बुद्धकालीन समयको समग्र परिस्थिति चित्रण गरिएको बुद्धकालीन ग्रन्थमाला ‘विश्वकोष’ फेरि प्रकाशन हुने भएको छ । आचार्य भिक्षु अमृतानन्द महास्थविरले लेख्नुभएको सो ग्रन्थमाला ललितपुरको गाबहालस्थित वीरपूर्ण पुस्तक संग्रहालयले पुनःप्रकाशन गर्न लागेको हो । आचार्य भिक्षु अमृतानन्दले करिब १७ वर्ष लगाएर सो ग्रन्थ लेख्नुभएको थियो ।आनन्दकुटी विहार गुठीले प्रकाशन गरेको सो ग्रन्थमाला हाल बजारमा पाउनै छाडेपछि संग्रहालयले पुनः प्रकाशन गर्न लागिएको हो । ग्रन्थमाला बुद्धधर्मको मूल ग्रन्थ सुत्रपिटकमा तितरवितर रहेका पात्रहरुको चरित्रहरुलाई क्रमबद्ध गरी लेखिएका ग्रन्थहरुको संगालो हुन् । ग्रन्थमालामा बुद्धकालीन ब्राम्हण, राजपरिवार, महिलाहरु, परिब्राजकहरु, श्रावक चरित, श्राविका चरित, गृहस्थीहरु जस्ता २७…
Read MoreAuthor: rinpoche
स्याङ्जामा विश्व शान्ति स्तुप निर्माण गरिने
स्याङ्जाको पुतलीबजार नगरपालिका ७ ठूलाडिही भारकोटमा विश्व शान्ति बौद्ध स्तुपा निर्माण गरिने भएको छ । ठूलाडिही वडा कार्यालयको आयोजनामा भएको स्तुप निर्माण सम्बन्धी सार्वजनिक सुनुवाई कार्यक्रमको उदघाटन गर्दै वडा अध्यक्ष विश्वेश्वरप्रसाद रेग्मीले शहर केन्द्रीत बसाई सराईलाई पुन गाउँमै फर्काउने उदेश्य सहित स्तुप निर्माण गरेर गाउलाई धार्मिक पर्यटकीय गन्तब्य बनाउने लक्ष्य लिएका बताए । कार्यक्रममा वडा सदस्य रविबिक्रम केसी, पत्रकार महासंघका उपाध्यक्ष भवानी अधिकारी, विश्व शान्ति स्तुप ब्यवस्थापन समितिका सचिव हेमन्त गुरुङ, स्थानीयबासी एवं समाजसेवीहरु विनोद थापा, हरिबहादुर भाट, टिकाराम भाट लगायतले गाउमै बौद्ध स्तुप निर्माणका लागि सहयोग गर्ने प्रतिवद्धता जनाएका…
Read Moreबौद्ध ग्रन्थ अनुवादमा सक्रिय बुद्धवचन अनुवाद समिति
सम्भोट लिपिमा रहेका प्राचीन बौद्ध ग्रन्थहरुलाई नेपाली भाषामा अनुवाद गर्न २०७४ सालमा बुद्धवचन अनुवाद समिति स्थापना गरिएको हो । यस समितिमा सम्भोट लिपिमा दक्षता हासिल गरेका बौद्ध दर्शनका विद्वानका रुपमा परिचित गेशे, खेन्पो र आचार्यका साथै संस्कृत र नेपाली भाषाका विज्ञ संलग्न छन् । काठमाडौँको बौद्धमा कार्यालय रहेको यो समिति मार्फत अहिले संस्कृत र सम्भोट लिपिमा रहेको प्रज्ञा पारमिता नेपालीमा अनुवाद गर्ने कार्य धमाधम भइरहेको छ । ४ वर्षे परियोजना अन्तर्गत सुरु भएको अनुवादको कार्य गत वर्षदेखि सुरु भएको हो । ३ वटा प्रज्ञा पारमिताका १ लाख भन्दा बढि पंक्तिलाई…
Read Moreबौद्ध ज्ञानको प्रवर्धनमा गुरुमाको ३० वर्ष
ललितपुर निवासी बौद्ध गुरुमा चित्तावतीले प्रवज्या लिई बौद्ध धर्म र दर्शनको ज्ञान बाँढ्न थालेको ३० वर्ष पुगेको अवसरमा भक्तपुरको कमलविनायकमा शनिबार एक कार्यक्रम गरिएको छ । गुरुमाले भिक्षुणीको रुपमा ३० वर्ष पुरा गरेको अवसरमा आयोजित कार्यक्रममा गुरुमाको दीर्घायू र सुस्वास्थ्यको कामना पनि गरियो । कार्यक्रममा करिब ३ सय ५० भिक्षु तथा भिक्षुणी सहभागि थिए । त्यस्तै १ हजारभन्दा बढि उपासक तथा उपासिका कार्यक्रममा सहभागि भएको भिक्षु तपस्सी धम्मले जानकारी दिए । उक्त कार्यक्रममा वृहत बुद्ध पूजा, अष्टपरिष्कार दान, परित्राण पाठ तथा संघ भोजन समेत गरिएको थियो ।
Read Moreप्रज्ञा पारमिताको अनुवाद कहाँ पुग्यो ?
