बुद्धको अमृतमय वचन तथा बौद्ध परम्परा सार्वजनिक With Video

काठमाडौँमा एक कार्यक्रमका बीच ‘बुद्धको अमृतमय वचन तथा बौद्ध परम्परा’ नामक पुस्तक सार्वजनिक गरिएको छ । दुङ्जिन लोपेन रिन्पोछे दावा साङ्बोद्वारा लिखित पुस्तकमा बौद्ध धर्म र दर्शनका विविध पक्षहरुलाई समेटिएको छ । पुस्तक सार्वजनिक कार्यक्रममा बोल्दै इतिहासविद् डा. रमेशकुमार ढुंगेल, अनुवादकद्वय पुण्य पराजुली र टीका शेर्पा लगायतले पुस्तक बौद्ध धर्म र दर्शनको बारेमा बुझ्न अत्यन्तै महत्वपूर्ण रहेको बताए । पुस्तकमा गौतम बुद्धको संक्षिप्त जीवन लिला, बौद्ध धर्म र दर्शनको महत्व र बौद्ध शिक्षा किन आवश्यक छ लयायतका विषयहरु समेटिएको छ । कोरोना महामारी सुरु भएपछि दैनिक बाह्य गतिविधि ठप्प भएपछि…

Read More

पोखरामा विश्व शान्ति काग्यूर (त्रिपिटक) वाचन सम्पन्न

गुरुङ (तमु) लामा बौद्ध धर्म समाज केन्द्र द्वारा “अहिंसा परम धर्म हाम्रो चाहना, विश्व सर्ब शान्तिको कामना“ मुल नारा सहित आयोजित विश्व शान्ति काग्यूर (त्रिपिटक) वाचन महापूजा अनुष्ठान सम्पन्न भएको छ । पूजा पोखरामा चैत १३ देखि १८ गतेसम्म आयोजना भएको थियो । काग्युर बाचनको निमित्त बिभिन्न गुम्बा र क्षेत्रहरुबाट लामाहरु सहभागि हुनु भएको थियो । महापुजा अनुष्ठानको लागि तमु धिं नेपालले पुजास्थल साथै आवश्यक सम्पूर्ण सामग्रीहरु उपलव्ध गराएको थियो । महापूजा अनुष्ठानमा चारै वटा बौद्ध परम्पराका श्रद्धेय गुरुहरुलाई सहभागि हुनु भएको थियो । अनुष्ठानको उद्घाटन समारोहमा गण्डकी प्रदेशका प्रदेश…

Read More

बुद्ध जन्मभूमि लुम्बिनी लयमा फर्किदैं

कोरोना महामारीले थला परेको बुद्ध जन्मभूमि लुम्बिनीमा क्रमशः लयमा फर्कँदै छ । आन्तरिक तथा बाह्य पर्यटकको केन्द्र बनेको लुम्बिनीमा अहिले आन्तरिक पर्यटकसँगै भारत तथा तेस्रो मुलुकका पर्यटकहरु बिस्तारै बढ्न थालेका छन् । मायादेवी मन्दिर अवलोकनका पछिल्लो केही दिनयताको तथ्यांक हेर्दा पयर्टकको संख्या दिनहुँ बढिरहेको देखिन्छ । यहाँ आउने आन्तरिकपछि धेरै पर्यटक भारतीय छन् । लुम्बिनी विकास कोषका कर्मचारीका अनुसार बुद्ध पूर्णिमा नजिक आउन लागेकाले पनि पर्यटकको संख्या र लुम्बिनीमा चहलपहल बढेको हो ।

