दोलखामा गुम्बा निर्माणका लागि आवश्यक रकम संकलनका लागि सुरु गरिएको १८ दिने अभियानको समापन भएको छ । गुम्बा निर्माण लागि आर्थिक संकलनको नेतृतव बेलायतमा रहेकी अन्तिम तमुस्योले गरेकी थिइन् । कुन्सल थोङ्ड्रोलिङ गुम्बा पुनःनिर्माणका लागि गरिएको अभियानबाट १६ लाख १७ हजार रुपैयाँ संकलन भएको छ । संकलित रकम टुल्कु साम्तेन रिन्पोछे र गुम्बा व्यवस्थापन समितिका अध्यक्ष खेनरिन्पोछे सोनाम वाङ्गेल लगायतको उपस्थितिमा हस्तान्तरण गरिएको छ । सामाजिक सञ्जालबाट आह्वान गरी सुरु भएको आर्थिक संकलनमा विभिन्न देशमा रहेका शुभेच्छुकहरुले सहयोग गरेका थिए । बेलायतमा रहँदै आएकी अन्तिम तमुस्यो बौद्ध धार्मिक गतिविधि र…
Read MoreCategory: समाचार
‘फादर अफ माइन्डफुलनेस’ उपाधि प्राप्त बौद्ध भिक्षु हानको निधन
‘फादर अफ माइन्डफुलनेस’को रूपमा चिनिएका विश्व प्रसिद्ध भियतनामी बौद्ध भिक्षु थिच न्हाट हानको निधन भएको छ । ९५ वर्षको उमेरमा शनिबार भियतनामको ह्युमा रहेको तु हिउ मन्दिरमा उहाँको शान्तिपूर्वक निधन भएको जेन बौद्ध शिक्षण संस्था, इन्टरनेशनल प्लम भिलेज कम्युनिटीले जनाएको छ । जेन बौद्ध भिक्षु, कवि र शान्ति अभियन्ता हान, सन् १९६० मा भियतनाम युद्धको विरोधी बनेर आध्यात्मिक यात्राबाट शान्तिको महाअभियानमा लाग्नुभएको थियो । उहाँले इंगेज्ड बुद्धिज्मको अवधारणा मार्फत बुद्ध धर्मको प्रचार गर्नुभएको थियो । पश्चिमा मुलुकमा अग्रगामीको रूपमा बुद्ध धर्मको फैलाउनु भएका उहाँले फ्रान्समा प्लम गाउूमा गुम्बा स्थापना गरेर…
Read Moreबौद्ध संघ भक्तपुरले मनायो स्वर्ण जयन्ती
बौद्ध संघ भक्तपुरले शनिवार संघ स्थापनाको स्वर्ण जयन्ती मनाएको छ । बागमती प्रदेशका सभामुख सानु कुमार श्रेष्ठको प्रमुख आतिथ्यमा भक्तपुरको कुथुबही (मिनिबस पार्क) मा भव्यरुपमा मनाइएको हो । बौद्ध संघ भक्तपुर स्थापना गरेको २५ वर्ष पुगेको उपलक्ष्यमा बुद्ध शिक्षामा युवा सहभागिता आजको आवश्यकता भने नारा सहित एकदिने कार्यशाला गोष्ठी पनि गरिएको थियो । कार्यक्रम बौद्ध संघ भक्तपुरका अध्यक्ष्य त्रिरत्न शाक्यको सभापतित्वमा भएको थियो । कार्यक्रममा श्रद्धेय भन्ते निग्रोध महास्थविर, डा. त्रिरत्न मानन्धर, डा. केशवमान शाक्य र टि.बि. पुनमगरको उपस्थिति रहेको थियो । स्वर्ण जयन्तीको उपलक्ष्यमा पहिलो पटक भक्तपुर बौद्ध संघमा…
Read Moreतपस्सी धम्म भिक्षु जीवनमा प्रवेश गरेको ३९ वर्ष पुरा, चारुमती विहारलाई देशकै प्रमुख सम्पदा बनाउने योजना
