१) भगवान् बुद्धको मृत्युपश्चात् बुद्ध धर्मको बारेमा लेखिएको पहिलो ग्रन्थ कुन हो? मूल सर्वास्थित विनय २) बौद्ध भिक्षुले पालना गर्नुपर्ने नियम २२७ वटा छन् भने भिक्षुणीले पालना गर्नुपर्ने नियमहरु कति छन्? २३१ ३) नेपालको सबैभन्दा ठूलो स्तूप कुन हो? बौद्धनाथ ४) गौतम बुद्धले आफ्ना उपदेश कुन भाषामा दिएका थिए? पाली भाषा ५) मुक्तिनाथ देवतालाई कुन कुन धर्मावलम्बीहरुले पूजा गर्छन? हिन्दु र बौद्ध ६) स्वयम्भूका निर्मल शान्त दुई आँखाले के के जनाउँदछन्? करुणा र स्वज्ञान ७)बौद्ध धर्मका पाँच शीलहरु के के हुन् ? बौद्ध धर्मका पाँच शील वा पञ्चशील भन्नाले सत्य,…
Read MoreAuthor: rinpoche
निग्लिहवा र गोटिहवामा कनकमुनि र क्रकुछन्द बुद्धको प्रतिमा अनावरण
कपिलवस्तुको निग्लिहवा र गोटिहवामा कनकमुनि र क्रकुछन्द बुद्धको प्रतिमा अनावरण गरिएको छ । कपिलवस्तु नगरपालिका–११, अरौराकोटमा कनकमुनि बुद्ध र कपिलवस्तु नगरपालिका–५, गोटिहवामा क्रकुछन्द बुद्धका साढे ६ फिट अग्ला र ३० इन्च चौडाइका प्रतिमा स्थापना गरिएका हुन् । पर्यटकीय आकर्षण थप्न प्रदेश सरकारले उनीहरुकै जन्मस्थलमा बगैंचा–पार्कसहित पूर्ण कदका बुद्ध प्रतिमा स्थापना गरिएको हो । शनिबार लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलले बुद्ध प्रतिमाको अनावरण गरेका हुन् । गोटिहवामा ६० लाख १७ हजार ८ सय ५६ रुपैयाँको लगतमा क्रकुछन्द बुद्धको मूर्तिसहितको बगैँचा बनाइएको छ । यस्तै, आरौराकोटमा ९० लाख ६ हजार ७ सय…
Read Moreदलाई लामा भन्छन् आफू कम्तीमा पनि ११० वर्षको जीवनकालका लागि प्रतिबद्ध
तिब्बती बुद्धिस्ट धार्मिक नेता दलाई लामाले आफू कम्तीमा पनि ११० वर्षको जीवनकालका लागि प्रतिवद्ध रहेको बताएका छन्। आफ्नो मंगलबार जुलाई ६ मा परेको ८६ औँ जन्मोत्सवको अवसरमा शुभकामना दिनेहरुप्रति आभार प्रकट गर्दै उनले आफ्नो आयुबारे बताएका हुन्। उनले जारी गरेको भिडियो सन्देशमा भनेका छन्, ‘मेरा केही सपनाहरु तथा केही पूर्वानुमानहरुमा मेरो आयु ११० वा ११३ वर्ष रहेको देख्ने गरेको छु। विश्वका विभिन्न क्षेत्रका व्यक्तिको शुभेक्षा र शुभकामनाले लामो जीवनका लागि मेरो आत्मबल थप बलियो बनेको छ। म कम्तीमा पनि ११० वर्ष बाँच्नका लागि प्रतिवद्ध छु।’ आफ्ना लागि शुभकामना दिने तथा…
Read Moreतथागतको नेतृत्व गर्ने क्षमता
