कोरोना संक्रमणका कारण केही समय भौतिकरुपमा रोकिएको एकदिने ध्यान शिविर पुनः सुरु हुने भएको छ । प्रत्येक महिना नियमितरुपमा हुँदै आएको ध्यान शिविरलाई कोरोना संक्रमणको तेस्रो लहर आएपछि आचार्य लामा कर्मा साङ्बोले जुममार्फत भर्चुअल रुपमा सुचारु राख्नु भएको थियो । तर अहिले कोरोना संक्रमण कम भएपछि र जोखिम घट्दै गएपछि फेरि ध्यान शिविर भौतिक उपस्थितिमै गरिन लागिएको हो । ध्यान शिविरको आगामी श्रृंखला यही फागुन ७ गते हुँदैछ । हलचोक स्वयम्भूस्थित ब्राका समाज सेवा समिति गुम्बामा हुने ध्यान शिविर विहान ८ देखि साँझ ४ बजेसम्म जारी रहनेछ । धर्मगुरु आचार्य…
Read MoreCategory: Featured
१ करोड रुपैयाँमा पर्वतमा विहार बन्दै
पर्वतको जलजला गाउँपालिका–९ बनौमा बौद्ध बिहार निर्माण सुरु भएको छ । सरकारी निकाय र दाताहरूबाट सहयोग जुटाएर करिब एक करोड रुपैयाँको लागतमा निर्माण गर्न लागिएको बिहारको बिहीबार गण्डकी प्रदेश सरकारका अर्थमन्त्री राम्जी बरालले शिलान्यास गरे । उक्त बौद्ध बिहार निर्माणमा गण्डकी प्रदेश सरकारबाट पाँच लाख, कोरिया समूहबाट ५७ हजार, डबबहादुर गर्बुजाबाट ५० हजार, स्थानीय पूर्णबहादुर पाइजाबाट ३५ हजार, प्रेमबहादुर पुर्जाबाट ३० हजार, भुवनसिंह पुनबाट २५ हजार रुपैयाँ सहयोग प्राप्त भएको छ । विहार आगामी दुई वर्षभित्र निर्माण सम्पन्न हुने बताइएको छ । मगर बस्ती भएको उक्त क्षेत्रमा उत्पादनसहित पर्यटन प्रवद्र्धन…
Read Moreछोग्याल रिन्पोछेको सय दिनको करुणा चुनौति सुरु
धर्मगुरु छोग्याल रिन्पोछेद्वारा प्रदान हुने १०० दिनको करुणा चुनौति आइतवारदेखि सुरु भएको छ । नेपाली, अंग्रेजी, रसियन लगायतका भाषामा समेत अनुवाद हुने यो कार्यक्रम हरेक हप्ता एकदिन हुनेछ । विश्वभरबाट सहभागि हुने भएकाले सबैको उपयुक्त हुने गरि नेपाली समय अनुसार दिउँसो १२ः४५ मा यो कार्यक्रम गरिदैछ । हरेक हप्ता प्राप्त निर्देशन अनुसार सहभागिले हप्ताभरि करुणाको अभ्यास गर्नु पर्छ । हरेक आइतवार हुने यो कार्यक्रम १५ हप्तासम्म जारी रहनेछ । निःशुल्करुपमा सञ्चालन गरिएको करुणा चुनौतिमा जुमबाट सहभागि भई अभ्यास गर्ने व्यवस्था मिलाइएको छ ।
Read Moreपरिचय नखुलाई पाँचमाने स्तुपको जिर्णोद्वारमा रिन्पोछेको साढे दुई करोड दान
