ललितपुरको दक्षिणी भेगस्थित माझखण्डमा अवस्थित माझखण्ड बुद्ध विहारको आयोजनामा सतकुलपुत्त (१०० जना) लाई दुर्लभ श्रामणेर प्रव्रज्या गराइने भएको छ । प्रवज्यामा सहभागि हुन इच्छुकलाई सम्पर्क गर्न विहारले आह्वान गरेको छ । प्रवज्या कार्यक्रम चैत २३ गते हुँदैछ । कार्यक्रम वैशाख २ गते समापन हुनेछ । प्रवज्या कार्यक्रममा सहभागि हुन चाहनेले चैत १५ गतेसम्म फारम बुझाइ सक्नु पर्नेछ । सम्पर्कको लागि : १) भिक्षु बोधिज्ञान, विश्व शान्ति विहार, मीनभवन ९८५११६७५२५ २) अनागारिका अरियञाणी ( दकिला), शाक्यसिंह विहार ९८४१५४४९६१ ३) अनागारिका पवरञाणी, अ.बौ.भा. केन्द्र, बुद्धनगर ९८६२४९००९६ ४) गौतम महर्जन, मेत्ता भोलुन्टियर, थेच्व…
Read Moreमहिना: मार्च 2023
कास्कीको मादी गाउँपालिकामा गुम्बा उद्घाटन (रप्ने) हुँदै
कास्की जिल्लाको मादी गाउँपालिका २, ताङलिङस्थित नौ पैगी लामा महायान बौद्ध गुम्बो समुद्घाटन गरिने भएको छ । गुम्बा उद्घाटन कार्यक्रममा श्रद्धेय गुरुबर स्याङ्या रिन्पोछे ज्यु उपस्थित हुने कार्यक्रम रहेको छ । स्याङ्या रिन्पोछेको विशेष उपस्थितिमा बरिष्ठ धर्म गुरुहरुबाट गुम्बाको प्राण प्रतिष्ठ (रब्ने) पूजा, समुद्घाटन तथा अभिषेक प्रदान अनुष्ठान लगायतका कार्यक्रम हुँदैछ । कार्यक्रममा भगवान बुद्धको महानवाणी प्रज्ञापारमिता (बुम्म) पाठ वाचन पनि गरिदैछ । चैत १, २ र ३ गतेसम्म हुने कार्यक्रमको पहिलो र बिहान ७ः३० देखि बेलुकी ५ः०० बजेसम्म धर्मगुरुहरुबाट बुम् बाचन पूजा चैत २ गते ३ः०० बजे श्रद्धेय गुरु…
Read Moreल्होसारमा झुमे ताप्लेजुङबासी
नयाँ वर्ष २१५० “छु मो ये लो” ग्याल्पो ल्होसारको अवसरमा ताप्लेजुङबासीले काठमाडाँैमा विशेष कार्यक्रम गरेका छन् । शनिवार तीनचुलीस्थित बौद्ध गार्डेनमा आयोजित कार्यक्रममा बौद्ध धर्मगुरु सहित काठमाडौँमा बसोबास गरिरहेका ताप्लेजुङबासी सहभागि थिए । विहान ९ः३० बजेदेखि नै सुरु भएको कार्यक्रममा जिल्लाबासीको उल्लेख्य सहभागिता थियो । धर्मगुरुहरुले कार्यक्रममा बौद्ध धर्म र ल्होसारको बारेमा प्रवचन दिएका थिए । पूजापाठ गर्दै सुरु भएको कार्यक्रममा विविध सांस्कृतिक झाँकीसहित शेर्पा नृत्यहरु पनि प्रस्तुत गरिएको थियो । ल्होसार कार्यक्रमको आयोजक ताप्लेजुङ बुमकुलुङ शेर्पा किदुग फाउण्डेसन रहेको थियो ।
Read Moreनिन्छुङ दुङसे रिन्पोचेको सिंहासन
