भगवान बुद्धको देन मध्यमा एउटा यो पनि हो कि स्त्री जातिलाई पनि पुरूषहरूलाई झै बौद्ध समाजमा स्थान दिनुभएको छ । बौद्ध धर्मले गर्दा नारी समाजमा महान परिवर्तन भएको एउटा उल्लेखनीय मात्र होइन प्रशंसनीय कुरा पाइन्छ । यो कुरा बुझ्नलाई हामीले बुद्धकालीन पुर्व र पछि कट्टर ब्राम्हणवादलाई अ·िकार गरेर हिडनेहरूले लेखिएको हिन्दु ग्रन्थहरू पढी हेर्दा स्त्री जातिको ब्यक्तिगत जीवन विकासको लागि कतिको बाधा दिएको छ भन्ने कुरा थाहा पाउनु सकिन्छ । आज पनि समाजमा ब्यवहारैले नारी समाजलाई निम्न स्तरमा राखी शोषण गरिरहेको राम्रो संग देखिन्छ । हिन्दुहरूले खुव मानी राखेको मनु…
Read MoreCategory: लेख
पवित्र महिना सागादावाको महिमा
सागादावा अर्थात् जेष्ठ शुक्लपक्ष तिथिको अत्यन्त महत्वपूर्ण तथा पवित्र महिना मानिन्छ । विशेषगरी महायानी बौद्ध धर्मावलम्बीहरूमा यो पवित्र महिनाको महत्व विशेष खालको रहेको छ । भगवान् बुद्धले जन्म, बुद्धत्व प्राप्ति र महापरिनिर्वाणमा प्रवेश गर्नुभएको अत्यन्त महत्वपूर्ण महिना सागादावा नैभएकोले गर्दा पनि यो महिनाको महत्व बढेर गएको हो । भगवान् बुद्धले विशेषगरी चार अवस्थाहरूले गर्दा दरवारको सबै सुखसयलहरू त्यागेर वनगमन गरेका थिए । ६ वर्षको कठोर तपस्यापछि बुद्धत्व प्राप्त गर्नुभएका सिद्धार्थ गौतमले आपूm दरबारमा रहँदा देखिएका ती दुखदायि चार अवस्थाहरू जस्तै ः जन्म, जरा, व्याधि र मृत्यजस्ता अत्यन्त दुःखद् अवस्थालाई जुनसुकै…
Read Moreबौद्ध दर्शन र विज्ञानको सम्बन्ध, यथार्थसँग कति नजिक ?
सूर्य लोप्चन तामाङ गौतम बुद्धको आफ्नो सिद्धान्त अनुसार धर्मबारे परिभाषा यसरी गरिएको छ – धर्म भनेको समाउनु हो तर के समाउनु भन्दा दुःख र कष्टमा परेका प्राणीहरुलाई मद्धत वा समाएर यथार्थ कुनै उत्तम उपायद्वारा उद्धार गर्नु हो । यसबारे महान गुरु डुक्पा रिन्पोछे भन्नु हुन्छ कि महायानी बौद्ध सिद्धान्तले सबै प्राणीलाई दुःख कष्टबाट कुनै सही र उत्तम उपायद्वारा उद्धार गरी निर्वाणको क्षेत्रमा र्पुयाउन, नराम्रो र दुःखपूर्ण जन्मबाट मुक्ति दिलाउन गरिने महान उपायलाई नै सही धर्म मानिन्छ । अहिले विश्वमा विज्ञानका नयाँ नयाँ अविस्कारले निकै चमत्कार गरिरहेका छन् । जल, स्थल…
Read Moreबुद्धिष्ट हुन के गर्नु पर्छ ?
