भगवान गौतम बुद्धले बौद्ध धर्मको प्रवर्तन गरेका थिए । बुद्धको अहिंसा र करुणाको सिद्धान्तले सम्राट अशोकलाई यतिधेरै आर्कषित गरेको थियो कि उनले यसबाट प्रभावित भई बौद्ध मतलाई स्वीकार गरे युद्धमा रोक लगाएका थिए । बुद्धका अधिकतर उपदेश सामाजिक र सांसारिक समस्यामा केन्द्रित रहेको छ । उनले सैयौं बर्ष पहिले भनेका कुरा वा विचार आज पनि प्रासँगिक रहदै आएको छ । उनका वाणीहरुले व्यक्तिको जीवन सफल र सुखीमय बनाउन मद्दत गर्दछ । बुद्धका अनमोल वचनमार्फत व्यक्तिलाई जागरुक गराउनुका साथै ज्ञानको प्रकाश फैलाउन मद्दत गर्दै आएको छ । गौतम बुद्धका केही अनमोल…
Read MoreAuthor: rinpoche
खेन्पो टासी छिरिङ रिम्पोछेको निधन, हिमाली बौद्ध धर्म र दर्शनको क्षेत्रमा ठूलो क्षति
चुमनुब्री गाउँपालिका- २ ल्होस्थित रिपुम गुम्बाका प्रमुख लामा खेन्पो टासी छिरिङ रिम्पोछेको निधन भएको छ। मधुमेहबाट ग्रस्त रिम्पोछेको काठमाडौँ हेम्स अस्पतालमा निधन भएको हो। अहिले उनको शव काठमाडौ, नारायणथानको आफैँले निर्माण गरेको गुम्बामा राखिएको चुमनुब्री- २ का वडाअध्यक्ष पेम्बारेता लामाले जानकारी दिए। उनको शव ल्होस्थित रिपुम गुम्बामा एक वर्षसम्म राखिने तयारी गरिएको पनि लामाले बताए। ल्होका छेवाङ ग्याल्जेन र पासाङ दम्पत्तिको कोखबाट जन्मेका रिम्पोछे १० वर्षको उमेरमा हिनाङको पुङ्चे गुम्बाका लामा लोपेन छेवाङ नुर्बुसँग शिक्षा लिएका थिए। त्यसपछि भारतको मैसुरको वौद्ध ङिङ्मापा विश्वविद्यालयबाट वौद्ध दर्शनमा खेन्पो उपाधि हासिल गरेका थिए।…
Read Moreप्रार्थनाले के हुन्छ ?
भगवानको जीवनकालमा एक व्यक्ति भगवान कहाँ आएर रुँदै विलौना गर्दै भन्न लाग्यो – भगवान! हिजो मेरा बृद्ध पिताको मृत्यु भयो। म हजुर भन्ते कहाँ एउटा प्रार्थना लिएर आएको छु। भगवान् मेरा पिताजीप्रति केहि दया राखेर कुनै उपकार गरिदिनु हवस् हजुर…… यी साना-तिना पण्ड-पुजारीहरुले यहाँ कुनै कर्मकाण्ड गर्दछन् तुरुन्त वहाँ स्वर्गको ढोका खोलिन्छ, स्वर्ग मा प्रवेश मिल्छ अरे। यदि हजुर जस्ता महापुरुषले नै कुनै कर्मकाण्ड गरिदिएमा स्वर्गको प्रवेश मात्र नभैकन लामो समयसम्मको निवास मिल्ने थियो। त्यसैले मेरा मृत्यु पिताजीको लागि, केही न केही अवस्य गरिदिनु होस् भगवान्…….. भनेर विलौनाका साथ साथै विन्ती…
Read Moreयी हुन् बुद्धको महापरिनिर्वाण पछि अस्थिधातु बाँडिएका ८ स्थान
