डेओ सयाडो #सील बिग्रियो भने समाधि बिग्रन्छ, समाधि बिग्रियो भने सहि भएको जस्तो छ त्यस्तै गरी सत्य यथार्थलाई देख्न सकिने छैन। सील बिग्रिनु (भाँच्चिनु) नै सबै बिग्रनु को आरम्भिकता हो। चार प्रकारका कारण जुटेर आएको समय (सम्बद्ध = एक समयमा पर्न आउनु) मा रुप उत्पन्न हुन्छ। चार प्रकारका कारण जुटेर आएको समय अन्त हुने बेलाकै साथ साथमा रुप पनि बिग्रिएर जान्छ। चार प्रकारका कारणहरु भन्नाले कर्म, चित्त, ऋतु, आहार हरु हुन्। आरम्मण र द्वार ठोक्किँदा (जुटेर आउँदा) नाम उत्पन्न भएर आउँछ। आरम्मण र द्वारहरु बिग्रिएर जाने समयमा पनि तुरुन्त साथ साथै…
Read MoreAuthor: rinpoche
स्वयम्भू पूनःनिर्माणले तीव्रता पाउँदै
— विमला शाक्य स्वयम्भु महाचैत्य बौद्धहरु मात्र होइन अरु धर्मावलम्बीहरुको लागि पनि धार्मिक स्थल, पर्यटकीय स्थल तथा विश्व सम्पदा सूचीमा रहेको प्रसिद्ध स्थल हो । स्वदेशी तथा विदेशी पर्यटकहरु दिनहुँ जसो यस स्थानमा भ्रमण गर्न आउने गर्दछन् । यस धार्मिक, ऐतिहासिक, सम्पदा स्थल काठमाडौंबाट डेढ कि.मी पश्चिमस्थित गोपुच्छ पर्वतमा अवस्थित छ । । प्राकृतिक सौन्दर्यले भरिपूर्ण यस पर्वतलाई पद्मागिरी, बज्रकूट, गोश्रृंख पर्वतको नामले पनि चिनिन्छ । स्वयम्भु पुराण अनुसार काठमाडौं उपत्यका पहिला दहको रुपमा थियो । विपश्वी बुद्ध बन्धुमति नगरबाट यहाँ आउनु भई कमलको बिज छर्नु भएको थियो कालान्तरमा त्यस…
Read Moreजापानमा त्रिपिटिक वाचन गर्दै रोबर्ट
जापानको एक मन्दिरमा रोबर्टले बौद्ध धर्मग्रन्थ त्रिपिटक वाचन गर्न थालेको छ । ४ सय बर्ष पुरानो उक्त बौद्ध मन्दिरमा धर्मप्रति युवाहरुलाई आकर्षित गर्न रोबर्टको सहयोग लिइएको हो । ‘कैयन’ नामाकरण गरिएको यो रोबटलाई १ लाख डलरको लगानीमा उपदेश वाचन गर्नकै लागि निर्माण गरिएको बुझिएका छ । रोबर्टले मन्दिरमा आएका श्रद्धालुहरुलाई बौद्ध धर्मको विषयमा जानकारी र उपदेश दिन थालेको छ । सन् १६१९ मा स्थापना गरिएको ‘क्योटो के कोडाइजी’ मन्दिरमा रहेको सो रोबर्टको शिर, काध र हातमा सिलिकनबाट बनेको छालाको कभर लगाइएको छ । रोबर्टको देब्रे आँखामा भिडियो क्यामेराको सहयोगले यसले…
Read Moreललितपुरमा रहेको महाबुद्ध जिर्णोद्वार हुँदै
२०७२ सालको भुकम्पले क्षतिग्रस्त बनेको ललितपुरको महाबुद्ध मन्दिर जिर्णोद्वार भइरहेको छ । मन्दिर बाहिरबाट भन्दा पनि भित्राबट पुरै चर्किएको र मुख्य तोरण पूर्णरुपमा क्षतिग्रस्त हुनुका साथै ढुंगाको खम्बा पनि भत्किएको अवस्थामा पुगेको थियो । मन्दिरलाई जिर्णोद्वार गर्ने क्रममा विशेषज्ञहरुको सल्लाह अनुसार फलामको फ्रेमले घेरेर चर्केको ठाउँमा मर्मत गरिएको छ । तोरणको भाग पनि पहिले जस्तै गरी नयाँ बनाइएको छ । करिब १८ महिना अघि गुरुजु र ज्येष्ठ आजु बसी क्षमा पूजा गरिसके पछि महाबुद्ध मन्दिर जिर्णोद्वार शुभारम्भ भएको थियो । आगामी बुद्ध जयन्तीमा मन्दिरको जिर्णोद्वार सकाउने योजना बनाइएको छ ।…
