१७५ फिट अग्लो बुद्ध मुर्ति बनाउन भिक्षाटान

धरान उपमहानगरपालिका ४, भेडेटारस्थित सूर्योदय बुद्धविहारमा बुद्ध मुर्ति निर्माणका लागि आर्थिक सहयोग जुटाउन भिक्षाटान गरिएको छ । भिक्षाटानमा मुनि विहारका ३ भिक्षु, ९ श्रामणेर र ३ गुरुमाहरु सहभागि थिए । चैत ३० देखि वैशाख ३ गतेसम्म भएको भिक्षाटान कार्यक्रम उत्साहजनक भएको सहभागि भिक्षु तथा गुरुमाहरुको भनाई थियो । धरानमा १७५ फिट अग्लो बुद्ध मुर्ति निर्माण गरिने भएको छ ।

Read More

आज तेमाल जात्रा, बौद्ध विशेष उल्लासका साथ मनाइदै

तामाङ समुदायको महत्वपूर्ण पर्व ‘तेमाल जात्राको अवसरमा आज विहानैदेखि काठमाडा्रैँको बौद्धमा घूइँचो लागेको छ । प्रत्येक वर्ष चैत शुक्ल चतुदर्शीका दिन मनाइने सो जात्रामा तामाङ समुदायले वर्ष दिनभित्र दिवङ्गत भएका मानिसको स्मरणमा बौद्धको चैत्य परिक्रमा गरी बत्ती बाल्नेको परम्परा रहि आएको छ । बिहिबार रातिसम्म चल्ने सो जात्रामा सहभागि हुन काठमाडौँ तथा त्यस आसपास क्षेत्रबाट सर्वसाधारण भेला भएका छन् । जात्रा कहिलेदेखि सुरु भएको भनेर यकिन तथ्य नभए पनि काभ्रेस्थित तिमालका अन्तिम राजा रिञ्जेन दोर्जे वलले आफ्ना जनतालाई दिवङ्गत आत्मको शान्तिका लागि बौद्धमा गएर बत्ती बाल्नका लागि व्यवस्था मिलाएर राजकीय मान्यता…

Read More

भोली बौद्ध स्तुपमा तेमाल जात्रा मनाइदै

चैत्र पूर्णिमाको अघिल्लो दिन बौद्ध स्तुपमा लाग्ने तामाङ समुदायको तेमाल जात्रामा विहिबार मनाइदैछ । तेमाल जात्राको दिन बौद्ध स्तुपमा आई द्वीप प्रज्ज्वलन गर्नाले दिवङ्गत पितृले मोक्ष प्राप्त गर्छन् भन्ने धार्मिक विश्वास रहि आएको छ । दिवङ्गत पितृहरुको मोक्ष प्राप्तिका लागि तेमाल जात्रामा रातभर तामाङ समुदायका मानिस बौद्ध स्तुपमा बसेर द्वीप प्रज्वलन गर्ने गर्दछन् । रातभर बत्ती बालेर चैत्र पूर्णिमाका दिन अर्थात भोलि बिहान बालाजु बाइसधारामा स्नान गरी स्वयम्भूनाथको दर्शन गरेपछि तेमाल जात्रा सकिन्छ । जनश्रुतिअनुसार काठमाडौँ उपत्यकाका दहको रुपमा रहेका बेला क्रकुछन्द बुद्ध आई नागार्जुन डाँडामा बसेर साधना गरी ऋद्धिसिद्धी…

Read More

श्रीलङ्कामा मन्दिरमा पशुबली प्रतिबन्ध !

श्रीलङ्काको सरकारले देशका हिन्दू मन्दिरहरूमा पशु बलि चढाउन प्रतिबन्ध लगाउने प्रस्ताव तयार गरेको छ । बौद्ध धर्मावलम्बीहरूको बाहुल्यता रहेको श्रीलङ्कामा पशुबलि प्रतिबन्ध लगाउन बौद्ध धर्मावलम्बीहरुले दबाब दिएपछि सरकारले प्रतिबन्ध लगाउने प्रस्ताव तयार पारेको हो । सरकारी एक उच्च अधिकारीले सरकारले तयार पारेको नयाँ प्रस्तावका बारेमा बिहीबार जानकारी दिएको समाचारमा जनाइएको छ । सरकारको यो प्रस्तावलाई उदारवादी कतिपय हिन्दू धर्मावलम्बीहरूले पनि समर्थन गरेको र केहीले भने असन्तुष्टि जनाइएको बताइएको छ । हिन्दुमामिला मन्त्रालयले तयार पारेको प्रस्ताव मन्त्रिपरिषद्ले पारित गरी देशभरका केही मन्दिरहरुमा परीक्षण गर्दै लागू गर्दै लैजाने सरकारले जनाएको छ ।…

