नेपाली बुद्धिस्ट न्यूजले गुरु पद्मसम्भव (गुरु रिन्पोचे)को जीवनी नेपाली भाषामा प्रकाशन गरेको छ । तिब्बती भाषामा रहेको गुरु पद्मसम्भवको जीवनीलाई खेन्पो जितलाल तामाङले नेपाीमा अनुवाद गर्नु भएको हो । गुरु पद्मसम्भवको बारेमा सहज र सरल नेपाली भाषामै उनका अनुयायीहरुले बुझ्न सकुन् भनेर अनुवाद गरिएको खेन्पो तामाङले बताउनु भयो । नेपाल बुद्धिस्ट न्यूजले एनबी टीभीमा बौद्ध धर्मका महत्वपूर्ण गुरुहरुको जीवनीको अडियो बुक बनाउने क्रममा गुरु पद्मसम्भवको नेपाली भाषामा सहजै पूस्तक पाउन नसकेपछि आफै अनुवाद र प्रकाशनमा संलग्न भएको हो । खेन्पो जितलालसहितको समूहले करिब डेढ वर्ष लगाएर गुरु पद्मसम्भवको जीवनीलाई नेपालीमा…
Read MoreCategory: Featured
छोग्याल रिन्पोछेको जन्मदिनमा फर्पिङमा महामुद्रा हल उद्घाटन
श्रद्धेय गुरु छोग्याल रिन्पोचेको जन्मदिनको अवसर पारेर फर्पिङमा महामुद्रा हल उद्घाटन गरिएको छ । सोमवार उद्घाटन गरिएको महामुद्रा हल बाँस, माटो लगायतका स्थानीय सामग्रीको प्रयोग गरेर मौलिक तरिकाबाट निर्माण गरिएको छ । यो हलमा गहिरिएर ध्यान साधना गर्न चाहने रेपा कार्यक्रम अन्तर्गतका साधक÷साधिकाले आवासीय सुविधासहित प्रयोग गर्न पाउने छन् । हल उद्घाटनपछि छोग्याले रिन्पोछेले सम्पुर्ण दाताहरु, हल निर्माणमा खटिएका श्रमिक तथा स्वयंसेवक तथा हल डिजाइन गर्ने इन्जिनियरहरुलाई धन्यवाद ज्ञापन गर्नु भयो ।
Read Moreलुम्बिनीमा त्रिपिटक पाठ सम्पन्न
बुद्ध जन्मस्थल लुम्बिनीमा सञ्चालित तीन दिने तेस्रो अन्तर्राष्ट्रिय त्रिपिटक वाचन मंगलबार सकिएको छ । अखिल नेपाल भिक्षु महासंघको आयोजना तथा लुम्बिनी विकास कोष, लुम्बिनी साँस्कृतिक नगरपालिकासहित विभिन्न संस्थाको सहआयोजनामा लुम्बिनीस्थित मायादेवी मन्दिर परिसरमा त्रिपिटक पाठ गरिएको हो । त्रिपिटक पाठको मंगलबार निवर्तमान शिक्षामन्त्री अशोक राईले समापन गरे । समापन समारोहलाई सम्बोधन गर्दै निवर्तमान शिक्षामन्त्री राईले बुद्धजन्मस्थल लुम्बिनीमा बुद्धका शिक्षाहरुको संगालो त्रिपिटक पाठले विश्वभर सकरात्मक सन्देश प्रवाह गरेको बताए । गौतमबुद्ध एसियाको मात्रै नभएर विश्वकै प्रकाश भएको बताउँदै बुद्धको शिक्षा विश्वका लागि अपरिहार्य भइसकेको उनले बताए । उनले विश्वमा देखिएको अशान्ति…
Read Moreनेपाल बुद्धिस्ट एसोसियसनद्वारा छात्रवृत्ति प्रदान
