हिरण्यलाल श्रेष्ठ भारतले हालका वर्षमा बौद्धमार्गको पुनः जीवितीकरण गर्ने महत्वाकांक्षी योजना बनाएको छ। आफ्ना केही मजबुत र केही सामान्य शक्तिका साधनस्रोतहरूका साथमा, भारत बौद्ध सांस्कृतिक केन्द्रका लागि चीनसँग र जन्मभूमिका लागि नेपालसँग प्रतिस्पर्धा गरिरहेको छ। यो कुरा सन् २०११ मा दिल्लीमा भएको विश्व बौद्धमार्गी सम्मेलन– २०१४ को सेप्टेम्बरमा सम्पन्न अन्तराष्ट्रिय बौद्धमार्गी सम्मेलन र २०१७ मार्चमा सम्पन्न एक्काईसौं शताब्दी अन्तराष्ट्रिय सम्मेलन तथा भारतकै आन्ध्र प्रदेशमा विकसित बौद्धमार्गी करिडरका साथ मोदी सरकारका पालामा राष्ट्रिय शक्ति तथा रणनीति विकासका लागि सांस्कृतिक शक्तिलाई सबलीकरण गर्न भएका प्रयासबाट प्रस्ट हुन्छ। भारतमा विकसित बौद्धमार्गीको लामो इतिहास…
Read MoreCategory: लेख
बुद्धलाई बुझ्ने कसरी ?
भिक्षु कश्यप बुद्धलाई भगवान मानिन्छ। भगवान शब्दका कारण ‘अनिश्वरवादी’ बुद्धलाई किन भगवान भनियो भनेर शंका उत्पन्न हुन सक्छ। खासमा बौद्धकालमा भगवान शब्दको अर्थ ‘सृष्टिकर्ता ईश्वर’ भन्नेमा प्रयोग हुन्थेन। पाली भाषामा ‘भग्गो ति रागो भगवा, भग्गो ति दोसो भगवा, भग्गो ति मोहो भगवा’ अर्थात् जसले राग, द्वेष र मोह भगाउन वा हराउन सक्यो, त्यो नै भगवान भन्ने अर्थमा यो शब्द प्रयोग हुन्थ्यो। आज पनि बुद्धलाई भगवान भनेर सम्बोधन गरिने यही अर्थमा हो, न कि सृष्टिकर्ता ईश्वर मानेर। बुद्धको नाम सिद्धार्थ थियो, गौतम गोत्र। सिद्धार्थ गौतमका बुबा शुद्धोधन तथा आमा महामाया थिए,…
Read Moreबौद्ध तीर्थस्थल परिक्रमा (कोरा) गर्दा हुने फाइदाहरु
बौद्धधर्मलम्विहरु बिहान ,दिउसो वा बेलुका सधै स्वयम्भु ,बौद्ध वा अन्य स्थलहरुमा रहेको बुद्धिस्ट चैत्य ,मानीहरुमा परिक्रम गर्नेको संख्या बाक्लो देखिन्छ । यसै परिक्रम गर्दा महायाना बौद्ध सुत्र अनुसार निम्न लाभहरु प्राप्त गर्न सकिन्छ । [१] छ्योर्तेन परिक्रमा गर्नार्ले, सयौं कल्प सम्म पनि, कहिल्यै अन्धा, रोगी र असफल नभई, काय अथवा शरीर पनि परि शुद्ध हुनेछ । [२] छ्योर्तेन परिक्रमा गर्नार्ले,धनी भइ सम्पत्ति पनि प्रसस्त हुनेछ,धनको लोभ नगरी धनको दान गर्नेछ,दान आधिमा बहादुरी हुनेछ । [३] छ्योर्तेन परिक्रमा गर्नाले, मन मोहक भइ हेर्दामा राम्रो देखिनेछ, राम्रो रुप देख्दा खुसी हुनेछ, प्रसस्त सम्पत्ति…
Read Moreबौद्ध सभ्यता र सिन्धु उपत्यका