श्रीलंका, बर्मा र इरानसम्म पुगेका सम्राट अशोकका प्रतिनिधि काठमाडौँ आएकोमा भने आशंका गर्नु कुतर्क भएको भिक्षु तपस्सी धम्मको भनाई छ । नेपाल बुद्धिष्ट न्यूजको अनलाइन टेलिभिजन एनबी टीभीको एनबी टकमा बोल्दै चारुमती बुद्ध विहारका प्रमुख समेत रहनु भएका भिक्षु धम्मले सम्राट अशोकका प्रतिनिधि नेपाल आएकोमा आशंका गर्नु बेकार भएको बताउनु भएको हो । चावहिलमा रहेको चारुमती स्तुप काठमाडौँ उपत्यका भित्रै प्राचीनमध्येको एक सम्पदा भएको भिक्षु धम्मले जिकिर गर्नु भयो । स्तुप चर्किएका बेला भएको उत्खननमा धेरै प्राचीन अभिलेख भेटिएको बताउँदै त्यसको अध्ययनतर्फ सम्बन्धित निकायले चासो नदिएको पनि उहाँले गुनासो गर्नु…
Read Moreलुम्बिनीमा ८ दिने ऋषिनी प्रवज्या सम्पन्न
तथागत गौतम बुद्धको जन्मभूमि लुम्बिनीमा तेस्रो ऋषिनी प्रवज्या सम्पन्न भएको छ । राजकीय थाई विहार, लुम्बिनी र विश्वशान्ति विहार, काठमाडौंले संयुक्त रुपमा आयोजना गरेको ८ दिने प्रवज्या आइतबार सम्पन्न भयो । थेरवाद बौद्ध परम्पराअनुसार ७२ जना महिला सहभागीलाई बौद्ध धर्मबाट दिक्षीत गरिएको थियो । विपश्यना र चक्रमन ध्यानसमेत सिकाइएको थियो । विश्व शान्ति विहारका भिक्षु बोधिज्ञान महास्थविरले ध्यान सिकाउदै विपश्यना र चक्रमन ध्यान मानव जीवनको लागि आवश्यक भएको बताउनुभयो । थाई बिहारका प्रमुख भिक्षु फ्रा श्रीवोधिविदेस सुफोटले यस्तो प्रवज्या कार्यक्रमले बुद्ध धर्मको प्रचार प्रसारमा सहयोग गर्ने बताउनुभयो । सहभागिहरुलाई लुम्बिनी,…
Read Moreमाघ १ गते स्वयम्भूमा एकदिने ध्यान शिविर हुँदै (भिडियो अन्तरवार्ता सहित)
बौद्ध धर्मगुरु आचार्य लामा कर्मा साङ्बोले नियमितरुपमा गर्दै आउनु भएको एक दिने ध्यान शिविरको अर्को कार्यक्रम माघ १ गते शनिवार हुँदैछ । ध्यान शिविर काठमाडौँको स्वयम्भू, हल्चोकस्थित ब्राका समाजसेवा समिति गुम्बामा हुने आचार्य लामा कर्मा साङ्बोले बताउनु भयो । ध्यान शिविरमा समथ र विपश्यना ध्यानको अभ्यास र यसको महत्वको बारेमा जानकारी दिइन्छ । विहान ८ बजेदेखि ४ बजेसम्म भएको ध्यान साधनामा विभिन्न पाठहरु समेत गरिने आचार्य लामा कर्मा साङ्बोले जानकारी दिनु भयो । Click For Interview धर्मगुरु आचार्य कर्मा साङ्बोले यसपटक देखि प्रत्येक नेपाली महिनाको पहिलो शनिवार ध्यान कार्यक्रम गर्ने…
Read Moreतमु ल्होसार मनाउँदै गुरुङ समुदाय
गुरुङ समुदायले पुरानो वर्षलाई बिदाइ गरी नयाँ वर्षलाई स्वागत गरेर पुस १५ गते ‘तमु ल्होसार’ पर्व मनाउँदैछन्। ‘ल्हो’ को अर्थ वर्ष र ‘सार’ को अर्थ फेरिनुभएकाले वर्ष फेरिने दिनलाई ‘तमु ल्होसार’ भनिएको हो। तमु ल्होसारलाई गुरुङ समुदायले नयाँ वर्षका रुपमा भव्यरुपमा मनाउँछन्। ‘तमु ल्होसार’ पर्व सूर्यको किरणसँग सम्बन्धित छ। गुरुङ बाहुल्य रहेको लमजुङ, गोरखा, तनहुँ, स्याङ्जा, मनाङ, कास्की, पर्वत लगायत जिल्लामा सूर्यको ताप पहिले आउने भएकाले पुस १५ मा यो पर्व मनाउने गरिएको हो। यसपछि क्रमशः तामाङ र शेर्पा जातिको बसोबास भएको क्षेत्रमा सूर्यको ताप आउने भएकाले माघ र फागुनमा…
