सोलु दुधकुण्ड नगरपालिका वडा नं २ स्थित फेरा गाउँको प्रवेशद्वारमा रहेको चोर्तेन डाँडामा एक वर्षभित्र ल्हाबब छोर्तेन (देव अवतरण चैत्य) निर्माण गरिने भएको छ । चैत्य निर्माणका लागि फागुन १२ गते शुक्रवार थुप्तेन छोयलिङ गोन्पाका भिक्षु धर्मगुरुहरुबाट बौद्ध धर्म परम्परा अनुसार भूमि पूजा सम्पन्न भएको छ । चैत्यलाई हाल अमेरिकामा बसोबास गरिरहेका गुर्मी शेर्पा, पासाङ काजी शेर्पा र युकेमा बस्ने ल्हाक्पा शेर्पा तथा फुदोर्जीको पारिवारिक सहयोगमा चैत्य निर्माण हुने भएको हो ।
Read MoreCategory: समाचार
लुम्बिनी बौद्ध विश्वविद्यालय परिसरलाई पञ्चशीलयुक्त राखिने
लुम्बिनी बौद्ध विश्वविद्यालयले विश्वविद्यालय परिसरलाई पञ्चशीलयुुक्त राख्ने नीति अवलम्बन गरेको छ। विश्वविद्यालयको १४औँ सभाले बुद्धका सन्देशको ज्ञान तथा अनुशरणमा जोड दिँदै विश्वविद्यालय परिसरलाई पञ्चशील राख्ने नीति लिएको छ । यस्तै विश्वविद्यालय अन्तर्गत हुने औपचारिक सभा–समारोह तथा बैठकमा बुद्ध बन्दना र बुद्धमूर्ति अनिवार्य राख्ने निर्णय पनि गरिएको छ । बौद्ध विश्वविद्यालय स्थापनाको उद्देश्यअनुरूप बौद्ध दर्शन, संस्कृति, कलाको संरक्षण तथा प्रवर्द्धनका लागि सभा–समारोहमा बुद्ध बचनको प्रार्थना र बुद्धमूर्ति अनिवार्य गरेको विश्वविद्यालयले जनाएको छ । विश्वविद्यालयका निमित्त उपकुलपति एवं रजिष्ट्रार डा. तिलकराम आचार्यको अध्यक्षतामा बसेको कार्यकारी परिषद्को बैठकले विश्वविद्यालयका सम्पूर्ण निकाय तथा विश्वविद्यालयसँगको…
Read Moreशनिवार अन्तराष्ट्रिय बुद्ध परियत्ती उदय विहारमा परित्राण र धर्मदेशना
रुपन्देहीको डिंगरनगर, तिलोत्तमा ४ स्थित अन्तराष्ट्रिय बुद्ध परियत्ती उदय विहारमा फागुन १४ गते आइतवार गर्ने भनिएको परित्राण पाठ र धर्मदेशना कार्यक्रम एकदिन अगाडि नै गरिने भएको छ । कार्यक्रम शनिवार हुँदैछ । शनिवार विहान ८ बजेदेखि म्यानमारबाट आउनु भएका भिक्षु प्रज्ञा श्रीबाट बुद्ध वचन श्रवण गर्न धर्मदेशना कार्यक्रम आयोजना गरिएको हो । धर्मदेशना कार्यक्रममा सहभागि हुन सम्पुर्ण उपासक उपासिकालाई विहारका प्रमुख भिक्षु ज्ञानेन्द्रले आग्रह गर्नु भएको छ । उक्त दिन पाल्पा तानसेन निवासी आनन्द विहारका पूवै अध्यक्ष तथा सल्लाहकार देवेन्द्रमान शाक्य ८० वर्ष प्रवेश गरेको अवसरमा उहाँले विहारमा भोजनदान गर्नु…
Read Moreनाम्गेल गुम्बामा आज हुने भनिएको ल्हुङ स्थगित
