बिहारमा एउटा जिल्ला छ जसको नाम वैशाली रहेको छ । विश्वमा सर्वप्रथम गणतन्त्रको अध्ययन गर्ने स्थान पनि वैशाली नै हो । लोकतन्त्र लिच्छवी शासनको देन हो । लगभग छैंठौं शताब्दी ईसा पूवर्मा नेपालमा तराईदेखि गंगाको बीचमा फैलिएको जग्गामा लिच्छवीसंघद्धारा गणतांत्रिक शासन व्यवस्थाको सुरुवात भएको थियो । त्यहाँको शासक जनताको प्रतिनिधित्वबाट चुन्ने गरिन्थ्यो । प्राचीनकालमा वैशाली धेरै समृद्ध थियोे । यस नगरको नामकरण राजा विशालको नामबाट भएको थियो । विष्णु पुराणका अनुसार यहाँ लगभग ३४ जना राजाले राज्य गरेका थिए । पहिलो राजा नभग र अन्तिम राजा सुमति थिए । राजा…
Read MoreAuthor: rinpoche
लुम्बिनीमा ९ विदेशी सहित २१ भिक्षु ३ महिने वर्षावासमा
बुद्ध धर्मावलम्बीको महत्वपूर्व पर्व मानिने ३ महिने वर्षाबास शुरु भएको छ । कपिलवस्तु, लुम्बिनी र रामग्रामका विभिन्न बिहार र गुम्बामा ९ विदेशीसहित २१ भिक्षु वर्षाबास बसेका छन् । भिक्षु महासंघका अध्यक्ष मैत्री महास्थवीरले मंगलपाठ गरेर पूजाआजा गरी लुम्बिनीस्थित नव मैत्री महाबिहारमा दुई शिष्यसहित वर्षाबास शुरु गर्नु भएको छ । असारदेखि असोज पूर्णिमासम्म वर्षाबास हुन्छ । यो बेला भिक्षु भिक्षुणीलाई आवश्यक चीवर (पहेलो वस्त्र), खाने कुरा, ओढने ओछयाउने वस्त्र र औषधिमुलोका सबै खर्च उपासक उपासिकाले दान दिने चलन छ । बौद्ध धर्मको मेरुदण्ड विनय कर्म पालन गर्दा नजानेर भए गरेका त्रुटी…
Read Moreकिन राखिन्छ बुद्ध मूर्तिमा सुङ र राब्ने ?
भगवान बुद्ध वा बौद्ध धर्म अन्तर्गतका अन्य कुनै पनि बुद्ध–बोधिसत्वलाई आस्था–भक्ति, ध्यान–जप वा पुजा–साधना गर्नको निमित्त सोही भगवानको मुर्ति, थाङका वा कुनै प्रकारको प्रतिमाको अत्यन्तै आवश्यक पर्ने हुन्छ । मनुष्य वा कुनै पनि प्राणी बाहिरी रुप मात्र नभई भित्री मासु, हड्डी र नसानलीबाट बनेको हुन्छ । ठीक त्यसै गरि भगवानको मुर्तिहरु पनि भित्रबाट सुङ नभरिएको खण्डमा सजावटको उपयोग गरिनु बाहेक पुजा–साधनाको लागि र गुम्बा–मन्दिर वा पुजा कोठामा स्थापना गर्नको लागि पनि अयोग्य मानिन्छ । त्यसैले भगवानको मुर्ति स्थापना गर्नु पुर्व त्यसभित्र दक्ष विशेषज्ञ गुरुहरुबाट सुङ भराएर आफ्नो पुज्यनिय गुरुद्वारा राब्ने…
Read Moreबौद्ध धर्मावलम्वीको महत्वपुर्ण पर्व वर्षावास सुरु
