काँक्रेविहार कर्णालीको पहिचान हो । अझ भनौं कर्णालीमा प्रवेश गर्दा पर्यटकको पहिलो रोजाइमा पर्छ, काँक्रेविहार । कर्णालीमा आउने जो कोही एकपटक काँक्रेविहार अवलोकन गर्छन् । यसकारण पनि कर्णाली मुख्य पर्यटकीय स्थल बनेको हो । वर्षौँसम्म भग्नावशेषको रूपमा रहेको काँक्रेविहार पुनर्निर्माण थालिएको झण्डै १७ वर्षपछि अन्ततः पुरानै शिखर शैलीमा ठडिएको छ । पुनर्निर्माण भएसँगै काँक्रेविहार घुम्न आउने पर्यटकको संख्या उल्लेखिय बृृद्धि भएको छ । सुर्खेतको धुलाम्य सदरमुकाम वीरेन्द्रनगरबाट १० मिनेट दूरीमा एउटा घना जंगल छ– शान्त, धूलोधुवाँबाट अलग । जंगलै जंगलको बाटो हुँदै एउटा डाँडाको टुप्पोमा पुगिन्छ । पुग्नेवित्तिकै भान हुन्छ,…
Read MoreCategory: Featured
मायादेवी मन्दिरमा स्वयम्भू चैत्यको मर्मत सुरु
गौतम बुद्धको जन्मस्थल लुम्बिनीमा रहेको मायादेवी मन्दिरको मर्मत सम्भार सुरू भएको छ । मन्दिरको छानोमा रहेको स्वयम्भू चैत्यको गजुरबाट मर्मत सम्भार थालिएको हो । सुनको मोलम्बा लगाइएको स्वयम्भू चैत्यको १३ वटा त्रयोदशी भुवन र हर्मिकाको नापतौल गरी मर्मत गरिएको हो । लुम्बिनी विकास कोषका सदस्य सचिव सानुराजा शाक्यले मायादेवी मन्दिरको मर्मत सम्भार केही महिनापछि थाल्ने जानकारी दिनुभयो । इशापूर्व ६२३ मा माता मायादेवीको कोखबाट भगवान गौतम बुद्धको जन्म भएको प्रमाण स्मारकशिला र नवजात भगवान बुद्ध सहितको मायादेवीको मूर्र्तित मन्दिरभित्र रहेको छ । लुम्बिनी बगैंचा क्षेत्र सन् १९९७ मा विश्व सम्पदा…
Read Moreसे–फोक्सुण्डोको गुम्बाबाट हराएको बुद्ध मूर्ति अमेरिकामा भेटियो
डोल्पा जिल्लाको से–फोक्सुन्डोस्थित लाङ् गुम्बामा रहेको चौधौं शताब्दीमा निर्मित तामा धातुले बनेको शाक्यमुनि बुद्धको सुनौलो मूर्ति अमेरिकाको सिकागोमा भेटिएको छ । अमेरिकाको सिकागो राज्यअन्तर्गत निजी संग्रह प्रिज्कर (टम) कलेक्सनमा यो मूर्ति भेटिएकोबारे हराएका÷चोरिएका नेपाली सम्पदाको खोजी अभियानकर्ता ‘लस्ट आर्ट अफ नेपाल’ले सूचना उपलब्ध गराएको हो । यो सम्पदा सन् ९० दशकको सुरुवातमा हराएको मानिन्छ । नेपालका डोल्पा, मनाङ, मुस्ताङसहितका हिमाली जिल्लामा बौद्धधर्म सम्बन्धी सम्पदा र पुरातात्विक संग्रह उल्लेख्य रुपमा रहीआएकोमा यी सम्पदा अझै पनि चोरी हुने क्रम जारी रहेको छ । यसअघि, एक साता अघिमात्रै प्रिज्कर कलेक्सनमै रहेको १२ औं…
Read Moreमहानिभिष्क्रणको स्मरणमा कपिलवस्तु दिवस
