श्रीलंकामा मारिएका ३१ बौद्ध भिक्षुसम्बन्धी मुद्दामा छानविन सुरु

श्रीलंकाको उच्च न्यायालयले सन् १९८७ मा लिबरेशन टाइगर्स अफ तमिल (लिट्टे) द्वारा हत्या गरिएका बौद्ध भिक्षुहरुको विषयमा जाँच सुरु गरेको छ । लिट्टेद्वारा त्यतिबेला बसमा हमला गर्दा ३१ जनाको हत्या भएको थियो । मंगलवार देखि सुरु भएको जाँच प्रक्रियामा श्रीलंकाका महान्यायाधिवक्ताका अधिवक्ताले न्यायालयमा दिएको जानकारी अनुसार उक्त घटनामा बाँचेका भिक्षु अनदौलपोथा बुद्धसाराले घटनाको बारेमा जाँचबुझ गर्न माग गरेका हुन् ।

अल्पसंख्यक तमिल पृथकतावादीलले पूर्वी र उत्तरी प्रान्तमा छुट्टै देशको माग गर्दै पूर्वी अम्परा जिल्लाको अर्नाथलावामा २ जुन, १९८७ मा आक्रमण गरेका थिए । बसमा ३३ भिक्षु र ३ सर्वसाधारण सवार थिए । लिट्टेले बस रोकेर अन्धाधुन्ध गोली चलाउँदा कम्तिमा ३१ जना भिक्षुको ज्यान गएको थियो । यस घटनामा संलग्न कसैलाई पनि कुनै कानूनी कारवाही भएको थिएन ।

महान्यायाधिवक्ताका अनुसार न्यायालयका ३ सदस्यीय समितिले चाँडै नै यस विषयमा अनुसन्धान गरी उचित कारवाही अघि बढाउने छ । एजेन्सी

Share

Related posts

Leave a Comment