तथागत बुद्धको महापरिनिर्वाण पश्चात गरिएको अन्तिम संस्कार पछि बाँकी रहेको अस्थिधातुलाई द्रोण ब्राम्हणले मध्यस्थता गरी बराबर ८ भागमा बिभाजन गरि बाँडि दिए । अस्थिधातु पाएका व्यक्तिहरुले यी स्थानमा राखेका थिए ।
(१) मगधका बैदेहिपुत्र राजा अजातसत्रु, राजगृहमा ।
(२) बैसालीका लिच्छविहरुले बैसालीमा ।
(३) कपिलवस्तुका शाक्यहरुले कपिलवस्तुमा ।
(४) अल्लकप्पका बुलिहरुले अल्लकप्पमा ।
(५) रामग्रामका कोलियाहरुले रामग्राममा ।
(६) बेठद्धिपका ब्राम्हणहरुले बेठद्धिपमा ।
(७) पावाका मल्लहरुले पावामा ।
(८) कुसिनगरका मल्लहरुले कुसिनगरमा ।
तथागत बुद्धको अस्थिधातुलाई भाग लगाएको भाँडो ( तुम्ब वा मानो ) चाहिँ द्रोण ब्राम्हणले लिएर गए । अस्थिधातु बाँडि सकेपछि आइपुगेका पिप्पलिवनका मौर्यहरुले अस्थिधातु नपाएर खरानी र गोल लिएर गए । सबैले आ-आफ्नो ठाउँमा ती अस्थिधातु राखी चैत्य प्रतिष्ठापन गरे ।
यता भिक्षु महाकास्यप महास्थबिरले बृद्ध भिक्षु सुभद्राको बचनलाई बिर्सिएका थिएनन् । उनले भबिस्यमा यस्ता अनेकौं बाधाहरु आउन सक्ने कुरालाई मध्यनजर गरे । त्यसपश्चातसम्पुर्ण भिक्षु संघलाई आव्हान गर्नुभई संगायनाको आयोजना गरे ।
बुद्धको अस्थिधातु राखिएका आठ स्थानमध्ये अहिले नेपालको रामग्राम मात्रै छ । अन्य ७ स्थानमा राखिएका अस्थिधातु निकालेर सम्राट अशोकले ८४ हजार स्थानममा स्तुप निर्माण गरे ।
लेखक : भिक्षु संघरक्षित स्थबिर
सद्धम्म कोबिद ।