कुरा सुन्दा पनि पत्याउन नै गा¥हो हुन्छ र कुरा सुन्दैमा जीउ जिरिङ्ग भएर आउँछ ।…

Read More

सम्यक आजीविका नै एउटा धर्म हो

चित्र शाक्य हामी धर्म भनेको अलग्गै र हाम्रो कामकाजलाई अलग्गै मान्छौं। त्यसले हामीलाई धर्मबाट टाढा बनाएको छ। जीवनमा हामी अनेक काम गर्छौं। त्यसबाट अरूलाई पनि हित हुने वा आफ्नो चाहिं हित हुने तर अरूलाई अहित गर्ने वा नोक्सान पुर्‍याउने हुन्छ। आफ्नो हित हुने तर अरूको नोक्सान गर्ने काम पाप हो भने, आफ्नो पनि हित हुने र अरुलाई पनि फाईदा पुर्‍याउने काम धर्म हो। तर वास्तवमा हामी अघि पछि गर्ने कामलाई धर्म भन्दैनौं। बुद्धपूजा गर्ने, बसुन्धरा, अष्टमी आदिको व्रत बस्ने, सत्यनारायणको पूजा लाउने, एकादशीको, सन्तोषीमाँको साईव्रत उपवास बस्ने आदिलाई धर्म मान्छौ,…

Read More

बौद्ध दर्शनका आधारभुत मान्यता

बौद्ध दर्शनका प्रणेता भगवान् गौतम बुद्ध हुन् । उनको जन्म ई.पू. ५६३ मा लुम्बिनी अन्चलको कपिलवस्तु जिल्लामा भएको हो । सिद्धार्थ गौतम २९ वर्षको उमेरमा गृहत्याग गरी ज्ञानको खोजिमा निस्केका थिए । उनलाई ३५ वर्षको उमेरमा बैशाख पूर्णिमाको रात पीपलको वृक्षमुनि उरुवेला (बोधगया) मा ज्ञान प्राप्त भएको थियो । यसपछि उनी बुद्धको उपाधिद्वारा विभूषित भए । बुद्धले दिएका उपदेशमा जीवनपथको दिशा निर्देश गरिएकोले यसलाई दर्शन मानिएको पाइन्छ । उनका उपदेशहरूको संगालो ‘त्रिपिटक’ नै यस दर्शनको आधारग्रन्थ हो । बुद्ध भन्नाले बोधिप्राप्त वा अन्तिम सत्यको साक्षात्कार गरेको महामानव बुझिन्छ । जो…

Read More

बौद्ध धर्म र दर्शन भित्रका पञ्चबुद्ध

बसन्त महर्जन बौद्ध जगतमा बुद्ध एक शास्ता हुन् । शास्ताको अर्थ हो, मार्गदर्शक । गैरबौद्ध समाजबाट आउनेहरु प्रायशःले बुद्ध भनेर लुम्बिनी वनमा इ.पू. ५६३ मा मायादेवीको कोखबाट जन्मेका गौतम बुद्धलाई बुझ्ने गर्दछ जुन गल्ती हो । वास्तवमा विविध नाम र पहिचान रहेका अनेकौं बुद्धमध्ये एक गौतम बुद्ध हुन् । हिनयान बौद्ध धर्मअनुसार दिपंकर बुद्धभन्दा अघिका तीन जना मेधंकर, तण्हंकर र शरणंकरलाई पनि गणना गर्ने हो भने ज्ञात भएकामध्ये गौतम बुद्धको गणना अठाइसौंमा पर्दछ । महायानी बौद्ध साहित्यमा उल्लेख भएका बुद्धहरुको संख्या त्यो भन्दा अझ बढी छ । यसरी नै बज्रयानी…

Read More

भगवान बुद्धको अन्तिम उपदेश

प्रस्तुति : बिष्णु धनञ्जय अतुलनीय तथागत सम्मासम् गौतम भगवान बुद्ध (८०) बर्षिय आयु र (४५) बर्षा वासिक परिनिर्वाण लिने समय थियो। सम्पूर्ण एउटा सालको सारा वनैभरी सुनसान मौन भएको थियो। भिक्षु- भिक्षुनी हरु र मनुष्य देवता परिषद् आदिहरूले जनपूर्ण भिड थियो। भगवान बुद्ध दुईवटा सालको मध्यम बिचमा वृक्षको मुनि उत्तर दिशा तर्फ शीर पारेर अन्तिम विदाई लिँदै लोकमा धर्मका सूर्य चाँडैनै अस्ताउँदै हुनुहुन्छ। सुनसान मौनता भित्र सुँक्क सुँक्क बिलौनाहरु को शब्द निस्किँदै आयो। कुनै भिक्षुहरूले बगेर आएको तातो आँसु धारालाई आफ्नै चिवरले पुसेर, कुनै भिक्षुनीहरु को गहभरी आँसुको बाढी बगेको थियो।…

Read More