लन्डन– दक्षिण पूर्वी लन्डनमा २५६८औं बुद्धजयन्ती भव्य समारोहका बीच मनाइएको छ । बुद्ध फाउण्डेसन यूकेको आयोजनामा आइतबार वुलीचको जनरल गर्डन स्क्वायरमा आयोजित कार्यक्रममा सयौँ नेपाली तथा स्थानीय ब्रिटिश समुदाय सहभागी भएका थिए। भगवान गौतम बुद्धको शान्ति सन्देश र नेपाली कला, संस्कृति एवं पर्यटन प्रवर्द्धन गर्ने उद्देश्यसहित आयोजित कार्यक्रममा विविध सांस्कृतिक प्रस्तुति गरिएको थियो । कार्यक्रमलाई सम्बोधन गर्दै बेलायतका लागि नेपाली राजदूत ज्ञानचन्द्र आचार्यले गौतम बुद्धको सन्देश प्रचारप्रसारका लागि बुद्ध फाउन्डेसनले गर्दै आएका पहलको प्रशंसा गरे। उनले विश्वसम्पदा सूचीमा समावेश लुम्बिनीको पर्यटन प्रवर्द्धनमा यस्ता कार्यक्रमले सघाउ पु¥याउने विश्वास व्यक्त गरे। कार्यक्रमका…
Read MoreCategory: Featured
नेपाल बौद्ध संघको बुद्ध जयन्ती विशेष कार्यक्रम
नेपाल बौद्ध संघले काठमाडौँको स्वयम्भूमा बुद्ध जयन्ती विशेष कार्यक्रम गर्यो । २५६८ औँ बुद्ध जयन्तको अवसरमा आयोजित कार्यक्रमको प्रमुख अतिथि रहनु भएका डोल्पो टुल्कु रिन्पोचेले बुद्ध र बुद्ध जयन्तीको महत्वको बारेमा बताउनु भयो । त्यस्तै कार्यक्रममा बौद्ध विद्वान तथा लोचवा पुण्यप्रसाद पराजुलीले बुद्ध पूर्णिमाको त्रि–संयोगको बारेमा धर्मदेशना गर्नु भयो । शाकाहारी अभियन्ताका रुपमा समेत परिचित भिक्षु आङफुरीले कार्यक्रममा पञ्चशीलको महत्वका बारेमा टिप्पणी गर्नु भएको थियो । त्यसैगरि कार्यक्रममा श्रद्धेय छोग्याल रिन्पोचेले विगत केही वर्षदेखि सञ्चालन गरिरहनु भएको रेपा कार्यक्रममा विद्यार्थीहरुले आफ्नो अनुभव सुनाएका थिए । रेपाका विद्यार्थीहरुले बुद्ध लिलाको नाटक…
Read Moreलुम्बिनीमा ३ दिन बुद्ध जयन्ती मनाइने
लुम्बिनी विकास कोषले २,५६८ औं बुुद्धजयन्ती एवं लुम्बिनी दिवस तीनदिनसम्म विविध कार्यक्रम सहित मनाउने भएको छ । कोषले मंगलबार लुम्बिनीमा पत्रकार सम्मेलन गरी बुधबारदेखि शुक्रबारसम्म लगातार कार्यक्रम गरी बुद्ध जयन्ती मनाउने जानकारी गराएको हो । बुद्ध जयन्ती अन्तर्गत जेठ १० गते प्रधानमन्त्री पुुष्पकमल दाहाल प्रचण्ड, संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री हितबहादुर तामाङ, प्रदेशका मुख्यमन्त्री लगायतको आतिथ्यतामा मूल समारोह गरिने पत्रकार सम्मेलनमा जानकारी दिइएको छ । ९ गते साँझ भारतीय दुतावाससँगको साझेदारीमा साँस्कृतिक कार्यक्रम, सोही साँझदेखि मायादेवी मन्दिर परिसरमा अहोरात्र महापरित्राण पाठ हुने कोषले जनाएको छ । मूल समारोहका दिन जेठ…
Read Moreअखण्ड शान्ति दीपको ज्योति सगरमाथा लगिदैं
