रोयल सेतो गुम्बाको रजत जयन्ती मनाइने

बौद्ध जोरपाटीमा रहेको रोयल सेतो गुम्बाको स्थापनाको २५ औँ वर्ष पुरा भएको अवसरमा रजत जयन्ती कार्यक्रम गरि मनाइने भएको छ । १९९३ मा परम पुजनीय धर्म गुरु मास्टर कर्मा तन्पाई ग्याल्छेन ज्यूले स्थापना गरी बौद्ध दर्शनको शिक्षा प्रदान गर्दै आएको सेतो गुम्बाको गौरवमय २५ वर्ष पुगेको उपलक्ष्यमा मंसीर २८ गते देखि पुष १ गते तीन दिन सम्मका लागि विभिन्न कार्यक्रमहरु गरिने तया भएको छ । मंसीर २८ गते कोन्छोग चिदुक छोग तथा दीप प्रज्वलन, २९ गते तारा पूजा, रिन्पोछेलाई मण्डल अर्पण तथा दीर्घायु प्रार्थना सहित कोन्छोग चिदुक छेवाङ र पुष…

Read More

आइतबारदेखि राष्ट्रिय बौद्ध सम्मेलन

काठमाडौं – बौद्ध दर्शन प्रवद्र्धन तथा गुम्बा विकास समितिले आगामी आइतबार मंसिर २३ गते ‘राष्ट्रिय बौद्ध सम्मेलन’ आयोजना गर्दैछ । ‘शान्त, समृद्ध राष्ट्रको लागि बौद्ध दर्शन र सम्पदा प्रवद्र्धन’ भन्ने मूल नारासहित आयोजना हुने सम्मेलनमा मुलुकभरका बौद्धमार्गी सहभागी हुने समितिले जानकारी दिएको छ। सम्मेलनबाट बौद्ध दर्शन र सम्पदा संरक्षणमा रहेका समस्या तथा अवसर पहिचान गर्नुका साथै धार्मिक पर्यटन प्रवद्र्धन लागि ठोस योजना निर्माणमा सहयोग पुर्याउने लक्ष्य आयोजकले लिएको छ। सरकारले घोषणा गरेको ‘नेपाल भ्रमण वर्ष २०२०’ सफल बनाउन सहयोग पुग्ने गरी अन्तर्राष्ट्रियस्तरको बौद्ध सम्मेलन आयोजनाका लागिसमेत यो सम्मेलनले आधार तयार…

Read More

कसरी बने सिन्धुपाल्चोकका कमल भण्डारी , बौद्ध भिक्षु ङवाङ ?

कहिलेकाँही जिन्दगी अनौठो तरिकाबाट गुज्रदो रहेछ । यस्तै लाग्छ सिन्धुपाल्चोकका कमल भण्डारीलाई भेट्दा । सनातन ब्राह्मण परिवारमा जन्मिएका उनले त्यस्तो बाटो रोजे, सायदै उनको पारिवारिक सदस्य वा उनी निकटका कसैले सोचेको थियो, उनको जीवनले त्यो बाटो तय गर्ला भनेर । सिन्धुलाल्चोकस्थित हालको बारविसे नगरपालिकामा करिब ३ दशक अघि जन्मिएका कमलले जब १९ वर्षको उमेर टेके, उनमा एउटा छुट्टै अद्भुत भावना तरंगितभयो । जुन जीवन बाँचीरहेका थिए वा जुन परिवेशमा हुर्किरहेका थिए, उनलाई लाग्यो ‘त्यो मेरो बाटो होइन’। भित्री मनले दरोसँग भन्यो ‘कमल अब तिमीले हिड्ने बाटो अर्कै हो ।’ त्यसपछि…

Read More

वज्रयानको संरक्षण गर्न आवश्यक : राणा रिम्पोचे

विद्याधर आचार्य महायोगी श्रीधर राणा रिम्पोचेले हजारौ वर्षदेखि प्रचलनमा रहेको वज्रयान परम्पराको आधारमा बुद्धधर्मका केही आधारभुत विशेषताका बारेमा चर्चा गरेका छन् । उनले भारतवर्षमा मुसलमानले बौद्ध धर्म र संस्कृतिमाथि आक्रमण गर्न थाले पछि बौद्ध विद्वानहरुले थुप्रै बौद्ध ग्रन्थ नेपाल ल्याएको पनि बताए । त्यतिबेला विकासको उत्सर्गमा पुगेको काठमाडौँ उपत्यकाका नेवारहरुले अवलम्वन गर्ने बुद्धधर्म अहिले घट्दै कर्मकाण्डमा सिमित हुँदै गएको प्रति राणा रिम्पोचेले दुख व्यक्त गरे ।

Read More