रघु परियार सिन्धु घाँटी सभ्यताको व्यवस्थित खोजी तथा अनुसन्धानको काम हुँदा भारतीय पुरातत्व विभागका महानिर्देशक थिए– जोन मार्सल। मोहनजोदडोको एल एरियामा अवस्थित सभा भवनको बनावटलाई लिएर उनले बौद्ध चैत्यजस्तो बताएका थिए। जुन चैत्य जहाँ बौद्ध भिक्षुहरू लामो पंक्ति बनाएर ध्यान गर्दछन्। सिन्धुघाँटी सभ्यताका हडप्पा तथा मोहनजोदडो नगरलाई हेर्दा त्यहाँ बसोबासको क्षेत्र तथा धार्मिक क्षेत्र छुट्टाछुट्टै अवस्थित रहेको पाउँछौं। कपिलवस्तुको बनावटलाई हेर्ने हो भने पनि हामी यस्तै पाउन सक्छौं। बुद्धको घर गनवरिया क्षेत्रमा थियो भने पिपरहवामा धार्मिक क्षेत्र। जस्लाई पुरातत्वविद्हरूले स्तूपक्षेत्र बताएका थिए। सिन्धु घाँटी सभ्यताबाट प्राप्त पीपलको पातको चिन्ह र…
Read Moreअष्टाङ्ग मार्गः बुद्धले दिएको सफलताको सूत्र पहिलो सूत्र-सम्यक दृष्टि
आर. मानन्धर बुद्धले दिएको दुःखमुक्तिका आठ सूत्रमध्ये पहिलो सूत्र हो — सम्यक दृष्टि अर्थात ठीक हेराइ । दृष्टि भन्ने कुरा यति महत्त्वपूर्ण छ कि हाम्रा सोचाइ, विचार, कार्यहरू दृष्टिले नै निर्धारण गर्छ । भनिन्छ पनि, ‘जस्तो दृष्टि त्यस्तै सृष्टि ।’ हो पनि, किन भने— हेराइ (दृष्टि) अनुसार बुझाइ बन्छ । बुझाइ अनुसार सोचाइ बन्छ । सोचाइ अनुसार गराइ हुन्छ । गराइ अनुसार भोगाइ निश्चित हुन्छ । सम्यक दृष्टिलाई अँग्रेजीमा तीन किसिमले अनुवाद गरिएका छन् । ‑ Right View/Perspective (ठीक दृष्टिकोण वा ठीक हेराइ) ‑ Right Vision (ठीक दूरदृष्टि) ‑ Right…
Read Moreधर्मदेशना गर्नुको कारण
को न्यानहुतुन भगवान बुद्धको समय कालनिय- राजकुमारले भगवानसंग प्रश्न गरे। अरूलाई सुन्ने इच्छा छ, सुन्ने इच्छा छैन थाहा नभैकन किन बलपूर्वक जबर्जस्ती देशना गर्नु भएको होला भन्दै प्रश्न गर्दा अतुलनीय भगवान बुद्धले अनुकम्पा राखेर उत्तर दिनु भयो- “राजकुमार” तिम्रो घरमा घिस्रिएर बामे सर्ने बच्चाहरु छन् ? राजकुमारले घिस्रिएर बामे सर्ने अवस्था भएका बच्चाहरू छन् भनेर उत्तर दिनुपर्यो। त्यस बेला भगवानले सोध्नु भएको प्रश्न- काँचको चोइटाहरू मुखमा हालेको देख्यौ भने राजकुमार बालकलाई यसै टोलाएर हेरिरहन्छौ कि, बल लगाएर जबर्जस्ती मुखलाई खुल्ला पारेर काँचको टुक्राहरूलाई निकालेर फ्याँकी दिन्छौ ? राजकुमारले यस प्रकार…
Read Moreबौद्धमार्गीको सानो संसार
लक्ष्मण पोखरेल बुद्ध जन्मस्थल लुम्बिनीभित्र के छ ? धेरैले बुझ्छन्, मायादेवी मन्दिर र अशोक स्तम्भ। बर्सेनि करिब १५ लाखको संख्यामा लुम्बिनी पुग्नेमध्ये निकै कमलाई मात्रै थाहा छ, यो सानो बौद्ध विश्व अर्थात् मिनी बुद्धिस्ट वर्ल्ड नै हो। इसापूर्व ६२३ मा लुम्बिनी जन्मिएका सिद्धार्थ गौतमले ३५ वर्षको उमेरमा बोधि (ज्ञान) प्राप्त गरे। उनले ज्ञान बाँड्दै ४५ वर्ष बिताए। कुशीनगरमा महापरिनिर्वाण प्राप्त गर्दै गर्दा बुद्धले शिष्यलाई भनेका थिए, ‘जीवनमा एक पटक म जन्मेको, बुद्धत्व प्राप्त गरेको, पहिलो पटक ज्ञान बाँडेको र प्राण त्यागेको स्थानमा अवश्य पुग्नू। त्यति पनि नसके जन्मेको स्थान लुम्बिनी…
