मुनि विहार भक्तपुरका भिक्षु र श्रामणेरहरुद्वारा बनेपामा भिक्षाटन

भक्तपुर असार १९ । आइतबार बोधिचर्या विहार, बनेपाको निमन्त्रणामा मुनि विहार भक्तपुरका भिक्षु र श्रामणेरहरुद्वारा भिक्षाटन गरियो । उक्त भिक्षाटन बनेपा नगरको चाँदनी चोक, कोबहाल, गणेशस्थान कोसाल चैतन्य मा.वि., दूर सञ्चार (नेपाल टेलिकम), तीनदोबाटो, कौलाटो, वाँख्यः ज्ञानमाला भजन घर, बहिल, पुरानो बजार, लायकु, सानो गेट, ज्यासननी चोक, सरस्वती मन्दिर, शाक्यमुनि चैत्य, पुराने बजार, ८ नं. वडा कार्यालय, ओम शान्ति भजन, काँथु गणेशस्थान, तीनधारा, लोकेश्वर, स्वयम्भु चैत्य, असंफल, तीनधारा, वकुटोल, चारदोबाटो, धुलिखेलतर्फ शान्तिरत्न शाक्यको घर, दक्षिणतर्फ चारदोबाटो, गोदामचोक, पुरानोबाटो न.पा., पूर्वबाटो, चाँदनी चोक, तीनदोबाटो, सिल्लाचोक बनेपा न.पा. गेट हुँदै बोधिचर्या विहार…

Read More

बुद्धबारे फिल्म बनाउँदै हलिउड कलाकार

प्राकृतिक र मौलिक संस्कृतिले सम्पन्न नेपालमा हलिउड र बलिउडका निर्माताहरू फिल्म छायांकनका लागि आउने गरेका छन् । अधिकांशले आफ्नै कथावस्तुमा यहाँका दृश्य राख्छन् भने केहीले यहीँका स्थानीय कथालाई आफ्नो चलचित्रमा समेट्ने गरेका छन् । यसैबीच चिनियाँ अमेरिकी लेखक, कलाकार र फिल्म निर्माता रोबर्ट लीनले नेपालको मौलिक विषयवस्तुमा फिल्म बनाउन लागेका छन् । दर्जन बढी अमेरिकी र चिनियाँ फिल्ममा अभिनय गरिसकेका लिन सन् २०१० मा पहिलो पटक नेपाल आएका थिए । आठ पटक नेपाल आइसकेका उनी यहाँका मौलिक कला संस्कृति र सम्पदाको बारेमा अध्ययन गर्न रुचाउँछन् । उनी पटक–पटकको आगमन र…

Read More

वसन्त महर्जनको ‘बुद्ध विमर्श’ सार्वजनिक

बौद्ध धर्म र दर्शनसम्बन्धी अनुसन्धानात्मक लेख तथा पूस्तक लेख्दै आएका वसन्त महर्जनको एघारौं पुस्तक ‘बुद्ध विमर्श’ प्रकाशित भएको छ। बुद्ध भनेका गौतम बुद्ध एक जना मात्रै नभएर विगतमा बोधि (ज्ञान) प्राप्त गर्ने अनेकौं नामका अन्य बुद्धहरू पनि रहेकोे र ती बुद्धहरूको पनि बौद्ध समाजबाट आदरसत्कार हुने जानकारी पुस्तकमा परेको छ । यसरी नै बज्रयानी बौद्ध समाजमा प्रचलित ‘पञ्चबुद्ध’ को अवधारणा प्रस्तुत गर्दै तिनीहरू मानव बुद्ध नभएर बौद्ध दर्शनलाई बुुझ्न र बुझाउन ध्यानसाधनाबाट सिर्जना गरिएका प्रतीक वा ध्यानीबुद्ध रहेको कुरा पनि पुस्तकमा उल्लेख गरिएको छ । गौतम बुद्धको दैनिक जीवन चर्या…