लोक बहादुर शाक्य बुद्ध धर्म भनेको प्रकृतिको नियम भित्र रहेको अति सरल धर्म हो । यसमा बलपुर्वक बनाईराखेको नियम छैन । बुद्ध धर्म पालना गरेर हामीलाई कुनै नोक्सानी हुँदैन । बुद्ध धर्म प्राकृतिक, मानसिक र बैज्ञानिक धर्म हो । यस धर्म बाट हामी लाई बोध गर्ने यहि हो कि हरक्षण आफ्नो कर्म राम्रो पारिराख्नु पर्दछ । यसको लागि बुद्धधर्मको मूल आधार पञ्चशिल पालना गरेर कर्म राम्रो गर्ने पहिलो पाइला हो । बुद्धले ब्राह्मणवादको विरोध गरे, तर संघमा ब्राह्मणहरूलाई नै उच्च स्थान दिए । ती होनहार ब्राह्मणहरूको प्रवेश नभएको भए बुद्ध…
Read Moreबौद्ध धर्ममा नेपालको रैथानेपन
बाह्रौं शताब्दीको अन्त्यतिर नेपालको बौद्ध सम्प्रदायमा परिवर्तन आयो र भिक्षु जीवनको अन्त्य हुँदै गयो। रैथाने वज्रयानकै माध्यमबाट प्राचीन नेपालमण्डलभित्र बौद्ध धर्म सुरक्षित रहन सक्यो। प्रथम बौद्ध महासांघिक भएकै समय बौद्ध धर्ममा हीनयान र महायानीका रूपमा दुई सम्प्रदायको विकास भइसकेको थियो । त्यसमा पनि अठार उपसम्प्रदायको अस्तित्व देखिइसकेको थियो । पछि आएर महायानको भिन्न सम्प्रदायका रूपमा तान्त्रिक प्रभावमा वज्रयान पनि देखिन थाल्यो । श्रीलंका, म्यानमार, थाइल्यान्डतिर थेरवादले पकड जमाउँदै लग्यो भने जापान, कोरिया, चीन, भियतनाम, भुटान, तिब्बतलगायतमा महायानी धर्मले व्यापकता पायो । कुनै समय अफगानिस्तानको गान्धार, पाकिस्तानको तक्षशिला, कश्मीरदेखि पूर्वी भारतका बंगाल र मध्यप्रदेश, ओडिसासम्म…
Read Moreएक योगीको स्वप्न संसार
घनश्याम खड्का अक्सर जोगीहरु गुफा–तपस्वी र संसारविमुख हुन्छन् । श्याल्पा तेन्जिङ रिम्पोछे भने यस मामिलामा भिन्न देखिए । यी बौद्ध गुरू संसारतिरै फर्केर, संसारमै बसेर नयाँ संसार बनाउने धुनमा छन् । तिब्बती गुरु झ्याड्रेल रिम्पोछेका चेला श्याल्पा रिम्पोछेको देशना छ– जीवन एक अवसर हो, आनन्द भोग गर्ने । बितेका कुराले हाम्रो जीवनमा के अर्थ राख्छ ? हजारौं वर्षअघिको कुनै घटना वा व्यक्तिको निर्णयले अहिलेको समाज र मानिसलाई के प्रभाव पार्छ ? झट्ट हेर्दा लाग्छ, उहिलेका कुरा खुइलिए, बितेका कुरा बिलाए, जीवन अहिलेको हो, यो पूर्णतः विगतबाट मुक्त छ । तर, खोज्दै गयो भने प्रत्येक ठाउँ, प्रत्येक मानिस…
Read Moreबौद्ध दर्शन र शाकाहारी जीवनको महत्व र सम्बन्ध
भिक्षु आङ फुरि शेर्पा बुद्ध शब्द सुन्न साथ अहिंसा, करुणा, प्रेम, दया र दान आदि प्राणी हितसँग जोडिएर आउँछ । बुद्ध दर्शनमा शील, समाधि र प्रज्ञाको क्रमिक अध्ययन र अभ्यासबाट बुद्ध हुन्छ । शील नभए समाधि हुँदैन, समाधि नभए प्रज्ञा आउदैन र प्रज्ञा नभए बुद्ध हुँदैन । त्यसैले शील राम्रोसँग पालन गर्नु अपरिहार्य छ । बौद्ध दर्शनमा मानिसको क्षमता अनुसार धेरै प्रकारको शीलहरु । शील भनेको आफू र अरु प्राणीहरुलाई हानी नपुर्याउने मात्र नभई मन, वचन र कर्म(काम)ले हित उत्तम र सत्य व्यवहार, नियम, अनुशासन हो । शीलमा नरहेसम्म मनलाई…
