खादा बौद्घ धर्मलम्बीहरुले हरेक जन्मदेखि मृत्यु लगायका संस्कारमा उपयोग गर्ने पवित्र वस्त्र हो । खादा बौद्ध धर्मावलम्वीको जन्म, ब्रतबन्ध, विवाह, मृत्य लगायत हरेक पूजाआजा, भेटघाटमा स्वागत, विदाई गर्दा नभई नहुने वस्त्र हो । पछिल्लो समय खादा बौद्ध समुदायमा मात्र सिमित छैन । आजभोली हिन्दु, क्रिश्चियन र मुसलमानले समेत खादाको प्रयोग गरेको देखिन्छ । यसरी हेर्दा यसको प्रयोग फूलको मालाको सट्टामा प्रयोग भएको पाईन्छ । हिमाली क्षेत्रमा फूल नपाइने हुँदा फूलको रुपमा खादाको प्रयोग गर्न थालिएको अभिलेख पाइन्छ । फूल बाह्रै महिना र बाह्रैकाल सबैस्थानमा नपाइने भएकाले पनि फूलको विकल्पमा खादाको…
Read MoreCategory: विविध
१७९२ पल्टसम्म भगवान बुद्धले गर्नु भएको कुरा
डेओ सयाडो #सील बिग्रियो भने समाधि बिग्रन्छ, समाधि बिग्रियो भने सहि भएको जस्तो छ त्यस्तै गरी सत्य यथार्थलाई देख्न सकिने छैन। सील बिग्रिनु (भाँच्चिनु) नै सबै बिग्रनु को आरम्भिकता हो। चार प्रकारका कारण जुटेर आएको समय (सम्बद्ध = एक समयमा पर्न आउनु) मा रुप उत्पन्न हुन्छ। चार प्रकारका कारण जुटेर आएको समय अन्त हुने बेलाकै साथ साथमा रुप पनि बिग्रिएर जान्छ। चार प्रकारका कारणहरु भन्नाले कर्म, चित्त, ऋतु, आहार हरु हुन्। आरम्मण र द्वार ठोक्किँदा (जुटेर आउँदा) नाम उत्पन्न भएर आउँछ। आरम्मण र द्वारहरु बिग्रिएर जाने समयमा पनि तुरुन्त साथ साथै…
Read Moreम्यान्मारमा बुद्धिजममा एमफिल र विद्यावारिधि गर्न नेपाली विद्यार्थीलाई पूर्ण छात्रवृत्ति
म्यान्मामा रहेको बुद्धिस्ट युनिर्भसिटीमा एमफिल तथा विद्यावारिधि अध्ययन गर्न चाहने नेपाली विद्यार्थीलाई पूर्ण छात्रवृत्ति दिने बताइएको छ । लुम्बिनी बौद्ध विश्वविद्यालयबाट बुद्ध धर्ममा एमए गरेका विद्यार्थीलाई उक्त विश्वविद्यालयले सिफारिस गरेमा पूर्ण छात्रवृत्ति दिन सकिने आश्वासन म्यान्मास्थित विश्वविद्यालयका पदाधिकारीले दिएका छन् । म्यान्मामा रहेको प्रसिद्ध विश्वविद्यालय स्टेट परियति शासन युनिर्भसिटी, याङ्गुन, अन्तर्राष्ट्रिय बुद्धिस्ट थेराबाद मिसिनरी युनिर्भसिटी याङ्गुन र स्टेट परियति शासन युनिर्भसिटी, मण्डालेले बुद्ध धर्ममा अनुसन्धान तथा शोध गर्न चाहने नेपाली विद्यार्थीलाई छात्रवृत्ति दिने बताएको हो । लुम्बिनी बौद्ध विश्विद्यालय केन्द्रीय क्याम्पस लुम्बिनीका प्रमुख फणिन्द्र न्यौपानेको नेतृत्वमा म्यान्मामा रहेका विश्वविद्यालयसँग अन्तरक्रिया…
Read Moreआयुसंस्कार परित्याग दिवसको सन्देश