Read More

‘कवड्डी ४’ ले बौद्ध धर्मको मानमर्दन गरेको भन्दै उजुरी

‘कबड्डी ४’ फिल्मले बौद्ध धर्मको मानमर्दन गरेको भन्दै जिल्ला प्रशासन कार्यालय काठमाडौंमा उजुरी परेको छ । रोविनकुमार लामाले सोमबार फिल्मविरुद्ध उजुरी दर्ता गराएको प्रशासनका सूचना अधिकारी दीपक पौडेलले जानकारी दिए । निवेदक लामाले फिल्मको प्रदर्शन रोक्न समेत माग राखेका छन् । उनले दृश्य काँटछाँट गर्न पनि माग गरेका छन् । निवेदनमा सेन्सर बोर्ड र सञ्चार तथा सूचना प्रविधि मन्त्रालयलाई विपक्षी बनाइएको छ । उजुरीमा लामाले उल्लेख गरेका छन्, ‘कबडडी ४ चलचित्रको मूल कथावस्तु र प्रस्तुतिका दृश्यहरु बौद्ध धर्मावलम्बी लामा भिक्षु वर्ग, सनातन बौद्ध सम्प्रदाय विशेषको मानमर्यादामा गम्भीर हानी नोक्सानी पु¥याई…

Read More

पवित्र महिना सागा दावाको महत्व

टीका शेर्पा सागादावा अर्थात् जेष्ठ शुक्लपक्ष तिथिको अत्यन्त महत्वपूर्ण तथा पवित्र महिना मानिन्छ । विशेषगरी महायानी बौद्ध धर्मावलम्बीहरूमा यो पवित्र महिनाको महत्व विशेष खालको रहेको छ । भगवान् बुद्धले जन्म, बुद्धत्व प्राप्ति र महापरिनिर्वाणमा प्रवेश गर्नुभएको अत्यन्त महत्वपूर्ण महिना सागादावा नैभएकोले गर्दा पनि यो महिनाको महत्व बढेर गएको हो । भगवान् बुद्धले विशेषगरी चार अवस्थाहरूले गर्दा दरवारको सबै सुखसयलहरू त्यागेर वनगमन गरेका थिए । ६ वर्षको कठोर तपस्यापछि बुद्धत्व प्राप्त गर्नुभएका सिद्धार्थ गौतमले आपूm दरबारमा रहँदा देखिएका ती दुखदायि चार अवस्थाहरू जस्तै ः जन्म, जरा, व्याधि र मृत्यजस्ता अत्यन्त दुःखद्…

Read More

धरानमा ४० फिट अग्लो बुद्ध मूर्ति स्थापना

धरान उपमहानगरपालिका–४ छोटीमोरङस्थित थुम्की डाँडामा ४० फिट अग्लो बुद्धको प्रतिमा स्थापना गरिएको छ । प्रदेश नं. १ का प्रदेश प्रमुख परशुराम खापुङले बुद्धको उपदेश, शिक्षा र ज्ञानले विश्वलाई प्रभाव पारेको बताएका छन् । धरान उपमहानगरपालिका वडा नं. ४ छोटी मोरङस्थित ४० फिटको बुद्धको प्रतिमा अनावरण समारोहलाई आइतबार सम्बोधन गर्दै प्रमुख खापुङले पहिले बुद्धलाई लाइट अफ एसिया भनिँदै आएकोमा अहिले आएर लाइट अफ वल्र्ड भनेर संसारले स्विकार्न थालेको बताए । धरान–४ को छोटी मोरङमा निर्माण भएको ४० फिटको बुद्धको प्रतिमा धरानको पर्यटन प्रवर्द्धनमा महत्त्वपूर्ण भूमिका खेल्ने प्रदेश प्रमुखको भनाई थियो ।…

Read More

लामा फुर्पा र अभिनेत्री मिरुना मगरबीच यसरी बन्यो सहमति

‘कबड्डी ४’की अभिनेत्री मिरुना मगरले दुर्व्यवहारको आरोप लागेका फुर्पा तामाङलाई भाइ सम्झेर माफी दिएकी छन् । मंगलबार दुवै पक्षबीच भएको सहमतिमा मगरले आरेपी फुर्पालाई भाइ सम्झेर माफी दिएकी हुन् भने अभिनेत्री मगरले पनि बौद्ध धर्मावलम्बीसँग माफी मागेकी छन् । दुवै पक्ष छलफलले आगामी दिनमा यस विषयमा विवाद नगर्ने, एकअर्काप्रति अनावश्यक टिप्पणी नगर्ने र धार्मिक तथा साम्प्रदायिक द्वेश फैलन नदिन सबै सरोकारवालालाई अपिल गर्ने सहमति भएको छ । सहमतिपत्रमा अभिनेत्री मगर, आरोपी फुर्पा तामाङ, कबड्डी फिल्मको तर्फबाट निर्देशन रामबाबु गुरुङ, दयाहाङ राई, मणिराम पोखरेल, विजय बराल, सञ्जाग लाफा मगर, पशुपति राई…

