चारुमतीमा मनाइयो आयु संस्कार परित्याग दिवस

बौद्धमार्गीहरुले माघ पूर्णिमालाई आयु संस्कार परित्याग दिवसको रुपमा मनाउँदै आएका छन् । सोही अवसरमा आज काठमाडौँ चावहिलस्थित चारुमती बुद्ध विहारमा बुद्ध पूजा गर्दै २५६३ औँ आयु संस्कार दिवस मनाइयो । बिहानैदेखि सुरु भएको कार्यक्रममा बुद्ध पूजा, विश्व शान्तिको कामना, पञ्चशील प्रदान, धर्म देशना र पुण्यानुमोदन लगायत गरिएको थियो । बलम्बु निवासी सञ्जय महर्जनले बुद्ध विहारका लागि चन्दा बाकस प्रदान गरेका छन् । कार्यक्रम उपस्थित भएका भिक्षु, उपासक तथा उपासिकालाई अष्टशोभा शाक्यले जलपान दान गरेकी थिइन् ।

Read More

१२औं शताब्दीका आचार्य वैरोचनको पुनर्जन्म भूटानमा

भूटानी राजा जिग्मे खेसर नाम्गेल वाङ्चुकका तीन वर्षीय भान्जा ट्रयुयक वाङ्चुकले पूर्वजन्ममा आफू नालन्दा विश्वविद्यालयको विद्यार्थी तथा प्राध्यापक वैरोचन भएको बताएका छन्। उनको भनाइ गैर–बौद्धहरूका लागि अपत्यारिलो भए पनि बौद्ध संसारमा अनौठो होइन। पूर्वजन्म र पुनर्जन्मको अवधारणा बौद्ध धर्म–दर्शनको आधारभूत मान्यताभित्र पर्छ। बौद्ध धर्म–दर्शनको सार हो– सबै जीव कर्मअनुसार जन्म–मृत्युको भवचक्रमा घुमिरहन्छ र त्यो नै संसारको दुःख हो। बुद्ध वचन नै छ– संसारमा दुःख छ, दुःखको कारण छ, दुःखको अन्त्य गर्न सकिन्छ र आर्य अष्टाङ्गिक मार्गको अनुसरणबाट दुःखको अन्त्य हुन्छ। भवचक्ररूपी दुःखको अन्त्य नै बुद्ध शिक्षाको प्रमुख र एक मात्र…

Read More

सिध्दार्थ कुमार मामाघर आउँदा स्नान र जलक्रीडा गर्ने तलाउ बुद्ध ताल अतिक्रमणको चपेटामा

परासी — पश्चिम नवलपरासीस्थित गौतम बुद्धसँग सम्बन्धित ऐतिहासिक तलाउ र पोखरी अतिक्रमणमा परेका छन् । तलाउ वरपर मानवीय अतिक्रमणका कारण क्षेत्रफल घट्नुका साथै पानी सुक्ने अवस्थामा पुगेको छ । सुनवल नगरपालिका ७, तर्गौलीस्थित देवदहताल (बुद्ध ताल) का डिलमा घर तथा अन्य भौतिक संरचना बनिरहेका छन् । बाह्रै महिना पानी नसुक्ने र कमलको फूलले मनमोहक हुने तालमा पछिल्लो समय पानीको सतह घट्दो छ । स्थानीयले तालमा गौतम बुद्धकी आमाले स्नान गरेको किंवदन्ती रहेको बताए । मायादेवीको बिहेपछि बुद्ध मामाघर पण्डितपुर आउँदा सपरिवार स्नान र जलक्रीडा गर्ने तलाउ यही रहेकाले पुरातात्त्विक दृष्टिकोणले यो महत्त्वपूर्ण मानिन्छ । पोखरीको बीचमा…

