लुम्बिनी स्थित नेपाल वज्रयान महाविहारमा स्थापित क्वापाद्यः र चैत्यको बुसाधं अर्थात् वार्षिक पूजा सम्पन्न भएको छ । प्रा. डा. नरेश मान वज्राचार्यको नेतृत्वमा जजमान योगेन्द्र शाक्य, रेणु वज्राचार्य, चिनिया मान शाक्य तथा अन्य गुरुजुहरु र परिवार बसेर उक्त पूजा सम्पन्न गरेको थियो । कुनै पनि विहार, घर वा सार्वजनिक स्थानहरुमा चैत्य, मूर्ति स्थापना गरेको उपलक्ष्यमा प्रत्येक वर्ष तिथि अनुसार बुसाधं पूजा गर्ने चलन नेवार बौद्ध समाजमा परापूर्वकाल देखि चल्दै आएको छ । यसरी तिथि अनुसार स्थापना गरिएका चैत्य, मूर्तिहरुको बुसाधं पूज ागर्ने कार्य धार्मिक रुपमा, सामाजिक दृष्टिकोणबाट महत्वपूर्ण रहेको प्रा.…
Read MoreAuthor: rinpoche
ज्येष्ठ उपासक तथा उपासिकालाई गणमहाविहारमा सम्मान
गणमहाविहारमा स्थापनाकालदेखि वर्तमानसम्म बुद्धधर्म चीरस्थायी बनाउन र प्रवद्र्धन गर्न आफ्नो सम्पुर्ण जीवन अर्पण गर्ने ज्येष्ठ उपासक तथा उपासिकाहरुलाई शुक्रबार विहारले सम्मान गरेको छ । विहारले ७० वर्षभन्दा माथिका उपासक तथा उपासिकालाई सम्मान गरेको सोभित भन्तेले बताए । सम्मान कार्यक्रमसँगै भिक्षुहरुलाई भोजन दान, परित्राण तथा धर्मदेसना पनि गरिएको थियो । कार्यक्रममा उपतिस्स भन्ते तथा बोधिज्ञान भन्ते बिशिष्ट अतिथिका रुपमा उपस्थित भएका थिए ।
Read Moreदेवदहमा भिक्षुणी आवासगृह निर्माण गरिने
राजकुमार सिद्धार्थका मावली तथा ससुराली भनेर चिनिने देवदहमा निकट भविष्यमै भिक्षुणी आवासगृह निर्माण गरिने भएको छ । धर्मकीर्ति विहार श्रीघःमा बिहिबार आयोजित एक कार्यक्रममा ञाणवती गुरुमांले त्यहाँ निर्माणाधिन आवास गृहको बारेमा जानकारी दिइन् । कार्यक्रममा गुरुमांले देवदहमा बन्न लागेको भिक्षुणी आवासगृह निर्माणको लागि आर्थिक सहयोगको लागि अपिल पनि पनि गरेकी छन् । महिनाको प्रत्येक अष्टमीको दिनमा हुने बुद्धपूजा तथा धर्मदेशना कार्यक्रममा उनले सो अपिल गरेकी हुन् ।
Read More२०० भिक्षुहरुबाट ललितपुरमा भिक्षाटन
२०० सय जना नेपाली कुलपुत्रहरूबाट विहिबार ललितपुरमा भिक्षाटन तथा भोजनदान सम्पन्न भएको छ । हिरण्यवर्ण महाविहारको आयोजनामा भएको भिक्षाटन कार्यक्रम ललितपुरको हखा टोलबाटबाट सुरू भई इलाननी, हिरण्यवर्ण महाविहारमा समापन गरिएको थियो । भिक्षााटन सम्पन्न भएपछि भिक्षुसंघ सहित २०० सय कुलपुत्रहरूलाइ भोजन दान गरिएको थियो । बनेपालका प्रथम संघनायक “अरिय धमणमरक्खित नेपाल बुद्धशासन वंसाललंकार सिरि संघनायक अग्गमहापण्डित“ भदन्त प्रज्ञानन्द महास्थविर भन्तेको ११९ औं जन्म जयन्तीको अवसरमा १११९ जना नेपाली कुलपुत्रहरूलाई लुम्बिनीमा प्रब्रिजत गरिएको हो । थाइलाण्डको धम्मकाय फाउण्डेशनको आयोजनामा भएको सो कार्यक्रममा फागुन १८ गते देखि चैत्र ३ गते सम्म १११९…
