विश्वलाई यसरी बुद्धको आवश्यकता महशुष भइरहेको छ

विश्वनाथ खरेल
विश्वमा अहिले शान्तिका अग्रदूत गौतम बुद्धको खाँचोलाई महसुस गरिरहेको छ । जुन भूमिबाट गौतम बुद्धले विश्वशान्तिका लागि आफ्नो अभियान प्रारम्भ गरेका थिए, त्यही भूमिमा आज शान्तिको कुनै आभास छैन, जुन सबै नेपालीको लागि दुःख र आत्मग्लानीको कुरा हो । बुद्धका अनुसार सज्जनको संसर्गबाट ज्ञान प्राप्त हुन्छ । बुद्धको भनाइ थियो, राम्रो काम गर्नका लागि नै मानिसको जन्म भएको हो । त्यसैले, मानवजीवन पशुपंक्षीको भन्दा फरक हुनुपर्छ । राम्रो कामका लागि मानिसलाई यो धर्तीमा पठाएका हुनाले लोकको सेवा गर्नु प्रत्येक मानवको कर्तव्य हो । जगत्को कल्याण एवं सुख प्राप्ति केबल अंहिसाबाट मात्र सम्भव छ । समयको मार्ग अपनाउने व्यक्ति नै महान् हुन्छ । हिंसाको बाटो अपनाउने व्यक्तिले एकछिन चिन्ताको अनुभव गरे तापनि अन्ततः नाशको फल कष्टप्रद नै हुन्छ । यसरी सत्य वैशाख पूर्णिमा वास्तवमै पावन दिन हो, जुन दिन महामानव गौतम बुद्धका जन्म बोधिज्ञान प्राप्त र महापरिनिर्वाण भएको थियो । यसरी तिनै योग एकै दिनमा परेका संसारमा विरलै पाइन्छन् । यस्तो अलौकिक शक्ति पाएका महामानव गौतम बुद्धको सम्झनामा विश्वले वैशाख पूर्णिमाको अवसरलाई बुद्वजयन्तीका रूपमा मनाउने गर्दै आएको छ ।

विश्वनाथ खरेल

बौद्ध धर्मका प्रवर्तक गौतम बुद्ध राजा शुद्धोधनको एक मात्र छोरा थिए । यिनी कपिलवस्तु राज्यमा इसापूर्व ५६३ वर्ष पहिले मायादेवीको कोखबाट जन्मेका थिए । यिनको नाम सिद्धार्थ थियो । यिनी शाक्य राजावंशका राजकुमार थिए । यिनी विलक्षण प्रतिभाशाली व्यक्तित्व भएका थिए । यिनी गरिब गुरुवालाई कसरी उदार गर्न सकिन्छ भन्ने चिन्तनमनन अहोरात्र गरिरहन्थे । उनका पिताले आफ्नो छोराको सन्यासी रूप धारणा गर्ने देखेर २१ वर्षको उमेरमै यशोधरा नामकी एक राजकुमारीसँग विवाह गरिदिए । यसरी यिनले १० वर्षसम्म घर व्यवहारमा गृहस्थीका रूपमा जीवन बिताए । यिनले बिरामी, बूढोको साथै एक दिन मुर्दा देखेर चिन्ताले यिनको दिलमा निकै नै ठूलो चिसो पस्यो ।

जातीय विखण्डन, सहअस्तित्वमाथिको अविश्वासले हिंसाको रूप लिइरहेको सन्दर्भमा बुद्धको ज्ञान एक मात्र उपाय सिद्ध हुन पुगेको छ

३० वर्षको उमेरमा छोरा राहुलको जन्मपछि उनी एक दिन मध्यरातमा ज्ञानको खोजीमा हिँडे । भोगविलासलाई परित्याग गरे । उनी घुम्दैफिर्दै बोधगाया पुगे । उनले यसै वृक्षमुनि बसेर ६ वर्षसम्म कठोर तपस्या गरे । ज्ञान प्राप्त गरे । प्राप्त ज्ञान सबैलाई सुनाउन हिँडे । यसै बेलादेखि यिनलाई गौतम बुद्धको नामले पुकारिन थालियो । ३७ वर्ष गौतम बुद्ध संसारभर प्रचारप्रसार गर्दै हिँडे ।

वर्तमान नेपालको गौरवलाई ऐतिहासिक आधारमा विवेचना गर्दा यहाँ बौद्ध धर्मावलम्बीको गौरव गाथाले आज पनि उत्तिकै प्रेरणा दिएको छ । शान्तिनायक गौतम बुद्धको आज विश्वमा जुन प्रतिष्ठा आर्जित भएको छ । त्यसबाट बौद्ध संस्कृति नेपालको गरिमा पनि उतिकै महान् रहेको छ । भगवान्् गौतम बुद्धले यस तपोभूमिको कुशीनगरलाई ८० वर्षको उमेरमा छोडेर गए । शान्तिका अग्रदूत भगवान्् गौतम बुद्ध ‘सज्जनको संसर्गबाट नै ज्ञान प्राप्त हुन्छ’ यसैअनुरूप बुद्ध भन्ने गर्थे, राम्रो काम गर्नका लागि नै मानिसको जन्म भएको हो । अन्यथा पशुपक्षीको जीवन र मानिसको जीवन के नै फरक भयो र ? मानिसलाई पुर्खाले राम्रो कामका लागि नै यस धर्तीमा पठाएका हुन् । राम्रो काम गर्नु र लोकको सेवा गर्नु प्रत्येक मानवको नैसर्गिक अधिकार र कर्तव्य हो । यिनले आफ्नो जीवनसित सम्वन्धित चारधाम बद्धिनाथ, रामेश्वर, द्वारका र जगन्नाथ बौद्ध पावनस्थल लुम्बिनी, बोधगया, ऋषिपटन, कुशीनगर छन् । यसरी उपर्युक्त चार स्थलको पवित्रतामाथि जोड दिइनु पनि त्यही नै आशय रहेको बुझिन्छ । बुद्धको ज्ञानबाट प्राप्त पाठ यस प्रकार छ ः संसार दुःखले भरिएको छ, दुःख नै कारण भएको छ, दुःखलाई निर्वाहन गर्नुपर्छ ।

