सोनाम ल्होसारमा कटारीमा बुद्धपार्क उद्घाटन

उदयपुरको कटारी नगरपालिका–५ स्थित भोलेमा बुद्ध पार्कको उद्घाटन गरिएको छ । तामाङ समुदायले मनाउने महान् चाड २८५८ औं सोनाम ल्होछार (बाघ वर्ष)को अवसर पारेर पार्क उद्घाटन गरिएको हो । पार्कमा कटारी नगरपालिकाको १६ लाख लागतमा निर्मित बुद्धको मूर्ति राखिएको छ । कटारी नगर प्रमुख ज्ञानेन्द्र श्रेष्ठले पार्कले आन्तरिक पर्यटन प्रवद्र्धनमा सहयोग पु¥याउने बताए । मदन भण्डारी लोकमार्गसँगै निर्माण गरिएको पार्कले यस क्षेत्रको सौन्दर्यसमेत बढाएको स्थानीयले बताए ।

नेपाल तामाङ घेदुङ्ग संघ कटारीले तामाङ समुदायको धार्मिक एवं सांस्कृतिकरुपले महत्वपूर्ण पर्व ल्होछारको शुभकामना आदान प्रदान गर्दै मनाएको छ । कटारी नगरपालिका ३ को राजावासस्थित श्री साङ्गे छोयलिङ्ग बौद्ध गुम्बा परिसरमा तामाङ समुदाय भेला भई यसवर्षको ल्होछार पर्व मनाएका हुन् ।

Share

Related posts