सांगे लेग्देन गुरुङ (भूपेन) त्रिकालको सम्पूर्ण बुद्ध बोधिसत्व र मेरो मूल गुरु श्रद्धेय खेन्पो साङ्गे राङज्युङ रिन्पोक्षे ज्युको चरणगमन । हामी सबै प्राणीमा बुद्धताको हेतु भएरै पनि राग, द्वेष, अविद्या, ईर्ष्या, अहंले ग्रसित भई सांसारीक प्राणी हुन बाध्य छौँ । यस्तो क्लेशबाट शीघ्र मुक्त हुँदै परमसत्य बोधार्थ सदैव गुरुप्रति सदमार्गको अपेक्षा र गुरुको सुस्वास्थ दीर्घायुको प्राथना कामना गर्दछु । स्तुपको इतिहास स्तुपको महत्त्व र सम्मान बौद्ध धर्ममा अति उच्च रहेको छ । स्तुपलाई सम्पुर्ण त्रिकालको बुद्ध तथा बोधिसत्वहरुको चित्तको प्रतीक पनि मानिन्छ । छ्योतेन स्तुपको शाब्दिक, अर्थ पुज्यस्थान, अथवा स्तुति…
Read MoreCategory: लेख
बौद्ध धर्ममा पञ्चशील र यसको महत्व
बौद्ध धर्ममा पञ्चशीलको अत्यन्तै ठूलो महत्व रहेको छ । यो बुद्ध धर्मको आधारभूत पाँच शीलहरुको संग्रह हो । अंगुत्तर निकायको अट्ठकादिनिपातमा रहेको दुच्चरितविपाकसुत्तमा पञ्चशीलको वर्णन गरिएको छ । अंगुत्तरनिकायमा दशकनिपातको जाणुस्सोणिवग्गोमा पनि पञ्चशीलको भाव पाइन्छ । सुत्तपिटकको खुद्दकनिकायको खुद्दकपाठमा दशसिक्खापदं भनिएको १० वटा शीलमध्ये पहिलो पाँच पञ्चशीलका शील हुन् । पञ्चशील बुद्ध धर्ममा प्रवेश गर्ने मूलद्वार हो । यस अनुसार बुद्धको मार्गमा हिड्नका लागि प्राणी हिंसा नगर्ने, रक्सी वा मद्यपान नगर्ने, चोरी नगर्ने वा नदिएको नलिने, झुठो कुरा नबोल्ने र आफ्नो पति र पत्नी बाहेक अरुसंग व्यभिचार नगर्ने (भिक्षुहरुले चाहिं…
Read Moreबौद्ध धर्मावलम्वीले माला जप्नुको अर्थ
लामा सांगे लेग्देन भूपेन बुद्ध धर्मको त्री शिक्षा अन्तरगत विनय पिटकको शील तथा शरणगमनै (मोक्ष) निर्वाण प्राप्तिको पहिलो पाईला हो । यो अति महत्वपूर्ण अमुल्य शिक्षाको सबैले घरायसी अभिभारा सामाजिक दायित्व व्यस्तता आदि कारणले, बुद्ध शिक्षा हुबहु अनुसरण गर्न सक्दैनन् । जसले बुद्ध शिक्षालाई हुबहु अनुशरण गर्न सक्दैनन् तिनीहरुका लागि बुद्धको उत्कृष्ट शिष्य अर्हत बोधिसत्वहरुले प्राणी प्रत्येकको इन्द्रिय क्षमता अनुसार शील हुँदै ध्यान प्रज्ञामा निर्वाण प्राप्तिको अनेक उपायहरु सिकाउनु भएको छ । जसअनुसार माला जप्नु पनि एक उपाय हो । माला जपमा व्यस्त हुनाले शीलको नम्रता अन्तरगत अप्रिय बचन व्यर्थको…
Read Moreबुद्ध धर्ममा संघको महत्व
