नेपाली हस्तकलाको विविध विधा मध्ये थान्का (पौभा) चित्र लेखन पनि एक मौलिक कला हो । यो चित्र लेखन कार्य सूती कपडामा गरिन्छ । सूती कपडालाई काठको फ्रेममा कसी सपेता र सरेस मिलाएर पोतिन्छ । सपेता र सरेस सुकेपछि चिल्लो काठको फलेकमा राखेर पानीले भिजाई ढुङ्गाले घोटिन्छ । यो क्रम धेरै पटक दोहोर्याए पछि मिहिन चिल्लो भई लेख्न योग्य हुन्छ । थान्कामा विशेष गरेर बुद्धका चित्रहरू बढी मात्रामा कोरिएको पाइन्छ । यो थान्का लेखन कला नेपाल बाहेक विशेष गरी चीन, जापान, कोरिया मंगोलिया आदि देशहरूमा रहेको छ । यो एक प्रकारको…
Read MoreCategory: Featured
छोग्याल रिन्पोछेको जन्मदिनमा छात्रवृत्ति र रक्तदान
नेपाल बौद्ध संघका संस्थापक छोग्याल रिन्पोछेको ३७ औँ जन्म दिनको अवसर पारेर संघले शुक्रवार छात्रवृत्ति प्रदान गरेको छ । संघले पाटन संयुक्त क्याम्पस इतिहास तथा बौद्ध शिक्षा अध्ययन विभाग अन्तर्गत स्नातक तहमा बौद्ध शिक्षा लिइ अध्ययन गरिरहेका विद्यार्थीहरुलाई छात्रवृत्ति प्रदान गरेको हो । ११ जना विद्यार्थीलाई छात्रवृत्ति प्रदान गरेको संघका कार्यकारी निर्देशक सर्विन्द्र ठाकुरले बताए । बौद्ध धर्म संस्कृतिको प्रवद्र्धनका लागि स्थापित नेपाल बौद्ध संघले बौद्ध शिक्षा अध्ययन गरिरहेका विद्यार्थीलाई छात्रवृत्ति दिन पाउँदा गौरव महशुष भएको कार्यकारी निर्देशक ठाकुरलेबताए । भिक्षु बोधिज्ञान महास्थविरको प्रमुख आतिथ्यमा छात्रवृति प्रदान गरिएको हो ।…
Read Moreबौद्धमार्गी हिमाली समुदायले ग्याल्पो ल्होसार मनाउँदै
हिमाली समुदायले आज ग्याल्पो ल्होसार मनाउँदैछन् । विशेष गरी हिमाली क्षेत्रमा बसोबास गर्ने शेर्पा लगायतका हिमाली लगायत महायान बौद्ध परम्परामा चन्द्रमास गणना गरी फागुन शुक्लपक्ष प्रतिपदाका दिन नयाँ वर्ष सुरु हुने विश्वाससहित ग्याल्पो ल्होसार मनाइन्छ । यो पर्वमा आफ्नो गाउँघर, टोलमा रहेका बाटोघाटो तथा पानीका मूलहरूको सरसरफाइ गर्ने, नौ प्रकारको अन्न मिसाइएको परिकार गुथुक र खाप्से खाने तथा आपसमा शुभकामना आदानप्रदान गर्दै नयाँ वर्षको स्वागत गर्ने परम्परा छ । यसलाई पारिवारिक एवम् सामाजिक मेलमिलाप अभिवृद्धि गर्ने अवसरका रूपमा लिइन्छ । महायानी बौद्ध धर्मावलम्बी तथा शेर्पा समुदायको नयाँ वर्ष ग्याल्पो ल्होसार–२१४९…
Read Moreगुल्मीको देउराली डाँडामा बौद्ध स्तुप निर्माण सूरु
