कास्की जिल्लाको मादी गाउँपालिका २, ताङलिङस्थित नौ पैगी लामा महायान बौद्ध गुम्बो समुद्घाटन गरिने भएको छ । गुम्बा उद्घाटन कार्यक्रममा श्रद्धेय गुरुबर स्याङ्या रिन्पोछे ज्यु उपस्थित हुने कार्यक्रम रहेको छ । स्याङ्या रिन्पोछेको विशेष उपस्थितिमा बरिष्ठ धर्म गुरुहरुबाट गुम्बाको प्राण प्रतिष्ठ (रब्ने) पूजा, समुद्घाटन तथा अभिषेक प्रदान अनुष्ठान लगायतका कार्यक्रम हुँदैछ ।
कार्यक्रममा भगवान बुद्धको महानवाणी प्रज्ञापारमिता (बुम्म) पाठ वाचन पनि गरिदैछ । चैत १, २ र ३ गतेसम्म हुने कार्यक्रमको पहिलो र बिहान ७ः३० देखि बेलुकी ५ः०० बजेसम्म धर्मगुरुहरुबाट बुम् बाचन पूजा चैत २ गते ३ः०० बजे श्रद्धेय गुरु साड्या रिन्पोछे ज्युको आगमन हुनेछ ।
त्यस्तै चैत ३ गते बिहान ८ः०० बजे देखि ११ः०० बजे सम्म गुम्वा प्राण प्रतिष्ठ पुजा तथा समुद्घाटन १२ः३० बजेबाट श्रदेव गुरुको मुखारबिन्दु बाट प्रबचन तथा आयु अभिषेक (छेवाङ) प्रदानको कार्यक्रम तय भएको छ ।
कार्यक्रमको आयोजक नौचु पैगी लामा महायान बौद्ध गुम्बा रहेको छ । गुम्बा उद्घाटन कार्यक्रममा जान चाहने भक्तजनलाई ३ दिन नै विहान ८ बजेदेखि काहहोलाबाट गाडीको व्यवस्था गरिएको छ ।