आचार्य लामा कर्मा साङ्बोले प्रत्येक महिना गर्दै आउनु भएको एक दिने समथ एवम् विपश्यना ध्यानको पछिल्लो श्रृंखला फागुन ७ गते शनिवार सम्पन्न भएको छ । ध्यान शिविर काठमाडौँको स्वयम्भू, हल्चोकस्थित ब्राका समाजसेवा समिति गुम्बामा आयोजना भएको थियो । ध्यान शिविरमा करिब ९० जना सहभागि भएको आचार्य लामा कर्मा साङ्बोले जानकारी दिनुभयो ।

ध्यान शिविरमा समथ र विपश्यना ध्यानको अभ्यास र यसको महत्वको बारेमा जानकारी दिइएको थियो । विहान ८ बजेदेखि ४ बजेसम्म भएको ध्यान साधनामा विभिन्न पाठहरु समेत गरिएको आचार्य लामा कर्मा साङ्बोले बताउनु भयो ।
कोरोना महामारीको तेस्रो लहरका कारण भौतिकरुपमा रोकिएको ध्यान शिविर संक्रमण कम भएपछि पुनः सुरु गरिएको हो । भौतिकरुपमा ध्यान शिविर सञ्चालन नभएको समय आचार्य लामा कर्मा साङ्बोले भर्चुअलमाध्यमबाट गराउँदै आउनु भएको थियो ।


