लुम्बिनीमा मोन्लम पूजा जारी

बुद्ध जन्मस्थल लुम्बिनीमा विश्व शान्ति अर्थात् मोन्लम पूजा जारी छ । महायान परम्परा अनुसार नेपाल बौद्ध लोट्स श्रमणेरिका (आनी) संघले तीनदिने मोन्लम पुजा गरिरहेको छ । संसारभर बुद्ध नेपालमा जन्मिएको सन्देश दिन र विश्व शान्तिका लागि वार्षिक रुपमा यस्तो पूजा गर्ने गरिएको छ मायादेवी मन्दिरको दक्षिणतर्फ रहेको पिपलको रुखुमुनी दुई दिनयता रिपोन्छे खेन्छेन पेमा शेर्पा र लुम्बिनी विकास कोषका उपाध्यक्ष डा. ल्हारक्याल लामा तथा अन्य लामा गुरुहरुले यसैगरी मोन्लम अर्थात् विश्वशान्ति पुजा गरिरहेका छन् । बौद्ध धर्मको महायान परम्परा अनुसार नेपाल बौद्ध लोट्स श्रमणेरिका (आनी) संघको आयोजना र लुम्बिनी विकास…

Read More

संयुक्त राष्टसंघका महासचिवको लुम्बिनी भ्रमण : विश्वशान्तिको अपिल

नेपालको चार दिने भ्रमणमा रहेका संयुक्त राष्ट्रसंघका महासचिव एन्टोनियो गुटेरेस मंगलबार भगवान गौतम बुद्धको जन्मस्थल लुम्बिनी पुगेका छन् । लुम्बिनी पुगेका उनले बुद्धको जन्मस्थलबाटै युद्धरत मुलुकहरूलाई शान्तिको मार्गमा लाग्नलाई आग्रह गरेका छन् । गुटरेसले बुद्धका सन्देश, पञ्चशील सिद्धान्त र राष्ट्रसंघको मिसन मिल्दोजुल्दो रहेको भन्दै बुद्धको जन्मस्थानबाट संसारभरका द्वन्द्व रोक्न हातेमालोका लागि आब्हान गरे । जलवायु परिवर्तनको प्रभावबारे प्रत्यक्ष अवलोकन गर्न भन्दै नेपाल भ्रमणमा आइपुगेका संयुक्त राष्ट्रसंघका महासचिव एन्टोनियो गुटेरेसले बुद्ध जन्मस्थल लुम्बिनीबाट विश्वभरी शान्तिको मार्गमा लाग्न अपिल गरे । मंगलबार विहान अन्नपूर्ण बेस क्याम्प (एबीसी)को भ्रमण सकेर लुम्बिनी पुगेका गुटेरेसले…

Read More

भारतमा नक्कली रामग्राम स्तूप बनाएर प्रचार सुरु

भारतले शान्तिका अग्रदत गौतम बुद्धको अस्तिधातु राखिएको प्राचीन रामग्राम स्तूप नक्कली बनाएर प्रचार गर्न थालेपछि पश्चिम नवलपरासीका सरोकारवालाहरुले आपत्ति जनाएका छन् । रामग्राम विश्व सम्पदा सूचीमा सूचीकृतको प्रक्रियामा रहेको छ । प्राचीन रामग्राम र देवदहका विषयमा तत्काल आवश्यक कदम चाल्न नागरिक समाज नवलपरासीले सरकारको ध्यानाकर्षण गराएको छ । प्रमुख जिल्ला अधिकारी विश्वप्रकाश अर्यालमार्फत प्रधानमन्त्रीको ध्यानाकर्षण गराउँदै नागरिक समाजले भारत सरकारसँग पहल गरी गलत प्रचार रोक्न माग गरेको हो । भारतका अधिकारीहरु र भारतीय सञ्चार माध्यमहरुले केही दिनदेखि देवदह र रामग्रामको विषयमा भ्रमपूर्ण प्रचार गरिरहेकोले तत्काल खण्डन गर्न जिल्ला प्रशासन कार्यालयमार्फत…

