आचार्य कर्मा रिन्जिङ शेर्पा खेन्पो (विद्यावारिधी) उपाधिबाट सम्मानित दिक्षित हुनु भएको छ । आचार्य शेर्पाले नालन्द उच्च बौद्ध विश्वविद्यालय, रुमतेक, सिक्किमबाट आचार्य उपाधि हासिल गर्नु भएको थियो । उहाँलाई १२ औँ अवतारी गोशीर ग्याल्छाव रिन्पोचे ज्यूले खेन्पो उपाधि प्रदान गर्नु भएको हो । शनिवार काठमाडौँको बौद्धस्थित रोयल सेतो गुम्बामा आचार्य शेर्पालाई खेन्पो उपाधिबाट विभुषित हुनु भएको अवसरमा विशेष सम्मान कार्यक्रम आयोजना गरिएको थियो । सयौँको संख्यामा उपस्थित भएका धर्मावलम्वीहरुले शुभकामना अर्पण गर्दै खेन्पो कर्मा रिन्जिङलाई श्रद्धा र सम्मान व्यक्त गरेका थिए । भोली सोमवार खेन्पो शेर्पाको गृह जिल्ला सिन्धुपाल्चोकको इन्द्रावती…
Read MoreAuthor: rinpoche
बौद्धमार्गीले माला जप्नुको कारण ?
लामा सांगे लेग्देन भूपेन बुद्ध धर्मको त्री शिक्षा अन्तरगत विनय पिटकको शील तथा शरणगमनै (मोक्ष) निर्वाण प्राप्तिको पहिलो पाईला हो । यो अति महत्वपूर्ण अमुल्य शिक्षाको सबैले घरायसी अभिभारा सामाजिक दायित्व व्यस्तता आदि कारणले, बुद्ध शिक्षा हुबहु अनुसरण गर्न सक्दैनन् । जसले बुद्ध शिक्षालाई हुबहु अनुशरण गर्न सक्दैनन् तिनीहरुका लागि बुद्धको उत्कृष्ट शिष्य अर्हत बोधिसत्वहरुले प्राणी प्रत्येकको इन्द्रिय क्षमता अनुसार शील हुँदै ध्यान प्रज्ञामा निर्वाण प्राप्तिको अनेक उपायहरु सिकाउनु भएको छ । जसअनुसार माला जप्नु पनि एक उपाय हो । माला जपमा व्यस्त हुनाले शीलको नम्रता अन्तरगत अप्रिय बचन व्यर्थको…
Read Moreवज्रवाराही कसरी बौद्ध तिर्थस्थल ?
काठमाडौँ उपत्यका भित्र रहेका कतिपय धार्मिक स्थलहरु अहिले खासगरी हिन्दु धर्मसँग सम्बन्धित तिर्थस्थलहरु जस्तो देखिन्छ । तर यी यस्ता तीर्थस्थलहरु कुनै समय बौद्ध मार्गीहरुका लागि पनि महत्वपूर्ण रहेका थिए । नेपालमा विभिन्न शासनकाल परिवर्तन हुने क्रममा अतिक्रमणको चपेटामा परेका यी बौद्ध सम्पदाहरु प्रति यहाँका बौद्धमार्गीहरुको आस्था र विश्वास भने उस्तै रहँदै आएको छ । आज हामी यस्तै एक तिर्थस्थलको बारेमा जानकारी दिन गइरहेका छौ, जुन एक प्रशिद्ध हिन्दु तिर्थस्थलका रुपमा परिचित छ । तर यो तिर्थस्थल बौद्ध धर्मावलम्वीका लागि पनि निकै महत्वपूर्ण छ । ललितपुरको चापागाउँमा रहेका वज्रवाराही भन्ने बित्तिकै…
Read Moreबौद्ध धर्मको प्रवद्र्धनका लागि १ महिने थाङ्का तालिम सुरु
बौद्ध दर्शन प्रवद्र्धन तथा गुम्बा विकास समितिको आयोजनामा नुवाकोटको ककनीमा थाङ्का लेखन तालिम सुरु भएको छ । ककनीमा धार्मिक पर्यटनलाई प्रवद्र्धन गर्ने उद्देश्यले आइतवारदेखि एक महिने थाङ्का तालिम आयोजना गरिएको समितिका कार्यकारी निर्देशक होम दोङले जानकारी दिए । धार्मिक पर्यटनको प्रवद्र्धनलाई जोड दिनका लागि ककनीमा तालिमको आयोजना गरिएको कार्यकारी निर्देशक दोङको भनाइ । तालिमका प्रशिक्षक मोहन दोङले तालिम अवधिभर थाङ्काको उत्पत्ति, लेखन विधि, शैली र मानव सभ्यताको बिकासक्रमसँग जोडिएको विषयवस्तुसँग केन्द्रित रहने बताए । थाङ्कासँग बौद्ध दर्शनको गहिरो इतिहास जोडिएको उल्लेख गर्दै यसलाई व्यावसायिक रूपमा अगाडि बढाउन सके यसले आर्थिक…
Read Moreहिमाली क्षेत्रबाट कसरी हराउँदैछन् बुद्ध मूर्ति ?
