आचार्य कर्मा रिन्जिङ शेर्पा खेन्पो (विद्यावारिधी) उपाधिबाट सम्मानित दिक्षित हुनु भएको छ । आचार्य शेर्पाले नालन्द उच्च बौद्ध विश्वविद्यालय, रुमतेक, सिक्किमबाट आचार्य उपाधि हासिल गर्नु भएको थियो । उहाँलाई १२ औँ अवतारी गोशीर ग्याल्छाव रिन्पोचे ज्यूले खेन्पो उपाधि प्रदान गर्नु भएको हो ।

शनिवार काठमाडौँको बौद्धस्थित रोयल सेतो गुम्बामा आचार्य शेर्पालाई खेन्पो उपाधिबाट विभुषित हुनु भएको अवसरमा विशेष सम्मान कार्यक्रम आयोजना गरिएको थियो । सयौँको संख्यामा उपस्थित भएका धर्मावलम्वीहरुले शुभकामना अर्पण गर्दै खेन्पो कर्मा रिन्जिङलाई श्रद्धा र सम्मान व्यक्त गरेका थिए ।
भोली सोमवार खेन्पो शेर्पाको गृह जिल्ला सिन्धुपाल्चोकको इन्द्रावती गाउँपालिका, थाले १ स्थित पेमी ङ्युगु छोयलिङ गुम्बामा पनि उहाँको सम्मानका लागि विशेष कार्यक्रम आयोजना गरिदैछ ।