Read More

प्रशिद्ध बौद्ध गुरुको निधन

प्रसिद्ध बौद्ध योगी लामा छिरिङ वाङ्दु रिन्पोछेले निर्वाण लिनु भएको छ । अमेरिकाको पोर्टल्याण्डस्थित आफ्नै निवासमा ८८ वर्षको उमेरमा बुधबार उहाँले निर्वाण प्राप्त गर्नु भएको हो । हिमाली बौद्ध परम्परा अनुसार भौतिक रुपमा निधन भएपनि उहाँ कोठाभित्र ध्यानमुद्रा –थुग्दम)को अवस्थामा रहेको बताइएको छ । ध्यानमुद्राबाट देहत्याग गरेपछि मात्र बौद्ध परम्परा अनुसार अमेरिकामा नै उहाँको अन्त्यष्टि गरिने भएको छ । रिन्पोछे बौद्ध लोङचेन निङथिग, शिजे र चोड परम्पराका वंशजका उहाँ करिब ९ वर्षको उमेरमै हिमाली बौद्ध लामा भएर चोड अभ्यास गर्ने सिद्धहस्त हुनुहुन्छ । १८ देखि २० वर्षको उमेरमा उहाँले झण्डै…

Read More

श्रीलंकामा अध्ययनरत: भिक्षुको निधन, शव ल्याउन सहयोग अपिल

दाङबाट श्रीलंका पुगि बौद्ध शिक्षाको अध्ययन गरिरहेका भिक्षु सोरत धम्म –आश कुमार चौधरी)को निधन भएको छ । भिक्षु सोरतको गत कात्तिक ४ गते शनिवार निधन भएको हो । भिक्षुको पार्थिव शरिर श्रीलंका र नेपालको सहयोगमा नेपाल ल्याउने प्रयास भइरहेको छ । भिक्षु सोरतको पार्थिव शरिर नेपाल ल्याउन करिब २० लाख रुपैयाँ लाग्ने भएको छ । सहयोग रकम जुटाउन चारुमती बुद्ध विहारका प्रमुख भिक्षु तपस्सी धम्मले अपिल गर्नु भएको छ । उहाँले भिक्षु सोरतको पार्थिव शरिर ल्याउन सहयोग गर्न सम्पुर्ण बौद्ध उपासक, उपासिका सहितका धर्म अनुयायीहरुलाई आग्रह गर्नु भएको छ ।…

Read More

बौद्धधर्मावलम्वीका लागि विजयादशमीको महत्व

विजयादशमीको दिन बौद्ध धर्मावलम्बीहरुका लागि पनि महत्वपूर्ण र विशेष दिन हो । विजयादशमीलाई बौद्ध धर्मावलम्वीहरुले अहिंसा दिवसको रूपमा मान्दै आएका छन् । बौद्ध धर्मावलम्वीमध्ये पनि थेरवादहरुका लागि विजयादशमी अझ विशेष दिन हो । उनीहरु आ–आफ्नो विहारमा यसलाई भव्यताका साथ मान्दछन् । यस दिन हत्या, हिंसा र मारकाटबाट आफूलाई राजाबाट सम्राट बनाउन पुगेका मौर्य राजा अशोकले आफ्नो जीवनमा नयाँ परिवर्तन देखाएका थिए । कलिङको युद्ध उनको विजयी अभियानको अन्तिम युद्ध बन्न पुगेको थियो । यस युद्धमा देखिएको मृत्यु र शोकबाट सम्राट अशोक एकदमै विक्षिप्त बने । उनको यो बेचैनी बालक बौद्ध…

Read More

बौद्ध धर्म अभ्यास समूहको सहयोग

बेलायतको लण्डनमा रहेका बौद्ध धर्मावलम्वीको समूहले काठमाडौँका केही अनाथालयहरुमा सहयोग गरेका छन् । उनीहरुको समूहले काठमाडौँका विभिन्न स्थानहरुमा रहेको अनाथालयका बालबालिकाका लागि दालचामल लगायतका खाद्यान्न सहयोग गरेका हुन् । उनीहरुको समूहले सेर्साङ अनाथ गृह, स्नेह काख लगायतका ४ वटा अनाथालयमा सहयोग गरेका छन् । लण्डनमा रहेर बौद्ध धर्म अभ्यासलाई निरन्तरता दिइरहेका उनीहरुको समूहले नेपालमा केही सहयोग गरौ भन्ने उद्देश्यले सहयोग गरेको बताए । सहयोग कार्यक्रममा खेन्पो जितलाल तामाङ समेत सहभागि हुनुहुन्थ्यो । सहयोग हस्तान्तरण सकिएपछि खेन्पो जितलालले बौद्धमा दीप प्रज्ज्वलन गरी पूर्ण परिणामाना गर्नु भएको थियो ।

