बौद्ध धर्मावलम्बीका लागि किन विशेष र महत्वपुर्ण छन् यी ४ स्थान ?

गौतम बुद्धले करिब २६ सय वर्ष अघि प्राप्त गर्नु भएको ज्ञानको महत्व अहिले पनि उत्तिकै छ । अहिले विश्वका हरेक देशमा बुद्धको ज्ञान र सिद्धान्तको अनुशरण गर्नेको संख्यामा दिन प्रतिदिन बढिरहेको पाइन्छ । बुद्ध र बुद्धले दिएको ज्ञानको महत्व बढ्दै जाँदा बुद्धसँग सम्बन्धित स्थानहरुको पनि महत्व निकै नै छ । लुम्बिनी, बोधगया, सारनाथ, कुशीनगर गौतम बुद्धको प्रत्यक्ष जीवनकालसँग जोडिएका विशेष स्थान हुन् । यी चारवटै स्थानको बुद्धको जीवनमा विशेष महत्व रहेको छ । लुम्बिनी गौतम बुद्धले पहिलो आँखा उघारेको स्थान हो लुम्बिनी । लुम्बिनीमा शाक्य वंशमा राजकुमारको रुपमा गौतम बुद्धको…

Read More

६० स्वदेशी तथा बिदेशी बौद्ध भिक्षुले काठमाडौँदेखि कपिलवस्तुसम्म शान्ति पैदल यात्रा’ गर्ने

विश्व शान्तिको कामना गर्दै राष्ट्रिय तथा अन्तराष्ट्रिय तहका ६० बौद्ध भिक्षुले आगामी फागुन १ गतेदेखि काठमाडौँदेखि कपिलवस्तुसम्म ‘शान्ति पैदल यात्रा’ गर्ने भएका छन् । काठमाडौँको स्वयम्भूदेखि शुरु हुने उक्त पैदल यात्रा फागुन २० गते कनकमुनि बुद्धको जन्म भूमि निग्लिहवा पुगेर समापन गरिनेछ । आनन्दकुटी विहारको संयोजनमा हुने उक्त कार्यक्रममा दैनिक करिब ३० किलोमिटर हिँड्ने लक्ष्य लिइएको छ । यात्राका क्रममा स्कूलको खुला मैदान वा खुला चौरमा बास बस्दै यात्रालाई निरन्तरता दिइनेछ । कार्यक्रमका संयोजक भिक्षु पन्नामूर्ति महास्थवीरले विश्वमा अहंकार र महत्वाकाङ्क्षाले गर्दा द्वन्द्व, हिंसा र अशान्ति बढिरहेका बेलामा बुद्धको आदर्शलाई…

Read More

एक योगीको अन्तरयात्रा

घनश्याम खड्का काठमाडौँ — यो हिउँदका आखिरी दिनहरू सुरु भइसके । अब काठमाडौंमा एउटा अनुहार देखिने छैन । कमिलासरी मान्छेको सिलिङबिलिङले रङमङ्गिएको यो खाल्डोलार्ई एउटा मान्छे हराएको कानोकान खबर हुने पनि छैन । तर, केही आँखा छन् अनाथालयमा, जसले उनको खोजी गर्नेछन् । केही अनुहार छन् गुम्बामा, जो उनको अनुपस्थितमा सुस्ताउनेछन् । हो, अपांगता भएका केही मानिस छन् बौद्धस्थित एउटा आश्रममा, जसलाई उनी नहुनाको समयले केही शून्य बनाउनेछ । बाँकी काठमाडौंलाई र यो भीडभाडपूर्ण सहरलाई यस विषयमा केही थाहै हुने छैन । यहाँलाई लाग्छ सक्छ, को कहाँ जाँदै छ ? कसको के कुरा हुँदै छ ? उत्तर म दिन्छु ।…

Read More

तयार भयो रामग्राम स्तुपको गुरुयोजना

नवलपरासी पश्चिमको सदरमुकाम परासीदेखि तीन किलोमिटर दक्षिणमा रहेको रामग्राम क्षेत्रका ऐतिहासिक, पुरातात्विक तथा धार्मिक स्थलहरुको विकास गरिने छ । यहाँ बुद्धसँग सम्बन्धित विभिन्न संरचना निर्माण हुनेछन् । ग्रेटर लुम्बिनी अन्तर्गत बनाइएको गुरुयोजनाले स्तुप क्षेत्रको एक सय १७ बिघा जग्गा समेटेको छ । गुरुयोजना अनुसार जग्गा अधिग्रहणका लागि एक अर्ब ५० करोड र संरचनाहरु निर्माणका लागि साढे पाँच अर्ब रुपैयाँ लागत अनुमान गरिएको छ । गुरुयोजनालाई लुम्बिनी विकास कोषको कार्यसमिति वैठकले सैद्धान्तिक स्वीकृति प्रदान गरी फाइल अर्थ मन्त्रालय पठाइएको लुम्बिनी विकास कोषका योजना प्रमुख इन्जिनियर सरोज भट्टराईले बताए । रामग्राम स्तुपा…

Read More

कोरोना भाइरस प्रकोपः तिब्बतमा गुम्बा तथा मन्दिरहरु बन्द

चीनमा देखिएको कोरोना भाइरसको प्रकोपका कारण सोमबारदेखि तिब्बतका सबै गुम्बा तथा मन्दिरहरु बन्द गरिएका छन् । भाइरस फैलन सक्ने सम्भावनाका कारण बौद्ध गुम्बा तथा मन्दिर बाहेक अन्य चर्चित पर्यटकीय स्थानहरु पनि बन्द गरिएका छन् । चीनमा भाइरसको संक्रमण डरलाग्दो गरी फैलिरहँदा अहिलेसम्म तिब्बतमा भने यसबाट संक्रमित भेटिएका छैनन् । कोरोना भाइरसका कारण चीनमा १ सय ६ जनाले ज्यान गुमाइसकेका छन् । चीनका अधिकांस शहरहरुमा सर्वसाधारणलाई अत्यावश्यक कामबाहेकमा हिडडुल नगर्न भनिएको छ ।