गौतम बुद्धले सुभुति नाम गरेका शिष्यसँग गरेको कुराकानीमा आधारित प्रज्ञा पारमिता सुत्र बुद्धको महापरिनिर्वाणको ३ सय वर्ष पछि आर्य नागार्जुनले संस्कृतमा लिपिवद्ध गरेका थिए । संस्कृतमा लिपिबद्ध भएको प्रज्ञा पारमिता सुत्र आठौँ शताव्दीमा सम्भोटा लिपिमा अनुवाद भएर तिब्बत पुग्यो । महायानी बौद्धमार्गीका लागि महत्वपुर्ण ग्रन्ध मानिने प्रज्ञा पारमिता सुत्र पहिलोपटक नेपाली भाषामा अनुवाद गर्ने काम भइरहेको छ । संस्कृत र भोट भाषामा रहेको प्रज्ञा पारमिता सुत्र करिब १ वर्षदेखि नेपाली भाषामा अनुवाद गर्ने काम भइरहेको छ । हरेक दिन विहान ९ नबज्दै बौद्ध दर्शन र धर्मसँग सम्बन्धित विद्वान, भिक्षु, आचार्य,…
Read Moreरुमतेक गुम्बा सम्बन्धी डक्युमेन्ट्री सार्वजनिक (भिडियो सहित)
भारतको सिक्किम रहेको रुमतेक गुम्बाको सम्पुर्ण विवरण समेटेर निर्माण गरिएको डक्युमेन्ट्री डिग्निटी अफ रुमतेक धर्मचक्र सेन्टर युट्युवबाट सार्वजनिक गरिएको छ । डक्युमेन्ट्रीमा रुमतेक गुम्बा कसरी, कहिले र कसको योगदानमा निर्माण गरियो भन्ने सम्पुर्ण विवरण प्रस्तुत गरिएको छ । बौद्ध धर्मावलम्वी अन्तर्गतको काग्यु सम्प्रदायका निम्ति एउटा पवित्र तिर्थस्थलका रुपमा रहेको रुमतेक गुम्बाको प्रमुखका रुपमा अहिले १७ औँ कर्मापा उर्गेन ठिन्ले दोर्जे रहेका छन् । डक्युमेन्ट्रीमा काग्यु सम्प्रदायका कर्मापाहरु र यो सम्प्रदायको नेपालको प्राचिन सम्बन्धलाई पनि उजागर गर्ने प्रयास गरिएको छ । डक्युमेन्ट्रीमा सुरज खड्काको अनुशन्धान तथा लेखन, सुरज राईको छायांकन, दिपु…
Read Moreबौद्ध शिक्षा र भिक्षुको कथा उत्कृष्ट
इन्डिपेन्डेन्ट फिल्म फेस्टिभल (निफ) मा फिल्म ‘सुपर मंक’ र डकुमेन्ट्री फिल्म ‘मरिसकेको मान्छे’ उत्कृष्ट भएका छन् । अन्तराल बाँकेले नेपालगन्जमा गरेको दुईदिने फेस्टिभलमा २१ फिल्म एवं डकुमेन्ट्री प्रदर्शन भएका थिए । शनिबार फेस्टिभलको अन्तिम दिन उत्कृष्ट फिल्मलाई पुरस्कार प्रदान गरिएको हो । ‘सुपर मंक’ का निर्देशक सेनाङ ग्याम्जो तामाङले अवार्डसँगै १० हजार रुपैयाँ र ‘मरिसकेको मान्छे’ डकुमेन्ट्रीका निर्देशकद्वय विद्या चापागाईं र कमल कुमारले संयुक्त रूपमा १० हजार रुपैयाँ पाए । ‘सुपर मंक’ मा द्वन्द्व र करुणाको कथा समेटिएको छ। सशस्त्र द्वन्द्वको बेला एउटा भिक्षुले करुणा राखेकै कारण कसरी ज्यान बच्छ…