Read Moreअवलोकेश्वरको यी चार हातको अर्थ यस्तो छ
लामा सांगे लेग्देन भूपेन हिमाली तथा पहाडी क्षेत्रको प्रत्येक बौद्ध गुम्बामा बुद्ध भगवानको दायाँतिर चार हात भएको आर्य अवलोकेश्वरको प्रतिमा हुन्छ । जसको अर्थ कुनै चमत्कार अथवा भनौ अलौकिक शक्ति प्रदर्शन गरेर भएको हैन । यो एउटा प्रतीक हो । यी चार हात་ ཚད་མེད་བཞི། अर्थात, चार चतुब्रह्म विहारको प्रतीक हो । चार चतुब्रह्म भन्नाले १) मैत्री २) करुणा ३)मुदिता ४) उपेक्षा यी चार बौद्धहरुको आभुषण पनि हो । यो चार सत्वगुणहरु तपाईं हामी सबैमा हुन्छ तर निद्र अवस्थामा । यसको विपरीत राग द्वेष मोह ईर्श्याले हामी साधारण व्यक्तिलाई चाहिँ बाँधेको…
Read Moreनेपालमा थेरवादको स्थिति
मुनीन्द्ररत्न बज्राचार्य नेपालमा थेरवाद बुद्धधर्मको आफ्नै स्थान छ । यसको प्राचीन इतिहास स्पष्ट छैन तर पनि यसको विकास पहिलेदेखि नै भइसकेको थियो । भगवान् बुद्धको जन्म ई.पू. ५६३ मा नेपालको पुण्यभूमि लुम्बिनीको कपिलवस्तुको शालोद्यानमा भएको थियो । बुद्धले ६ वर्षको कठिन तपस्याले बुद्धत्व प्राप्त गरी सम्यक सम्बुद्ध हुनु भएको थियो । बुद्धका ज्ञानहरू प्रारम्भमा थेरवाद बुद्धधर्मको रूपमा विकसित हुन गयो । बुद्धको जन्मस्थान लुम्बिनी कपिलवस्तुको आसपासका राज्य कोलीय रामग्राम र अन्य राज्यका शाक्य र ब्राहृमण जातिहरू थेरवाद परम्परामा बौद्ध भिक्षु भएका थिए । बुद्धको निर्वाणपछि सयौंँ वर्षको अन्तरालमा दोस्रो सांघायनमा…
Read Moreनेपालमा जापानी भिक्षुले किन आत्मदाह गर्न खोजेका थिए ?
होमनाथ दाहाल राजा महेन्द्रको शासनकालको उत्तरार्धमा राष्ट्रसंघका महासचिव उथान्त नेपाल भ्रमणमा आए। नेपाल भ्रमणका अवसरमा बौद्ध धर्मावलम्बी ऊ थान्तले लुम्बिनी भ्रमण गरे। भ्रमणको अवसरमा अशोक स्तम्भ, मायादेवी मन्दिरको उनले दर्शन गरे त्यतिबेलासम्म लुम्बिनीको खास विकास भएको थिएन, त्यहाँ बञ्जरभूमि थियो। भेटिकनमा क्रिस्चियनको र मक्कामदिनामा इस्लाम धार्मिक स्थलहरूको विकास भएको, हिन्दु धर्मको पनि ठाउुठाउुमा मन्दिरमा पूजाअर्चना हुने र मेला लाग्ने गर्छ। हिन्दु, इस्लाम र क्रिस्चियन धर्मजतिकै महत्व राख्ने अझ शान्ति र अहिंसालाई विशेष महत्व दिने बौद्ध धर्मको उद्गमस्थलमा विकास निर्माणको खास काम भएको नदेखेपछि ऊ थान्तले राजा महेन्द्रसुग कुरा गरे लुम्बिनीको…
Read More