Read More१२ औँ बौद्ध सम्मेलनमा प्रधानमन्त्रीलाई निमन्त्रणा
धर्मोदय सभाको आयोजनामा १२ औ राष्ट्रिय बौद्ध सम्मेलन लमजुंगको बेशी शहरमा गरिने भएको छ । चैत २२ देखि २५ गतेसम्म हुने उक्त सम्मेलनका लागि प्रमुख अतिथिको रुपमा प्रधानमन्त्री केपी ओलीलाई निमन्त्रणा गरिएको छ । धर्मोदय सभाका अध्यक्ष यज्ञमान बज्राचार्यको नेत्तृत्वमा सभाका अधिकारीहरुले प्रधानमन्त्री ओलीलाई निमन्त्रणा गरेका हुन् । निमन्त्रणा गर्दै सभाका उपाध्यक्ष पद्म ज्योतीले सम्मेलनको विवरण प्रधानमन्त्रीलाई पेश गरेका थिए । त्यस्तै प्रधानमन्त्रीसँगको भेटमा सभाका महासचिव सागरमान बज्राचार्यले सम्मेलनको खर्चको विवरण प्रस्तुत गरेका थिए । १२ औँ राष्ट्रिय बौद्ध सम्मेलनमा प्रधानमन्त्रीले ओलीले सकेसम्म सहभागि हुने प्रतिवद्धता जनाएको बुझिएको छ ।…
Read Moreनेपाल संघनायक अश्वघोष महास्थवीरको स्वास्थ्यमा केही सुधार
स्वास्थ्यमा गम्भिर समस्या देखिए पछि १० दिनदेखि ग्राण्डी अस्पतालमा उपचार गराइरहेका नेपालका संघनायक श्रद्धेय अश्वघोष महास्थवीरको स्वास्थ्यमा केही सुधार आएको छ । उनको स्वास्थ्य अवस्था बुझ्न बुधबार प्रधानमन्त्री केपी ओली, पूर्वमन्त्री कृष्णगोपाल श्रेष्ठ र काठमाडौँ महानगरपालिकाका प्रमुख विद्यासुन्दर शाक्य अस्पताल पुगेका थिए । ९३ वर्षीय भिक्षुलाई रक्तचाप कम, मृर्गौला र मुटुमा समस्या र कलेजोमा पानी जमेको बताइएको छ । उनको स्वास्थ्य कहिले सुधार हुने र कहिले गम्भीर हुने क्रम चलिरहेको थियो । तर बुधबार भने उनको स्थास्थ्यमा केही सुधारका लक्षणहरु देखिएको भिक्षु महासंघले जानकारी दिएको छ । नेपालकै भिक्षुहरुमाझ पनि…
Read Moreभिक्षु महासंघका संघनायकको स्वास्थ्य गम्भिर
काठमाडौँको ग्राण्डी इन्टरनेशनलमा उपचार गराइरहेका भिक्षु महासंघ, नेपालका संघनायक श्रद्धेय अश्वघोष महास्वीर भन्तेको स्वास्थ्य अवस्था गम्भिर निकै गम्भिर बन्दै गइरहेको उपचारमा संलग्न चिकित्सकहरुले बताएका छन् । उनको मृटु, मृगौलामा समस्या हुनुका साथै कलेजोमा पानी जमेको चिकित्सकहरुले जानकारी दिएका छन् । भन्तेको रक्तचाप पनि निकै कम भएको छ । तीन साता अघि झाडापखालाले सताए पछि उनलाई उपचारका लागि जमलस्थित ग्राण्डी सिटी अस्पतालमा लगिएको थियो । ९४ वर्षीय भन्तेको स्वास्थ्य गम्भिर बन्दै गए पछि ग्राण्डी अस्पताल लगिएको हो । चिनिया कम्युनिष्ट नेता माओत्सेतुङ्गसँगे भेट पछि सामाजिक, राजनीतिक तथा सांस्कृतिक क्षेत्रमा अघि अढ्न…