उपल्लो डोल्पा, धो–तरपस्थित गाकार गुम्बाबाट ६ वर्षअघि चोरिएको पुरातात्विक शाक्यमुनि बुद्धको कास्य मूर्ति बेइजिङको एक निजी ग्यालरीले लिलामीमा राखेपछि यस बारेमा सरोकार राख्दै समाचार बाहिरिएको धेरै भएको छैन । यो त एउटा उद्धाहरण मात्रै हो यस्ता कैयौ पुरातात्विक सम्पदाहरु डोल्पा, मुस्ताङ, हुम्लासहितका हिमाली जिल्लाबाट चोरिँदै गएको बारे समाचार आएपनि त्यसको संरक्षण–संवद्र्धनमा र चेतनामा त्यति प्रभावकारी काम हुन सकेको देखिन्न । शनिबार अपराह्न तारागाउँ म्युजियममा आयोजित एक समारोहमा भने डोल्पाली सम्पदा र पुरातात्विक सृजनाका बारेमा एक प्रतीकात्मक पुस्तकमार्फत चेतना बढाउने आह्वानको शुभारम्भ गरियो । ‘पेमा र डोल्पाबाट चोरिएका मूर्ति’ शीर्षकमा आएको…
Read Moreमहायोगी श्रीधर राणा रिम्पोचेद्वारा धर्म प्रवचन
अन्तर्राष्ट्रिय बुद्ध परियत्ती उदय विहार, डिङ्गरनगर, तिलोत्तमा, रुपन्देहीमा आज दिउँसो १ बजेदेखि विशेष धर्म प्रवचन कार्यक्रम आयोजना हुँदैछ । लुम्बिनी बौद्ध विश्वविद्यालय प्रणिधान आयोजक समितिको आयोजनामा हुने धर्म प्रवचन कार्यक्रममा विद्याधर आचार्य महायोगी श्रीधर राणा रिन्पोछे सहभागि हुँदै हुनुहुन्छ । कार्यक्रममा सहभागि भइ राणा रिन्पोचेबाट हुने प्रवचनमा सहभागि बौद्ध विहार, गुम्बा तथा बौद्ध संघ सस्था लगायत सम्पुर्ण बौद्ध धर्मावलम्वीहरुलाई सहभागि हुन अन्तराष्ट्रिय बुद्ध परियत्ती उदय विहारका प्रमुख भिक्षु ज्ञानेन्द्र स्थविर, सद्धम्मकोविदले आग्रह गर्नु भएको छ ।
Read More११ देशका भिक्षुहरूले गुन्जयमान बनाए बोधगया
गौतम बुद्धले बुद्धत्व प्राप्त गर्नु भएको बोधगया शुक्रवार बुद्ध वचनले गुन्जयमान बन्यो । अन्तर्राष्ट्रिय त्रिपिटक सुत्त पाठको अवसरमा बुद्ध भूमि बौद्धगया गुन्जयमान बनेको हो । सुत्त पाटमा सहभागि भिक्षु, उपासक–उपासिकाहरुको नमो तस्स भगवतो अरहतो सम्मासम्बुद्धसको ध्वनीले बोधगया बिहानैदेखि गुन्जयमान बनेको हो । बोधगयामा १७ औँ अन्तर्राष्ट्रिय त्रिपिटक सुत्तपथ भव्य शोभायात्राका साथ शुरु भएको थियो । परम्परागत पोशाकमा ११ भाषा, तर भगवान बुद्धप्रति समान श्रद्धा, अभिवादन र कृतज्ञताका साथ हजारौ सहभागि थिए । कालचक्र मैदानमा भएको सुत्तपाठमा त्रिपिटकमा रहेका बुद्ध वचनहरुको श्रद्धापूर्वक पाठ गरिएको थियो । बिहान १० बजे कालचक्र मैदानमा…
Read Moreलुम्बिनी बौद्ध विश्वविद्यालयको भिजन २०३० सार्वजनिक