Read More

लुम्बिनीबाट शान्तिदीप पोखरा ल्याइने

पोखराको अन्तराष्ट्रिय पर्वतीय सङ्ग्रहालयमा हुने तेस्रो विश्व शान्ति पूजाका अवसरमा गौतम बुद्धको जन्मभूमि लुम्बिनीबाट शान्तिदीप पोखरा ल्याइने भएको छ । हिमाल आरोहण एवं पदयात्राका क्रममा दिवङ्गत भएका सम्पूर्ण मृतात्माको चिरशान्तिको कामना गर्दै पोखरामा यही माघ २० देखि २२ गतेसम्म हुने विश्व शान्ति पूजामा शान्तिको प्रतीक दीप ल्याउन लागिएको हो । प्रदेश नंं ५ का मुख्यमन्त्री शङ्कर पोखरेलले यही माघ २० गते सोमबार बिहान ७ः३० बजे लुम्बिनीबाट लामा गुरुलाई हस्तान्तरण गर्ने शान्तिदीपलाई सोही दिन पोखराको हेम्जास्थित शाक्य गुम्बामा ल्याएर राखिने कार्यक्रम छ । नेपाल पर्वतारोहण सङ्घको आयोजना तथा नेपाल पर्यटन बोर्ड,…

Read More

राष्ट्रकल्याणको कामना गर्दै बुद्ध पूजा

राष्ट्रकल्याणको कामना तथा सम्पूर्ण प्राणीको मोक्षको कामना गर्दै विहिबार विशेष बुद्ध पूजा गरिएको छ । बुद्धवचन अनुवाद समिति र तमु बौद्ध सेवा समितिले संयुक्तरुपमा आयोजना गरेको उक्त कार्यक्रममा धर्मगुरुबाट प्रज्ञापारमिताको पाठ गरिएको थियो । कार्यक्रममा ग्रहशान्ति पूजाका साथै वाङ(अभिषेश) समेत गरिएको थियो । बौद्ध धर्मगुरु टुल्कु धमछोयले विशेष पूजा गरी करिब ३०० बौद्ध अनुयायीलाई आयु अभिषेकको प्रवचनसमेत दिए । बौद्ध साहित्यको सूत्रपिटकअन्तर्गत पर्ने उक्त प्रज्ञापारमितामा शून्यताको दार्शनिक विषय समेटिएको छ । कुनै पनि व्यक्ति तथा वस्तुको स्वतन्त्र अस्तित्व हुँदैन, अरु वस्तुमा निर्भर हुने गर्दछ भन्ने सन्देश यसमा दिइएको छ । शान्ति…

Read More

लुम्बिनीमा रहेको सोकोयो जापानी मन्दिर खुल्ला

तीर्थयात्रीहरू, पर्यटकहरू र बौद्ध धर्मको खोजी गर्नेहरूको लागि आकर्षणको रूपमा रहेको शाक्यमुनी बुद्धको जन्मस्थल लुम्बिनीमा सोकोयो जापानी बौद्ध मन्दिर सार्वजनिक रूपमा खोलिएको छ। लुम्बिनीको पश्चिम मठमा अवस्थित सोकोयो जापानी मन्दिरको उद्घाटन १० जनवरी २०२० मा संघीय सांसद र संघीय संसदका लेखा समिति (पीएसी) का अध्यक्ष मा. भरत कुमार शाहले भिक्षु, भिक्षुणी, एलडीटीका अधिकारीहरू, सुरक्षाकर्मीहरू, सञ्चारकर्मीहरू, र स्थानीय व्यक्तिहरूको उपस्थितिमा एक समारोहको बीचमा उद्घाटन गर्नुभयो । उद्घाटन कार्यक्रमलाई सम्बोधन गर्दै मा. भरत शाहले लुम्बिनीको विकास कार्यक्रममा लुम्बिनीका स्थानीय जनतालाई समावेश गर्नु पर्नेमा कुरामा जोड दिए। “लुम्बिनीको विकासका लागि घर र जग्गा…

Read More

बौद्ध पर्यटक भित्र्याउन चारुमती बुद्ध विहारमा विविध कार्यक्रम

गौतम बुद्धको जन्मस्थल लुम्बिनी नेपालमै भएका कारण संसारभरका बौद्ध धर्मावलम्बीका लागि नेपाल सम्भव भएसम्म एकपटक भ्रमण गर्नै पर्ने देश हो । यसै कारण अहिले नेपाल सरकारले नेपाल भ्रमण वर्ष २०२० घोषणा गरेसँगै बौद्ध धर्मावम्वीलाई नेपाल भ्रमण गर्न अभिप्रेरित गर्ने उद्देश्यले सरकारी तथा नीजि तवरबाट विभिन्न कार्यक्रमहरु आयोजना भइरहेका छन् । यसैक्रममा काठमाडौँको चावहिलस्थित चारुमती विहारमा पनि बौद्ध पर्यटक भित्र्याउने उद्देश्यले विशेष कार्यक्रम गरिने भएको छ । करिब २३ सय वर्ष पुरानो अशोककालिन चैत्य र चारुमती विहारको अन्तराष्ट्रियस्तरमा प्रवद्र्धन गर्नका लागि आगामी माघ २५ र २६ मा विभिन्न कार्यक्रम आयोजना गर्न…

Read More