विश्वव्यापी महामारीका रुपमा देखा परेको कोभिड १९ का कारण यस वर्षको विश्व शान्ति पूज (ञिङमा मोन्लम) स्थगित गरिएको छ । नेपाल बौद्ध ञिङमा संघले आफ्नो नियमित र वार्षिक कार्यक्रमको रुपमा ञिङमा मोन्लम गर्दै आइरहेको छ । यो वर्ष पुस ९ देखि १४ गतेसम्म १२ औँ विश्वशान्ति पूजा (ञिङमा मोन्लम) गर्ने तालिका रहेको थियो ।
संघका महासचिव आचार्य नुर्बु शेर्पाद्वारा जारी गरिएको प्रेश विज्ञप्तिमा ठूलो संख्यामा धर्मावलम्बी सहभागि हुने मोन्लम आयोजना गर्दा कोभिड १९ को प्रकोप फैलन सक्ने सम्भावना भएका कारण स्थगित गरिएको जनाएको छ ।
Share