Read More

भक्तपुरमा वज्र किलाय पूजा सम्पन्न

शनिवार बौद्ध दर्शन केन्द्रको आयोजनामा एकदिने सामूहिक रत्नदिप फुर्वा अर्थात् बज्र किलाय, ग्रहशान्ति पूजा र अमृत प्रदान गर्ने पूजा सम्पन्न भएको छ । सुर्यविनायक, भक्तपुरस्थित बौद्ध दर्शन केन्द्रमा भएको पूजामा सयौको संख्यामा भक्तजन सहभागि भएका थिए । बौद्ध दर्शन केन्द्र भक्तपुरको आयोजनामा पहिलो पटक बज्र किलाया पुजा आयोजना भएको हो । बज्र किलाय पूजासँगै धार्मिक प्रवचन पनि गरिएको थियो । धार्मिक प्रवचनमा भक्तपुर माणीपा सघंले दिन भरिको लागि भोजन दान र नयाँ पढ्नु आउने आमाहरुले खिर दान गरेका थिए । साथै बौद्धको थोईसम गोङफेलिङका आमाहरु पनि पुजाका पाल्नु भई सहयोग…

Read More

बिमस्टेक क्षेत्रलाई जोड्ने बलियो आधार बौद्ध दर्शनः प्रधानमन्त्री देउवा

प्रधानमन्त्री शेरबहादुर देउवाले आर्थिक तथा प्राविधिक सहयोगका लागि बंगालको खाडीको प्रयास (बिमस्टेक) क्षेत्रलाई जीवन्त र संगठित बनाउनका लागि बौद्ध दर्शन प्रवद्र्धन गर्नुपर्ने बताउनु भएको छ । आज बिहान बिमस्टेकको पाँचौँ शिखर सम्मेलनलाई भर्चुअल सम्बोधन गर्नुहुँदै देउवाले बिमस्टेक क्षेत्रलाई जोड्ने बलियो आधार बौद्ध दर्शन नै भएको बताउनु भएको हो । साथै प्रधानमन्त्री देउवाले गौतम बुद्धको जन्मस्थल लुम्बिनीलाई जोड्ने बुद्धिस्ट सर्किटलाई छिट्टै सञ्चालनमा ल्याइनुपर्नेमा जोड दिनु भएको छ । बुद्धको जन्मस्थल लुम्बिनी, बुद्धत्व प्राप्त गरेको बोधगया, धर्मको प्रचार सुरु भएको सारनाथ र बुद्धले महापरिनिर्वाण प्राप्त गरेको कुशीनगरलाई जोड्ने गरी बुद्धिस्ट सर्किट योजना…

Read More

श्री किर्ती विहारको ४७ औँ वार्षिक उत्सव मनाइयो

कीर्तिपुरमा रहेको नगर मण्डप श्री र्किर्ति विहारको ४७ औं वार्षिक उत्सव मनाइएको छ । वार्षिक उत्सवको अवसरमा बौद्ध पाठसहित बुद्ध वन्दना र पूजा गरिएको थियो । वि.स. २०७२ सालको विनासकारी भूकम्पबाट क्षतिग्रस्त भएको विहारको पुनःनिमार्ण समेत सकिएको छ । कार्यक्रममा किर्तिपुर नगरपालिकाका मेयर रमेश मर्हजनले विहारको चैत्यको सुनको गजुरको लागि १० लाख रुपैयाँ उपलब्ध गराउने प्रतिबद्धता व्यक्त गरेका छन् ।

Read More

उपल्लो डोल्पाका गुरु ङिङ्मा सान्ड्रुप गुरुङलाई सम्मान

डोल्पाको विकास, संरक्षण र प्रवद्र्धनमा उल्लेख्य योगदान पुर्याएका कारण उपल्लो डोल्पाका चर्चित श्रद्धेय गुरु ङिङ्मा सान्ड्रुप गुरु ङलाई बुधवार काठमाडौँमा सम्मान गरिएको छ । उहाँको सम्मानमा उपल्लो डोल्पाका तीनवटै गाउँपालिकाका अध्यक्ष, उपाध्यक्ष लगायतका जनप्रतिनिधि, डोल्पाका सांसद स्थानीय सहभागि थिए । सम्मानित हुने गुरु ङिङ्मा सान्ड्रुप गुरु ङ डोल्पो समाजको संस्थापक अध्यक्ष साम्बे छोयलिङ गुम्बाको संस्थापक हुनुहुन्छ । उहाँले डोल्पाको विकासमा उल्लेख्य योगदान पुर्याउनु भएको छ । साथै डोल्पा क्षेत्रमा बौद्ध धर्मको प्रचारप्रसारमा पनि उहाँको महत्वपूर्ण योगदान रहेको छ । सम्मान कार्यक्रममा गुरु ङिङ्मा सान्ड्रुपको सुस्वास्थ्य र दीर्घायूको कामना गर्दै लामाहरुले…