महान गुरु रेपासिवा होतको प्रकटीकरण तथा १५ औं ग्याल्वाङ कार्मापा खाक्याप दोर्जेको शिष्य डोल्पोका महान गुरु शेली छोक्टुल तेन्जिन राब्केको सुपुत्र निन्चुङ महासिद्ध टुल्कु वोगेन तेन्जिनका नाति निन्चुङ दुङसे वोगेन ग्याल्छनको सिंहासन समारोह सम्पन्न भएको छ । बिहिवार काठमाडौँको कपनस्थित रामनगर पार्टी प्यालेसमा आयोजित विशेष कार्यक्रममा निन्छुङ दुङसे वोगेन ग्लाल्छनलाई सिंहासन गराइएको हो । सिंहासन कार्यक्रममा पवित्र निन्चुङ धर्म वंशका भक्तजन तथा अनुयायीहरुको उपस्थिति रहेको थियो । सिंहासनको शुभ दिनमा निन्चुङ लाडाडसँग धार्मिक तथा आध्यात्मिक सम्बन्ध कायम रहेका डोल्पो मुस्ताङ, मुगुम र कर्मारोङ लगायतका खेन्पो लामा तथा सम्पुर्ण संघ समुह…
Read Moreनेपाल बौद्ध संघको आयोजनामा बौद्ध शिक्षा शिविर
आज मिति २०७९÷११÷२५ गते बिहीबारको दिनमा नेपाल बौद्ध संघको आयोजनामा थाहा नगर पालिका वडा नम्बर २ पालुङ, मकवानपुरमा झ्याङ्छ्युब फुन्छोग छ्योलिङ गुम्बामा बौद्ध शिक्षा शिविर कार्यक्रम शुभारम्भ भएको छ । गुम्बाका अध्यक्ष हर्कबहादुर तामाङको अध्यक्षतामा सुरु भएको कार्यक्रमको प्रमुख अतिथिमा नेपाल बौद्ध संघको प्रतिनिधि खेन्पो लामा छुल्ठिम रहनु भएको थियो । प्रमुख अतिथि खेन्पो लामा छुल्ठिमले बौद्ध शिक्षाको प्रवचन दिनु भएको थियो । कार्यक्रम सम्योजक काईला लामाले स्थानीयहरुलाई विपश्यना ध्यानको परिचय, महत्व र आना÷पाना ध्यानको अभ्यास गराउनु भएको थियो ।
Read Moreविरचित रत्नसमुच्चय नेपालीमा भाषामा विमोचन
हिमालयन बौद्ध शिक्षा तथा सम्भोटा लिपि प्रशिक्षण केन्द्रले नेपाली भाषा अनुवाद गरेको महा निधि प्रकाशित ज्याछोन ञिङपोद्धारा विरचित रत्नसमुच्चय (कोछ्योग च्यिदुइ) को विमोचन गरिएको छ । केही दिन अघि काठमाडौँको बौद्धस्थित होटल तिब्बतमा विशेष कार्यक्रमका बीच उक्त पुस्तकको विमोचन गरिएको हो । श्रद्धेय धर्म गुरु डोल्पो टुल्कु रिन्पोछेज्युको प्रमुख आतिथ्यमा पुस्तक विमोचन गरिएको हो । विमोचन कार्यक्रममा विशिष्ट बौद्ध धर्मगुरुहरुका साथै बुद्धवचन अनुवाद समितिका संयोजक टीका शेर्पा, अनुवादक तथा बौद्ध धर्म र दर्शनका ज्ञाता पुण्य पराजुली लगायत सहभागि थिए । नेपाली भाषामा अनुवाद भएको पूस्तकले बौद्ध दर्शन र ज्ञान बुझ्न…
Read Moreपोखरामा बौद्ध अर्घौ सदनमा गुम्बा उद्घाटन
पोखरास्थित बौद्ध अर्घौ सदनमा नव निर्मित गुम्बाको फागुन २२ गते सोमवार प्राण प्रतिष्ठ (रब्ने) पुजा अनुष्ठान तथा अभिषेक प्रदान गरिएको छ । गुम्बाको प्राणप्रतिष्ठा र उद्घाटन परम पुज्यनिय गुरुबर क्याब्जे राब्जम रिन्पोछे ज्यु लगायत विशिष्ट गुरुहरुको उपस्थितिमा भएको हो । गुम्बा उद्घाटन बाहेक फाल्गुण २३ र २४ गते क्षोठुल दुईक्षेनको विशेष पुण्य तिथि अनुकूलमा विश्व प्रशिद्ध परम पुज्यनिय बौद्ध गुरु सेचेन रबजम रिन्पोछेको बाहुलीबाट गरिने भएको छ । गुम्बामा प्राण प्रतिष्ठा कार्यक्रमका लागि रबजम रिन्पोचे फागुन २२ गते पोखरा पुग्नु भएको थियो । फाल्गुण २३ गते मंगलबार (क्ष्योठुल दुईक्षेन) पूर्णिमाको…
