अमेरिकामा कनेक्टिकट नेपाली समाजको बुद्ध जयन्ती

कनेक्टिकट नेपाली समाज (नेकोन, युएस) ले २५६६ औं बुद्ध जयन्ति एक समारोहको आयोजना गरी मनायो । स्थानीय न्यू हार्टफोर्डमा अवस्थित अन्तर्राष्ट्रीय बौद्ध ध्यान केन्द्रमा आयोजित बुद्ध जयन्ति कार्यक्रममा नेपाली समुदायका सदस्यहरूको उलेख्य मात्रामा सहभागिता थियो । कार्यक्रमको सभापतित्व कनेक्टिकट नेपाली समाज (नेकोन, युएस) का अध्यक्ष नारायण पौडेलले गर्नु भएको थियो भने प्रमुख अतिथि शेर्पा किदुक, न्यूयोर्कका भूतपूर्व अध्यक्ष तथा हिमालयन बुद्धिष्ट इन अमेरिकाका पूर्व उपाध्यक्ष उर्गेन शेर्पा, शेर्पा सोसाइटी अफ कनेक्टिकटका अध्यक्ष सोनाम शेर्पा र नेकोनका प्रमुख सल्लाहकार कृष्ण अधिकारीको आसन ग्रहण पश्चात नेकोनका उपाध्यक्ष रघु गिरीले स्वागत मन्तव्य दिनु…

Read More

बुद्ध जयन्तीमा नेपाल बौद्ध संघको विशेष कार्यक्रम

जेठ २ गते बुद्ध जयन्तीको अवसर पारेर नेपाल बौद्ध संघले विविध कार्यक्रमको आयोजना गरेको छ । संघको आयोजनामा २५६६ औं बुद्धजयन्तीमा काठमाडौँको बौद्धस्थित तारागाउँमा गर्ने बुद्ध बन्दना, आर्य अष्ट मंगल पूजा, धर्मदेसना, ध्यान लगायत गरियो । यस्तै कार्यक्रममा शान्तिको कामना गर्दै बत्ति बाल्ने, पून्यामोदन गर्ने र शान्ति र्याली गर्दै बौद्ध स्तुप परिक्रमा पनि गरियो । कार्यक्रममा धर्मगुरु, बौद्ध धर्मका विद्वानहरु लगायत सयौँको संख्यामा उपासक उपासिका सहभागि थिए । बुद्धले दिएका शिक्षाको प्रवद्र्धनका कार्यक्रम आयोजना गरिएको नेपाल बौद्ध संघका कार्यकारी निर्देशक सर्विन्द्र ठाकुरले बताए । कार्यक्रममा सहभागि भई बुद्धको शिक्षा र…

Read More

बुद्ध जयन्तीमा नेपाल बौद्ध संघले गर्दैछ यस्तो कार्यक्रम

जेठ २ गते बुद्ध जयन्तीको अवसर पारेर नेपाल बौद्ध संघले विविध कार्यक्रम गर्ने भएको छ । संघले २५६६ औं बुद्धजयन्तीमा काठमाडौँको बौद्धस्थित तारागाउँमा गर्ने कार्यक्रममा बुद्ध बन्दना, आर्य अष्ट मंगल पूजा, धर्मदेसना, ध्यान लगायत आयोजना हुँदैछ । यस्तै कार्यक्रममा शान्तिको कामना गर्दै बत्ति बाल्ने, पून्यामोदन गर्ने र शान्ति र्याली गर्दै बौद्ध स्तुप परिक्रमा पनि गरिदैछ । कार्यक्रम दिउँसो २ बजेदेखि साँझ ६ बजेसम्म जारी रहने नेपाल बौद्ध संघका कार्यकारी निर्देशक सर्विन्द्र ठाकुरले बताए । कार्यक्रममा सहभागि भई बुद्धको शिक्षा र ज्ञानलाई नजिकबाट बुझ्न समेत ठाकुरले आग्रह गरे । कार्यक्रममा धर्मगुरु,…

