Category: विविध
आउँदो बुद्ध जयन्तीमा लुम्बिनीमा रुख रोप्ने अभियान
आउँदै गरेको बुद्ध जयन्तीको अवसरमा बुद्ध जन्मभूमि लुम्बिनीमा बुद्धभूमि लुम्बिनीमा एउटा रुख मेरो नाममा अभियान सञ्चालन गरिने भएको छ । २५६२ औँ बुद्धजयन्तीको अवसर पारेर यो अभियान सञ्चालन गरिन लागिएको हो । आफ्नो नाममा एउटा रुखको विरुवा रोप्न चाहनेले १ हजार रुपैयाँ शुल्क तिर्नु पर्ने व्यवस्था आयोजकले मिलाएको छ ।
Read Moreचारुमती विहारमा होली
बुधबार फागु पूर्णिमाको अवसर पारेर काठमाडौँको चावहिलस्थित चारुमती बुद्ध विहारमा विशेष कार्यक्रम आयोजना गरियो । फागु पूर्णिमाको शुभकामना आदानप्रदान र शान्तिको कामनाा सहित उक्त कार्यक्रममा बुद्ध पूजा, परित्राण, धर्मदेशना र पूण्यानुमोदन लगायतका कार्यक्रम गरिएको थियो । फागुन पूर्णिमाकै दिन सिद्धार्थ गौतमले बुद्धत्व प्राप्त गरिसके पछि पहिलोपटक राजा सुद्धोदनको निमन्त्रणामा राजगृह नगरबाट कपिलवस्तु नगरमा प्रस्थान गरेका थिए । यसकारण पनि फागु पूर्णिमा बौद्ध धर्मावलम्वीका लागि पनि विशेष महत्वपुर्ण रहेको छ ।
Read Moreबौद्ध धर्ममा के छ ?
१. बुद्ध धर्मले इश्वरलाई मान्दैन् । बुद्धले मानिस आफैँ आफ्नो मालिक हो भन्छ । यही प्रकृतिर जीवन भन्दा बाहिर कुनै अदृश्य शक्ति छैन् भन्छ । बुद्ध धर्म नै प्राकृतिक पूजाको सहि दर्शन हो। मानिसको जीवन मरणको क्रियाकलापलाई कार्यकरणको निर्भरता (प्रतित्यसमुत्पाद)को सिद्धान्तबाट ब्याख्या गरिन्छ । २. बुद्धले अनित्य, दु:ख र अनात्माको दर्शन प्रतिपादन गर्नु भयो । यो जीवन र जगत (प्राकृति) नित्य छैन, परिवर्तन भैरहन्छ। हामीले भोगिरहेको दु:ख सत्य हो।हाम्रो जीवन हामी आफैँले संचालन गर्छौ, हामी भित्र कठित ईश्वरको अंस आत्मा छैन् । ३. बुद्धले भन्नुभयो दु:खको अनुभुती सत्य हो, दु:ख…
Read Moreबुद्धको जीवनमा सारिपुत्र महास्थविरको सेवा
महास्थविर सारिपुत्र, बुद्धकालिन अतुलनीय तथागत सम्मासंबुद्ध भगवानको सासनमा, भगवान उपरान्त प्रज्ञामा एतअग्र, धर्मका सेनापति भगवानका दाहिने हात अग्र श्रावक महा स्थिविर सारिपुत्र अर्हन्त हुनुहुन्छ। गौतम बुद्ध भगवान उत्पन्न नहुँदै एकलाख कल्प पूर्व एक संख्या अन्तर्गत अनोमदस्सी बुद्धकालिन भगवानद्वारा गौतम बुद्ध भगवान कालिन समयमा प्रथम अग्र श्रावक हुनको निम्ति नियत ब्यादित् प्राप्त गर्नु भएको थियो। राजगृह नाल ग्राम नामक उपतिस्स ब्राह्मण महासाल जातिय उपतिस्स मुखिया वङ्क पुण्णा (ब्राह्मण) र रूप सारि पुण्णे (ब्राह्मणी) का ७ जना छोरा छोरी मध्ये सबै भन्दा जेष्ठ पुत्र भएकाले उपतिस्स नामले प्रसिद्ध हुनु हुन्थ्यो। एक समय…
Read Moreसिद्धार्थ गौतमले जन्मने बित्तिकै बोलेको वाक्य के हो ?
यथाभुतखेमिन्द १• महोसधा (महन्त+ओसध) को भवमा माताको गर्भ बाट जन्म लिने बित्तिकै “आमा छोराको हातमा भएको मूल देव औषधि लाई लिइ बक्सियोस” भनेर जन्मने साथ बोधिसत्वले यस वाक्य बोल्नु भएको थियो। २• वेस्सन्तराको भवमा माताको गर्भ बाट जन्म लिने बित्तिकै “आमा म दान गर्न चाहन्छु छोरालाई दान गर्ने असर्फी रजत दिनु होस्” भनेर जन्मने साथ बोधिसत्वले यस वाक्य बोल्नु भएको थियो। ३• सिद्धार्थ कुमारको भवमा माताको गर्भबाट जन्म लिने बित्तिकै उत्तर दिशा तर्फ सम्मुख गरि सात पाइला चरण पद पूर्ण चाल्नु भयो र अडिएर…. “#अग्गोहमस्मिलोकस्स” = म यस मनुष्य, देव,…
Read Moreखादा के हो र किन यसको प्रयोग गरिन्छ ?