पर्यटन प्रवद्र्धन गर्न भार्सेको देउराली डाँडामा बौद्ध स्तुप निर्माण गर्न थालिएको छ । गुल्मीको सत्यवती गाउँपालिका–८ भार्सेको देउराली डाँडामा लुम्बिनी प्रदेशकै दोस्रो ठूलो स्तुप निर्माणकार्य थालिएको हो । समुद्री सतहबाट दुई हजार १८० मिटर उचाइमा पर्ने सो डाडाँमा यही फागुन १३ गतेदेखि निर्माण थालिएको हो । स्तुपको आगामी असार मसान्तसम्म कार्यसम्पन्न हुनेछ । उक्त दिन लुम्बिनीबाट चार र श्रीलङ्काबाट एक बौद्ध धर्मालम्बी आई स्तुपको निर्माण थालेका थिए । असार मसान्तसम्म सक्ने लक्ष्य लिइएको काममा बौद्धस्तुप, भ्यू पोइन्ट, मनोरञ्जनस्थल, पिकनिक स्पोर्ट, फोटा खिच्ने ठाउँलगायतका संरचना निर्माण गरिने निर्माण समितिका अध्यक्ष नरबहादुर…
Read Moreबौद्धमार्गीले भोली ग्याल्बो ल्होसार मनाउने, सरकारद्वारा सार्वजनिक बिदा
सरकारले भोलि बिहीवार सार्वजनिक बिदा दिने निर्णय गरेको छ । मन्त्रिपरिषद् बैठकको निर्णयअनुसार शेर्पा समुदायको ग्याल्पो ल्होसारको अवसरमा भोलि सार्वजनिक बिदा दिने निर्णय भएको गृह मन्त्रालयले सूचना निकालेर जनाएको छ । मन्त्रालयकाे सूचनाअनुसार भोलि सबै सरकारी कार्यालय, सार्वजनिक सङ्घ–संस्था बन्द हुने भएका छन् ।
Read Moreचोरी भएर अमेरिका पु¥याइएको बुद्ध मूर्ति नेपाल ल्याइयो
विभिन्न समयमा चोरी भएर अमेरिका पुगेका मूर्ति र टुँडाल नेपाल फर्काइएको छ । अमेरिकाको न्युयोर्कस्थित रुबिन म्युजियममा फेला परेको टुँडाल र अर्को एउटा काष्ठकलासँगै न्युयोर्ककै तिब्बत ग्यालरीमा भेटिएको बुद्धको मूर्ति नेपाल ल्याइएको हो । सोमबार काठमाडौं ल्याइएको उक्त मूर्तिलाई पुरातत्व विभागले बुधबार पत्रकार सम्मेलन गरेर जानकारी दिन लागेको छ । पुरातत्व विभागकी सूचना अधिकारी शुभद्रा भट्टराईले अमेरिकाबाट ल्याइएको एउटा बुद्धको मूर्ति, यम्पी महाविहार ललितपुरबाट चोरिएको एउटा तोरण र एउटा झ्यालको मुनि राखिने गन्धर्व आकृतिको काष्ठकला नेपाल फर्काइएको जानकारी दिइन् । रुविन म्युजियमकै पदाधिकारीले बुधबार नै नेपालको पुरातत्व विभागलाई यी सम्पदा…
Read Moreस्वयम्भूमा एक महिने बुद्ध मूर्ति निर्माण तालिम सुरु
संस्कृति पर्यटन तथा नागरिक ऊड्ड्ययन मन्त्रालय, बौद्ध दर्शन प्रवर्धन तथा गुम्बा बिकास समितिद्दारा आयोजित एक महिने “मुर्ति निर्माण तालिम“ कार्यक्रम फाल्गुन १० गतेबाट राजधानीको स्वयम्भुमा शुरु भएको छ । उक्त तालिमको उद्घाटन गर्दै समिति का अध्यक्ष फुपु छेम्बे शेर्पा (खेन्पो गेसे थुप्तेन जिग्ड्रोल)ले मुर्ति निर्माण तालिमले बौद्ध दर्शन र कलाको संरक्षणमा महत्वपुर्ण भूमिका गर्ने बताउनु भयो । कुनै पनि मुर्तिका बारेमा पूर्ण अध्ययन अनुशन्धान नगरी मुर्ति बनाउँदा त्यसले भविष्यमा धार्मिक तथा सांस्कृतिक बिचलन ल्याउन सक्ने तर्फ सचेत हुन समितिका अध्यक्षले आग्रह गर्नुभयो । कार्यक्रममा बोल्दै समितिका कार्यकारी निर्देशक होम बहादुर…