Read More

बर्मेली नेपालीले बनाए विहारमा गजुर

तिलोत्तमा नगरपालिकाको शंकरपुरमा रहेको शंकरनगर वनविहार तथा अनुशन्धान केन्द्र, बनवाटिकामा बर्मेली नेपालीले गजुर बनाएका छन् । म्यानमारका एक दर्जनभन्दा बढि भिक्षु सहित आएका १०० भन्दा बढि उनीहरुले विहारमा उपहारस्वरुप गजुर चढाएका हुन् । गजुर प्रदान गरेसँगै म्यानमारबाट आएका उपासक उपासिका १० दिने विपश्यना शिविरमा समेत बसेका छन् ।

Read More

ल्होसार विशेष कार्यक्रम गर्दै सेतो गुम्बा

२१४६ औँ ग्याल्पो ल्होसारको अवसर पारेर काठमाडौँको कर्मा डुप्छेन छोलिङ अर्थात सेतो गुम्बामा ल्होसार विशेष सांस्कृतिक कार्यक्रम गरिने भएको छ । आउँदो शुक्रबार हुने कार्यक्रमको सम्पुर्ण तयारी सम्पन्न भइसकेको आचार्य कर्मा रिञ्जिङ शेर्पाले जानकारी दिए । शुक्रबा विहान १० देखि सुरु हुने कार्यक्रम साँझ ५ बजेसम्म जारी रहनेछ । सांस्कृतिक कार्यक्रममा गम्बु शेर्पा, प्रेम लोप्चन, ओङ्मु शेपा, आङ दामु शेर्पा लगायतका कलाकारको प्रस्तुति रहने बताइएको छ । यस बाहेक हिमालयन शेर्पा सांस्कृतिक केन्द्रका साथै विभिन्न संस्थाका सांस्कृतिक टोलीले पनि विविध प्रस्तुति दिनेछन् । कार्यक्रममा सेतो गुम्बाका संस्थापक श्रद्धेय गुरु आचार्य…

Read More

थाइल्याण्डका धुतांगधारी शील पालन गर्नुभएका भिक्षुहरु नेपालमा

थाइल्याण्डका धुतांगधारी शील पालन गर्नुभएका भिक्षुहरु शान्ति पद यात्राको लागि नेपाल आइपुग्नु भएको छ । पहिलो पटक नेपाल आउनुभएका ६५ जना धुतांगधारी भिक्षुहरु शान्ति पदयात्रा मार्फत बुद्ध धर्म प्रचारप्रसार गर्न यहाँ आउनुभएको हो । खेमिन्द भिक्षुले यस भिक्षुहरुको समुह काठमाडौका बौद्ध, स्वयम्भू, ललितपुरको चार थुरहरु प्रिक्रमा गरी लुम्बिनीसम्मै पैदल यात्रा गर्ने जानकारी दिनुभयो । आज उहाँहरु स्वयम्भुमा सामुहिक बुद्धपूजामा सरिक भइ त्यहाँबाट पैदल यात्रा गरी सुमंगल विहारमा भोजन गर्नु भएको थियो । भोजन पछि महाबौद्ध मन्दिर र ललितपुरका चार थुरहरु परिक्रमा गरी किर्तिपुर स्थित श्रीकीर्ति विहारमा विश्राम लिनुभयो । उहाँले…

Read More

भिक्षु प्रज्ञाश्रीबाट विपश्यना सम्बन्धी धर्मदेशना

म्यानमारबाट आउनुभएका कम्मठानाचार्य ध्यानगुरु प्रज्ञाश्री महास्थवीरले शनिबार यहाँ एक धर्मसभामा विपश्यना साधनाको महत्वबारे प्रवचन दिनुभयो । उहाँले जीवनमा खुशी तथा शान्तिका लागि मानिसले विपश्यना ध्यानको अभ्यास गर्नु उत्तम हुने भन्दै सबैलाई सरल र सुखी जीवन बिताउन तथा लोभ लालचमा लागेर जीवनको महत्वपूर्ण क्षण खेर नफाल्न पनि आग्रह गर्नुभयो । कार्यक्रमको आयोजना धर्मोदय सभा, युवक बौद्ध मण्डल नेपाल तथा धर्मकीर्ति महाविहारले संयुक्त रुपमा गरेको थियो ।