झण्डै एक हजार वर्षअघि काठमाडौंबाट पश्चिम नेपालतिर जान जितपुरफेदी (अहिलेको तारकेश्वर नगरपालिका–३) एक मात्रै मूल बाटो थियो। त्यहाँबाट नुवाकोट, त्रिशूली, गोरखा, पोखरा, धादिङ लगायत स्थानतिर पैदल नै जानुपर्थ्यो । यही बाटो स्वदेशी तथा विदेशी व्यापारी र पर्यटकको लावालस्कर लाग्थ्यो, रसुवाको केरुङ हुँदै तिब्बतसम्म पुग्न। जितपुरफेदीको नामले चिनिने यो गाउँको उत्तरतिर अग्लो पहाडमा छ, तारकेश्वर महादेवस्थान। जहाँ जनैपूर्णिमा र श्रीपञ्चमीका दिन पूजापाठ हुन्छ, भक्तजनको घुइँचो नै लाग्छ। यही पहाडको फेदीमा बौद्ध धर्मावलम्बीको अर्को पवित्रस्थल पनि छ, पाँचमाने। यो भने झण्डै एक हजार वर्षअघि निर्माण गरिएको हो। बुद्धको उपमा पाएका अतिश दीपङ्कर…
Read Moreसोनाम ल्होसारमा कटारीमा बुद्धपार्क उद्घाटन
उदयपुरको कटारी नगरपालिका–५ स्थित भोलेमा बुद्ध पार्कको उद्घाटन गरिएको छ । तामाङ समुदायले मनाउने महान् चाड २८५८ औं सोनाम ल्होछार (बाघ वर्ष)को अवसर पारेर पार्क उद्घाटन गरिएको हो । पार्कमा कटारी नगरपालिकाको १६ लाख लागतमा निर्मित बुद्धको मूर्ति राखिएको छ । कटारी नगर प्रमुख ज्ञानेन्द्र श्रेष्ठले पार्कले आन्तरिक पर्यटन प्रवद्र्धनमा सहयोग पु¥याउने बताए । मदन भण्डारी लोकमार्गसँगै निर्माण गरिएको पार्कले यस क्षेत्रको सौन्दर्यसमेत बढाएको स्थानीयले बताए । नेपाल तामाङ घेदुङ्ग संघ कटारीले तामाङ समुदायको धार्मिक एवं सांस्कृतिकरुपले महत्वपूर्ण पर्व ल्होछारको शुभकामना आदान प्रदान गर्दै मनाएको छ । कटारी नगरपालिका ३…
Read Moreनयाँ वर्षको स्वागतमा सोनाम ल्होसार मनाउँदै बौद्धमार्गी
तामाङ लगायतका विभिन्न बौद्धमार्गी समुदायले नयाँ वर्षको रुपमा माघ शुक्ल प्रतिपदाका दिन मनाउने सोनाम ल्होछार पर्व मनाउँदैछन् । ल्होसार मनाउने क्रममा आज विविध कार्यक्रम आयोजना गरिएको छ । देशका विभिन्न भागमा बसोबास गर्ने तामाङसहित ह्योल्मो, थकाली, जिरेल, भोटे, दुरा, लेप्चा आदि जातिले समेत आ–आफ्नै शैली र परम्पराअनुसार यो पर्व मनाउँदै आएको पाइन्छ । तामाङ जातिको बाहुल्यता रहेको बागमती प्रदेशका विभिन्न जिल्लामा यो पर्व विशेषरुपमा मनाइन्छ । सोनाम ल्होसारको अवसरमा सरकारले देशभर सार्वजनिक बिदा दिएको छ । मञ्जुश्री पात्रो अनुसार आजदेखि २८ सय ५८ औं वर्ष सुरु हुन्छ । आजदेखि गाई…
Read Moreभुटानमा गौतम बुद्ध हिडेको बाटो खुल्ला गरिदैं
‘चट्याङको देश’ उपमा पाएको भुटान। दक्षिण एसियामा अवस्थित यो सानो मुलुक संसारका धेरै लागि अपरिचित नै छ। तर, भुटान पुग्ने भने त्यहाँ पुग्ने बित्तिकै लोभिने गरेका छन्। हो, त्यसै भुटानका धेरै स्थान र महत्त्वका बारे धेरै वर्षपछि संसारका थुप्रै मानिस जानकार हुन सक्नेछन्। ६० वर्षको अन्तरालमा ‘ट्रान्स भुटान ट्रायल ’ फेरि खुला हुँदैछ । क्यानडा भुटान फाउन्डेसनले दिएको जानकारी अनुसार दुई सय ५० माइलको सो रुटले नौ जिल्ला, २८ स्थानीय निकाय, दुई महानगरपालिका, एक राष्ट्रिय पार्क तथा चार सय ऐतिहासिक र सांस्कृतिक क्षेत्र समेटेको छ। फाउन्डेसनकै मुख्य आर्थिक सहयोगमा सो…