खादा बौद्घ धर्मलम्बीहरुले हरेक जन्मदेखि मृत्यु लगायका संस्कारमा उपयोग गर्ने पवित्र वस्त्र हो । खादा बौद्ध धर्मावलम्वीको जन्म, ब्रतबन्ध, विवाह, मृत्य लगायत हरेक पूजाआजा, भेटघाटमा स्वागत, विदाई गर्दा नभई नहुने वस्त्र हो । पछिल्लो समय खादा बौद्ध समुदायमा मात्र सिमित छैन । आजभोली हिन्दु, क्रिश्चियन र मुसलमानले समेत खादाको प्रयोग गरेको देखिन्छ । यसरी हेर्दा यसको प्रयोग फूलको मालाको सट्टामा प्रयोग भएको पाईन्छ । हिमाली क्षेत्रमा फूल नपाइने हुँदा फूलको रुपमा खादाको प्रयोग गर्न थालिएको अभिलेख पाइन्छ । फूल बाह्रै महिना र बाह्रैकाल सबैस्थानमा नपाइने भएकाले पनि फूलको विकल्पमा खादाको…
Read More१७९२ पल्टसम्म भगवान बुद्धले गर्नु भएको कुरा
डेओ सयाडो #सील बिग्रियो भने समाधि बिग्रन्छ, समाधि बिग्रियो भने सहि भएको जस्तो छ त्यस्तै गरी सत्य यथार्थलाई देख्न सकिने छैन। सील बिग्रिनु (भाँच्चिनु) नै सबै बिग्रनु को आरम्भिकता हो। चार प्रकारका कारण जुटेर आएको समय (सम्बद्ध = एक समयमा पर्न आउनु) मा रुप उत्पन्न हुन्छ। चार प्रकारका कारण जुटेर आएको समय अन्त हुने बेलाकै साथ साथमा रुप पनि बिग्रिएर जान्छ। चार प्रकारका कारणहरु भन्नाले कर्म, चित्त, ऋतु, आहार हरु हुन्। आरम्मण र द्वार ठोक्किँदा (जुटेर आउँदा) नाम उत्पन्न भएर आउँछ। आरम्मण र द्वारहरु बिग्रिएर जाने समयमा पनि तुरुन्त साथ साथै…
Read Moreम्यान्मारमा बुद्धिजममा एमफिल र विद्यावारिधि गर्न नेपाली विद्यार्थीलाई पूर्ण छात्रवृत्ति
म्यान्मामा रहेको बुद्धिस्ट युनिर्भसिटीमा एमफिल तथा विद्यावारिधि अध्ययन गर्न चाहने नेपाली विद्यार्थीलाई पूर्ण छात्रवृत्ति दिने बताइएको छ । लुम्बिनी बौद्ध विश्वविद्यालयबाट बुद्ध धर्ममा एमए गरेका विद्यार्थीलाई उक्त विश्वविद्यालयले सिफारिस गरेमा पूर्ण छात्रवृत्ति दिन सकिने आश्वासन म्यान्मास्थित विश्वविद्यालयका पदाधिकारीले दिएका छन् । म्यान्मामा रहेको प्रसिद्ध विश्वविद्यालय स्टेट परियति शासन युनिर्भसिटी, याङ्गुन, अन्तर्राष्ट्रिय बुद्धिस्ट थेराबाद मिसिनरी युनिर्भसिटी याङ्गुन र स्टेट परियति शासन युनिर्भसिटी, मण्डालेले बुद्ध धर्ममा अनुसन्धान तथा शोध गर्न चाहने नेपाली विद्यार्थीलाई छात्रवृत्ति दिने बताएको हो । लुम्बिनी बौद्ध विश्विद्यालय केन्द्रीय क्याम्पस लुम्बिनीका प्रमुख फणिन्द्र न्यौपानेको नेतृत्वमा म्यान्मामा रहेका विश्वविद्यालयसँग अन्तरक्रिया…
Read Moreआयुसंस्कार परित्याग दिवसको सन्देश
राजेन मानन्धर एकातिर मानिसहरु महँगो भन्दा महँगो औषधी खाएर अथवा देश विदेश गएर आफ्नो रोगको निदान खोज्दैछन् भने अर्कोतिर कतिपय मानिसहरु आत्महत्या गरिरहेकाछन्, इच्छामरणको अधिकारको लागि लडिरहेका छन् । जन्मेपछि मानिसले देख्ने एक मात्र सत्य भनेको मृत्यु हो । तारेर तर्दैन भनेर थाहा छ तर पनि एक दिन बढी बाँच्नको लागि लगातार संघर्ष गरिरहन्छ उनीहरु । साँच्चै मानिसहरुलाई जीवन किन प्यारो हुन्छ ? मानिस जन्मेपछि उसले आफ्नो यश, बुद्धि, सुख, सन्तान धन होस् भन्ने चाहन्छ । यी सबै कुराहरु भएको उसले तबमात्र देख्छ, अथवा उसले यो सब त्यसबेलामात्र भोग गर्न…
Read More