Read More

भक्तपुरको मुनि विहारमा २९ जनाले लिए प्रवज्या

भक्तपुरस्थित मुनि विहारमा यसै साता २९ जनाले सामुहिक प्रवज्या लिएका छन् । आउँदै गरेको बुद्ध जयन्तीको अवसर पारेर सामूहिक प्रवज्या गरिएको हो । प्रवज्या कार्यक्रममा बालकदेखि वयस्कसम्म सहभागि भएको मुनि विहारका प्रमुख भिक्षु विपस्सीले जानकारी दिनु भयो । प्रवज्या लिएकामध्ये कतिपय घरमै फर्किने र कतिपय विहारमै बस्ने भिक्षु विपस्सीले बताउनु भयो । प्रवज्या लिएकामध्ये केही थप उच्च शिक्षाका लागि थाइल्याण्ड जाने उहाँले बनाउनु भयो । सामूहिक प्रवज्या लिएकाहरुलाई नगर परिक्रमा पनि गराइएको थियो ।

Read More

बाल आना पाना ध्यान शिविर सम्पन्न

सिन्धुपाल्चोक जिल्लाको भोटेकोशी गाउँपालिका ५ मा एक दिने बाल आनापाना ध्यान शिविर तथा विपश्यना परिचय कार्यक्रम सम्पन्न भएको छ । थुछे छेन्पो चिंगदोन गुम्बाको आयोजना र नेपाल बौद्ध संघ तथा बौद्ध जागरण संघ ललितपुरको सहकार्यमा भएको कार्यक्रमलाई नेपाल विपश्यना ध्यान केन्द्रले प्रायोजन गरेको हो । बाल आनापाना ध्यान शिविरमा ७५ जना ८ वर्षदेखि १४ वर्ष उमेरसम्मका बालबालिका सहभागि थिए । त्यस्तै सोही कार्यक्रममा आमा समूहबाट ४२ जना सहभागि भएका थिए । आमा समूहबाट सहभागि भएकाहरुलाई ध्यानको परिचय र महत्वको बारेमा शिक्षा दिएको कार्यक्रममा संयोजक काइला लामाले बताउनु भयो ।

Read More

बुद्ध पूर्णिमामा भारतीय प्रधानमन्त्री मोदी नेपाल आउने

भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी बुद्ध पूर्णिमाको अवसरमा नेपाल भ्रमणमा आउने भएका छन् । उनी १६ मे (२ जेठ)भन्दा अगाडि नेपाल भ्रमणमा जाने योजना सरकारले बनाइरहेको भारतीय पत्रिका द हिन्दूले जनाएको छ । स्रोतलाई उद्धृत गर्दै हिन्दूले लेखेको छ, ‘सन् २०१९ मा पुनः प्रधानमन्त्री निर्वाचित भएपछि मोदीको यो पहिलो नेपाल भ्रमण हुनेछ ।’ मोदी बुद्ध पूर्णिमाको अवसरमा लुम्बिनीमा हुने समारोहमा नेपालका प्रधानमन्त्री शेरबहादुर देउवा र भारतीय समकक्षी मोदी सहभागी हुने सम्भावना छ । एक महिना अघि मात्रै देउवाले भारतको औपचारिक भ्रमण गरेका थिए । त्यसैले मोदीको नेपाल भ्रमणको क्रममा द्विपक्षीय कुराकानी…

Read More

तीन महिने आधारभुत बौद्ध धर्मदेशना हुँदै

थाङ्कर देचेन चोलिङ गुम्बाद्वारा प्रायोजनमा तीन महिने आधारभुत बौद्ध धर्म देशना हुने भएको छ । धर्मदेशनामा शिक्षक तथा प्रशिक्षकको रुपमा श्रद्धेय खंग्सेर रिन्पोछे, श्रद्धेय तेन्जिन छोपेन ल्हारम्पा –अमिन) र श्रद्धेय ल्हुन्दुप सोपा शेर्पा रहनु भएको छ । यही जेठ २ गते बुद्ध जयन्तीको अवसर पारेर हुने कार्यक्रम प्रत्येक महिनाको ४ दिन शनिवार हुनेछ । जम्मा १२ दिन हुने धर्मदेशनाको ९ दिन जुमबाट र बाँकी ३ दिन काठमाडौँको स्वयम्भूमा रहेको थाङ्कर देचेन चोलिङ्ग गुम्बामा कक्षा हुनेछ । बौद्ध धर्मदेशनामा बुद्ध धर्मको परिचय र इतिहास, चार आर्य सत्य, त्रिशरण गमन लगायतको शिक्षा…