Read More

सम्पदा जोगाउँ भन्दै बौद्ध स्तुप परिसरमा बिरोधसभा

युनेस्कोद्वारा विश्व सम्पदा क्षेत्र घोषित बौद्ध महास्तुपमा गैरधार्मिक गतिविधि तथा अतिक्रमणकारी कामहरु भइरहेको भनी विभिन्न २२ बौद्ध संघसंस्थाहरुले विरोध जनाएका छन् । विशेष गरी त्यहाँ गुठी संस्थानले नियुक्त गरेका चिनियाँ लामा भूपति वज्र लामाले नियुक्त भएदेखि नै बौद्धलाई आफ्नो पेवा ठानी विभिन्न विवादास्पद क्रियाकलापहरु गर्दै आइरहेको भनी बिहिबार “बौद्ध स्तूप जोगाऔं नक्कली गुरु रिम्पोछे भूपतिवज्र हटाऔं स्रघर्ष समिति”मा आवद्ध संघसंस्थाहरुले विरोध जुलुस तथा पत्रकार सम्मेलनको आयोजना गरेका थिए । उनीहरुले एक पर्चा मार्फत २०७३ साल असार ७ गते गुठी संस्थानले नियुक्त गरेका चिनियाँ लामा भूपतिवज्र लामाले सबैको साझा धरोहर एवं…

Read More

प्रतित्यसमुत्पाद देशना तथा ध्यान साधना शिविर सुरु

राजधानीको बौद्धस्थित प्राचीन अनुवाद एकमात्र गुरुसंघ नेपालको सभाहलमा पुस २२ गतेबाट प्रतित्यसमुत्पाद देशना तथा ध्यान साधना शिविर सुरु भएको छ । आगामी पुस २८ गतेसम्म चल्ने शिविरमा बुद्ध धर्मसँग सम्बन्धित अनुयायीहरु, अन्य धार्मिक आस्थाका स्वदेशी तथा विदेशी व्यक्तित्वहरुको सहभागिता रहेको छ । डा. टशी छिरिङ (होमबहादुर) ले आफ्नो निजी खर्चमा शिविर सञ्चालन गर्नुभएको हो । शिविरमा उपस्थित भएर धर्मको अनुशरण गर्ने, धार्मिक उपासक, उपासिकाहरुलाई सत्य मार्गमा लाग्ने, त्यसलाई व्यवहारमा उतार्ने र पञ्चशील ग्रहण गरेपछि सर्वलाभ हुने विश्वास गरिएको छ । निजी खर्चमै शिविर सञ्चालन गर्नुभएका डा. छिरिङले धर्म गुरुको कर्तव्य…

Read More

नेपाल बुद्धिष्ट न्यूजको औपचारिक शुभारम्भ

बौद्ध धर्म, दर्शन र गतिविधिलाई आम पाठकमाझ समाचारको रुपमा प्रस्तुत गर्ने उद्देश्यका साथ सञ्चालनमा आएको नेपाल बुद्धिष्ट न्यूज डटकमको औपचारिक शुभारम्भ भएको छ । शुक्रबार काठमाडौँको बौद्धमा एक कार्यक्रम गरी नेपाल बुद्धिष्ट न्यूज सञ्चालनमा आएको हो । कार्यक्रममा नेपाल बुद्धिष्ट न्यूजको वेवसाइटलाई प्रमुख अतिथि छोग्याल रिम्पोछे र विशेष अतिथि तपस्सी धम्मले संयुक्तरुपमा उद्घाटन गरेका थिए । नेपाल बुद्धिष्ट न्यूज सञ्चालनको औचित्य प्रष्ट पार्दै कार्यकारी सम्पादक सुरज खड्काले रिम्पोछे, लामा, भिक्षु तथा बौद्ध दर्शन वा जीवनशैलीसँग आवद्ध सबैलाई बौद्ध धर्म र दर्शनसँग सम्बन्धित विषयलाई समाचारको रुपमा प्रस्तुत गर्न अनुरोध गरे ।…

Read More