Read Moreङिङ्मा परम्पराका सर्वश्रेष्ठ गुरुको परिनिर्वाण
हिमाली बौद्ध परम्परा ङिङ्माका सर्वोच्च गुरु परमपूज्य दो डुपछेन् रिन्पोछेको बुधवार परिनिर्वाण भएको छ । भारतको सिक्किमस्थित दोद्रुप्चेन छोर्तेन मोनास्ट्र र ओरेगनस्थित तासी छोइलिङ सेन्टर फर बुद्धिस्ट स्टडिजले विज्ञप्ति जारी गर्दै चौथो दो डुपछेन् रिन्पोछेको परिनिर्वाणको घोषणा गरेको छ । दो डुपछेन रिन्पोछे तिब्बती बौद्ध धर्मको ङिङ्मा र जोग्चेन परम्पराका सबैभन्दा महत्वपूर्ण र समकालीन गुरुहरूमध्ये श्रेष्ठ हुनुहुन्छ । उहाँको परिनिर्वाणसँगै अहिले सिक्किम, उत्तरी भारतमा अहिले थुग्दम जारी छ । दो डुपछेन् रिन्पोछे र ग्याट्रल रिन्पोछेबीच विशेष सम्बन्ध रहेको छ । दुवै रिन्पोछेको भेट सानै उमेरमा भएको थियो । लामो समय…
Read Moreदोलखामा गुम्बा बनाउन अन्तिम तमुस्योको अभियान
दोलखामा गुम्बा निर्माणका लागि आवश्यक रकम संकलनका लागि सुरु गरिएको १८ दिने अभियानको समापन भएको छ । गुम्बा निर्माण लागि आर्थिक संकलनको नेतृतव बेलायतमा रहेकी अन्तिम तमुस्योले गरेकी थिइन् । कुन्सल थोङ्ड्रोलिङ गुम्बा पुनःनिर्माणका लागि गरिएको अभियानबाट १६ लाख १७ हजार रुपैयाँ संकलन भएको छ । संकलित रकम टुल्कु साम्तेन रिन्पोछे र गुम्बा व्यवस्थापन समितिका अध्यक्ष खेनरिन्पोछे सोनाम वाङ्गेल लगायतको उपस्थितिमा हस्तान्तरण गरिएको छ । सामाजिक सञ्जालबाट आह्वान गरी सुरु भएको आर्थिक संकलनमा विभिन्न देशमा रहेका शुभेच्छुकहरुले सहयोग गरेका थिए । बेलायतमा रहँदै आएकी अन्तिम तमुस्यो बौद्ध धार्मिक गतिविधि र…
Read More‘फादर अफ माइन्डफुलनेस’ उपाधि प्राप्त बौद्ध भिक्षु हानको निधन
‘फादर अफ माइन्डफुलनेस’को रूपमा चिनिएका विश्व प्रसिद्ध भियतनामी बौद्ध भिक्षु थिच न्हाट हानको निधन भएको छ । ९५ वर्षको उमेरमा शनिबार भियतनामको ह्युमा रहेको तु हिउ मन्दिरमा उहाँको शान्तिपूर्वक निधन भएको जेन बौद्ध शिक्षण संस्था, इन्टरनेशनल प्लम भिलेज कम्युनिटीले जनाएको छ । जेन बौद्ध भिक्षु, कवि र शान्ति अभियन्ता हान, सन् १९६० मा भियतनाम युद्धको विरोधी बनेर आध्यात्मिक यात्राबाट शान्तिको महाअभियानमा लाग्नुभएको थियो । उहाँले इंगेज्ड बुद्धिज्मको अवधारणा मार्फत बुद्ध धर्मको प्रचार गर्नुभएको थियो । पश्चिमा मुलुकमा अग्रगामीको रूपमा बुद्ध धर्मको फैलाउनु भएका उहाँले फ्रान्समा प्लम गाउूमा गुम्बा स्थापना गरेर…
Read More