निन्छुङ दुङ्से रिन्पोछेद्वारा तीन दिने बौद्ध धर्म प्रवचन

निन्छुङ दुङ्से रिन्पोछेद्वारा आयोजित तीन दिने बौद्ध प्रवर्चन तथा पूजा आज शुक्रवार सकिदैछ । बुधवारदेखि सुरु भएको प्रवचनमा डोल्पाका स्थानीय सहभागि छन् । काठमाडौंको आरुवारी, गोकर्णेश्वरस्थित डोल्पा समाजको भवनमा प्रवचन कार्यक्रम आयोजना गरिएको हो । प्रवचनसँगै निन्छुङ दुङ्से रिन्पोछेले बौद्ध धर्मको महत्व र बुद्धले दिनु भएको योगदानको समेत चर्चा गर्नु भएको छ ।

प्रचवनको पहिलो दिनको स्पोन्सर टुल्कु दावा रिन्पोछे र दोस्रो दिनको स्पोन्सर लामा दोर्जे रहनु भएको छ । प्रवचनको आयोजना ङिमा रिम्पोछेको अनुरोधमा गरिएको हो । यस्तै किशिमको पूजा फेरि चाँडै गरिने निन्छुङ दुङ्से रिन्पोछेले बताउनु भयो ।

Share

Related posts