लुम्बिनीस्थित अखण्ड शान्ति दीपको ज्योति सगरमाथा आधार शिविर लगिएको छ । लुम्बिनी र सगरमाथालाई एक साथ पहिचान गराई धार्मिक पर्यटन प्रबद्र्धन गर्न लुम्बिनीबाट नेपाली ओलम्पियन, एथलेटिक्स र बक्सिङका राष्ट्रिय खेलाडीले दीप ज्योति सगरमाथातर्फ जान लगेका हुन् । भिक्षु मैंत्री महास्थबिर लगायतका भिक्षुले मंगल पाठ गरेर दीप ज्योती ओलम्पियन बैकुन्ठ मानन्धरलाई हस्तान्तरण गरेका थिए । मानन्धरको नेतृत्वमा एथलेटिक्सका राष्ट्रिय खेलाडी अर्जुन घिमिरे र सुरेन्द्र महर्जन, ट्रेल रनर बाबुराजा घिमिरे, बक्सिङका दिपक तामाङ र साउथ एशियन म्याराथन धावक राधा श्रेष्ठ सहितको ६ सदस्यीय टोलीले शान्ति दीपबाट लिएको ज्योति बोकेर मायादेबी मन्दिर, पुष्करणी…
Read Moreस्वयम्भूमा बुद्ध जयन्ती मेला काठमाडौँ महानगरले व्यवस्थापन गर्ने
बुद्ध जयन्तीको अवसरमा स्वयम्भूमा लाग्ने वैशाख पूर्णिमा मेलालाई यस वर्ष व्यवस्थित बनाइने भएको छ । काठमाडौं महानगरपालिकाले स्वयम्भू व्यवस्थापन तथा संरक्षण महासमितिसँग समन्वय गरी आर्थिक सहयोग तथा भीड व्यवस्थापन गर्ने भएको हो । स्वयम्भू तथा त्यस आसपास क्षेत्रमा रहेका गुम्बामा दर्शनका लागि आउने भक्तजनको सुरक्षा, मेलामा भीड व्यवस्थापन, सरसफाइ, रङरोगन, सडकबत्ती व्यवस्थापन गर्न लागेको काठमाडौं महानगरपालिका– १५ का वडाध्यक्ष ईश्वरमान डंगोलले जानकारी दिए । महासमितिका अध्यक्ष भिक्षु धर्ममूर्ति महास्थवीरको संयोजकत्वमा २५६८औं बुद्धजयन्ती व्यवस्थापन मूल समारोह समिति गठन गरिएको छ । उक्त समितिले मन्दिर आसपासका अस्थायी पसल हटाउने, माग्न र दान…
Read Moreरसियन बुद्धिस्टको सहयोगमा निर्मित बगैचामा विश्व शान्ति पूजा
लुम्बिनी गुरुयोजना क्षेत्रभित्र रसियन बौद्ध समुदायको सहयोगमा तयार पारिएको बगैँचामा विश्व शान्तिको कामना गर्दै पाठ गरिएको छ । बगैँचा परिसरमा निर्माण गरिएको चैत्य प्राण प्रतिष्ठा तथा महायानी बौद्ध परम्पराअनुसार प्राणीजगतको कल्याणको कामनासहित पाठ गरिएको हो । रुस–युक्रेन युद्धको शान्ति खोज्दै बुद्ध जन्मस्थल लुम्बिनीमा रसियन बुद्धिष्ट ओलिग बर्तुनोभसहितका समुदायले बगैँचा तयार पारेका हुन् । रसियाको बौद्ध सम्प्रदाय बाहुल्य राज्य कालमिकका नागरिक बर्चुनोभ लगायतका बौद्ध समुदायले लुम्बिनी प्लाजामा बगैँचा निर्माण लगायत संरचनाका लागि सहयोग गरेका छन् । रसिन खेन्पो एवं रसियन केन्द्रीय बौद्ध आध्यात्मिक प्रशासनका अध्यक्ष गेसे योङतेनसहित नेपालका लामा गुरुहरुको उपस्थितिमा…
Read Moreगुरु पद्मसम्भवको जीवनी नाटकमा मञ्चन गरिदैं
यही आउँदो सोमवार गुरु पद्मसम्भव (गुरु रिन्पोचे)को जीवनीलाई संक्षिप्तरुपमा नाटकमार्फत प्रस्तुत गरिने भएको छ । काठमाडौंको रामहिटी, बौटस्थित रामनगर पार्टी प्यालेसमा नाटक मञ्चन हुँदैछ । खेम्पो पेम छिरी शेर्पा ज्यूको परिकल्पनामा तयार भएको नाटकको सम्पुर्ण तयारी पुरा भइसकेको छ । नाटकलाई जेडी तमुले निर्देशन गरेका छन् भने लेखन कर्मा वाङ्चु शेर्पाको रहेको छ । नाटकलाई छम्बा गुम्बा तथा यार्जाङ गुम्बा व्यवस्थापन समितिले प्रस्तुत गर्दैछ । नाटक दिउँसो १२ बजेदेखि सुरु हुनेछ । गुरु पद्मसम्भवको जीवनी र उहाँले सम्पुर्ण प्राणी जगतलाई पुर्याउनु भएको योगदानको बारेमा जानकारी दिन नाटक मञ्चन गर्न लागिएको…
