विश्वविख्यात रिन्पोछे क्याब्जे दुज्योम याङ्सीको परिनिर्वाण

विश्वप्रशिद्ध परम पुज्यनिय गुरुबर क्याब्जे दुज्योम याङ्सी रिन्पोछे ज्युको परिनिर्वाण भएको छ । उहाँको फेब्रुअरी १५ मा परिनिर्वाण भएको दुज्योम इन्टरनेशनल फाउण्डेसन र दुज्योम लाब्राङले जनाएको छ । फाउण्डेसनले भनेको छ ‘अत्यन्तै दुःखको साथ, हामी परम पावन दुड्जोम रिन्पोछे साङ्गे पेमा शेपाको परिनिर्वाणको खबर सार्वजनिक गर्दैछौँ ।’ दुज्योम रिन्पोछे दुज्योम तेर्सारको प्रमुख हुनुहुन्थ्यो ।

परिनिर्वाणको अघिल्लो दिन १४ फेब्रुअरीमा रिन्पोछेले आफु आराम चाहने र अनुयायीलाई शान्त र सचेत रुपमा रहन आग्रह गर्नु भएको थियो । उहाँले त्यसो भन्दै बेडरुममा भोलीपल्ट हेर्दाँ उहाँ परिनिर्वाणको अवस्थामा फेला पर्नु भएको थियो ।

दुड्जोम रिन्पोछे ट्रक्टुङ दुड्जोम लिङ्पा, दुड्जोम रिन्पोछे जिग्द्राल येशे दोर्जे, र छत्राल सांगे दोर्जे रिन्पोछे लगायतले प्रतिपादन गरेको दुज्योम परम्पराको एक सम्मानित र प्रभावशाली प्रतिनिधि हुनुहुन्थ्यो । दुज्योम परम्परा आदरणीय गुरु दुड्जोम लिङ्पा रिन्पोछेले १८३५ देखि प्रचलनमा ल्याउनु भएको हो ।

उहाँ सन् १९९० मा उत्तरपूर्वी तिब्बतमा जन्मनु भएको थियो । रिन्पोछेले सन २०१८ सम्म तिब्बत र नेपालमा छत्रल सांगे दोर्जे रिन्पोछेको निर्देशनमा धार्मिक अभ्यास गर्नु भएको थियो । सन् २०१८ मै उहाँले क्यानडा र संयुक्त राज्य अमेरिकाको भ्रमण गरी पश्चिम राष्ट्रको पहिलो भ्रमण सुरु गर्नु भयो । उहाँको दोस्रो भ्रमण फ्रान्स, रुस, स्पेन र स्विट्जरल्याण्डमा भयो, । उहाँले स्पेनको भ्यालेन्सियामा रहेको दुज्योम केन्द्रको नेतृत्व पनि लिनु भयो ।

उहाँको परिनिर्वाण पश्चात अहिले विश्व बौद्ध जगतले उहाँको सिघ्र पूनर्जन्मको कामना गरिरहेको छ ।

Share

Related posts