बौद्ध धर्मावलम्बीको पर्व वर्षावास शुरु भएको छ। प्रत्येक असारको पूर्णिमादेखि असोज पूर्णिमा तीन महीनासम्म थेरवाद भिक्षुहरू वर्षावास बस्ने परम्परा छ । वर्षाको कारण चारैतिर पानी पर्ने, जमीन भित्रका जीवहरु र किराहरु जमीन बाहिर निस्कने हुँदा बाहिर हिँडडुल गर्न र भिक्षाटन गर्न समस्या हुने भएकाले भिक्षु तथा गुरुआमाहरु वर्षावास बस्ने गर्दछन् । बुद्ध जन्मस्थल लुम्बिनी सहित देशैभरका विभिन्न बिहारहरुमा भिक्षुहरु वर्षावास बसेका छन्। भिक्षु तपस्समी धम्मका अनुसार भिक्षु जीवनमा वर्षावासको निकै महत्व छ। भगवान् बुद्धले प्रतिपादन गर्नुभएको २२७ नियम विनियममध्ये वर्षावास पनि एक हो। बौद्ध परिब्राजक भिक्षुहरू कतै नगई एकै स्थान…
Read Moreहर्नामाडीमा ३० टनको ढुङ्गामा २५ फिट अग्लो बुद्ध मूर्ति बन्दै
हेटौँडा उपमहानगरपालिका वडा नं. १८ को गुम्बाडाँडास्थित मूर्ति बगैँचामा २५ फिट अग्लो बुद्धको ढुङ्गाको मूर्ति निर्माण गरिएको छ । पर्यटकीय पार्क मूर्ति बगैँचामा समुदायको सहभागितामा ३० टन बराबरको ढुङ्गाको शाक्यमुनि गौतम बुद्धको मूर्ति निर्माण गरिएको हो । बुद्धमूर्ति निर्माण समन्वय समितिका संयोजक कमलचन्द्र सुमनले ललितपुरको बालकुमारीका मूर्तिकार अमर शाक्यले ढुङ्गामा बुद्ध भगवानको मुखाकृति कुँदेको जानकारी दिँदै ढुङ्गाको नेपालकै दोश्रो ठूलो बुद्ध मूर्ति निर्माणमा दुई करोड रुपियाँ खर्च भइसकेको र थप २५ लाख लाग्ने बताउनुभयो । ‘कलागाउँ’ को पहिचान बनाउँदै गरेको गुम्बाडाँडामा २०६९ सालमा हर्नामाडी कला प्रतिष्ठानद्वारा आयोजना गरिएको अन्तर्राष्ट्रिय मूर्तिकला…
Read Moreहिलपार्कमा ३५ मिटर अग्लो बुद्ध मूर्ति बनाइने
लुम्बिनी आसपासको क्षेत्रलाई बौद्ध संस्कृतिमय बनाउने लक्ष्यसहित बुटवलमाथिको हिलपार्क डाँडामा झण्डै एक अर्ब लागतमा विशाल बुद्ध मूर्ति स्थापना गर्ने योजना अघि बढेको छ। लुम्बिनीसँग बुटवल र आसपासको क्षेत्रलाई जोड्न र रुपन्देही क्षेत्रलाई नै बुद्धमय बनाउने योजनासहित बुद्ध मूर्ति निर्माणको परिकल्पना गरिएको हो। बुटवल माथिका दुई पहाडमा केबलकार निर्माण सुरु भइसकेका छन्। तीन पहाडमध्ये हिलपार्कमा बुद्ध मूर्ति तथा नुवाकोट र बसन्तपुरमा केवलकारमार्फत पर्यटक पुर्याउने योजना छ। ध्यानकेन्द्र सहितको बुद्ध मूर्ति अवलोकनमा दैनिक तीन हजार पर्यटक आउने अपेक्षा गरिएको छ। लुम्बिनी परिपथसँग जोडिने गरी ३५ मिटर अग्लो बुद्ध मूर्ति बनाउने योजना अगाडि…
Read Moreनेपालको सबैभन्दा पुरानो बौद्ध काष्ठकला संकटमा
नेपाल मण्डल बज्रयानको केन्द्र हो । बज्रयान बौद्ध धर्मको दैनिक अभ्यासका लागि यहाँ हाम्रा पुर्खाले विभिन्न महाविहार, बहा र बही समेत स्थापना गरेका थिए । यसमध्ये काठमाडौं वडा नं १९ मा रहेको भाष्करकीर्ति महाविहार पनि एक हो । यस विहारस्थित ताम्राकारहरुको मुल आगम घरमा रहेको नेपाल कै सबैभन्दा पुरानो काष्ठकला भने सुरक्षाको अभावमा खतरामा परेको छ । सदियौं पुरानो यटखा बहाः नामले प्रसिद्ध यो भाष्करकीर्ति महाविहार हो । यो बहाल काठमाडौंको ठूलो महाविहार मध्ये एक हो । अन्य विहारहरुमा शाक्य र वज्राचार्यको बौद्ध धर्मको दैनिक अभ्यास हुने भएपनि यो बहाल…