काठमाडौँको बौद्ध तीनचुलीस्थित नाम्गेल ज्याङछुब छोयलिङ गुम्बामा आज हुने भनिएको श्हाङ्च्यो मोन्लमको ल्हुङ (आगम) प्रदान कार्यक्रम विशेष कारणवश स्थगित गरिएको छ । गुम्बाले आफ्नो फेसबुक पेजमार्फत् विज्ञप्ति जारी गर्दै ल्हुङ अर्काे सूचना नभएसम्मका लागि स्थगित भएको जनाएको छ । आज दिउँसो २ बजेदेखि सुरु हुने गरि ल्हुङ कार्यक्रमको आयोजना गरिएको थियो ।
Read Moreभिक्षु तपस्सी धम्मको सम्मानमा विशेष कार्यक्रम
भिक्षु तपस्सी धम्म महास्थविर प्रवजित हुनु भएको ४० वर्ष पुरा भएको अवसरमा काठमाडौँको चावहिलस्थित चारुमती बुद्ध विहारमा विशेष कार्यक्रम आयोजना गरी भिक्षु धम्मको सम्मान गरिएको छ । मंगलवार आयोजित सम्मान कार्यक्रममा भिक्षु महासंघले पवित्र परित्राण, आशिरवाद, पाठ पूजा र पूण्यको कार्यक्रम समेत गरेको थियो । श्रद्धेय भिक्षुगण र गुरुमांहरुको आतिथ्यमा शुरु भएको उक्त कार्यक्रममा अखिल नेपाल भिक्षु महासंघका अध्यक्ष श्रद्धेय धम्म शोभन महास्थविरबाट पञ्चशील, महासचिब भन्ते धर्मगुप्त महास्थविरबाट धर्म देशना, विहारका परमानन्द शाक्यबाट स्वागत मन्तव्य, वडा नं ७ का अध्यक्ष बिमल कुमार होडा, धर्मोदय सभाका महासचिब सागर मान बज्राचार्य र…
Read Moreमहायानी बौद्धमार्गीको ग्याल्वो ल्होसार
प्रत्येक वर्ष फागुन शुक्ल प्रतिपदाका दिन हिमाली समुदायले मनाउने सांस्कृतिक पर्व ग्याल्पो ल्होसार विविध कार्यक्रम आयोजना गरी आज मनाइँदैछ । नयाँ वर्षका रुपमा हिमाली समुदायले २१५० औँ ग्याल्पो ल्होसार मनाउन लागेका हुन् । मुसा, गाई, बाघ, खरायो, ड्रागन (मेघ), सर्प, घोडा, भेडा, बाँदर, चरा, कुकुर र बराह गरी १२ वर्गमा ग्याल्पो ल्होसारलाई विभाजन गरिएको छ । ग्याल्पो ल्होसार फागुन शुक्ल प्रतिपदादेखि पूर्णिमासम्म विविध कार्यक्रम आयोजना गरी भव्यरुपमा मनाइन्छ । ग्याल्पो ल्होसार भोटका नवौँ राजा उदे गुङ्ग्यालका पालादेखि वसन्त पर्वका नामले मनाउन सुरु गरिएको हो । समय क्रममा ग्याल्पो ल्होसार नामकरण…
Read Moreविश्वप्रशिद्ध रिन्पोचेबाट पोखरामा गुम्बा रब्ने हुँदै
पोखराको बौद्ध अर्घौ सदन (रामघाट गुम्बा)मा नव निर्मित विशाल गुम्बाको प्राण प्रतिष्ठ (रब्ने) पूजा यही फाल्गुण २३ र २४ गते क्षोठुल दुईक्षेनको विशेष पुण्य तिथि अनुकूलमा विश्व प्रशिद्ध परम पुज्यनिय बौद्ध गुरु सेचेन रबजम रिन्पोछेको बाहुलीबाट गरिने भएको छ । गुम्बामा प्राण प्रतिष्ठा कार्यक्रमका लागि रबजम रिन्पोचे फागुन २२ गते पोखरा पुग्नु हुनेछ । उहाँलाई बाजागाजासहित दीप प्रज्ज्वलन सहित स्वागत गर्ने तयारी गरिएको छ । फाल्गुण २३ गते मंगलबार (क्ष्योठुल दुईक्षेन) पूर्णिमाको दिन बिहान ८ः०० बजेदेखि ११ः३० बजेसम्म गुम्बा प्राणप्रतिष्ठा (रब्ने) र १ः०० बजेदेखि ४ः३० बजे सम्मा पुजा बाचन लगायतका…