Read More

पाँच सय वर्षसम्म कहाँ हरायो लुम्बिनी ? यस्ता छन् ५ आशंका

प्रदीप आचार्य ईशाको सातौं शताब्दी अर्थात आजभन्दा १४ सय वर्षअघि पनि बुद्ध जन्मस्थल लुम्बिनीमा थुप्रै तीर्थयात्रु आए । खासगरी चिनियाँ यात्रुले लुम्बिनी घुमेपछि लेखेका यात्रा वृतान्तहरु लुम्बिनीको पहिचान र प्रचारका लागि महत्वपूर्ण दस्तावेज नै बने । चौथो शताब्दीमा लुम्बिनी भ्रमण गर्ने सेङ साई, पाँचौं शताब्दीमा लुम्बिनी आउने फाहियान र सातौं शताब्दीमा हुनएन साङलगायत थुप्रै अन्तर्राष्ट्रिय बौद्ध तीर्थयात्रु लुम्बिनीलाई बौद्ध आस्थाको केन्द्र मानेर आएका हुन् । यसको अर्थ त्यतिबेला नै लुम्बिनी अन्तर्राष्ट्रिय बौद्ध तीर्थस्थलका रुपमा प्रचार भइसकेको थियो । पुरातत्त्व तथा इतिहासका विज्ञहरु ईशापूर्व २४९ मा भारतीय सम्राट अशोक आउनु अघिदेखि…

Read More

बौद्धमा तिमाल जात्राको रौनक

दिवङ्गत पितृको मुक्तिको कामना गर्दै बौद्ध चैत्य (स्तूप) परिसरमा शुक्रबार रातभर बत्ती बालेका बौद्ध धर्मावलम्बी तामाङ समुदाय आज बिहानैदेखि बालाजु २२ धारा लागेका छन् । चैत्र शुक्ल चतुर्दशीका दिन बौद्धमा आई पूजा गरेर दिवङ्गत पितृका नाममा बत्ती बाल्ने, पूर्णिमाका दिन बिहान बालाजु २२ धारामा गएर स्नान गरी नागार्जुनको जामाचो र स्वयम्भूमा दर्शन गर्न जाने विधि प्राचीनकालदेखि चल्दै आएको छ । काठमाडौँ उपत्यकामा पानीको दह भएका बेला डाँडाडाँडामा रहेका बस्तीमै यस दिन दिवङ्गत पितृलाई सम्झने विधि प्रचलनमा रहे पनि तेमालका अन्तिम तामाङ राजा रिन्छिन दोर्जेको कालदेखि यो पर्वलाई राष्ट्रिय मान्यता दिइ…

Read More

सिन्धुपाल्चोकको चौतारामा बुद्ध पार्क उद्घाटन

सिन्धुपाल्चोकको चौतारामा रहेको बुद्ध पार्कको सभामुख अग्नि प्रसाद सापकोटाले उद्घाटन गर्नुभएको छ । चौतारा साँगाचोकगढी नगरपालिकाको नगर गौरवको योजनाको रूपमा रहेका गौतम बुद्धको प्रतिमा सहितको बुद्ध पार्कको बिहिबार उद्घाटन गर्नुभएको हो । पर्यटन प्रवद्र्धनका साथै स्थानीयलाई गाउँमै आत्मनिर्भर बनाउने योजना अनुरुप चौतारा साँगाचोकगढी नगरपालिका–६ स्थित दारेगौडाको पानी ट्यांकी डाँडामा भगवान गौतमबुद्धको प्रतिमा सहितको बुद्धपार्क बनेकोे छ । सदरमुकाम चौतारा बजारबाट आकर्षक हजारौं सिँढी उक्लँदै पुग्न सकिने बुद्धपार्कको निमार्णकार्य सम्पन्नभएको हो । सिढींबाट आरामदायी यात्रासँग पुग्न सकिने उक्त बुद्ध मुर्ती ६७ फिट अग्लो रहेको छ । चौतारा साँगाचोकगढी नगरपालिकाको नगर गौरवको…

Read More