भिक्षु संघमा कुनै बैधानिक अध्यक्ष आदि थिएन । तथागतको संघ माथी कुनै अधिकार थिएन । भिक्षु संघ एक स्वायत पुर्ण संस्था थियोे । तर पनि संघ र त्यसका सदस्यमा तथागतको के अधिकार थियोे ? यस बिसयमा हाम्रो साथमा तथागतका समकालीन दुई जनाको बक्तब्य उपलब्ध छ । एक पटक तथागत राजगृहको बेलुबनमा बिहार गर्नुहुन्थ्यो । एकदिन तथागत राजगृहमा भिक्षाटनका लागी जानु भयो तर “अहिले केही समय छ“ यस्तो सोचेर वहाँ परिब्राजकराममा सकुलदायी भएको ठाउँमा जानू भयो । त्यस समयमा सकुलदायी धेरै परिब्राजकबाट घेरिएका थिए । उ “छ“ अथाह “छैन“ को तात्वीक…
Read Moreनेपाल बौद्ध परियत्ति शिक्षाको २०७७ को परीक्षाको नतिजा सार्वजनिक
अखिल नेपाल भिक्षु महासंघद्वारा संचालित नेपाल बौद्ध परियत्ति शिक्षाको २०७७ को परीक्षाफल सार्वजनिक भएको छ । परीक्षा चैत्र ७ गते देखि २०७८ बैशाख १० सम्म संचालित भएको थियो । केन्द्रहरूले आफनो केन्द्रहरूको लागि प्राप्त भएका पासवर्ड प्रयोग गरी वेभसाइटमा आफना केन्द्रका विद्यार्थीहरूको नतिजा हेर्न सक्नेछन् । नतिजा प्रकाशन गर्दा गल्ती नहोस् भनि सावधानी अपनाएको महासंघले जनाएको छ । महासंघले नाम, केन्द्र आदिमा गल्ती सच्याउनु परेमा सम्पर्क गर्न हुन पनि अनुरोध गरेको छ । परीक्षामा कक्षा १ देखि १० सम्मका विद्यार्थी सहभागि थिए । परीक्षाफल हेर्न यहाँ क्लिक गर्नुस् http://www.nbps.org.np/login?ReturnUrl=%2fExamView%3ffbclid%3dIwAR3hoQFjZxwmtrnRV4wZ4tPPhgFottKcQLppf-EYxomn7gh77Uj6W25DcFw
Read Moreबुद्धभूमि पुरातात्विक क्षेत्रलाई संक्षित स्मारक क्षेत्र घोषणा गर्न निर्देशन
संस्कति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री लिलानाथ श्रेष्ठले तिलौराकोट पुरातात्विक क्षेत्रलाई संक्षित स्मारक क्षेत्र घोषणा गर्नुपर्ने बताएका छन् । आइतबार मन्त्रालयमा पदबहाली गर्दै उनले पुरातत्व विभागलाई यस्तो निर्देशन दिएका हुन् । सर्वोच्च अदालतको आदेशबाट एकै पटक २० मन्त्रीको पद रिक्त हुने क्रममा पर्यटन मन्त्रालय समेत रिक्त थियो । यो मन्त्रालय हेर्ने गरी श्रेष्ठलाई जिम्मेवारी तोकिएको छ । सोहीकारण उनले आइतबार पदबहाली गरेका हुन् । सो क्रममा उनले तिलौराकोट पुरातात्विक क्षेत्रलाई संरक्षण गरी प्रारम्भिक काम अगाडि बढाउन समेत विभागलाई निर्देशन दिए । नेपालको विकासको मूख्य स्तम्भ पर्यटन भएको भन्दै उनले पर्यटन…
Read Moreचार आर्यसत्य र आर्य अष्टांगिक मार्ग
आर्य सत्यको संकल्प बौद्ध दर्शनको मुल सिद्धान्त हो । यसलाई संस्कृतमा “चत्वारी आर्यसत्यानी” र पालीमा “चत्तरी अरियसच्चानी” भनिन्छ । आर्यसत्य चार छन:- (१) दु:ख-संसारमा दु:ख छ । (२) समुदाय-दु:खका कारण छन । (३) निरोध-दु:खको निबारण छ । (४) मार्ग-निवारणका लागी अष्टांगिक मार्ग छ । प्राणी जिबनभर दु:खका श्रृङ्गखलामा परि रहन्छ, यो दु:ख आर्यसत्य हो । संसारको विषयप्रती जुन तृष्णा छ त्यहीँ समुदाय आर्यसत्य हो । जुन प्राणी तृष्णामा मर्छ, उ यो प्रेरणाले पुनः जन्म ग्रहण गर्दछ । त्यसैले तृष्णाको समुदायलाई आर्यसत्य भनिन्छ । तृष्णाको अवशेष प्रहाण गरिदिने निरोध आर्यसत्य हो…