Read Moreआजदेखि लुम्बिनीमा अन्तराष्ट्रिय बौद्ध गोष्ठी
आजदेखि लुम्बिनीमा लुम्बिनी बौद्ध विश्वविद्यालय बौद्ध अध्ययन संकायले अन्तर्राष्ट्रिय बौद्ध गोष्ठी आयोजना गर्न लागेको छ । लुम्बिनी बौद्ध विश्वविद्यालय केन्द्रीय कार्यालयको सभाहलमा हुने यो गोष्ठी आज र भोलीसम्म चल्नेछ । नेपालसहित श्रीलंका, थाइल्याण्ड, म्यानमार, जापान, बंगलादेश, भारत, ताइवान, पोर्चुगल, फान्सलगायतका देशका बौद्ध भिक्षु तथा विज्ञहरुले कार्यपत्र प्रस्तुत गर्ने कार्यक्रम रहेको छ । यसका लागि विभिन्न देशका विज्ञहरु लुम्बिनी आइसकेका छन् । विश्वव्यापी चुनौतीहरूलाई सम्बोधन गर्न बौद्ध शिक्षाको सान्दर्भिकता विषयक गोष्ठीमा विभिन्न देशका विज्ञहरुले कार्यपत्र प्रस्तुत गर्ने र त्यसमाथि छलफल गर्ने कार्यक्रम रहेको बौद्ध अध्ययन संकायका डीन डा। माणिकरत्न शाक्यले जानकारी…
Read Moreप्रज्ञापारमिता च्योद् पूजा नेपालीमा सार्वजनिक
ललितपुरको पद्मवर्ण महाविहारमा शनिवार तेस्रो कर्मपा राङख्युक दोर्जेले रचना गर्नु भएको छोग्ले रिन्छेन ट्रेड्वा च्योद प्रज्ञापारमिता पूजा च्योद संग्रहको रत्नमाला पूजा विधि सार्वजनिक गरिएको छ । सर्वसाधारणले सरल नेपाली भाषामा पनि अध्ययन गर्न रुची देखाएपछि नेपाली भाषामा अनुवाद गरि प्रकाशित गरिएको छ । पद्य शैलीमा रचना गरिएको यस साधना अनुवाद गर्ने क्रममा गाह्रो संस्कृत शब्दको साटो सकेसम्म सरल शब्दहरू प्रयोग गरी पाठक सुहाउँदो बनाउने प्रयत्न गरिएको अनुवादक टिमका भिक्षु कर्मा ताशीले बताउनु भयो । अनुवादित पुस्तकलाई तिब्बती अक्षर पढ्न नजान्ने तर तिब्बती भाषा बुझ्नेहरुलाई सहज होस् भनेर देवनागरी लिपीमा तिब्बती…
Read Moreभद्रकालीमा दुर्व्यवहारमा पर्ने लामा को हुन् ?
काठमाडौँको भद्रकाली मन्दिर परिसरमा गेरुबस्त्र लगाएका लामामाथि प्रहरीले लात हानेपछि चौैतर्फि आलोचना भएको छ । चौतर्फी आलोचनापछि प्रहरी प्रधान कार्यालयले घटनामा संलग्न प्रहरी कर्मचारीमाथि विभागीय कारबाही सुरु गरेको सार्वजनिक सूचना प्रकाशन गरेको छ । जिल्ला प्रहरी परिसर काठमाडौँले घटनाबारे आन्तरिक छानबिन गर्दै छ । चैत २४ मा राजेन्द्र महतो, सुमन सायमी र रवीन्द्र श्रेष्ठले नेतृत्वको गरेको प्रदर्शनमा प्रहरीले भिक्षुलाई दुर्व्यवहारमा गरेको हो । दुर्व्यवहारमा पर्ने लामा फुर्वा तामाङ लामा रहेको खुलेको छ। उनी शंकरापुर नगरपालिका–३ स्थित गुम्बाबाट प्रदर्शनमा सहभागी हुन भद्रकालीमा आएका थिए । प्रहरीका अनुसार लामा गुरुहरू पनि प्रदर्शनमा…
Read More