प्रज्ञा पारमिताको अनुवाद कहाँ पुग्यो ?

गौतम बुद्धले सुभुति नाम गरेका शिष्यसँग गरेको कुराकानीमा आधारित प्रज्ञा पारमिता सुत्र बुद्धको महापरिनिर्वाणको ३ सय वर्ष पछि आर्य नागार्जुनले संस्कृतमा लिपिवद्ध गरेका थिए । संस्कृतमा लिपिबद्ध भएको प्रज्ञा पारमिता सुत्र आठौँ शताव्दीमा सम्भोटा लिपिमा अनुवाद भएर तिब्बत पुग्यो । महायानी बौद्धमार्गीका लागि महत्वपुर्ण ग्रन्ध मानिने प्रज्ञा पारमिता सुत्र पहिलोपटक नेपाली भाषामा अनुवाद गर्ने काम भइरहेको छ । संस्कृत र भोट भाषामा रहेको प्रज्ञा पारमिता सुत्र करिब १ वर्षदेखि नेपाली भाषामा अनुवाद गर्ने काम भइरहेको छ । हरेक दिन विहान ९ नबज्दै बौद्ध दर्शन र धर्मसँग सम्बन्धित विद्वान, भिक्षु, आचार्य,…

Read More

रुमतेक गुम्बा सम्बन्धी डक्युमेन्ट्री सार्वजनिक (भिडियो सहित)

भारतको सिक्किम रहेको रुमतेक गुम्बाको सम्पुर्ण विवरण समेटेर निर्माण गरिएको डक्युमेन्ट्री डिग्निटी अफ रुमतेक धर्मचक्र सेन्टर युट्युवबाट सार्वजनिक गरिएको छ । डक्युमेन्ट्रीमा रुमतेक गुम्बा कसरी, कहिले र कसको योगदानमा निर्माण गरियो भन्ने सम्पुर्ण विवरण प्रस्तुत गरिएको छ । बौद्ध धर्मावलम्वी अन्तर्गतको काग्यु सम्प्रदायका निम्ति एउटा पवित्र तिर्थस्थलका रुपमा रहेको रुमतेक गुम्बाको प्रमुखका रुपमा अहिले १७ औँ कर्मापा उर्गेन ठिन्ले दोर्जे रहेका छन् । डक्युमेन्ट्रीमा काग्यु सम्प्रदायका कर्मापाहरु र यो सम्प्रदायको नेपालको प्राचिन सम्बन्धलाई पनि उजागर गर्ने प्रयास गरिएको छ । डक्युमेन्ट्रीमा सुरज खड्काको अनुशन्धान तथा लेखन, सुरज राईको छायांकन, दिपु…

Read More

बौद्ध शिक्षा र भिक्षुको कथा उत्कृष्ट

इन्डिपेन्डेन्ट फिल्म फेस्टिभल (निफ) मा फिल्म ‘सुपर मंक’ र डकुमेन्ट्री फिल्म ‘मरिसकेको मान्छे’ उत्कृष्ट भएका छन् । अन्तराल बाँकेले नेपालगन्जमा गरेको दुईदिने फेस्टिभलमा २१ फिल्म एवं डकुमेन्ट्री प्रदर्शन भएका थिए ।  शनिबार फेस्टिभलको अन्तिम दिन उत्कृष्ट फिल्मलाई पुरस्कार प्रदान गरिएको हो । ‘सुपर मंक’ का निर्देशक सेनाङ ग्याम्जो तामाङले अवार्डसँगै १० हजार रुपैयाँ र ‘मरिसकेको मान्छे’ डकुमेन्ट्रीका निर्देशकद्वय विद्या चापागाईं र कमल कुमारले संयुक्त रूपमा १० हजार रुपैयाँ पाए । ‘सुपर मंक’ मा द्वन्द्व र करुणाको कथा समेटिएको छ। सशस्त्र द्वन्द्वको बेला एउटा भिक्षुले करुणा राखेकै कारण कसरी ज्यान बच्छ…