बुद्ध धर्ममा संघको ठुलो महत्त्व छ। यस धर्ममा बुद्ध, बुद्धको धर्म र बुद्धको संघलाई त्रिरत्नको रुपमा मानिने गरिन्छ। संघका नियमहरु विनयपिटकमा संग्रहित छन। अंगुत्तर निकायको कलमसुत्तमा बुद्धले आफ्नो अनुभव अनुसार धर्म पालना गर्ने स्वतन्त्रता दिएका तथा बुद्धले धर्मका सानातिना नियमहरु परिवर्तन गर्न सकिने उपदेश दिएका हुनाले बुद्धको महापरिनिर्वाण पश्चात बुद्ध धर्ममा विभिन्न प्रकारका संघहरु स्थापित भए। यस्ता संघ तथा संघका शाखाहरुमा विनयपिटकका नियमको पालना, स्थानीय सांस्कृतिक प्रभाव तथा धर्मको निश्चित पक्षमा बढी केन्द्रीत हुने आदि विषयमा भिन्न मत राख्दछन। संघमा नै आश्रित नभइकन बुद्ध धर्मलाई आध्यात्मिक रुपमा पालना गर्ने पनि…
Read Moreधार्मिक सहिष्णुताका प्रतिक : मास्टर कर्मा तान्पाई ग्लाजेन रिन्पोछे
सुरज खड्का बौद्ध जगतका एक सुप्रशिद्ध धर्मगुरु रिन्पोछे कर्मा तान्पाई ग्याल्जेनको यही २८ नोभेम्बरमा युरोपको हंगेरीमा परिनिर्वाण भएको छ । बौद्ध धर्मप्रतिको उनको ज्ञान र निष्ठाले अभिप्रेरित हुँदै आएका नेपाल लगायत विश्वका विभिन्न स्थानमा रहेका उनका शिष्यहरुले उनको परिनिर्वाणपछि अभाव महशुष गरिरहेका छन् । र, हरेक भेटमा ‘जय हो’ भन्ने उनको थेगो सम्भवत उनलाई नजिकबाट भेट्नेहरुले सधै स्मरण गरि रहने छन् । को हुन् कर्मा तान्पाई ग्याल्जेन ? आचार्य कर्मा तान्पाई ग्याल्जेनको जन्म तिब्बतको कैलाशमा भएको थियो । अति नै पवित्र धार्मिकस्थलमा भएको जन्मका कारण पनि हुन सक्छ सानै उमेरदेखि उनमा…
Read Moreबुद्ध दर्शन एक जीवन पद्धति
ज्ञान मित्र मानिसका दुःख पनि अनेक हुन्छन्। सुख र दुःखको परिभाषा पनि विचित्रकै छ। हुन त आइन्स्टिनपछि सबै कुरा सापेक्ष हुन् भनी पाएको उधारो ज्ञानको दम्भले मानिसलाई स्वयंको बोध र चेतको प्रयोग गर्न दिन्न। उधारो लिएको धनले मात्रै सकस दिने होइन, उधारो ज्ञानले पनि व्यक्तिको चरित्र र व्यक्तित्वमा हीनता एवं परनिर्भरताको छनक दिइरहन्छ। सुख(दुःख सापेक्ष हुन् भनी संसारका कति जना प्राणीले यी प्रति समभाव राख्न सक्छन्? उपदेश दिने कुरामा त जो पनि अत्यन्त प्रवीण हुन्छ तर त्यही परिस्थिति आफूमाथि आइपर्दा उधारो ज्ञान र कुनै श्रमबिना अर्जिएको संयम आवरण छताछुल्ल हुन्छ।…
Read Moreविश्वलाई यसरी बुद्धको आवश्यकता महशुष भइरहेको छ
विश्वनाथ खरेल विश्वमा अहिले शान्तिका अग्रदूत गौतम बुद्धको खाँचोलाई महसुस गरिरहेको छ । जुन भूमिबाट गौतम बुद्धले विश्वशान्तिका लागि आफ्नो अभियान प्रारम्भ गरेका थिए, त्यही भूमिमा आज शान्तिको कुनै आभास छैन, जुन सबै नेपालीको लागि दुःख र आत्मग्लानीको कुरा हो । बुद्धका अनुसार सज्जनको संसर्गबाट ज्ञान प्राप्त हुन्छ । बुद्धको भनाइ थियो, राम्रो काम गर्नका लागि नै मानिसको जन्म भएको हो । त्यसैले, मानवजीवन पशुपंक्षीको भन्दा फरक हुनुपर्छ । राम्रो कामका लागि मानिसलाई यो धर्तीमा पठाएका हुनाले लोकको सेवा गर्नु प्रत्येक मानवको कर्तव्य हो । जगत्को कल्याण एवं सुख प्राप्ति…