राजेन मानन्धर एकातिर मानिसहरु महँगो भन्दा महँगो औषधी खाएर अथवा देश विदेश गएर आफ्नो रोगको निदान खोज्दैछन् भने अर्कोतिर कतिपय मानिसहरु आत्महत्या गरिरहेकाछन्, इच्छामरणको अधिकारको लागि लडिरहेका छन् । जन्मेपछि मानिसले देख्ने एक मात्र सत्य भनेको मृत्यु हो । तारेर तर्दैन भनेर थाहा छ तर पनि एक दिन बढी बाँच्नको लागि लगातार संघर्ष गरिरहन्छ उनीहरु । साँच्चै मानिसहरुलाई जीवन किन प्यारो हुन्छ ? मानिस जन्मेपछि उसले आफ्नो यश, बुद्धि, सुख, सन्तान धन होस् भन्ने चाहन्छ । यी सबै कुराहरु भएको उसले तबमात्र देख्छ, अथवा उसले यो सब त्यसबेलामात्र भोग गर्न…
Read More१२औं शताब्दीका आचार्य वैरोचनको पुनर्जन्म भूटानमा
भूटानी राजा जिग्मे खेसर नाम्गेल वाङ्चुकका तीन वर्षीय भान्जा ट्रयुयक वाङ्चुकले पूर्वजन्ममा आफू नालन्दा विश्वविद्यालयको विद्यार्थी तथा प्राध्यापक वैरोचन भएको बताएका छन्। उनको भनाइ गैर–बौद्धहरूका लागि अपत्यारिलो भए पनि बौद्ध संसारमा अनौठो होइन। पूर्वजन्म र पुनर्जन्मको अवधारणा बौद्ध धर्म–दर्शनको आधारभूत मान्यताभित्र पर्छ। बौद्ध धर्म–दर्शनको सार हो– सबै जीव कर्मअनुसार जन्म–मृत्युको भवचक्रमा घुमिरहन्छ र त्यो नै संसारको दुःख हो। बुद्ध वचन नै छ– संसारमा दुःख छ, दुःखको कारण छ, दुःखको अन्त्य गर्न सकिन्छ र आर्य अष्टाङ्गिक मार्गको अनुसरणबाट दुःखको अन्त्य हुन्छ। भवचक्ररूपी दुःखको अन्त्य नै बुद्ध शिक्षाको प्रमुख र एक मात्र…
Read Moreबौद्ध ज्ञानको प्रवर्धनमा गुरुमाको ३० वर्ष
ललितपुर निवासी बौद्ध गुरुमा चित्तावतीले प्रवज्या लिई बौद्ध धर्म र दर्शनको ज्ञान बाँढ्न थालेको ३० वर्ष पुगेको अवसरमा भक्तपुरको कमलविनायकमा शनिबार एक कार्यक्रम गरिएको छ । गुरुमाले भिक्षुणीको रुपमा ३० वर्ष पुरा गरेको अवसरमा आयोजित कार्यक्रममा गुरुमाको दीर्घायू र सुस्वास्थ्यको कामना पनि गरियो । कार्यक्रममा करिब ३ सय ५० भिक्षु तथा भिक्षुणी सहभागि थिए । त्यस्तै १ हजारभन्दा बढि उपासक तथा उपासिका कार्यक्रममा सहभागि भएको भिक्षु तपस्सी धम्मले जानकारी दिए । उक्त कार्यक्रममा वृहत बुद्ध पूजा, अष्टपरिष्कार दान, परित्राण पाठ तथा संघ भोजन समेत गरिएको थियो ।
Read Moreसफलताका ५ सुत्र
बुद्ध भन्नुहुन्छ – ”सबै मानिसलाई सफल हुने अवकाश छ” यद्यपि सफलताकालागि नियमहरुको पालन गर्नुपर्दछ हिजो बुद्ध प्रशिक्षित ( 5 ) प्रकारका सफलताकालागि गर्नुपर्ने भावना प्रस्तुत गर्दा मित्रहरुले एक एकको अर्थपनि प्रस्तुत गर्न आग्रह हुनाले आज संक्षिप्तमानै प्रस्तुत गर्न प्रयास गर्दैछु – आभारी ती मित्रहरुप्रति । १ – चीरकाल भावना – कुनैपनि कार्यगर्दा तत्क्षण सफलता प्राप्त हुँदैन । अलिकति समय दिएर त्यो कार्यकालागि प्रयास गर्नुपर्नेहुन्छ । कतिपय मानिस कुनै कार्य आरम्भ गरो अनि भएन भन्दै एकैछिनमा चट्ट छोडेर अर्को पछि लाग्दछन् । त्यसो गर्नाले सफलता हासिल गर्न सरल पर्दैन । अझ…