Read More

अभिनेत्री मिरुना विरुद्ध प्रदर्सन, हिरासतमा रहेका लामा रिहा

आइतवार चलचित्र ‘कबड्डी ४’को प्रतिक्रिया बुझ्न काठमाडौंको सिभिल हलमा पुग्ने क्रममा फुर्वा तामाङ नाम गरेका एक बौद्ध भिक्षुले पिठ्यूमा छोएको भन्दै अभिनेत्री मिरुना मगरले थप्पड हानेको घटनाले उग्र रुप लिएको छ । फुर्वालाई प्रहरीको जिम्मा लगाएपछि मिरुनाको पक्षभन्दा विरोधमा बढी आवाज सुनिएको छ भने उनीविरुद्ध सडकमै नाराबाजी सुरु भएको छ । मंगलवार विहान चुच्चेपाटीको केएल टावर अगाडि बौद्ध भिक्षुहरुले मिरुना मगरले निर्दोषलाई फसाउन खोजेको भन्दै ‘कबड्डी ४’को पोस्टरु समेत जलाउँदै प्रदर्शन गरेका छन् । प्रदर्शनमा उत्रेकाहरूले पक्राउ परेका बौद्ध भिक्षुलाई बिना शर्त रिहा गर्नुपर्ने र नायिकाले माफी माग्नुपर्ने माग राखेका…

Read More

बौद्धकथा लेखन प्रतियोगिता हुने

लुम्बिनी बौद्ध विश्वविद्यालयअन्तर्गत बौद्ध अध्ययन संकायको आयोजनामा बौद्धकथा लेखन प्रतियोगिता हुने भएको छ । नेपाली साहित्यमा बौद्ध दर्शन, गौतम बुद्धको जीवनी, बुद्धकालीन, घटना तथा जातक कथाहरूको प्रवर्धन गर्ने उद्देश्यले गर्न लागिएको सो प्रतियोगिताको लागि यही २८ जेठभित्र कथाहरू पठाउन सकिने छ । मूल्यांकन समितिबाट उत्कृष्ट ठहरिएका पाँच जनासहित अन्य दश जनालाई सान्त्वना पुरस्कार दिइने र कथामा एक हजार दुई सयदेखि एक हजार पाँच सयसम्म शब्द हुने पर्ने शर्त राखिएको छ । संकायले पुरस्कृत कथाहरूको पुस्तक पनि निकाल्ने जानकारी दिएको छ ।

Read More

सोलुखुम्बुमा बज्रगुरु मन्त्र जप जारी

ल्हाक्पा शेर्पा सोलुखूम्बुमा विश्व शान्ति तथा सम्पूर्ण मानव प्राणी जगतको हितका लागि आयोजना गरिएको बज्रगुरु मन्त्र जप अहिले जारी छ । बज्रगुरु मन्त्रजप यही शनिवारदेखि सुरु भएको हो । सोलुदुधकुण्ड नगरपालिका ७ गार्मा मेन्दोपाकेस्थित मेन्दोपाके नामडोल छोलिङ गोन्पामा भइरहेको कार्यक्रममा १ करोड पटक बज्रगुरु मन्त्र जप गरिनेछ । बज्रगुरु मन्त्र जप जेठ १६ गतेसम्म सञ्चालन हुने खेन्पो लेप्टुप शेर्पाले बताए । मन्त्रजप गर्दा आफ्नो मन (चित्त) शुद्ध भई सवै प्रकारको पुण्य लाभ प्राप्त हुने बौद्ध धर्मावलम्बीको विश्वास रहेको छ । बुद्ध र बोधिसत्वको मन्त्र जप गर्नाले मन शुद्ध हुनुका साथै…

Read More