Read Moreसफलताका ५ सुत्र
बुद्ध भन्नुहुन्छ – ”सबै मानिसलाई सफल हुने अवकाश छ” यद्यपि सफलताकालागि नियमहरुको पालन गर्नुपर्दछ हिजो बुद्ध प्रशिक्षित ( 5 ) प्रकारका सफलताकालागि गर्नुपर्ने भावना प्रस्तुत गर्दा मित्रहरुले एक एकको अर्थपनि प्रस्तुत गर्न आग्रह हुनाले आज संक्षिप्तमानै प्रस्तुत गर्न प्रयास गर्दैछु – आभारी ती मित्रहरुप्रति । १ – चीरकाल भावना – कुनैपनि कार्यगर्दा तत्क्षण सफलता प्राप्त हुँदैन । अलिकति समय दिएर त्यो कार्यकालागि प्रयास गर्नुपर्नेहुन्छ । कतिपय मानिस कुनै कार्य आरम्भ गरो अनि भएन भन्दै एकैछिनमा चट्ट छोडेर अर्को पछि लाग्दछन् । त्यसो गर्नाले सफलता हासिल गर्न सरल पर्दैन । अझ…
Read Moreभक्तपुरमा महापरित्राण सम्पन्न
भक्तपुरको बौद्ध समस्कृत विहार कथुबहिमा भिक्षु महासंघबाट पवित्र महापरित्राण पाठ सम्पन्न भएको छ । महापरित्राण पुस्तक तथा अष्टपरिष्कार शोभा यात्रा गरी सुरु भएको उक्त परित्राण कार्यक्रममा अखिल नेपाल भिक्षु महासंघका पूर्व अध्यक्ष भिक्षु बोधिसेन महास्थविरले शील प्रदान गरेका थिए । कार्यक्रममा सामूहिक बुद्ध पूजा गरिसके पछि भिक्षु बोधिसेन महास्थविरले महापरित्राण पाठको महत्व बारे धर्मदेशना गरे । विभिन्न स्थानबाट आएका भिक्षु संघबाट सामूहिक रुपमा परित्राण पाठ पछि युगल परित्राण पाठ गरिएको थियो । उक्त कार्यक्रममा मुनी विहारका प्रमुख भिक्षु विपस्सीका साथै काठमाडौं, ललितपुर, किर्तिपुरबाट आएका भिक्षु, अनागारिका तथा उपासक उपासिकाहरु उपस्थित…
Read Moreबौद्ध गुरुमाको ८० औँ जन्मदिन मनाइयो
भिक्षु महासंघले श्रद्धेय धम्मदिन्ना गुरुमाको ८० औँ जन्मदिन मनाएको छ । हिजो सोमबार मनाइएको जन्मदिनमा महापरित्राण पाठ गरी गुरुमाको सुख र मंगलको कामना गरियो । पबित्र महापरित्राण कार्यक्रममा नेपालका संघ महानायक अश्वघोष महस्थाविर एवं संघ उपमहानायाक ज्ञानपुर्निक महास्थाविर र अन्य भिक्षु संघ सहभागी भएका थिए । गुरुमाको जन्मदिनको कार्यक्रम काठमाडौँको सिनामंगलस्थित एयरपोर्ट होटलमा गरिएको थियो ।
Read More