Read More

सफलताका ५ सुत्र

बुद्ध भन्नुहुन्छ – ”सबै मानिसलाई सफल हुने अवकाश छ” यद्यपि सफलताकालागि नियमहरुको पालन गर्नुपर्दछ हिजो बुद्ध प्रशिक्षित ( 5 ) प्रकारका सफलताकालागि गर्नुपर्ने भावना  प्रस्तुत गर्दा मित्रहरुले एक एकको अर्थपनि प्रस्तुत गर्न आग्रह हुनाले  आज संक्षिप्तमानै प्रस्तुत गर्न प्रयास गर्दैछु – आभारी ती मित्रहरुप्रति । १ – चीरकाल भावना – कुनैपनि कार्यगर्दा तत्क्षण सफलता प्राप्त हुँदैन । अलिकति समय दिएर त्यो कार्यकालागि प्रयास गर्नुपर्नेहुन्छ । कतिपय मानिस कुनै कार्य आरम्भ गरो अनि भएन भन्दै एकैछिनमा चट्ट छोडेर अर्को पछि लाग्दछन् । त्यसो गर्नाले सफलता हासिल गर्न सरल पर्दैन । अझ…

Read More

भक्तपुरमा महापरित्राण सम्पन्न

भक्तपुरको बौद्ध समस्कृत विहार कथुबहिमा भिक्षु महासंघबाट पवित्र महापरित्राण पाठ सम्पन्न भएको छ । महापरित्राण पुस्तक तथा अष्टपरिष्कार शोभा यात्रा गरी सुरु भएको उक्त परित्राण कार्यक्रममा अखिल नेपाल भिक्षु महासंघका पूर्व अध्यक्ष भिक्षु बोधिसेन महास्थविरले शील प्रदान गरेका थिए । कार्यक्रममा सामूहिक बुद्ध पूजा गरिसके पछि भिक्षु बोधिसेन महास्थविरले महापरित्राण पाठको महत्व बारे धर्मदेशना गरे । विभिन्न स्थानबाट आएका भिक्षु संघबाट सामूहिक रुपमा परित्राण पाठ पछि युगल परित्राण पाठ गरिएको थियो । उक्त कार्यक्रममा मुनी विहारका प्रमुख भिक्षु विपस्सीका साथै काठमाडौं, ललितपुर, किर्तिपुरबाट आएका भिक्षु, अनागारिका तथा उपासक उपासिकाहरु उपस्थित…

Read More

बौद्ध गुरुमाको ८० औँ जन्मदिन मनाइयो

भिक्षु महासंघले श्रद्धेय धम्मदिन्ना गुरुमाको ८० औँ जन्मदिन मनाएको छ । हिजो सोमबार मनाइएको जन्मदिनमा महापरित्राण पाठ गरी गुरुमाको सुख र मंगलको कामना गरियो । पबित्र महापरित्राण कार्यक्रममा नेपालका संघ महानायक अश्वघोष महस्थाविर एवं संघ उपमहानायाक ज्ञानपुर्निक महास्थाविर र अन्य भिक्षु संघ सहभागी भएका थिए । गुरुमाको जन्मदिनको कार्यक्रम काठमाडौँको सिनामंगलस्थित एयरपोर्ट होटलमा गरिएको थियो ।

Read More

ज्ञानमाला भजन समूहको २४ औँ वार्षिक साधारणसभा

संगीतको माध्यमबाट जनमानसमा बौद्ध धर्मप्रति चेतना जगाउँदै आएको नेपाल राष्ट्रिय ज्ञानमाला समितिको २४ औ वार्षिक साधारण सभा केही दिन अघि काठमाडौँ, चोभारको सुमंगल कीर्ति विहार चोभारमा सम्पन्न भएको छ । कार्यक्रममा प्रमुख अतिथि शताव्दी पुरुष सत्यमोहन जोशीका साथै भिक्षु कौडण्य, भिक्षु सोभित, भिक्षु तपसीधम्म, भिक्षुणी अनोजा, पूर्वंमन्त्री बुद्धिराज वज्राचार्य, प्रा सुवर्ण शाक्य आदिले बौद्धधर्मका महत्व र आवश्यकताको बारेमा चर्चा गरे । उपस्थित व्यक्तित्वहरुद्वारा बौद्ध धर्मको प्रचारप्रसारमा ज्ञानमाला भजन समूहले निकै ठूलो योगदान पुर्याएको भन्दै समूहको प्रशंसा गरियो । कार्यक्रममा ज्ञानमाला संगीतको विकासमा योगदान दिनुहुने प्रा. सुवर्ण शाक्य, महारत्न वज्राचार्य, किरण…