Read Moreएकदिने ध्यान शिविर सम्पन्न
आचार्य लामा कर्मा साङ्बोले प्रत्येक महिना गर्दै आउनु भएको एक दिने समथ एवम् विपश्यना ध्यानको पछिल्लो श्रृंखला फागुन ७ गते शनिवार सम्पन्न भएको छ । ध्यान शिविर काठमाडौँको स्वयम्भू, हल्चोकस्थित ब्राका समाजसेवा समिति गुम्बामा आयोजना भएको थियो । ध्यान शिविरमा करिब ९० जना सहभागि भएको आचार्य लामा कर्मा साङ्बोले जानकारी दिनुभयो । ध्यान शिविरमा समथ र विपश्यना ध्यानको अभ्यास र यसको महत्वको बारेमा जानकारी दिइएको थियो । विहान ८ बजेदेखि ४ बजेसम्म भएको ध्यान साधनामा विभिन्न पाठहरु समेत गरिएको आचार्य लामा कर्मा साङ्बोले बताउनु भयो । कोरोना महामारीको तेस्रो लहरका…
Read Moreविश्वविख्यात रिन्पोछे क्याब्जे दुज्योम याङ्सीको परिनिर्वाण
विश्वप्रशिद्ध परम पुज्यनिय गुरुबर क्याब्जे दुज्योम याङ्सी रिन्पोछे ज्युको परिनिर्वाण भएको छ । उहाँको फेब्रुअरी १५ मा परिनिर्वाण भएको दुज्योम इन्टरनेशनल फाउण्डेसन र दुज्योम लाब्राङले जनाएको छ । फाउण्डेसनले भनेको छ ‘अत्यन्तै दुःखको साथ, हामी परम पावन दुड्जोम रिन्पोछे साङ्गे पेमा शेपाको परिनिर्वाणको खबर सार्वजनिक गर्दैछौँ ।’ दुज्योम रिन्पोछे दुज्योम तेर्सारको प्रमुख हुनुहुन्थ्यो । परिनिर्वाणको अघिल्लो दिन १४ फेब्रुअरीमा रिन्पोछेले आफु आराम चाहने र अनुयायीलाई शान्त र सचेत रुपमा रहन आग्रह गर्नु भएको थियो । उहाँले त्यसो भन्दै बेडरुममा भोलीपल्ट हेर्दाँ उहाँ परिनिर्वाणको अवस्थामा फेला पर्नु भएको थियो । दुड्जोम…
Read Moreनिन्छुङ दुङ्से रिन्पोछेद्वारा तीन दिने बौद्ध धर्म प्रवचन
निन्छुङ दुङ्से रिन्पोछेद्वारा आयोजित तीन दिने बौद्ध प्रवर्चन तथा पूजा आज शुक्रवार सकिदैछ । बुधवारदेखि सुरु भएको प्रवचनमा डोल्पाका स्थानीय सहभागि छन् । काठमाडौंको आरुवारी, गोकर्णेश्वरस्थित डोल्पा समाजको भवनमा प्रवचन कार्यक्रम आयोजना गरिएको हो । प्रवचनसँगै निन्छुङ दुङ्से रिन्पोछेले बौद्ध धर्मको महत्व र बुद्धले दिनु भएको योगदानको समेत चर्चा गर्नु भएको छ । प्रचवनको पहिलो दिनको स्पोन्सर टुल्कु दावा रिन्पोछे र दोस्रो दिनको स्पोन्सर लामा दोर्जे रहनु भएको छ । प्रवचनको आयोजना ङिमा रिम्पोछेको अनुरोधमा गरिएको हो । यस्तै किशिमको पूजा फेरि चाँडै गरिने निन्छुङ दुङ्से रिन्पोछेले बताउनु भयो ।
Read More