Read Moreभक्तपुरको सुडाल गाउँमाथि रहेको ल्हासापाको महामञ्जुश्री गुफा
बसन्त महर्जन बौद्धहरू बौद्ध स्थललाई अत्यन्तै गौरव र मान राखेर तीर्थस्थलका रूपमा विकास गरी तीर्थ यात्रा गर्दछन् । यस्ता तीर्थहरू गौतम बुद्धसँग मात्रै सम्बन्धित हुनुपर्दछ भन्ने छैन । विभिन्न बोधिसत्व एवं प्रमुखतम् बौद्ध भिक्षुहरूसँग सम्बन्धित ठाउँलाई पनि उत्तिकै महत्व दिने गर्दछन् । यसरी नै आफ्नो गुरु वा गुरु परम्परासँग सम्बन्धित ठाउँलाई पनि तीर्थ नै मानी भ्रमण गर्दछन् र त्यहाँ श्रद्धा गरी गुणानुस्मरण गर्दछन् । यस्ता अनेक ठाउँहरूमा एउटा ल्हासापाको महामज्जुश्री गुफा पनि हो । यो प्राचीन भक्तपुर सहरभन्दा उत्तर अवस्थित सुडाल गाउँको माथि डाँडामा पर्दछ । काठमाडौं उपत्यकाको बनावटका सम्बन्धमा…
Read Moreबौद्ध केन्द्रका रुपमा नेपाल
बसन्त महर्जन बौद्ध जगतमा एउटा विशिष्ट शब्द छ, बौद्ध केन्द्र । बुद्ध जीवनीसँग सम्बन्धित ठाउँविशेष हुँदैमा त्यसलाई ‘बौद्ध केन्द्र’ भनिँदैन । गौतम बुद्धको जन्मस्थल लुम्बिनी तथा उनको गृहनगर कपिलवस्तु बौद्ध केन्द्रको रुपमा कहिल्यै विकास हुन सकेन । मगध, वैशाली, कौशाम्बी, श्रावस्ती, सारनाथ, नालन्दालगायतका केही ठाउँहरु कुनै बेला बौद्ध केन्द्रको रुपमा भएपनि सँधै रहेन । भारतमा रहेका तीमध्ये केही क्षेत्रलाई पुनः ब्युँताउने कोशिस भइरहेको पाइन्छ तर बौद्ध जगतले त्यसलाई बौद्ध केन्द्रका रुपमा नभएर बौद्ध स्थलका रुपमा मात्रै हेर्ने गरेको पाइन्छ । बुद्धको जीवनसँग सम्बन्ध नराख्ने भएपनि तिब्बतलगायत चीनका कतिपय ठाउँ, जापान,…
Read Moreबौद्ध संस्कृतिका करुणामय र नाथपन्थीहरू
बसन्त महर्जन पाटनमा ‘रातो मत्स्येन्द्रनाथ’को रथजात्रा हुन नसकेको र गर्नैपर्छ भनी अगाडि सरेका स्थानिय जनसमुदायमाथि प्रहरी हस्तक्षेपका कारण भदौ महिनाको दोस्रो र तेस्रो हस्ता तनावपूर्ण रह्यो । रातो मत्स्येन्द्रनाथ भनिएपनि बौद्धहरू यसलाई रक्तावलोकितेश्वर मान्दछन् । अझ जनबोलीमा यो ‘करुणामय’को नामबाट बढी चिनिन्छन् । लोकेश्वरहरू सबैमा महाकारुणाको दृष्टि हुने भएकाले सर्बै ‘करुणामय’ नामबाट सम्बोधन गरिन्छन् भन्ने कुरा काठमाडौं उपत्यकामा नै भएका अन्य लोकेश्वरहरूलाई पनि करुणामय नै भन्ने गरेबाट बुझ्न सकिन्छ । काठमाडौंमा चार करुणामय भनेर बेग्लाबेग्लै लोकेश्वरहरू चिनिन्छन् । तर पाटनको लोकेश्वरलाई रातो मत्स्येन्द्रनाथ र काठमाडौं (जनबहाल) को लोकेश्वरलाई सेतो मत्स्येन्द्रनाथ…
Read More