तथागत बुद्धको महापरिनिर्वाण पश्चात गरिएको अन्तिम संस्कार पछि बाँकी रहेको अस्थिधातुलाई द्रोण ब्राम्हणले मध्यस्थता गरी बराबर ८ भागमा बिभाजन गरि बाँडि दिए । अस्थिधातु पाएका व्यक्तिहरुले यी स्थानमा राखेका थिए । (१) मगधका बैदेहिपुत्र राजा अजातसत्रु, राजगृहमा । (२) बैसालीका लिच्छविहरुले बैसालीमा । (३) कपिलवस्तुका शाक्यहरुले कपिलवस्तुमा । (४) अल्लकप्पका बुलिहरुले अल्लकप्पमा । (५) रामग्रामका कोलियाहरुले रामग्राममा । (६) बेठद्धिपका ब्राम्हणहरुले बेठद्धिपमा । (७) पावाका मल्लहरुले पावामा । (८) कुसिनगरका मल्लहरुले कुसिनगरमा । तथागत बुद्धको अस्थिधातुलाई भाग लगाएको भाँडो ( तुम्ब वा मानो ) चाहिँ द्रोण ब्राम्हणले लिएर गए ।…
Read Moreधर्मदेशना गर्नुको कारण
को न्यानहुतुन भगवान बुद्धको समय कालनिय- राजकुमारले भगवानसंग प्रश्न गरे। अरूलाई सुन्ने इच्छा छ, सुन्ने इच्छा छैन थाहा नभैकन किन बलपूर्वक जबर्जस्ती देशना गर्नु भएको होला भन्दै प्रश्न गर्दा अतुलनीय भगवान बुद्धले अनुकम्पा राखेर उत्तर दिनु भयो- “राजकुमार” तिम्रो घरमा घिस्रिएर बामे सर्ने बच्चाहरु छन् ? राजकुमारले घिस्रिएर बामे सर्ने अवस्था भएका बच्चाहरू छन् भनेर उत्तर दिनुपर्यो। त्यस बेला भगवानले सोध्नु भएको प्रश्न- काँचको चोइटाहरू मुखमा हालेको देख्यौ भने राजकुमार बालकलाई यसै टोलाएर हेरिरहन्छौ कि, बल लगाएर जबर्जस्ती मुखलाई खुल्ला पारेर काँचको टुक्राहरूलाई निकालेर फ्याँकी दिन्छौ ? राजकुमारले यस प्रकार…
Read Moreत्रिपिटकमा वर्णन गरिएका दुई बुद्ध
त्रिपिटकमा दुई प्रकारका बुद्धको वर्णन गरिएको छ । सम्यक सम्बुद्ध र प्रत्येक बुद्ध । सम्यक सम्बुद्ध सम्यक सम्बुद्धहरुले आफुले पाएको बुद्धत्वको बारेमा अरुलाई बताउँछन् र बुद्धत्वको ज्ञान अरुलाई सिकाउँछन् । सम्यक सम्बुद्धले धर्मोदेशनामार्फत् जागृत गर्छन् र लोप भएको धर्मलाई पुनर्जीवन प्रदान गर्छन् । ऐतिहासिक बुद्ध, सिद्धार्थ गौतम सम्यकसम्बुद्ध हुन् । प्रत्येक बुद्ध प्रत्येकबुद्ध वा शान्त बुद्ध सम्यक सम्बुद्ध जस्तै निर्वाण प्राप्त गर्छन् तर धर्मोपदेशना भने गर्दैनन् । धर्मको आध्यात्मिक पक्षमा यी बुद्ध सम्यक सम्बुद्ध भन्दा दोस्रो रहन्छन् । यस्ता बुद्धको जन्म बुद्ध शासन नभएको समयमा मात्र हुन्छ । यस्ता बुद्धले…
Read Moreकिन महत्वपुर्ण छ ङिङमा मोन्लाम ?