जगत्को कल्याण एवं सुख प्राप्ति केवल अहिंसाबाट मात्र सम्भव छ । समयको मार्ग अपनाउने व्यक्ति नै महान् हुन्छ । हिंसाको बाटो अपनाउने व्यक्तिले एकछिन आनन्दको अनुभव गरे तापनि अन्ततः त्यसको फल कष्टप्रद नै हुन्छ । यसरी सत्य भगवान् हो यो नै कीर्तिको मूलद्वार र स्वर्गद्वार प्राप्तिको बाटो हो । ज्ञान, दर्शन, राम्रो चरित्र र आत्मा नै शाश्वत छ । अतः अहिंसा र संयमको अर्थ नै धर्म हो । ज्ञान र कृपाको समन्वयबाट मोक्ष प्राप्त हुन्छ । कसैको पनि निन्दा, चर्चा वा अवहेलना नगर्नु धर्म हो ।

प्रत्येक साल वैशाख पूर्णिमा दिनलाई बुद्धजयन्तीको रूपमा मनाइँदै आएको कुरा सबैलाई विदित्तै छ । यससाल २५६४औं बुद्धजयन्ती वैशाख २५ गते २०७७ मा भव्यताका साथ मनाउन बौद्धमार्गीलगायत सम्पूर्ण हिन्दू पूृर्ण तयारीमा छन् । तर, यस साल भने विश्वभर मडारिएको कोरोना भाइरसको कारणले गर्दा सबै घरघरमा नै एकान्तवास बसेको अवस्था छ । यस्तो अवस्था सिर्जना भए पनि आआफ्नो घरबाट भए पनि यस्ता महान् लोकप्रिय व्यक्तिको यस दिन सम्झना गर्न नभुलौं । यस्ता महान् व्यक्तिको पे्ररणाबाट हामीलाई कोरोनासँग लड्न शक्ति मिल्ने कुरामा कसैको पनि दुईमत नहोला ।

मूलतः भगवान्् गौतम बुद्धको महानिर्वाण प्राप्त गरेको स्मृतिमा वैशाख पूर्णिमाको दिन मनाइन्छ । यस धर्तीमा महापुरुषको जन्म विरलै हुन्छ । यिनले विश्वमा सत्यको प्रतिष्ठापन हिंसापूर्ण वातावरणको अन्त्य तथा शान्ति र समृद्धिपूर्ण विश्व समाजको स्थापनाका लागि जुन त्याग र बलिदानपूर्ण ओजस्वी भावना मुखरित गराउनु हो । त्यसकारण विश्वलाई पथ प्रदर्शनको बाटो देखाउने एक महामानवको सधैं सम्झना गर्ने प्रण गरौं । गौतम बुद्धको सन्देशले फेरि पनि मानवजातिलाई अहिंसा, मित्रता र शान्तितर्फ लाग्ने प्रेरणा त दिए तर मानव समुदाय भने बुद्धबाट झन्झन् टाढिदै गइरहेको झैं लाग्छ ।

भगवान् हो, यो नै कीर्तिको मूलद्वार र स्वर्गद्वार प्राप्तिको बाटो हो । ज्ञान, दर्शन, राम्रो चरित्र र आत्मा नै शाश्वत छ । अतः अहिंसा र सत्यको अर्थ नै धर्म हो, ज्ञान र कृपाको समन्वयबाट मोक्ष प्राप्त हुन्छ । यदि हामीले सबै रिस, राग, हिंसालाई त्यागेर मनमा शान्ति लिने हो भने हामीलाई अवश्य पनि सुख प्राप्ति हुनेछ । बुद्वका उपदेश शताब्दीयौं शताब्दीसम्म पनि ताजा नै रहनेछन् । उनले दिएका त्यस्ता उपदेश मानवकल्याणका लागि सधंै नै उपयोगी साबित हुनेछन् ।

सर्वव्यापी गौतम बुद्धका सन्देशले सदैव मानवजातिलाई अहिंसा, मित्रता र शान्तितर्फ लाग्ने प्रेरणा दिए तापनि मानव समुदाय भने बुद्वको सन्देशबाट झन्झन् टाढिदै गइरहेको भान भइरहेको छ । आजको विश्व कहालीलाग्दो चपेटामा भासिन पुगेको छ, शान्तिको अग्रदूत गौतम बुद्धले दिएको ज्ञानलाई शिरोधार्य गर्ने हो भने पूरा विश्व नै सुन्दर नगरी शान्तिक्षेत्र बन्ने कुरामा कसैको पनि दुईमत नहोला । शीतयुद्धको समाप्तिपश्चात् विश्वमा शान्ति र मैत्रीपूर्ण सम्बन्ध विकसित हुने आशा गरिएको थियो । युद्ध र शस्त्रास्त्र होडबाजीको रोष, अशिक्षा, बेरोजगारी, खाद्यान्न अभावजस्ता मानव चुनौतीका बेला रूपान्तरणको एक आत्मिक अस्त्र नै बुद्ध दर्शन बनेको छ । जातीय विखण्डन, सहअस्तित्वमाथिको अविश्वासले हिंसाको रूप लिइरहेको सन्दर्भमा बुद्धको ज्ञान एक मात्र उपाय देखिन पुगेको छ । राजधानी दैनिकमा प्रकाशित

Share

Related posts