Read Moreअष्टाङ्ग मार्गः बुद्धले दिएको सफलताको सूत्र पहिलो सूत्र-सम्यक दृष्टि
आर. मानन्धर बुद्धले दिएको दुःखमुक्तिका आठ सूत्रमध्ये पहिलो सूत्र हो — सम्यक दृष्टि अर्थात ठीक हेराइ । दृष्टि भन्ने कुरा यति महत्त्वपूर्ण छ कि हाम्रा सोचाइ, विचार, कार्यहरू दृष्टिले नै निर्धारण गर्छ । भनिन्छ पनि, ‘जस्तो दृष्टि त्यस्तै सृष्टि ।’ हो पनि, किन भने— हेराइ (दृष्टि) अनुसार बुझाइ बन्छ । बुझाइ अनुसार सोचाइ बन्छ । सोचाइ अनुसार गराइ हुन्छ । गराइ अनुसार भोगाइ निश्चित हुन्छ । सम्यक दृष्टिलाई अँग्रेजीमा तीन किसिमले अनुवाद गरिएका छन् । ‑ Right View/Perspective (ठीक दृष्टिकोण वा ठीक हेराइ) ‑ Right Vision (ठीक दूरदृष्टि) ‑ Right…
Read Moreभिक्षुका लागि रेलमा सिट आरक्षण गरिएको देश श्रीलंका
यात्रा संस्मरण / नारायण खड्का श्रीलंकाको एक चर्चित बौद्ध गुम्बा क्याण्डी सहरमा छ । त्यहाँसम्म जान हामीले बिहान ९ बजेतिर राजधानी कोलोम्बोबाट रेलको यात्रा सुरू गरेका थियौं। साथमा नेपाली श्यानी चौधरी, श्रीलंकाका निर्मल र उनका छोरा अनुदा थिए। नेपाल र श्रीलंकाको परिवेश र वातावरण उस्तै(उस्तै लाग्ने खाले रहेछ। आइल्याण्ड भए पनि पहाड र जंगल थुप्रै। रेल मैले यसअघि भारतमा देखेको थिएँ। तर चढेको थिइनँ। पहिलो पटक रेल यात्रा मैले श्रीलंकामा गर्ने अवसर पाएँ। मन रमायो। द्रुत गतिमा रेल हुइँकदा आसपासका विरुवा उल्टो गतिमा दौडिरहेका जस्तै लाग्थे। पहाडको नागबेली बाटोमा रेल…
Read Moreविपश्यना ध्यान र यसको महत्व
ब्रह्माण्डमा भएका जे जति पनि अस्तित्वमा रहेका वस्तु वा प्राणी जुन जस्तो छ त्यसलाई साक्षी भाव, तटस्थ भावले हेर्ने विधि नै विश्यना हो । विपश्यना शव्दको शाव्दिक अर्थ खोज्दा वि भनेको विशेष तवरले र पश्यना भनेको दृष्टिगोचर गर्ने हो । शील र समाधिमा प्रतिष्ठित भई भावनामयी प्रज्ञा जगाउने पवित्र अभ्यास हो विपश्यना । विपश्यना शिविरमा बस्दा विपश्यना ध्यान गर्न चाहने साधकले सर्वप्रथम झुटो नबोल्ने, प्राणी हिंसा नगर्ने, चोरी नगर्ने, ब्रम्हचर्या पालन गर्ने र नशालु पदार्थ सेवन नगर्ने जस्ता पञ्चशील पालन गरेर शिविरको पहिलो साढे तीन दिन श्वासप्रश्वासमा ध्यान केद्रित गर्ने…
Read More