१ करोड रुपैयाँमा पर्वतमा विहार बन्दै

File Photo

पर्वतको जलजला गाउँपालिका–९ बनौमा बौद्ध बिहार निर्माण सुरु भएको छ । सरकारी निकाय र दाताहरूबाट सहयोग जुटाएर करिब एक करोड रुपैयाँको लागतमा निर्माण गर्न लागिएको बिहारको बिहीबार गण्डकी प्रदेश सरकारका अर्थमन्त्री राम्जी बरालले शिलान्यास गरे । उक्त बौद्ध बिहार निर्माणमा गण्डकी प्रदेश सरकारबाट पाँच लाख, कोरिया समूहबाट ५७ हजार, डबबहादुर गर्बुजाबाट ५० हजार, स्थानीय पूर्णबहादुर पाइजाबाट ३५ हजार, प्रेमबहादुर पुर्जाबाट ३० हजार, भुवनसिंह पुनबाट २५ हजार रुपैयाँ सहयोग प्राप्त भएको छ । विहार आगामी दुई वर्षभित्र निर्माण सम्पन्न हुने बताइएको छ ।

मगर बस्ती भएको उक्त क्षेत्रमा उत्पादनसहित पर्यटन प्रवद्र्धन गर्न होमस्टे समेत सञ्चालन गर्न मन्त्री बरालले सुझाव दिए । राज्यले सबै धर्मलाई समानरुपले हेर्ने बताउँदै मन्त्री बरालले उक्त बिहार निर्माणमा थप रकम व्यबस्थापन गर्न पुनः पहल गर्नेसमेत बताए ।

Share

Related posts