Read Moreज्ञानमाला भजन समूहको २४ औँ वार्षिक साधारणसभा
संगीतको माध्यमबाट जनमानसमा बौद्ध धर्मप्रति चेतना जगाउँदै आएको नेपाल राष्ट्रिय ज्ञानमाला समितिको २४ औ वार्षिक साधारण सभा केही दिन अघि काठमाडौँ, चोभारको सुमंगल कीर्ति विहार चोभारमा सम्पन्न भएको छ । कार्यक्रममा प्रमुख अतिथि शताव्दी पुरुष सत्यमोहन जोशीका साथै भिक्षु कौडण्य, भिक्षु सोभित, भिक्षु तपसीधम्म, भिक्षुणी अनोजा, पूर्वंमन्त्री बुद्धिराज वज्राचार्य, प्रा सुवर्ण शाक्य आदिले बौद्धधर्मका महत्व र आवश्यकताको बारेमा चर्चा गरे । उपस्थित व्यक्तित्वहरुद्वारा बौद्ध धर्मको प्रचारप्रसारमा ज्ञानमाला भजन समूहले निकै ठूलो योगदान पुर्याएको भन्दै समूहको प्रशंसा गरियो । कार्यक्रममा ज्ञानमाला संगीतको विकासमा योगदान दिनुहुने प्रा. सुवर्ण शाक्य, महारत्न वज्राचार्य, किरण…
Read Moreबौद्धमार्गीको पवित्रस्थल टाइगर नेष्ट
भुटानको टाइगर नेष्ट मन्दिर अत्यन्त पवित्र बौद्ध मन्दिरमध्ये एक हो । स्थानियहरु यो मन्दिरलाई ‘तक्षाङ मोनाष्ट्री’को नामले चिन्दछन् । तर अग्लो चट्टानी पहाडमा टाँसिएको तक्षाङ मोनाष्ट्री जान–आउन त्यती सहज छैन । ‘तक्षाङ मोनाष्ट्री’ समुन्द्र सतहभन्दा ३ हजार १ सय २० मिटरको उचाईमा छ । भुटानको पारो शहर पुगेपछि मन्दिरतर्फको वास्तविक यात्रा शुरु हुन्छ । पारोबाट करिब १२ किलोमिटरको उकालो चढेपछि मन्दिर पुगिन्छ । पारो शहरबाट उकालो चढ्न थालेपछि बाटोमा प्रशस्तै मनोरम दृष्यको अवलोकन गर्न सकिन्छ । बाटोमा भेटिने यो झरनालाई प्रायः यात्रुले श्रद्धापूर्वक पुजा तथा परिक्रमा पनि गर्दछन् । उनीहरु…
Read Moreसेतो रोयल गुम्बाको रजत जयन्ती सम्पन्न
बौद्ध जोरपाटीमा रहेको रोयल सेतो गुम्बाको स्थापनाको २५ औँ वर्ष पुरा भएको अवसरमा रजत जयन्ती कार्यक्रम मनाइयो । १९९३ मा परम पुजनीय धर्म गुरु मास्टर कर्मा तन्पाई ग्याल्छेन ज्यूले स्थापना गरी बौद्ध दर्शनको शिक्षा प्रदान गर्दै आएको सेतो गुम्बाको गौरवमय २५ वर्ष पुगेको उपलक्ष्यमा ३ दिनसम्म विशेष कार्यक्रम आयोजना गरिएको थियो । कार्यक्रमको पहिलो दिन मंसीर २८ गते कोन्छोग चिदुक छोग तथा दीप प्रज्वलन, दोस्रो दिन २९ गते तारा पूजा, रिन्पोछेलाई मण्डल अर्पण तथा दीर्घायु प्रार्थना सहित कोन्छोग चिदुक छेवाङ र पुष १ गते अन्तिम दिन धुप अर्पण सहित औपचारिक…
Read More