Read Moreलुम्बिनीमा प्रवज्या शिविरको चहलपहल
शनिबारदेखि लुम्बिनीमा सुरु भएको प्रवज्या शिविरले त्यहाँको माहोल निकै उल्लासमय बनिरहेको छ । नेपालका प्रथम संघमहानायक भद्दन्त प्रज्ञानन्द महहास्थवीर भन्तेको १ सय १९ औँ जन्म जयन्तीको अवसरमा २३ दिने प्रवज्या शिविरको आयोजना गरिएको हो । शिविरबाट १ हजार १ सय १९ जना प्रजजित हुँदैछन् । बौद्धमार्गीहरुलाई मात्र नभई अन्य सबै धर्म र जातजातिका व्यक्तिहरुलाई अध्यात्म तथा जीवन दर्शनका विषयमा सो प्रव्रज्या कार्यक्रममा दीक्षित गरिदैछ । शिविरमा थाइल्याण्डमा १० हजार भिक्षुलाई प्रव्रजित गरिसकेका थर्राे भन्तेले प्रव्रजित गराउने कार्यक्रम रहेको छ । नेपाल पर्यटन बोर्डको सहयोगमा थाइल्याण्ड र नेपालका विभिन्न बौद्ध संस्थाहरुको संयुक्त…
Read Moreगुणाधार विषयक ३ दिने प्रवचन भोली सम्पन्न हुँदै
गोसोक रिन्पोछेबाट हुने तीन दिवसीय गुणाधार विषयक प्रवचन भोली सोमबार सम्पन्न हुँदैछ । भोली प्रवचनको अन्तिम दिन दीर्घायू अभिषेक प्रदान गर्ने कार्यक्रम रहेको छ । समस्त जीवजगतको कल्याणका लागिग अभिषेक प्रदान गरिने भएकाले रिन्पोछेको प्रवचन कार्यक्रममा हजारौँ भक्तजन विहानैदेखि सहभागि भइरहेका छन् । हिमाली समुदायको नयाँ वर्ष ल्होसार मनाइ सके लगत्तै हरेक वर्ष गरिदै आएको छ । ३ दिने प्रवचन कार्यक्रमा कस्तो गुरु थाप्ने र गुरुप्रति शिष्यको कस्तो कर्तव्य हुनुपर्छ र गलत गुरु थाप्दा हुने हानी र सही गुरु थाप्दा हुने लाभको विषयमा समेत चर्चा गरिएको छ । भोली…
Read Moreसोलुखुम्बुको सोताङमा स्तुप निर्माण सम्पन्न
सोलुखुम्बु जिल्लाको सोताङ गाँउपालिका २, चेपेलमा नयाँ स्तुप निर्माण सम्पन्न गरी औपचारिक उद्घाटन गरिएको छ । पुज्यनीय सेर्लो टुल्कु पेमा थार्छिन रिन्पोछेको बाहुल्यबाट उक्त स्तुप (च्याङ्छुप छ्योर्तेन)को उद्घाटन गरिएको हो । उद्घाटनसँगै रिन्पोछेले स्तुपको प्राण प्रतिष्ठा र होम (जिन्सेक) गरी आयु अभिषेक र विश्व शान्तिको कामना गरेका थिए । स्तुप उद्घाटना कार्यक्रममा उल्लेख्य संख्या उपस्थित भएका थिए । स्तुप निर्माणले चेपेल गाउँको पर्यटनमा समेत प्रवर्धन हुने स्थानीयले विश्वास लिएका छन् ।
Read Moreम्यान्मारमा बुद्धिजममा एमफिल र विद्यावारिधि गर्न नेपाली विद्यार्थीलाई पूर्ण छात्रवृत्ति