Read Moreदोलखाको शैलुङमा छ्योर्तेनको प्राणप्रतिष्ठा
दोलखा र रामेछापको सिमावर्ती टाकुरा शैलुङमा ज्याङछ्युब छ्योर्तेनको प्राणप्रतिष्ठा गरिर्एको छ । टुल्कु लोसाङ नाम्ग्याल रिन्पोछे ज्युले वि.सं. २०७० सालमा दोलखाको शैलुङको भ्रमण गरेपछि ‘शैलुङमा ज्याङछ्युब छ्योर्तेन’ निर्माण गर्ने इच्छा व्यक्त गरेको र उहाँकै इच्छा अनुसार छ्योर्तेनको निर्माणका लागि २०७१ मा शैलुङ रिगसुम गोम्पो सेवा समाजको स्थापना गरिएको थियो । रिन्पोछेकै परिकल्पनामा सेवा समाजको अगुवाइमा २०७२ चैत्र २० गते छ्योर्तेनको शिलान्यास भएको थियो । शैलुङ रिगसुम गोन्पो सेवा समाजले २०७२ मा छ्योर्तेनको निर्माण सुरु गरेको थियो । निर्माण सुरु भएको करिब ७ वर्षपछि छ्योर्तेनको शुद्धीकरण तथा प्राण प्रतिष्ठा हालै सम्पन्न…
Read Moreगुम्बै-गुम्बाको गाउँ चुमनुब्री
गोरखाको चुमनुब्री गुम्बैगुम्वाले भरिएको छ । नयाँ र पुराना गरी ९२ वटा गुम्वा रहेको यहाँ झण्डै ९४ प्रतिशत बौद्ध धर्मालम्वीहरु बसोबास गर्छन् । रिम्पुचेहरुबाट संरक्षित चुमनुब्रीका गुम्बाहरु ध्यान गर्ने र ज्ञान प्राप्त गर्ने थलोको रुपमा परिचित छन् । पिटिसी-श्रृंगी हिमालको काखमा रहेको यो श्रृंगी गुम्बा बौद्धधर्मालम्वी ध्यान र ज्ञान केन्द्रका रुपमा लिने गर्दछन् । गोरखा चुमनुब्रीको शेराङमा रहेको स्थानीय शेरांगी नामले चिनिने श्रृंगी गुम्बामा रेजेन लामाले ८ महिनाको ध्यान गर्दै तपस्या पूरा गरे । उनी अहिले यही गुम्बामा बस्छन् । बेलाबेलामा गुरुका रुपमा रहेको रिम्पुचेको प्रवचन र औतारी लामा दर्शन…
Read Moreखिजिदेम्बामा गुम्बा र चैत्य शिलान्यास
खिजिदेम्बा गाउँपालिकाको वडा नम्बर ५ को पञ्च बुद्व टोलमा ङिङ्मा छोकोर छोलिङ गुम्बा र बोधी चैत्य छ्योर्तेनको एक साथ शिलान्यास गरिएको छ । उक्त गुम्बा र छ्योर्तेन निर्माणको लागि स्थानीयले सहयोग गरेका छन । गुम्बा र छ्योर्तेन निर्माणका लागि स्थानीय समाजसेवी कमल कृष्ण तामाङको अध्यक्षतामा गुम्बा समिति गठन भएको छ। गुम्बा र चैत्य निर्माणले खिजिफलाटे आसपासमा बसोबास गर्नेहरुलाइ धार्मिक र आर्थिकरुपले पनि ठूलो टेवा पुग्ने खिजिदेम्बा गाउपालिकाका अध्यक्ष गम्बु शेर्पाको भनाइ छ । गाउँपालिकाकै लागि महत्त्वपूर्ण रहेको गुम्बा र चैत्य निर्माणका लागि सबैले सहयोग गर्नु पर्ने गाउँपालिका अध्यक्ष शेर्पाले अपिल…
Read More