लुम्बिनी बौद्ध विश्वविद्यालयले रणनीतिक योजना ‘भिजन २०३० प्लस’ सार्वजनिक गरेको छ । विश्वविद्यालयको १८ औं वार्षिकोत्सवको अवसरमा बुधबार लुम्बिनीमा आयोजित एक समारोहकाबीच रणनीतिक योजना ‘भिजन २०३० प्लस’ सार्वजनिक गरिएको हो । विश्वविद्यालयले २०३० सम्म अन्तर्राष्ट्रिय विश्वविद्यालयका रुपमा स्थापित गर्ने जनाएको छ । मुलुककै एक मात्रै विशिष्टिकृत विश्वविद्यालयले बौद्ध दर्शन, संस्कृति सहित अन्य विषयमा अध्यापन गराउँदै आएको छ । रणनीतिक योजना सार्वजनिक गर्दै विश्वविद्यालयका उपकुलपति प्रा.डा.हृदयरत्न बज्राचार्यले तीन आधार बनाएर विश्वविद्यालय अघि बढ्ने बताउनुभयो । अन्तर्राष्ट्रिय विश्वविद्यालय निर्माण गर्ने, बौद्ध साहित्य, संस्कृतिको अनुशरण सहितको शिक्षा प्रवर्धन गर्ने र सामाजिक उत्तरदायित्व विकासका…
Read Moreहराएको बुद्ध मूर्ति बनेपामा प्रतिष्थापन
बनेपा नगरपालिका–८ वाहवही ज्ञान विहारबाट हराएको शाक्यमुनि बुद्धको मूर्ति बुधवार सोही स्थानमा प्रतिस्थापन गरिएको छ । वहीटोलस्थित मन्दिरबाटै हराएको मूर्ति राष्ट्रिय सङ्ग्रहालय छाउनीमा फेला परेको थियो । मूर्ति २०३५ सालमा चोरी निकासी गरी विदेश लैजाँदै गरेको अवस्थामा एयरपोर्टमै फेला पारी छाउनीमा संरक्षण गरी राखिएको राष्ट्रिय संग्राहलय छाउनीका कार्यकारी निर्देशक जयराम श्रेष्ठले जानकारी दिए । स्थानीयको आस्था र धरोहर बोकेको उक्त मूर्ति अष्ट धातु र मेटलबाट निर्मित भएको श्रेष्ठले बताए । कलात्मक रुपमा निर्माण गरिएको उक्त मूर्ति १७ औँ शताब्दीमा बनेको निर्देशक श्रेष्ठले जानकारी दिए । मूर्ति हराएलगत्तै विहारका पदाधिकारी र…
Read Moreयसरी हुँदैछ अमेरिकामा बज्रयान बौद्धको अभ्यास
बज्रयान बौद्ध धर्मको केन्द्र नेपाल मण्डल । तर बज्रयान बौद्ध धर्मसँग सम्बन्धित थुप्रै महत्वपूर्ण ग्रन्थ राणाकालमा नष्ट गरिए । यस्तै, कयौं ग्रन्थ विदेशिए । यहाँसम्म कि दैनिक अभ्यासमा समेत बाधा पुग्यो । तर अहिले अमेरिकामा बज्रयान महाविहारको स्थापना गरेर बज्रयान दर्शन, कला संस्कृति र अभ्यासको प्रवद्र्धन भईरहेको देख्दा कम्ता रोचक लाग्दैन । विगतमा सिद्ध महापुरुष र गुरुहरु यहाँ धर्मको अभ्यास गरेको इतिहास छ । जसका कारण यहाँ थुप्रै विहार र महाविहारहरु निमार्णका साथै धेरै मौलिक बौद्ध ग्रन्थ सृजना भए । तर, समयकालसँगै यस्ता महत्वपूर्ण ग्रन्थ नष्ट गरिए भने कयौं विदेशिए…
Read More