बुद्ध जन्मभूमि लुम्बिनीमा अवस्थित नेपाली वज्रयान विहारमा वज्रधातु मण्डल तथा वज्रसत्वको मूर्तिको जीवन्यास पूजा सम्पन्न भएको छ । प्रा. डा. नरेशमान वज्राचार्यको निर्देशनमा भएको उक्त दुबै पूजामा मण्डल तथा मूर्तिलाई परम्परागत बुद्धधर्म अनुसारका भगवान बुद्धको गर्भाधानदेखि पाणी ग्रहणसम्म गरिने दशकर्म गराई प्रतीकात्मक रुपमा जीवन्यास राखेर पूजा गरिएको थियो । प्रा. डा. वज्राचार्यले यसप्रकारको पूजा गरिएका मूर्ति तथा मण्डलमा पूजा गर्ने प्रचलन काठमाडौं उपत्यकाका बौद्धहरुहरुमा हजारौं वर्षदेखि चल्दै आएको तथा यसप्रकारको पूजाहरु आज पनि हुनुले नेवार बौद्धहरुमा यस्ता जीवन्त संस्कृतिप्रति श्रद्धा तथा विश्वास अहिले पनि रहिरहेको प्रमाणित भएको बताए । …
Read MoreAuthor: rinpoche
गौतम बुद्धका केही उपदेश, जसले जीवनको दृष्टिकोण नै बदल्न सक्छ
भगवान् गौतम बुद्ध बौद्ध धर्मका प्रणेता हुन् । अधिकांश बौद्ध परम्पराले बुद्धलाई हाम्रो कल्पका एक सम्यक सम्बुद्धको रूपमा मान्दछन् । बुद्ध भन्नाले बोधिप्राप्त वा अन्तिम सत्यको साक्षात्कार गरेको महामानव बुझिन्छ । बुद्ध कहलाईनु अघि यिनको नाम सिद्धार्थ गौतम थियो । यिनीलाई शाक्य मुनि गौतम बुद्ध पनि भनिन्छ । उनले मानव जीवनलाई अर्थपूर्ण र उपयोगी बनाउने विभिन्न उपदेश दिएका छन् । त्यस्तै उपदेशमध्ये यी केहि उपदेश हुन् जसले तपाई हाम्रो दृष्टिकोण नै फेरिदिनेछन्। १. सूर्य, चन्द्रमा र सत्यलाई कसैले लुकाउन सक्दैन । २. आफ्नो काम पुरा गर्नका लागि कहिल्यै पनि अरुमा…
Read Moreयी हुन बौद्ध धर्मका आर्य अष्टांग मार्ग
बौद्ध धर्मका अनुसार दुःख निरोधको बाटो चौथो आर्य सत्यको आर्य अष्टांग मार्ग हो । गौतम बुद्ध भन्थे चार आर्यसत्यको सत्यताको निश्चय गर्नको लागि आर्य अष्टांग मार्गको अनुसरण गर्नु पर्छ । १. सम्यक दृष्टि ः सबै बस्तुको वास्तविकता बुझ्नु २. सम्यक संकल्प ः नराम्रो काम नगर्नु र परोपकारको भावना जागृत राख्नु ३. सम्यक वाक् ः हानिकारक कुरा नगर्नु र झूट नबोल्नु ४. सम्यक कर्म ः हिंसा, चोरीजस्ता नराम्रा कामहरू त्यागी राम्रा काम गर्नु ५. सम्यक जीविका ः कुनै पनि स्पष्टतः या अस्पष्टतः हानिकारक व्यापार नगर्नु ६. सम्यक व्यायाम ः मनस्थितिलाई शुद्ध…
Read Moreबुद्धको जीवनमा सारिपुत्र महास्थविरको सेवा
महास्थविर सारिपुत्र, बुद्धकालिन अतुलनीय तथागत सम्मासंबुद्ध भगवानको सासनमा, भगवान उपरान्त प्रज्ञामा एतअग्र, धर्मका सेनापति भगवानका दाहिने हात अग्र श्रावक महा स्थिविर सारिपुत्र अर्हन्त हुनुहुन्छ। गौतम बुद्ध भगवान उत्पन्न नहुँदै एकलाख कल्प पूर्व एक संख्या अन्तर्गत अनोमदस्सी बुद्धकालिन भगवानद्वारा गौतम बुद्ध भगवान कालिन समयमा प्रथम अग्र श्रावक हुनको निम्ति नियत ब्यादित् प्राप्त गर्नु भएको थियो। राजगृह नाल ग्राम नामक उपतिस्स ब्राह्मण महासाल जातिय उपतिस्स मुखिया वङ्क पुण्णा (ब्राह्मण) र रूप सारि पुण्णे (ब्राह्मणी) का ७ जना छोरा छोरी मध्ये सबै भन्दा जेष्ठ पुत्र भएकाले उपतिस्स नामले प्रसिद्ध हुनु हुन्थ्यो। एक समय…
Read Moreसिद्धार्थ गौतमले जन्मने बित्तिकै बोलेको वाक्य के हो ?