Read More

बौद्ध मिथकमा आधारित उपन्यास “हल हल बुंगद्यः” को विमोचन

बौद्ध मिथकमा आधारित नेपाल भाषाको उपन्यास “हल हल बुंगद्यः” जनकवि दुर्गालाल श्रेष्ठको हातबाट विमोचन गरिएको छ । राजेन मानन्धरद्वारा लिखित उक्त उपन्यास कुनै बेला नेपालमा अनिकाल हुँदा सहकालका देवता भनेर चिनिने करुणामय अवलोकेश्वर अर्थात् रातो मछिन्द्रनाथलाई नेपालमा ल्याइएको मिथकको आधारमा रचना गरिएको छ । काठमाडौं उपत्यकाका नेवार बौद्धहरु बोधिसत्वको रुपमा जन्मेका करुणामयलाई कामुनी देश अथवा हालको कामारुप कामाक्षबाट ल्याइएको तथा उनको आगमन पछि नेपालमा सहकाल आएको विश्वास गर्दछन् । हिन्दु धर्मावलम्वीले पनि करुणामयलाई मत्येन्द्रनाथको रुपमा मान्दछन् । विमोचन कार्यक्रममा बोल्दै कवि दुर्गालालले मानन्धरलाई चिनेदेखी सहृदयी भएकोले मनमा बसेको तथा एक…

Read More

बौद्धनाथ स्तुप विरुप बनाउनेलाई कारवाहीको माग

पछिल्लो केही दिनयता चर्चामा रहेको प्रसंग हो बौद्धनाथ स्तुपमा गरिएको ड्रिल । बौद्धनाथ क्षेत्र विकास समितिको संरक्षणमा रहेको बौद्ध स्तुपमा मेलम्ची तथा बौद्धनाथ घ्याङ गुठीका अध्यक्ष भुपतिबज्र लामाको अगुवाईमा ड्रिल गरिएको हो । लामाले क्षेत्र विकास समिति र पुरातत्व विभागको कुनै स्वीकृति नै नलिई मेसिनको प्रयोग गरी स्तुप ड्रिल गरी कुरुप बनाएको भन्दै विरोध भएको छ । शुक्रबार नेपाल बौद्ध महासंघले विज्ञप्ति निकाली बिरोध गरेको छ । बौद्धनाथ चैत्यमा देश विदेशका विभिन्न धर्मसँग सम्बन्धित संघ संस्थाले धार्मिक गतिविधि, पाठपूजा निर्वाध रुपमा प्राचीनकालदेखि नै बौद्ध परम्परा अनुसार गर्दै आएकोमा २०७३ असार…

Read More

त्रिपिटक पाठ : एक समीक्षा

चित्र शाक्य प्रथम अन्तराष्ट्रिय त्रिपिटक पाठको कार्यक्रम कुनै पूर्व चर्चा विना नै एकैचोटी सम्पन्न हुन गएको छ। उक्त कार्यक्रममा सहभागी भएर आउनु हुने साथिहरूले खुबै उल्लासपूर्ण वातावरणमा कार्यक्रम भएको जनाउनु भयो। लुम्बिनीमा विभिन्न ३२ मुलुकहरूको सहभागितामा उक्त कार्यक्रम सम्पन्न हुनुले विश्वमा एउटा बुद्धबारे सशक्त सूचना प्रवाह गरेको छ। तर यसको तरङ्गलाई कसरी दुगुना, तीगुना गर्दै विश्वभर प्रवाह गर्ने भन्ने आयोजक पक्षको, कार्यक्रम भएको राष्ट्र नेपाल, पर्यटन व्यवसायमा लागेका संघसंस्थाहरू, सम्बन्धित व्यवसायीहरू र सहभागी राष्ट्रको जिम्‍मेवारी हुन आउँछ साथै अन्य राष्ट्रहरूलाई पनि कसरी समन्वयात्मक रूपमा कार्य गर्ने एक कार्यक्रमबद्ध संयोजनको काम…

Read More