त्रिभूवन विश्वविद्यालय अन्तर्गतको पाटन संयुक्त क्याम्पसमा नेपाल बौद्ध संघले छात्रवृत्ति प्रदान गरेको छ । उक्त क्याम्पसमा बौद्ध शिक्षा अध्ययन गरिरहेका विद्यार्थीहरुलाई छात्रवृत्ति प्रदान गरिएको हो । छात्रवृत्ति प्रदान कार्यक्रममा नेपाल बौद्ध संघमा प्रमुख छोग्याल रिन्पोछे विशिष्ट अतिथिको रुपमा समेत सहभागि हुनुहुन्थ्यो । १० जना विद्यार्थीलाई छात्रवृत्ति प्रदान गरिएको संघका कार्यकारी निर्देशक सर्विन्द्र ठाकुरले बताए । नेपाल बौद्ध संघले प्रदान गरेको छात्रवृत्तिका कारण बौद्ध शिक्षाको अध्ययन गरिरहेका विद्यार्थीमा उत्साह थपिएको इतिहास तथा बौद्ध अध्ययन विभागका प्रमुख डा. लक्ष्मणसिंह कुँवरले बताए । त्यस्तै कार्यक्रममा बोल्दै इतिहास तथा बौद्ध विभागकी विभागीय प्रमुख डा.…
Read Moreलुम्बिनीमा तेस्रो अन्तराष्ट्रिय त्रिपिटक वाचन सुरु
बुद्धजन्मस्थल लुम्बिनीमा तेस्रो अन्तर्राष्ट्रिय त्रिपिटक वाचन सुरु भएको छ । बौद्ध धर्मको मुख्य ग्रन्थको त्रिपिटक वाचनमा स्वदेश तथा विदेशी धर्मगुरु सहभागी छन् । त्रिपिटक वाचनले बुद्ध जन्मस्थल लुम्बिनीको प्रबद्र्धनका साथै विश्वभर शान्तिको सन्देश फैलाउने अपेक्षा गरिएको छ । अन्तर्राष्ट्रिय समुदायलाई बौद्ध तीर्थस्थल, बौद्ध शिक्षा, साहित्य तथा दर्शनसहित त्रिपिटकको महत्वबारे जानकारी गराउने उद्देश्यसहित बुद्ध जन्मस्थल लुम्बिनीमा त्रिपिटक वाचन हुँदै आएको छ । अखिल नेपाल भिक्षु महासंघको आयोजना तथा लुम्बिनी विकास कोषको समन्वयमा सुरु त्रिपिटक वाचनले बुद्ध जन्मस्थललाई थप प्रचारप्रसार गर्ने र पर्यटन प्रबद्र्धन गर्ने विश्वास गरिएको छ । तीन दिनसम्म लुम्बिनीस्थित…
Read Moreअलपत्र ‘ग्रेटर लुम्बिनी’ परियोजना, चर्चा बेलाबेलामा, काम निराशाजनक
लुम्बिनीसंगै कपिलवस्तुको तिलौराकोट, नवलपरासीको रामग्राम, रुपन्देहीको देवदहलाई एकीकृत विकास गर्ने लक्ष्यसहित १२ वर्ष अगाडि ग्रेटर लुम्बिनी परियोजना गठन भएको थियोे । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले नै यसअघिको प्रधानमन्त्रीकालमा ‘ग्रेटर लुम्बिनी परियोजना शुरु गरेका थिए । सिद्धार्थ गौतम बुद्धसँग जोडिएका बौद्ध स्थलहरुलाई जोडेर बृहत्तर विकास गर्ने र विश्व शान्ति शहर बनाउने भन्दै शुरु गरिएको परियोजनाको बेलावेला चर्चा हुने गरेपनि काम भने गुमनाम जस्तै छ । सरकारले ०६८ सालमा बृहत्तर लुम्बिनी परियोजना गठन गरेको थियो । तर अहिले त्यो संस्था कहाँ छ, के गरिरहेको छ भन्नेबारे नेपाल सरकारको संस्कृति, पर्यटन तथा नागरिक…
Read Moreरामग्राम लिज समझदारी रद्द गर्न लेखाको निर्देशन
गौतम बुद्धको अस्थिधातु समाधिस्थल नवलपरासीको रामग्राम क्षेत्र उत्खनन एवं बौद्ध स्तूपलगायत संरचना निर्माण तथा व्यवस्थापनका लागि भन्दै लुम्बिनी विकास कोषले बिनाप्रतिस्पर्धा एक निजी कम्पनीलाई ९९ वर्षका लागि सुम्पिने गरी भएका सबै सम्झौता, समझदारी रद्द गर्न प्रतिनिधिसभाको सार्वजनिक लेखा समितिले निर्देशन दिएको छ । रामग्राम लिज समझदारी रद्द गर्न लेखाको निर्देशन, कानुनविपरीतका निर्णय प्रक्रियामा सामेलमाथि अनुसन्धान गर्न अख्तियारलाई पनि निर्देशन विवादास्पद पृष्ठभूमिका ल्हारक्याल लामाले लुम्बिनी कोषको उपाध्यक्षमा नियुक्ति भएलगत्तै नेपाल सरकारको पूर्वस्वीकृतिबिनै पुरातात्त्विक सम्पदा क्षेत्र एक शताब्दीका लागि निजी कम्पनीलाई सुम्पिएका थिए । तर आइतबार लेखा समितिले उक्त निर्णय र समझदारी रद्द गर्न…