Read Moreकोरोनाले उल्ट्याएको मानव जीवनको परिभाषा-भिक्षु आनन्द
भिक्षु आनन्द मानव जीवनको पारिभाषा २१ औँ शताव्दीसम्म पुग्दा अति-व्यस्त, अति-धावनकारी जीवनशैली अपनाउने आर्थिक मानव, भौतिक मानव, व्यापारिक मानव, यान्त्रिक मानव हुँदै रोबोट मानवको रूपमा परिभाषित हुँदै गएको छ । मान्छेलाई मन र भावना भएको चेतनशील, संवेदनशील, पारिवारिक, सामाजिक, धार्मिक, संस्कृतिक, आध्यात्मिक प्राणीको रूपमा अर्थ्याउनुभन्दा भौतिक तथा यान्त्रिक मानवको रूपमा अर्थ्याउँदै आएको देखिन्छ । यस्तो अवस्थामा एउटै परिवारका सदस्यहरूबीच लामो समय संगै बस्न, भेटघाट गर्न, खान, बस्न, दुःख–सुख बुझ्न समेत आज मानिस बेफुर्सदिलो गरिदिएको छ किनभने विकासको मापदण्डमा मानसिक र अध्यात्मिक पक्षलाई भन्दा बाह्य भौतिक विकासलाई बढी महत्त्व र प्राथमिकता…
Read Moreओझेलमा परेका बुद्ध भूमिहरु
युवराज कँडेल ईसापूर्व ५६३ वैशाख शुक्लपूर्णिमाको दिन लुम्बिनीमा सिद्धार्थ गौतमको जन्म भएको थियो । खासगरी चीन र पूर्वी एशियामा बुद्ध धर्मको प्रचार भएपछि बुद्ध जन्मस्थलको बारेमा खोजी भयो । यसैक्रममा घुम्दै आएका यात्री फाहियान बौद्ध तीर्थस्थलको भ्रमण गर्ने क्रममा सन् ४०३ मा लुम्बिनी आइपुगे र उनले कपिलवस्तु नगरदेखि पूर्वतर्फ लुम्बिनी उद्यान रहेको र त्यहीं बुद्धको जन्म भएको ठहर गरे । सन् ६३६ मा घुम्दै आएका चिनियाँ यात्री हुएन सांगले आफ्नो यात्रा वृत्तान्तमा लुम्बिनी र त्यहाँको संरचनाको बारेमा उल्लेख गरे । यिनै विद्वान्ले उल्लेख गरे अनुसार लुम्बिनीको खोजी गर्दै जाँदा सन्…
Read Moreबुझौ विस्तृतमा कर्मकाग्यू बौद्ध परम्परा
डा. रमेश ढुंगेल हिमाली बौद्ध परम्पराका चार मुख्य उपसम्प्रदायमध्ये कर्ग्युपा दोस्रो स्थानमा पर्छ। सातौँ शताब्दीदेखि भोटमा बौद्ध परम्परा सुरु भएको हो। ११औँ शताब्दीमा कादम्पा हुँदै यस कार्ग्युप सम्प्रदायको थालनी नहुँदासम्मको पूर्वरूप वा थालनी युगको परम्परालाई निङ्मपा अर्थात् ‘पुरातन पद्दति’ को रुपमा चिनाउने चलन बस्यो। कर्ग्युपाको अर्थ बुद्ध वचनको मूल रूपलाई अपनाउने पद्धति हो। यस पद्धति लगत्तैपछि विकसित परम्परालाई सक्यपा भनिन्छ। जसको अर्थ हुन्छ, खैरो भूमि भएको ठाउँको गोन्पामा विकसित परम्परा। त्यसपछि १६औँ शताब्दीमा तिब्बतका वरिष्ठ विद्वान् लामा जे चोङखपद्वारा गादेन फोडाङ नामक गोन्पामा परिमार्जित तथा विकसित शास्त्रीय विशिष्टताको परम्परालाई गेलुगप…
Read More