सागादावा अर्थात् जेष्ठ शुक्लपक्ष तिथिको अत्यन्त महत्वपूर्ण तथा पवित्र महिना मानिन्छ । विशेषगरी महायानी बौद्ध धर्मावलम्बीहरूमा यो पवित्र महिनाको महत्व विशेष खालको रहेको छ । भगवान् बुद्धले जन्म, बुद्धत्व प्राप्ति र महापरिनिर्वाणमा प्रवेश गर्नुभएको अत्यन्त महत्वपूर्ण महिना सागादावा नैभएकोले गर्दा पनि यो महिनाको महत्व बढेर गएको हो । भगवान् बुद्धले विशेषगरी चार अवस्थाहरूले गर्दा दरवारको सबै सुखसयलहरू त्यागेर वनगमन गरेका थिए ।
६ वर्षको कठोर तपस्यापछि बुद्धत्व प्राप्त गर्नुभएका सिद्धार्थ गौतमले आपूm दरबारमा रहँदा देखिएका ती दुखदायि चार अवस्थाहरू जस्तै ः जन्म, जरा, व्याधि र मृत्यजस्ता अत्यन्त दुःखद् अवस्थालाई जुनसुकै मानवले भोग्नु पर्ने भएकोेले यसप्रकारको दुःखबाट कसरी मुक्त हुन सकिन्छ भन्नेबारे ज्ञानको खोजीमा लाग्नुभयो ।
यसरी ६ वर्षको कठोर तपस्थापछि उनले दुःख छ, त्यसलाई बुझ्नु पर्दछ । दुःख उत्पन्न हुने कारण छ, त्यसलाई परित्याग गर्नुपर्दछ । दुःखलाई निरोध गर्र्ने उपाय पनि छ, त्यसलाईसाक्षात्कार गर्नुपर्दछ । यी सबैलाई हटाउने मार्ग छ, त्यस मार्गमा आश्रित भएर हिँड्न सक्नुपर्दछ । यस्तो अत्यन्त महत्वपूर्ण ज्ञान राजकुमार सिद्धार्थले बोध गर्नुभएपछि यसै चार आर्यसत्यलाई नै बौद्ध धर्म भनेर संसारभरी चिनिन थालियो ।
यस सागादावा महिनामा बुद्धका अमृतमय वचनको स्मरण गर्दै पूजापाठ र स्तूपाहरूको प्रदक्षिणा गर्ने र दिन दुःखीहरूलाई भोजन दान, जल दान, वस्त्र दान र धन दान गरेर अपार पुण्य लाभ गर्न सकिन्छ । पुण्य कमाउन सागादावा नै किन चाहियो भनेर प्रश्न उठ्न सक्छ । यस बारे सागादावा नै किन पवित्र महिना हो त भन्दा यस महिनामा एउटा नक्षत्रको उदय हुने भएकोले त्यस क्षेत्रको प्रभावले हामीबाट गरिने कुनै पनि कुशल कर्म वा अकुशल कर्म गुणात्मक रूपमा वृद्धि भएर जान्छ । यसरी हामीले योपवित्र महिनामा माछा मासु त्यागेर मठ–मन्दिर गएर पूजा प्रदक्षिणा र विहार गोन्पाहरूमा गएर लामा भिक्षुहरूलाई भोजन दान गर्न सके सबै प्रतिकुल अवस्थाहरू हट्नका साथै सुख, शान्ति र समृद्धि लाभ गर्न सकिनेमा कुनै शंका रहँदैन । रोग–व्याधि, दुःख–कष्ट र विघ्नबाधा शमन हुनका साथै मनमा शान्ति तथा सबै मानोकांक्षाहरू पूर्ण हुने धार्मिक विश्वास रहेको छ । अन्तमा सबै सत्व प्राणिहरूले बुद्धको अमृतमय वचन श्रवण, चिन्तन र भावना गर्ने अवसर पाऊन । जो–जसले यस पवित्र महिनामा पूजापाठ गर मन्त्र जप गरे जगत् हितार्थ कल्याणकारी पुण्य आर्जन गर्ने धार्मिक अनुष्ठान गर्नुभएको छ उहाँहरू सबैको मनमा बोधिचित्त उत्पन्न होस् भनी त्रिरत्न समक्ष प्राणिधान गर्दछु ।
भवतु सर्वमंगलम् ।।