Read Moreबौद्धमार्गीले ग्याल्पो र सोनाम ल्होसार मनाउँदै
आज माघ शुक्ल प्रतिपदा– बौद्ध धर्मावलम्वीहरुले विविध कार्यक्रम आयोजना गरी नयाँ वर्षको रुपमा ल्होसार मनाउँदैछन् । आज तामाङ समुदायको सोनाम ल्होसार र हिमाली समुदायले ग्याल्पो ल्होसार एकदिन परेको छ । हिमाली पात्रो अनुसार आजदेखि मुसा वर्ष पूरा गरी गाई वर्ष प्रवेश हुँदैछ । मुसा, गाई, बाघ, खरायो, ड्रागन , सर्प, घोडा, भेडा, बाँदर, चरा, कुकुर र सुँगुर गरी १२ वर्गमा ल्होसारालाई विभाजन गरिएको छ । भूमिपूजा, कूलपूजा एवं दानदक्षिणा, ढोगभेट, नाचगान, मिठो परिकार बनाएर खाने र शुभकामना आदानप्रदान गरी ल्होसार मनाउने चलन छ । राजधानीको टुँडिखेल, बौद्ध, स्वयम्भू क्षेत्रमा विविध…
Read Moreमिग्योर रिन्पोछेसँग भार्दोको ज्ञान लिदै मनिषा कोइराला
चर्चित बलिउड अभिनेत्री मनिषा कोइरालाले भार्दोको शिक्षा सुरु गरेकी छन् । उनले बिहिवार फेसबुकमा स्टाटस लेख्दै आफुले भार्दोको शिक्षा लिइरहेको बताएकी हुन् । भार्दोका लागि करिब १ दशकदेखि गुरु खोजिरहेको उल्लेख गर्दै उनले बल्ल गुरु भेटेको लेखेकी छन् । मिग्योर रिन्पोछेलाई भेटेपछि गुरु खोज्ने आफ्नो आंकाक्षा पुरा भएको पनि उनले उल्लेख गरेकी छन् । उनले मिग्योर रिन्पोछेले दिने ज्ञानको प्रशंसा पनि गरेकी छन् । कठिन शिक्षालाई पनि मिग्योर रिन्पोछेले एकदमै सरल तरिकाले बुझाइँदै मानिसहरुलाई तनावरहित बनाएको कोइरालाले बताइन् । भार्दोको अभ्यास गर्दै जाँदा परम आनन्दको अनुभुति भएको उनको भनाइ छ…
Read Moreध्यान र योग विशेष रेपा कार्यक्रमको पाँचौ श्रृंखलाका लागि आवेदन खुल्ला
श्रद्धेय छोग्याल रिन्पोचेद्वारा संचालन हुदै आएको रेपा कार्यक्रमको पाँचौ भागको लागी आवेदन फारम खुला गरिएको छ । रेपा छोग्याल रिन्पोचेले विकास गर्नु भएको तीन वर्षीय आन्तरिक रुपान्तरण सम्बन्धी विशेष कार्यक्रम हो । यस कार्यक्रम अन्तर्गत करुणा र आध्यात्मिकतामार्फत् आफैलाई चिन्ने लक्ष्य रहेको छ । यस कार्यक्रममार्फत् छोग्याल रिन्पोचेले जीवनशैली, योग अभ्यास, दया, करुणा लगायतका अभ्यास गराउनु हुन्छ । रेपा अभ्यास अनलाइनका साथै व्यक्तिगत र आवासीय शिविरमार्फत पनि गराइदै आएको छ । पहिलो रेपा कार्यक्रम सन् २०२१ मा आयोजना हुँदा ५५ जना सहभागि भएका थिए । त्यस्तै सन् २०२२ मा भएको…
Read More