संसारमा सम्पुर्ण प्राणीहरु सुख चाहने र दु;ख नचाहने मात्र भएता पनि सुख साध्यको हेतु कुशल कर्म र दुःखको हेतु अकुशल कर्मद्वारा हुने कुरा अज्ञानवश नबुझेको कर्मफल र पुनर्जन्ममा विस्वास नभएको कारणले क्षणिक लाभको लागी राग, द्वेष र मोहवश प्राणी हिंसा गर्ने देखी लिएर बिभिन्न प्रकारका पाप कर्म गर्नाले जीवनमा चाहेको सुख र अनचाह दुःख सधै आई रहन्छ । त्यसैले यी बिभिन्न प्रकारका पाप कर्मबाट कसरी छुटकारा पाउन सकिन्छ त्यसको बिषयमा मार्ग निर्देसन गर्ने सही मार्ग दर्शक नै शाक्य मुनि बुद्ध भएकोले उहाँले देखाएका मार्गमा प्रबेश गर्नका लागी त्रिपिटकको अध्यान गर्दै…
Read Moreबुद्धमय बन्दै भैरहवा-लुम्बिनी सडक
गौतमबुद्धको जन्मस्थल लुम्बिनी प्रवेशद्वारको रूपमा रहेको रुपन्देहीको सिद्धार्थनगर क्षेत्रको सडकमा बुद्धमूर्ति राख्ने काम भईरहेको छ। सडक तथा हवाईमार्गबाट समेत लुम्बिनी आउने पर्यटकलाई सिद्धार्थनगर क्षेत्रमा प्रवेश गर्दा नै बुद्धजन्मस्थलको अनुभूति दिलाउनेगरि मुख्य सडकको डिभाईडरमा बुद्धमूर्ति राखिएको नगरपालिकाले जनाएको छ । यसअघि तिलोत्तमा नगरपालिकाले आफ्नो सिमाक्षेत्रमा पर्ने बेलहीया-बुटवल ६ लेन सडकको मुख्य डिभाईडरमा बुद्धमूर्ति राखिसकेको छ। सिद्धार्थनगर नगरपालिकाले पनि आफ्नो क्षेत्रभित्र पर्ने बेलहिया-बुटवल ६ लेन सडक डिभाईडरमा यसअघि नै बुद्धमूर्ति राखेकोमा अहिले डिभिजन पर्यटन कार्यालय भैरहवाले लुम्बिनी सडकको डिभाईडरमा मूर्ति राख्न शुरु गरेको हो। लुम्बिनी प्रदेश सकार पर्यटन मन्त्रालय अन्तर्गत डिभिजन पर्यटक…
Read Moreबौद्धमार्गीको सानो संसार
लक्ष्मण पोखरेल बुद्ध जन्मस्थल लुम्बिनीभित्र के छ ? धेरैले बुझ्छन्, मायादेवी मन्दिर र अशोक स्तम्भ। बर्सेनि करिब १५ लाखको संख्यामा लुम्बिनी पुग्नेमध्ये निकै कमलाई मात्रै थाहा छ, यो सानो बौद्ध विश्व अर्थात् मिनी बुद्धिस्ट वर्ल्ड नै हो। इसापूर्व ६२३ मा लुम्बिनी जन्मिएका सिद्धार्थ गौतमले ३५ वर्षको उमेरमा बोधि (ज्ञान) प्राप्त गरे। उनले ज्ञान बाँड्दै ४५ वर्ष बिताए। कुशीनगरमा महापरिनिर्वाण प्राप्त गर्दै गर्दा बुद्धले शिष्यलाई भनेका थिए, ‘जीवनमा एक पटक म जन्मेको, बुद्धत्व प्राप्त गरेको, पहिलो पटक ज्ञान बाँडेको र प्राण त्यागेको स्थानमा अवश्य पुग्नू। त्यति पनि नसके जन्मेको स्थान लुम्बिनी…
Read Moreभिक्षु अमृतानन्दः बौद्ध धर्मका पूनर्जागरणकर्ता
गौतम बुद्धको जन्मथलो लुम्बिनी आधुनिक नेपालमै पर्छ भनेर अझै पनि राम्रोसँग प्रचार हुन पाएको छैन । त्यसैले बौद्धमार्गी देशहरूमै यसबारे भ्रम छ । गलत इतिहास प्रचार गर्न खोज्नेहरूको बिगबिगी उत्तिकै छ । २००७ सालतिर त स्थिति झन् कस्तो थियो होला ? २०१३ साल कात्तिक ३० गते सुरु भएको चौथो विश्व बौद्ध सम्मेलनको ठूलो महत्त्व छ, आधुनिक नेपाली बौद्ध इतिहासमा । त्यो पहिलो ठूलो अवसर थियो, जति बेला बुद्ध जन्मेको स्थान लुम्बिनी नेपाली भूभागमा पर्छ भनेर नेपालले प्रचार गर्न खोजेको थियो । काठमाडौंको टुँडिखेलमा आयोजना भएको त्यो सम्मेलन गर्न भिक्षु अमृतानन्दले सबैभन्दा बढी मिहिनेत गरेका थिए । २००७…
Read More