छोग्याल रिन्पोछेको सय दिनको करुणा चुनौति सुरु

धर्मगुरु छोग्याल रिन्पोछेद्वारा प्रदान हुने १०० दिनको करुणा चुनौति आइतवारदेखि सुरु भएको छ । नेपाली, अंग्रेजी, रसियन लगायतका भाषामा समेत अनुवाद हुने यो कार्यक्रम हरेक हप्ता एकदिन हुनेछ । विश्वभरबाट सहभागि हुने भएकाले सबैको उपयुक्त हुने गरि नेपाली समय अनुसार दिउँसो १२ः४५ मा यो कार्यक्रम गरिदैछ ।

हरेक हप्ता प्राप्त निर्देशन अनुसार सहभागिले हप्ताभरि करुणाको अभ्यास गर्नु पर्छ । हरेक आइतवार हुने यो कार्यक्रम १५ हप्तासम्म जारी रहनेछ । निःशुल्करुपमा सञ्चालन गरिएको करुणा चुनौतिमा जुमबाट सहभागि भई अभ्यास गर्ने व्यवस्था मिलाइएको छ ।

Share

Related posts