आचार्य कर्मा साङ्बोले फागुन ७ मा भौतिकरुपमै ध्यान शिविर गर्ने

कोरोना संक्रमणका कारण केही समय भौतिकरुपमा रोकिएको एकदिने ध्यान शिविर पुनः सुरु हुने भएको छ । प्रत्येक महिना नियमितरुपमा हुँदै आएको ध्यान शिविरलाई कोरोना संक्रमणको तेस्रो लहर आएपछि आचार्य लामा कर्मा साङ्बोले जुममार्फत भर्चुअल रुपमा सुचारु राख्नु भएको थियो । तर अहिले कोरोना संक्रमण कम भएपछि र जोखिम घट्दै गएपछि फेरि ध्यान शिविर भौतिक उपस्थितिमै गरिन लागिएको हो ।

ध्यान शिविरको आगामी श्रृंखला यही फागुन ७ गते हुँदैछ । हलचोक स्वयम्भूस्थित ब्राका समाज सेवा समिति गुम्बामा हुने ध्यान शिविर विहान ८ देखि साँझ ४ बजेसम्म जारी रहनेछ ।

धर्मगुरु आचार्य लामा कर्मा साङ्बोले प्रत्येक नेपाली महिनाको पहिलो शनिवार ध्यान कार्यक्रम गर्ने गरी समथ तथा विपश्यपना ध्यान शिविर गर्दै आइरहनु भएको छ । समथ तथा विपश्यपना साधनाको गर्नुको उद्देश्य गौतम बुद्धले दिनु भएको ज्ञान, दर्शन र ध्यानलाई आम सर्वसाधारणमा पुर्याउनु रहेको आचार्य कर्मा साङ्बोको भनाई छ ।
ध्यान शिविरमा सहभागि हुन चाहनेले यी नंवरहरुमा सम्पर्क गर्न सक्नु हुनेछ ।
9851193657
9851041513

Share

Related posts