निन्छुङ दुङसे रिन्पोचेको सिंहासन

महान गुरु रेपासिवा होतको प्रकटीकरण तथा १५ औं ग्याल्वाङ कार्मापा खाक्याप दोर्जेको शिष्य डोल्पोका महान गुरु शेली छोक्टुल तेन्जिन राब्केको सुपुत्र निन्चुङ महासिद्ध टुल्कु वोगेन तेन्जिनका नाति निन्चुङ दुङसे वोगेन ग्याल्छनको सिंहासन समारोह सम्पन्न भएको छ । बिहिवार काठमाडौँको कपनस्थित रामनगर पार्टी प्यालेसमा आयोजित विशेष कार्यक्रममा निन्छुङ दुङसे वोगेन ग्लाल्छनलाई सिंहासन गराइएको हो ।

सिंहासन कार्यक्रममा पवित्र निन्चुङ धर्म वंशका भक्तजन तथा अनुयायीहरुको उपस्थिति रहेको थियो । सिंहासनको शुभ दिनमा निन्चुङ लाडाडसँग धार्मिक तथा आध्यात्मिक सम्बन्ध कायम रहेका डोल्पो मुस्ताङ, मुगुम र कर्मारोङ लगायतका खेन्पो लामा तथा सम्पुर्ण संघ समुह भक्तजन र शुभचिन्तकहरु सहभागि भएका थिए ।

Share

Related posts

Leave a Comment