काठमाडौं । बौद्ध परम्पराकी प्रसिद्ध महासिद्धा भिक्षुणी लक्ष्मीकराको जीवन, साधना र आध्यात्मिक उपलब्धिमाथि आधारित पुस्तक ‘भिक्षुणी लक्ष्मीकराको जीवनी’ बुधवार काठमाडौंको थापागाउँस्थित मण्डला थियटरमा एक विशेष समारोहबीच लोकार्पण गरिएको छ । लोकार्पण कार्यक्रमको प्रमुख अतिथि क्याब्जे शेरकोङ रिन्पोचे रहनुभएको थियो ।
समारोहमा नयाँपाटी डिकुङ काग्यु गुम्बाका प्रधान गुरु परम आदरणीय सोनाम योगी रिन्पोचे, चर्चित कलाकार दयाहाङ राई, वरिष्ठ अनुवादक टिका शेर्पा, रेपा अनुवाद समितिका अनुवादक तेन्जी शेर्पा (रत्न मङ्गल) लगायत विभिन्न बौद्ध परम्पराका धर्मगुरु, विद्वान्, अनुवादक तथा धर्मानुरागीहरूको उल्लेखनीय सहभागिता रहेको थियो ।

कार्यक्रममा वक्ताहरूले भिक्षुणी लक्ष्मीकराको जीवन धार्मिक इतिहासको विषय मात्र नभई आजका साधक र सर्वसाधारणका लागि समेत प्रेरणाको स्रोत रहेको बताए । बाह्य रूपमा कुष्ठरोगजस्तो जटिल शारीरिक पीडामाथि विजय प्राप्त गर्नुका साथै आन्तरिक रूपमा लोभ, द्वेष र मोहजस्ता क्लेशहरूमाथि पूर्ण नियन्त्रण हासिल गर्नु उहाँको जीवनको सबैभन्दा महत्वपूर्ण उपलब्धि भएको वक्ताहरूको धारणा थियो ।

लेखक लोसाङ तेन्दारद्वारा लिखित तथा कोशिस लोब्साङ वाइबाद्वारा नेपाली भाषामा अनुवाद गरिएको उक्त पुस्तकले महासिद्धा भिक्षुणी लक्ष्मीकराको असाधारण जीवनयात्रा, कठिन साधना, संघर्ष र आध्यात्मिक सिद्धिलाई जीवन्त ढंगले प्रस्तुत गरेको छ ।
उनीहरूले मानव जीवनका दुःख, चुनौती र सीमितताहरूलाई आध्यात्मिक साधनाको माध्यमबाट रूपान्तरण गर्न सकिने सशक्त उदाहरण भिक्षुणी लक्ष्मीकराले प्रस्तुत गर्नुभएको उल्लेख गरे । कठिन परिस्थितिलाई समेत मुक्तिको मार्गमा परिणत गर्न सकिने सन्देश उहाँको जीवनबाट प्राप्त हुने भन्दै वक्ताहरूले आत्मपरिवर्तन, धैर्य, साहस र साधनाको अनुपम आदर्शका रूपमा उहाँलाई स्मरण गरे ।

वक्ताहरूले शारीरिक रोग वा सामाजिक अवरोधमाथिको विजयभन्दा पनि मनभित्रका विकार र क्लेशमाथिको विजय नै वास्तविक सफलता भएको उल्लेख गर्दै भिक्षुणी लक्ष्मीकराको जीवनले आजका साधकहरूलाई आध्यात्मिक मार्गमा अघि बढ्न प्रेरणा प्रदान गर्ने विश्वास व्यक्त गरे ।

पुस्तक लोकार्पण, शुभकामना मन्तव्य तथा अन्तरक्रियासहित सम्पन्न कार्यक्रममा सहभागी धर्मगुरु, विद्वान् र अतिथिहरूले नेपाली भाषामा यस्ता महत्वपूर्ण बौद्ध कृतिहरूको अनुवाद र प्रकाशनले धर्म, संस्कृति तथा ज्ञानको संरक्षण, संवद्र्धन र प्रसारमा महत्वपूर्ण योगदान पु¥याउने विश्वास व्यक्त गरेका थिए ।





If you are looking for the best collection of Jili games, this is the spot. Everything loads fast and the wins feel rewarding. Big thanks to jiliigames.