यथाभुतखेमिन्द १• महोसधा (महन्त+ओसध) को भवमा माताको गर्भ बाट जन्म लिने बित्तिकै “आमा छोराको हातमा भएको मूल देव औषधि लाई लिइ बक्सियोस” भनेर जन्मने साथ बोधिसत्वले यस वाक्य बोल्नु भएको थियो। २• वेस्सन्तराको भवमा माताको गर्भ बाट जन्म लिने बित्तिकै “आमा म दान गर्न चाहन्छु छोरालाई दान गर्ने असर्फी रजत दिनु होस्” भनेर जन्मने साथ बोधिसत्वले यस वाक्य बोल्नु भएको थियो। ३• सिद्धार्थ कुमारको भवमा माताको गर्भबाट जन्म लिने बित्तिकै उत्तर दिशा तर्फ सम्मुख गरि सात पाइला चरण पद पूर्ण चाल्नु भयो र अडिएर…. “#अग्गोहमस्मिलोकस्स” = म यस मनुष्य, देव,…
Read Moreखादा के हो र किन यसको प्रयोग गरिन्छ ?
खादा बौद्घ धर्मलम्बीहरुले हरेक जन्मदेखि मृत्यु लगायका संस्कारमा उपयोग गर्ने पवित्र वस्त्र हो । खादा बौद्ध धर्मावलम्वीको जन्म, ब्रतबन्ध, विवाह, मृत्य लगायत हरेक पूजाआजा, भेटघाटमा स्वागत, विदाई गर्दा नभई नहुने वस्त्र हो । पछिल्लो समय खादा बौद्ध समुदायमा मात्र सिमित छैन । आजभोली हिन्दु, क्रिश्चियन र मुसलमानले समेत खादाको प्रयोग गरेको देखिन्छ । यसरी हेर्दा यसको प्रयोग फूलको मालाको सट्टामा प्रयोग भएको पाईन्छ । हिमाली क्षेत्रमा फूल नपाइने हुँदा फूलको रुपमा खादाको प्रयोग गर्न थालिएको अभिलेख पाइन्छ । फूल बाह्रै महिना र बाह्रैकाल सबैस्थानमा नपाइने भएकाले पनि फूलको विकल्पमा खादाको…
Read Moreतेस्रो ह्वीलचियर म्याराथन सम्पन्न, प्रेमबहादुर विक पुरुष र यामी झाक्री मगर महिलामा पहिलो
शनिबार काठमाडौँको भृकुटीमण्डपमा सम्पन्न तेस्रो ह्वीलचियर म्याराथन २०१९ मा प्रेमबहादुर विक पहिलो बनेका छन् । बोधिसत्व इन एक्सनले आयोजना गरेको उक्त ह्वीलचियर म्याराथनको करिब ४ किलोमिटर दुरी विकले १६ मिनेट २५ सेकेण्डमा पुरा गरेका थिए । पहिलो भए वापत् विकले महिला, बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्री थममाया मगरको हातबाट २५ हजार रुपैयाँ नगद सहित मेडल र प्रमाणपत्र पाए । प्रतिष्पर्धामा रमेश खत्री दोस्रो भए । उनले निर्धारित दुरी १६ मिनेट ३१ सेकेण्डमा पुरा गरेका थिए । त्यस्तै तेस्रो हुने विष्णु पुकार श्रेष्ठले १७ मिनेट ३५ सेकेण्डमा दुरी पार गर्दै तेस्रो…
Read Moreसुरु भएन भूकम्पले भत्किएका गुम्बाको पूनःनिर्माण