म्यान्मामा रहेको बुद्धिस्ट युनिर्भसिटीमा एमफिल तथा विद्यावारिधि अध्ययन गर्न चाहने नेपाली विद्यार्थीलाई पूर्ण छात्रवृत्ति दिने बताइएको छ । लुम्बिनी बौद्ध विश्वविद्यालयबाट बुद्ध धर्ममा एमए गरेका विद्यार्थीलाई उक्त विश्वविद्यालयले सिफारिस गरेमा पूर्ण छात्रवृत्ति दिन सकिने आश्वासन म्यान्मास्थित विश्वविद्यालयका पदाधिकारीले दिएका छन् । म्यान्मामा रहेको प्रसिद्ध विश्वविद्यालय स्टेट परियति शासन युनिर्भसिटी, याङ्गुन, अन्तर्राष्ट्रिय बुद्धिस्ट थेराबाद मिसिनरी युनिर्भसिटी याङ्गुन र स्टेट परियति शासन युनिर्भसिटी, मण्डालेले बुद्ध धर्ममा अनुसन्धान तथा शोध गर्न चाहने नेपाली विद्यार्थीलाई छात्रवृत्ति दिने बताएको हो । लुम्बिनी बौद्ध विश्विद्यालय केन्द्रीय क्याम्पस लुम्बिनीका प्रमुख फणिन्द्र न्यौपानेको नेतृत्वमा म्यान्मामा रहेका विश्वविद्यालयसँग अन्तरक्रिया…
Read Moreनेपालका संघनायक पुज्यपाद संघनायक श्रद्धेय अश्वघोष महास्थविर अस्वस्थ
नेपालका संघनायक पुज्यपाद संघनायक श्रद्धेय अश्वघोष महास्थविर अस्वस्थ हुनु भएको छ । उहाँलाई आज ग्राण्ड सिटी हस्पिटलमा भर्ना गरिएको छ । आज उहाँलाई पेट दुख्ने र वान्ता भएपछि हस्पिटलमा लगिएको थियो । उहाँलाई भेटर आउनु भएका तपस्सी भन्तेका अनुसार संघनायकको अवस्था चिन्ताजनक नभएको र कुराकानी गर्न सक्षम हुनुहन्छ । त्यसैगरि संघनायकका भन्तेसैगै रहनु भएका शिष्य राहुल भन्तेले पनि फेसबुक मार्फत संघनायक भन्ेतको स्वास्थ्य सामान्य रहेको र केही दिनपछि नै हस्पिटलबाट डिस्र्चाज हुने उल्लेख गरिएको छ । नेपालका संघनायक पुज्यपाद संघनायक श्रद्धेय अश्वघोष महास्थविर अहिले बनेपास्थित स्थित ध्यानकुटी विहारमा बस्नु हुन्छ…
Read Moreअठार दिन हिडेर काठमाडौँबाट लुम्बिनी पुगे भिक्षुहरु
काठमाडौँ ।विश्व शान्तीको कामना गर्दै थाइल्याण्ड, चीन, रुस, नेपाललगायत देशका ६० जना धुतांगधारी भिक्षुहरु काठमाण्डौ थानकोट, मकवानपुरको कुलेखानी, हेटौँडा, रामग्राम, लुम्बिनी हुँदै पैदला हिडेर कपिलवस्तु आइपुगेका छन् । झण्डै ४ सय १५ किलोमिटरको दूरी पार गरी उनीहरुले स्वयंभुबाट शाक्यमुनीको घर कपिलवस्ताुको तिलौराकोट पुगेकाछन् । शान्तिको धर्मदेशना गर्दै भिक्षुहरुले १८ दिनको पदयात्रा पछि फागुन पूर्णिमाका दिन शाक्यमुनि बुद्धले २९ वर्ष बिताएको प्राचीन कपिलवस्तु दरबार क्षेत्रको तिलौराकोट पुगेर यात्रा सम्पन्न गरेको भिक्षु वजीरहले बताए । पदयात्रामा रहेका भिक्षुहरुलाई कपिलवस्तु जिल्लामा भव्य स्वागत गरिएको छ । सदरमुकाम तौलिहवाका विभिन्न टोलहरुमा भिक्षुहरुलाई भिक्षा दान…
Read More