Read Moreलुम्बिनी विश्वविद्यालयका उपकुलपति तथा डीन सम्मानित
विगत ३० वर्षदेखि बुद्ध धर्म अध्ययन,अध्यापनका साथै बुद्ध धर्मको अनुसन्धान कार्यमा संलग्न लोटस रिसर्च सेन्टरको आयोजनामा लुम्बिनी विश्वविद्यालयमा नवनियुक्त उपकुलपति डा.हृदय रत्न बज्राचार्य र डिन डा. मनिक रत्न शाक्य भिक्षुलाई सम्मान कार्यक्रम सम्पन्न भयो । सेन्टरले संचालन गर्दै आएको लोटस रिसर्च सेन्टरका अध्यक्ष डा. सुरेन्द्रमान बज्राचार्यको सभापतित्वमा सम्पन्न उक्त कार्यक्रममा कलेजका निवर्तमान प्रिन्सिपल डा. इन्द्रसिद्धि बज्राचार्य, सेन्टरका अध्यक्ष डा. सुरेन्द्रमान बज्राचार्य तथासंस्थापक अध्यक्ष बज्रराज शाक्यले डा.हृदय रत्न बज्राचार्य र डा. माणिक रत्न शाक्यलाई क्रमशः खादा, फूलगुच्छा र उपहार प्रदान गरी सम्मान गरिएको थियो । साथै लोटस एकेडेमीका भुपु विद्यार्थीहरुको समूह…
Read Moreविश्व शान्ति विहारमा दन्त शिविर सम्पन्न
मीनभवनस्थित विश्व शान्ति विहारको आयोजनामा केही दिन अघि विहारका आवासीय भिक्षुहरुका लागि पहिलो पटक दन्त शिविर सम्पन्न भएको छ । अनुभवी दन्त चिकित्सकहरुद्वारा भएको उक्त शिविरमा विहारका श्रामणेर, भन्तेहरु, उपासक, उपासिकाहरु गरी करिब ५० जनाको सहभागी थिए । शिविर संचालन गर्न भन्दा पहिला विहारका उपाध्यक्ष भिक्षु बोधिज्ञान महास्थविरले बुद्धले रोगीको सेवा गर्नु आप्mनो सेवा गर्नु सरह रहेको भनी उपदेश दिएको कुरालाई जोड दिंदै हाम्रो शरीरका अन्य अंगहरु जस्तै दाँत पनि मुख्य अंग रहेको र यसको पनि ख्याल राख्नुपर्ने बताए । विहारका दायक समितिका सदस्य प्रदिप शाक्यले आफ्नो ५८ औं जन्मदिनको…
Read Moreबौद्ध धर्ममा के छ ?
१. बुद्ध धर्मले इश्वरलाई मान्दैन् । बुद्धले मानिस आफैँ आफ्नो मालिक हो भन्छ । यही प्रकृतिर जीवन भन्दा बाहिर कुनै अदृश्य शक्ति छैन् भन्छ । बुद्ध धर्म नै प्राकृतिक पूजाको सहि दर्शन हो। मानिसको जीवन मरणको क्रियाकलापलाई कार्यकरणको निर्भरता (प्रतित्यसमुत्पाद)को सिद्धान्तबाट ब्याख्या गरिन्छ । २. बुद्धले अनित्य, दु:ख र अनात्माको दर्शन प्रतिपादन गर्नु भयो । यो जीवन र जगत (प्राकृति) नित्य छैन, परिवर्तन भैरहन्छ। हामीले भोगिरहेको दु:ख सत्य हो।हाम्रो जीवन हामी आफैँले संचालन गर्छौ, हामी भित्र कठित ईश्वरको अंस आत्मा छैन् । ३. बुद्धले भन्नुभयो दु:खको अनुभुती सत्य हो, दु:ख…
Read More