Read Moreलुम्बिनीमा ५ सय जनालाई प्रवज्या गराइदैं
अखिल नेपाल भिक्षु महासंघ र थाइ भिक्षु महासंघको संयुक्त आयोजना तथा विभिन्न संघसंस्थाहरूको सहभागितामा बुद्ध जन्मभूमि लुम्बिनीमा प्रवज्या कार्यक्रम आयोजना हुने भएको छ । फागुन २७ गतेदेखि चैत १७ गतेसम्म हुने प्रवज्या कार्यक्रममा ५ सय जना कुलपुत्र सहभागि हुनेछन् । उक्त कार्यक्रममा सहभागि भई पुण्य सञ्चय गर्न भिक्षु महासंघले अनुयायीहरुलाई आग्रह गरेको छ । कार्यक्रममा सहभागि हुन फागुन २७ गतेसम्म रजिष्ट्रेसन गर्न सकिनेछ । कार्यक्रमका बारेमा थप जानकारीका लागि सम्पर्क स्थान : अखिल नेपाल भिक्षु महासंघ, विश्व शान्ति विहार, मीनभवन, अक्षेश्वर महाविहार, पुल्चोक, ललितपुर थप जानकारीको लागि : भिक्षु बोधिज्ञान…
Read Moreविहार बनाउन ४ रोपनी जग्गा दान
बागलुङको रायडाँडा हलहलेमा बुद्ध विहार निर्माणका लागि ४ रोपनी जग्गा दानबाट प्राप्त भएको छ । बरेङ बुद्ध विहार निर्माणका लागि युकेमा रहेका दुर्गा सलामी मगरले ४ रोपनी जग्गा दान गर्नु भएको हो । विहार निर्माणका लागि बिहिवार ११ सदस्यीय बुद्ध विहार निर्माण समिति समेत गठन गरिएको छ । श्रध्देय भिक्षु मेण्ड्ङकर स्थविरको संरक्षकत्वमा विहार निर्माण हुनेछ । विहार निर्माण भएपछि यस क्षेत्रमा बुद्ध धम र ज्ञानको प्रवद्र्धनमा महत्वपूर्ण भूमिका खेल्ने स्थानीयको विश्वास छ ।
Read Moreरबजाम रिम्पोचेलाई विमानस्थलमा विशिष्ट कक्ष, सडकमा सुरक्षा
बुधवार दिउँसो थाइल्याण्डको बैंककबाट काठमाडौं आउनुभएका बौद्ध धर्मगुरु रबजाम रिम्पोेछेलाई त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको विशिष्ट कक्ष र सुरक्षा उपलब्ध गराइएको छ । बौद्धस्थित सेचेन गुम्बाको निमन्त्रणामा काठमाडौं आउनुभएका धर्मगुरु रिम्पोछेलाई सोही गुम्बाको आग्रहमा संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयले उक्त सुविधा प्रदान गर्न गृह मन्त्रालय र नागरिक उड्डयन प्राधिकरणलाई पत्र लेखेको थियो । बुधवार दिउँसो साढे १२ बजेको समयमा थाइ स्माइल एअरको उडान नम्बर डब्लुई ३१९ बाट आउनुभएका रिम्पोछे महान शान्ति पूजामा काठमाडौं आएको मन्त्रालयको पत्रमा उल्लेख छ । गुम्बाले माघ २५ गते मन्त्रालयलाई लेखेको पत्रमा रिम्पोचेले यसअघि नेपाल आउँदा पनि…
Read More