Read Moreचोरिएका बुद्ध सहितका ३ मध्यकालीन मूर्ति नेपाल फिर्ता
नेपालबाट चोरी गरेर अमेरिकाको न्यूयोर्क पु¥याइएका तीन वटा मध्यकालीन मूर्ति काठमाडौं ल्याइएको छ । अमेरिकास्थित नेपाली दूतावासबाट संस्कृति पर्यटन तथा नागरिक उड्ययन मन्त्रालयमा ल्याइएको अप्सरा, बुद्ध र गणेशको मूर्ति बिहीबार एक कार्यक्रमका बीच राष्ट्रिय संग्रहालयलाई हस्तान्तरण गरिएको हो । तीन वटै मूर्ति अब संग्रहालयमा राखिने छन् । नेपाल फर्काइएका तीनै मूर्तिहरु अनुमानित १३ औं, १४ औं र १५ वा १६ औं शताब्दीका छन् । यी मूर्तिहरु कहाँबाट हराएका हुन्, यकिन नभएको मन्त्रालयले जनाएको छ । तर यसमध्ये अप्सराको रंगीन मूर्तियुक्त काठको टुँडाल पनौतीको इन्द्रेश्वर मन्दिरमा रहेका मध्यकालीन टुँडालसँग मिल्दाजुल्दा छन्…
Read Moreआचार्य पद्मसम्भव अर्थात गुरु रिन्पोछेको संक्षिप्त परिचय
आचार्य सार्की शेर्पा १. पृष्ठभूमि वज्रयान बौद्ध परम्पराका संस्थापकको रूपमा चिनिनु हुने आचार्य पद्मसम्भव ओडियानाको उत्तर पश्चिमी दिशा धनकोश तालको टापुमा बहु रङ्गीन कमलको फूलमा जन्मिनुभएको थियो । उहाँलाई ओडियानका राजा इन्द्रभूतिले पालनपोषण गर्नुभएको मानिन्छ । उहाँलाई त्रिकाल बुद्ध, दोस्रो बुद्ध तथा तिब्बत र हिमाली क्षेत्रका समस्त बुद्ध अनुयायीहरूले गुरु रिन्पोछेको नामले पुकार्छन् । करिब आठौँ शताब्दीतिर तिब्बतका राज ठ्रिसोङ देहु चेनको निमन्त्रणामा नेपालको मार्ग हुँदै तिब्बतमा बौद्ध धर्मको रक्षा एवं प्रचार प्रसार गर्न पाल्नु हुँदा नेपालमा पनि उहाँले बौद्ध धर्मको व्यापक रूपमा प्रचार प्रसार गर्नुभएको थियो । तिब्बतमा उहाँले…
Read Moreसिद्धार्थनगरका सडकभरी गौतम बुद्धका मूर्तिहरु
चार वर्ष अघिसम्म रुपन्देहीको सिद्धार्थनगर नगरपालिका (भैरहवा) क्षेत्रमा बुद्ध चिनारीका कुनै कलात्मक वस्तु थिएनन् । अन्यत्र जिल्ला र बाह्य मुलुकबाट आउने पर्यटक लुम्बिनी पुगेपछि मात्रै बुद्धबारे जानकारी पाउँथे । कलात्मक बुद्धमूर्ति देख्थे । अहिले भने अवस्था फेरिएको छ । सिद्धार्थनगरमा पाइला टेक्नेले सुरुमै बुद्धमूर्ति देख्न पाउँछन् । अहिले नगरका मुख्य सडकको डिभाइडरमा धमाधम बुद्धमूर्ति राख्ने काम भइरहेको छ । २०७४ को स्थानीय तह निर्वाचनपछि जनप्रतिनिधिले स्थानीय तहको नेतृत्व सम्हाले । त्यसपछि योजनाबद्ध रुपमा भैरहवालाई बुद्धमय र पर्यटकीय नगर बनाउने अभियान सुरु गरिएको हो । सुरुमा नगरले नीति बनाएर नगरभित्रका घरहरुमा…
Read More