राजकुमार सिद्धार्थले राजसी सुखसयल छाडेर ज्ञान प्राप्त गर्न हिडेको दिनको स्मरण गर्दै कपिलवस्तुमा महाभिनिष्क्रमण दिवश मनाईएको छ । असार पुर्णिमाका दिन राजकुमार सिद्धार्थले कठोर निर्णय गर्दै ज्ञानको खोजीमा आजभन्दा २ हजार ६ सय १७ वर्ष अघि मध्यरात राजप्रासाद त्यागेर निस्केका थिए । उक्त ऐतिहासिक घटना व्यूताउदै कपलिवस्तुमा पर्यटकीय आकर्षण बढाउन प्रयास थालिएको छ । यस दिनको विशेष महत्व रहेकाले बौद्धमार्गी लगायतलाई आकर्षण गर्नु सके पर्यटकीय क्षेत्रमा समेत टेवा पुग्ने लुम्बिनी विकास कोषका प्रमुख माधव आचार्यले बताए । यस्ता विशेष दिनहरुलाई मनाउन सक्नुपर्नेमा सरोकारवालाले जोड दिएका छन् ।
Read Moreमन्त्र ध्यान विधि प्रवचन दिदै छोग्याल रिन्पोछे
श्रद्धेय गुरु छोग्याल रिन्पोछे ज्यूको प्रत्यक्ष मार्गनिर्देशनमा मन्त्र ध्यान विधि तथा मन्त्र ध्यान सम्बन्धी विशेष प्रवचन कार्यक्रम हुने भएको छ । यही असार ३२ गते शनिवार हुने कार्यक्रम बिहान ८ बजेदेखि हुँदैछ । काठमाडौँको स्वयम्भु किमडोलस्थित बि.आइ.ए. क्याफेमा प्रवचन कार्यक्रम हुनेछ । प्रवचन कार्यक्रममा सहभागि हुन चाहनेले अगाडि नै नाम दर्ता गर्नु पर्ने व्यवस्था रहेको छ । प्रवचन कार्यक्रममा सहभागि हुन चाहनेहरुले असार ३१ सम्म नाम दर्ता गरिसक्नु पर्नेछ । मन्त्र ध्यान प्रवचनमा सहभागि हुन चाहनेहरुले थप जानकारीको लागि यी नंवरमा सम्पर्क गर्न सक्नु हुनेछ । सम्पर्क नं : 9843800747‚9803215420
Read Moreबौद्ध धर्मावलम्वीको वर्षावास आजदेखि सुरु
बौद्ध धर्मावलम्बीको विशेष पर्व वर्षावास आजदेखि शुरु भएको छ । प्रत्येक वर्ष असारको पूर्णिमादेखि असोज पूर्णिमा तीन महीनासम्म थेरवाद भिक्षुहरू वर्षावास बस्ने परम्परा छ । वर्षाको कारण चारैतिर पानी पर्ने, जमीन भित्रका जीवहरु र किराहरु जमीन बाहिर निस्कने हुँदा बाहिर हिँडडुल गर्न र भिक्षाटन गर्न समस्या हुने भएकाले भिक्षु तथा गुरुआमाहरु वर्षावास बस्ने परम्परा छ । यसै परम्परालाई निरन्तरता दिदै आजदेखि भिक्षुहरु वर्षावास बसेका छन् । भिक्षु जीवनमा वर्षावासको निकै महत्व छ । भगवान् बुद्धले प्रतिपादन गर्नुभएको २२७ नियम विनियममध्ये वर्षावास पनि एक हो । बौद्ध परिब्राजक भिक्षुहरू कतै नगई…
Read Moreबौद्ध धर्ममा पुजा प्रतिको भ्रम : निवारण
By: Jamphel Thupten पुजा भनेको मानना गर्नु, आरधाना गर्नु हो, बुद्ध बोधिसत्वलाई खुसी पार्नु हो। बुद्ध बोधिसत्व तब खुसी हुन्छ जब सहि मार्गको आभ्यास , पुजन गरिन्छ। पुजा त्यो गर्नु जसले गर्दा बुद्ध, इष्टदेव, बोधिसत्व, अर्हत आदिको चित्त प्रसंन्न होउन् । बुद्ध धर्ममा पुजन उहाँहरुको लागि नभई आफ्नो क्लेस र आवरण क्षय र पुन्य सन्चयको लागि गरिन्छ। मुख्यतः पुजालाई आमिष पुजा (भौतिक वस्तु पुजन ཟང་ཟིང་གི་མཆོད་པ་) र प्रतिपत्ति पुजा (སྒྲུབ་པའི་མཆོད་པ) गरि दुई भागमा वर्गीकरण गरिन्छ। आमिष पुजा भनेको सास्रब या भौतिक वस्तुहरु त्रिरत्नलाई चडाउनु हो भने प्रतिपत्ति पुजा भनेको बुद्ध वचन;…