Read More

प्रत्येकयान र प्रत्येक बुद्ध

भगवान बुद्धले तिन यान देखाउनुभयो। श्रावकयान, प्रत्येकयान र बोधिसत्वयान। श्रावकयान र प्रत्येकयान हिनायान भित्र पर्दछ भने बोधिसत्वयान महायान भित्र। हिनायानको मतलब महायानलाई हेर्दा सानो यान भनेको हो तर सानो भने पक्कै होइन। यी तिन यान बुद्धले प्राणीको चित्तको गोत्र, बुझ्ने क्षमता आदिलाई मध्यनजर राखी सुनाउनु भएको हो र हरेक यानको अन्तिम लक्ष्य फरक फरक छन्।श्रावकयान, प्रत्येकयान र बोधिसत्वयानको अन्तिम लक्ष्य- क्रमशः निर्वाण, प्रत्येक बुद्ध र सम्यक्संबुद्ध। अहिलेलाई प्रत्येकयानको धारणा, अभ्यास, वर्तमान समयमा यसको अभ्यास छ या छैन? तिर जाउँ। अभिसमयअलंकारको རང་བྱུང་བདག་ཉིད….. ། श्लोकबाट :- तथागत सक्यामुनिबाट गम्भीर प्रतित्यसमुत्पाद धर्म श्रावण…

Read More

माझखण्ड विहारमा चंक्रमण ध्यान (भिडियो सहित)

ललितपुरको बागमती गाउँपालिकामा रहेको धातु चैत्य विहारमा काठमाडौँ, ललितपुर, बनेपा लगायतका स्थानबाट गएका भिक्षु, अनागरिका, उपासक तथा उपासिकाहरुले विविध धार्मिक भ्रमण गरेका छन् । गएको मंगलवार त्यसतर्फ धार्मिक भ्रमणमा गएका करिब सय जनाले बुद्ध पूजाका साथै चंक्रमण ध्यान गरे । विश्व शान्ति विहारका प्रमुख भिक्षु बोधिज्ञान महास्थविरको नेतृत्वमा गएको समूहलाई स्थानीयले हार्दिकताका साथ स्वागत गरेका थिए । करिब ४ घण्टाको यात्रा पश्चात पुगेका समूहले विहारमा पूजाआजा गरेपछि एक घण्टाको चंक्रमण ध्यान गरेका थिए । बौद्ध धर्ममा अत्यन्तै महत्वपूर्ण रहेको चंक्रमण ध्यानले मानिसको शरिर र चित्त स्थिर राख्न मद्दत पु¥याउने भिक्षु…

Read More

बुद्धको दाँत बोक्ने हातीको निधन

श्रीलंकन सरकारले ’राष्ट्रिय निधि’ घोषणा गरेको एउटा चर्चित हात्तीको निधन भएको छ । उक्त हात्ती बुद्धको दाँत भनिएको अस्थिधातु राखिएको एउटा बाकस बोकेर मध्य श्रीलंकामा प्रत्येक वर्ष आयोजना हुने एउटा विशेष धार्मिक समारोहमा सहभागी हुन्थ्यो । क्यान्डी नगरमा अवस्थित एउटा प्रसिद्ध बौद्ध मन्दिरमा आयोजना गरिने समारोहमा प्रयोग गरिने १०० हात्तीमध्ये यो हात्ती प्रमुख थियो । परम्परागत मान्यताअनुसार विशेष गुण भएका र लामा दाह्रा भएका हात्तीलाई मात्र त्यस्तो विशेष धार्मिक भूमिका दिने गरिन्छ । यो हात्तीको जन्म सन् १९५३ मा भारतमा भएको थियो । श्रीलंकाका एक चिकित्सक तथा भिक्षुले उपहारमा उक्त…

Read More