भूकम्प गएको करीब चार वर्ष हुनलाग्दासमेत काभ्रेपलाञ्चोकमा भूकम्पले क्षति पु¥याएका गुम्बाको पुनःनिर्माणको काम शुरु हुन सकेको छैन । विसं २०७२ वैशाखमा गएको भूकम्पले क्षति पु¥याएको काभ्रेपलाञ्चोकको डाँडापारिस्थित खानीखोला गाउँपालिका–४ डाँडागाउँमा रहेको रिओताला गुम्बाको अवस्था अहिले पनि उस्तै छ । भूकम्पले चर्केको भवन र देवताका मूर्ति अझै पुनःनिर्माण गर्न नसकेको गुम्बाका सानु लामाले बताउनुभयो । लामाले भन्नुभयो, “माथिबाट सहयोग आउँछ भनेर भने पनि केही सहयोग नपाएपछि आफ्नै पैसाले चर्केको भवन र देवताका मूर्ति प्लास्टर र टालटुल गरेर जसोतसो चलाइरहेका छौँ ।” जिल्लाको कोशीपारिस्थित चौरीदेउराली गाउँपालिका–२ नाग्रेगगर्चेमा रहेको टासी कुन्सालिङ गुम्बा पूण…
Read More१७९२ पल्टसम्म भगवान बुद्धले गर्नु भएको कुरा
डेओ सयाडो #सील बिग्रियो भने समाधि बिग्रन्छ, समाधि बिग्रियो भने सहि भएको जस्तो छ त्यस्तै गरी सत्य यथार्थलाई देख्न सकिने छैन। सील बिग्रिनु (भाँच्चिनु) नै सबै बिग्रनु को आरम्भिकता हो। चार प्रकारका कारण जुटेर आएको समय (सम्बद्ध = एक समयमा पर्न आउनु) मा रुप उत्पन्न हुन्छ। चार प्रकारका कारण जुटेर आएको समय अन्त हुने बेलाकै साथ साथमा रुप पनि बिग्रिएर जान्छ। चार प्रकारका कारणहरु भन्नाले कर्म, चित्त, ऋतु, आहार हरु हुन्। आरम्मण र द्वार ठोक्किँदा (जुटेर आउँदा) नाम उत्पन्न भएर आउँछ। आरम्मण र द्वारहरु बिग्रिएर जाने समयमा पनि तुरुन्त साथ साथै…
Read Moreस्वयम्भू पूनःनिर्माणले तीव्रता पाउँदै
— विमला शाक्य स्वयम्भु महाचैत्य बौद्धहरु मात्र होइन अरु धर्मावलम्बीहरुको लागि पनि धार्मिक स्थल, पर्यटकीय स्थल तथा विश्व सम्पदा सूचीमा रहेको प्रसिद्ध स्थल हो । स्वदेशी तथा विदेशी पर्यटकहरु दिनहुँ जसो यस स्थानमा भ्रमण गर्न आउने गर्दछन् । यस धार्मिक, ऐतिहासिक, सम्पदा स्थल काठमाडौंबाट डेढ कि.मी पश्चिमस्थित गोपुच्छ पर्वतमा अवस्थित छ । । प्राकृतिक सौन्दर्यले भरिपूर्ण यस पर्वतलाई पद्मागिरी, बज्रकूट, गोश्रृंख पर्वतको नामले पनि चिनिन्छ । स्वयम्भु पुराण अनुसार काठमाडौं उपत्यका पहिला दहको रुपमा थियो । विपश्वी बुद्ध बन्धुमति नगरबाट यहाँ आउनु भई कमलको बिज छर्नु भएको थियो कालान्तरमा त्यस…
Read More