Read Moreमायादेवी मन्दिर पूनःनिर्माण सुरु
बेवास्ताको सिकार बनेको लुम्बिनीमा रहेको मायादेवी मन्दिर पूननिर्माणमा सरोकारवाला निकाय जुर्मुराएका छन् । भगवान बुद्धको जन्मस्थल लुम्बिनीस्थित मायादेवी मन्दिरको ऐतिहासिक तथा पुरातात्विक महत्व छ । मन्दिर दर्शन गर्नका लागि मात्रै ठूलो संख्यामा आन्तरिक र बाह्य पर्यटक लुम्बिनी जाने गरेका छन् । मन्दिरमा बुद्ध जन्म स्मारक शिला, इशापूर्व तेस्रो शताब्दीदेखि सातौं शताब्दीसम्मका इँटाका भग्नावशेषहरु, मायादेवीको मूर्तिलगायत महत्वपूर्ण प्राचीन भग्नावशेष संरक्षण गरेर राखिएको छ । यस्तो महत्वका वस्तु रहेको मन्दिरमा लामो समयदेखि पानी चुहिने समस्या थियो । २०६० सालमा करिब ६ करोड लागतमा पुनः निर्माण गरिएको मन्दिर एक वर्ष पछि नै चुहिन…
Read Moreगल्ती स्वीकार्दै बालेनले फिर्ता गरे पञ्चबुद्धको मुकुट
¥याप गायनमा आधारित रियालिटी शो ‘नेपहपको श्रीपेच’लाई लिएर विवाद बढेपछि निर्णायक बालेन साह र विजेता भाइबर साइमनले बौद्ध धर्मगुरुलाई मुकुट फिर्ता गरेका छन् । सोमबार ज्याठामा आयोजित समारोहमा रियालिटी शोको तर्फबाट गल्ती भएको भन्दै बालेनले माफी माग्दै मुकुट बौद्ध गुरुलाई फिर्ता दिएका हुन् । शोका निर्माता सुदीप पोखरेलले धार्मिक भावनामा ठेस पु¥याउने आफूहरुको उद्देश्य नरहेको भन्दै मुकुट फिर्ता दिइएको बताए । शनिबार सम्पन्न शोको फाइनलमा काठमाडौं महानगरपालिकाका मेयर समेत रहेका साहले विजेता साइमनलाई पन्चबुद्धको आकृतिसहितको मुकुट पहि¥याइदिएका थिए । बौद्ध धर्ममा यस्तो मुकुट बज्राचार्यको पूजामा अभिषेक पाएपछि गुरुहरुले शिष्यलाई प्रदान…
Read Moreजीर्ण बन्दै बुद्ध जन्मस्थल मायादेवी मन्दिर
नेपालको प्रमुख धार्मिक गन्तव्य हो लुम्बिनी । र लुम्बिनीको मुख्य आकर्षण हो मायादेवी मन्दिर । जुन स्थानमा शान्तिका अग्रदूत गौतबुद्धको जन्म भएको थियो । तर आज तिनै गौतम बुद्धका जन्मस्थल जीर्ण बन्दै गएको छ भने प्रख्यात मायादेवीको मन्दिरमा पानी नै चुहिन थालेको छ । बौद्धमार्गीको आस्था र लाखौं पर्यटक गन्तव्य मायादेवीको मन्दिर जीर्ण बन्दा पुरातात्विक वस्तुहरु नासिँदै जाने खतरा बढेको छ । २०६० सालमा मन्दिर पुननिर्माण गरिए पनि दुई दशक नपुग्दै समस्या देखिएको हो । यसबीचमा दुईपटक मन्दिरको छतलाई वाटरप्रुफिङ गरिए पनि त्यसले लामो समयसम्म काम गर्न सकेन । जसले…
Read More