Read More

महाकरुणामय अवलोकितेश्वरको महाभिषेक आज

महाकरुणामय अवलोकितेश्वर महाभिषेक (वाङ्छेन) आज काठमाडौँमा हुँदैछ । महाभिषेक प्रदान गर्नका लागि यतिबेला ४१ औँ साक्या गोङ्मा ट्रीछेन् रिन्पोछे काठमाडौँमै हुनुहुन्छ । काठमाडौँको चावहिल, चुच्चेपाटीस्थित हायात चौरमा हुने महाभिषेकको सम्पुर्ण तयारी पुरा भइसकेको छ । आज दिउँसो १२ बजदेखि महाभिषेक हुँदैछ । महाभिषेकमा करिब ३० हजार सहभागि हुने आयोजक कुसुमा बुद्ध धर्म संघले अनुमान गरेको छ । कार्यक्रमस्थलमा भीड हुने भएकाले बस्ने स्थानको अभाव हुन सक्ने भएकाले कुसन लगायतका व्यवस्था आफै गर्न आयोजकले आग्रह गरेको छ । त्यस्तै पिउने पानीका लागि बोतल, हाते पंखा र छाता समेत लिएर आउन आग्रह…

Read More

साक्या परम्पराको गद्दीधारी ४१औं साक्या गोङ्मा ठ्रिछेन रिन्पोछेको जीवनी

महाकरुणामय अवलोकितेश्वर महाभिषेक (वाङ्छेन) का लागि श्री परम पावन ४१ औं साक्या गोङ्मा ठ्रिछेन रिन्पोछे यतिबेला नेपालमा हुनुहुन्छ । नेपालमा रहेका बौद्धमार्गी अनुयायीलाई अभिषेक दिन उहाँ असोज ६ नेपाल आइपुग्नु भएको हो । उहाँले काठमाडौँको चावहिल, चुच्चेपाटीस्थित हायात ग्राउण्डमा असोज २७ गते हुने विशेष समारोहमा महाअभिषेक दिदै हुनुहुन्छ । महाभिषेक कार्यक्रम दिउँसो दिउँसो १२ बजदेखि सुरु हुनेछ । महासिद्ध मैत्रीयोगीको परम्पराको अति दुर्लभ महाकरुणामय अवलोकितेश्वर महाभिषेक बौद्ध धर्ममा एकदमै महत्वपूर्ण मानिन्छ । यो महाभिषेक एक मनुष्यलाई जीवनमा चाहिने सम्पूर्ण उपदेशहरूले सम्पन्न भएको पञ्चदेवको मण्डलवाला महाभिषेक (वाङ्छेन ) हो । यो…

Read More

४१ औँ साक्या गोङ्मा ट्रीछेन् रिन्पोछे नेपालमा, असोज २७ गते अभिषेक दिने

आउँदो असोज २७ गते अर्थात् १४ अक्टोबर, शनिबार महानगुरू ४१ औँ साक्या गोङ्मा ट्रीछेन् रिन्पोछलेले नेपालमा दुर्लभ महाभिषेक (वाङ्छेन) प्रदान गर्ने कार्यक्रम रहेको छ । ४१ औँ साक्या गोङ्मा ट्रीछेन् रिन्पोछे अभिषेकका लागि आइतवार भारतबाट नेपाल आइसक्नु भएको छ । उहाँले महाकरुणा आर्यअवलोकितेश्वरको महाभिषेक काठमाडौंको चुच्चेपाटी, बौद्धस्थित तारागाउँ म्युजियमको खुलाचौरमा प्रदान गर्दै हुनुहुन्छ । रिन्पोचेले प्रदान गर्ने अभिषेकको बारेमा जानकारी दिन सोमवार आयोजक व्योम कुसुमा बुद्धधर्मसंघले बौद्धस्थित उत्पला क्याफेमा पत्रकार सम्मेलन गरेको छ । आयोजकका अनुसार, यो भारतवर्षीय महासिद्ध श्रीमद्मैत्रियोगी (जगन्मित्रानन्द÷मित्रजोगी) परम्पराको असाधारण आर्यअवलोकितेश्वरको महाभिषेक विश्वशान्ति, सद्भाव, भाइचारा र मानवता’का…

Read More