Read Moreलमजुङको करापु गाउँमा नयाँ गुम्बा शिलान्यास
गण्डकी प्रदेश, लम्जुङ जिल्ला मध्यनेपाल नगरपालिका ८ करापु गाँऊमा “करुणा धर्म चक्र बौद्ध गुम्बा“ निर्माणको शिलान्यास भएको छ । गुम्बा निर्माणको लागि लाल सुबा गुरुङको अध्यक्षतामा गुम्बा समिति गठन भएपछि जग्गा खोज्ने क्रममा करापु गाउँ निवासी गम्बुमान गुरुङ र क्या. कृष्ण बहादुर गुरुङले भूमि दान गर्नु भएको थियो । उहाँहरुले दान गर्नु भएको भूमिमा बृहत् साङ् (शुद्धिकरण) पुजा सहित भुमि शोधन तथा कलश थापना गरि गुम्बाको शिलान्यास कार्यक्रम सम्पन्न गरिएको हो । शिलान्यास कार्यक्रमको प्रमुख अथिति प्रदेश सभासद माननीय धनन्जय दवाडी र विशिष्ट अथिति राष्ट्रियसभा सदस्य दिपा गुरुङसहित उप–मेयर, वडाध्यक्ष…
Read Moreनेपालबाट चोरी भएको १३ सय वर्ष पुरानो बुद्ध मूर्ति अक्सफोर्ड विश्वविद्यालयको संग्रहालयमा भेटियो
नेपालबाट चोरी भएको कम्तीमा १३ सय वर्ष पुरानो मूर्ति बेलायतको एक संग्रहालयमा फेला परेको छ। सातौँ–आठौँ शताब्दीको अवलोकितेश्वर/बोधिसत्व पद्मपानीको ढुंगाको मूर्ति काठमाडौँको लगन टोल तः बहामा रहेको बौद्धबिहारबाट चोरी भएको थियो। सन् १९८० को दशकमा चोरी भएको सो मूर्ति इंग्ल्याण्डस्थित अक्सफोर्ड विश्वविद्यालयको एश्मोलिएन म्युजियम अफ आर्ट एण्ड आर्किओलोजीको संग्रहमा फेला परेको नेपालबाट हराएका वा चोरी भएका पुरातात्विक महत्वका सम्पदाको पहिचानमा सक्रिय रहँदै आएको ‘लस्ट आर्टस् अफ नेपाल’ ले बिहीबार जारी गरेको सूचनामा उल्लेख छ। लगन टोलको बौद्धबिहारबाट सो मूर्ति चोरी हुनुपूर्व खिचिएको तस्बिर र अहिले अक्सफोर्ड विश्वविद्यालयको संग्रहालयमा रहेको मूर्तिको…
Read Moreमुगुका अग्नि पीडितको सहयोगका लागि बुद्धिस्ट फिल्म प्रदर्शन
मुगुका अग्नि पीडितको सहयोगका लागि काठमाडौँको बौद्धमा गरिएको च्यारिटी कार्यक्रममा २ लाख ६३ हजार १ सय रुपैयाँ संकलन भएको छ । उक्त संकलित रकमले अग्निी पीडित ८० जनालाई ज्याकेट किनेर प्रदान गरिने च्यारिटी सोको आयोजक शेल फिल्म्सले जनाएको छ । शेल फिल्म्सले च्यारिटी सोमा भिक्षु भिक्षु सेल्नाङ ग्याम्जो तामाङ निर्देशित दुई फिल्म सुपर मंक र छ्यालो प्रदर्शन गरेको थियो । उत्पला क्याफेमा भएको च्यारिटी सोमा उल्लेख्य दर्शक सहभागि भएका थिए । संकलित रकमबाट ज्याकेट बनाएर डिसेम्बर अन्तिमसम्ममा अग्नि पीडितसम्म लैजाने योजना आयोजकको रहेको छ । दुखमा परेकाहरुलाई सहयोग गर्न अरुले…
Read More