Read More

बौद्धनाथ र हनुमानढोका जोड्ने गुरुयोजना तयार

दुई हजार दुई सय मिटरको दुरीमा रहेका काठमाडौं महानगरभित्रका दुई विश्व सम्पदा क्षेत्र स्वयम्भूनाथ मन्दिर र हनुमानढोका दरवार क्षेत्रलाई पदयात्राले जोड्नेबारेको गुरुयोजना तयार भएको छ। विश्व सम्पदा दिवस २०१९ को अवसर पारेर बिहीबार हनुमानढोका दरबार क्षेत्रमा पदयात्राको उक्त गुरुयोजना सार्वजनिक गरिने महानगरपालिकाले जनाएको छ। महानगरपालिकाको सम्पदा तथा पर्यटन समितिका संयोजक न्हुच्छेकाजी महर्जनका अनुसार, सम्पदा पदयात्राले उक्त दुरीको क्षेत्रभित्रका स्थानीय सांस्कृतिक सम्पदाहरूको प्रवद्र्धन गर्नेछ। ‘स्थानीय जनताको आर्थिक विकासमा टेवा पुर्‍याउनेदेखि आन्तरिक एवं बाह्य पर्यटनको विकास गर्ने साथै सम्पदाको मूल्यमान्यताबारे जनमानसमा चेतना अभिवृद्धि गर्ने लक्ष्य गुरुयोजनामा छ’, उनले भने। सम्पदा पदयात्राको लम्बाई…

Read More

छैठौ संघनायकको श्रद्धान्जली सभामा सहभागि हुन भिक्षु महासंघको आग्रह

केहि दिन अघि दिवंगत भएका नेपालका छैठौ संघनायक भिक्षु अश्वघोष महास्थवीरको योगदानलाई स्मरण गर्न तथा उनको सुगती सहितको निर्वाणको कामना गर्न श्रद्धान्जली सभा गरिने भएको छ । श्रद्धान्जली सभामा सहभागि भई छैठौ संघनायक भिक्षु अश्वघोषले बुद्धशासनका लागी पुर्याउनु भएको योगदानको स्मरण गर्न र उनलाई श्रद्धान्जली दिन धर्मानुरागीहरुलाई अखिल नेपाल भिक्षु महासंघले आग्रह गरेको छ । श्रद्धान्जली सभा आइतबार दिउँसो २ बजेदेखि भृकुटीमण्डपस्थित राष्ट्रिय सभागृहमा हुने अखिल भिक्षु महासंघका महासचिव भिक्षु कोण्डन्यले जानकारी दिए । भिक्षु अश्वघोष ९३ वर्षको उमेरमा दिवंगत भएका थिए ।

Read More

नेपालको सातौ संघनायकमा भिक्षु ज्ञानपूर्णिक महास्थवीर नियुक्त

भिक्षु अश्वघोष महास्थवीरको निधन पछि रिक्त रहेको संघनायकको पदमा विश्व शान्ति विहारका संस्थापक प्रमुख भिक्षु ज्ञानपूर्णिक महास्थवीरलाई नियुक्त गरिएको छ । भिक्षु ज्ञानपूर्णिक महास्थवीर नेपालको सातौ संघनायक बनेका छन् । भिक्षु संघ समागन भई आइतबार काठमाडौँको मिनभवनस्थित अखिल नेपाल भिक्षु महासंघको प्रधान कार्यालय विश्व शान्ति विहारको प्रसाद सीमागृहमा संघकार्य विधिद्वार संघनायकको पदमा प्रतिष्थापन गरिएको हो । बोधीचर्या विहारका प्रमुख भिक्षु बोधिसेन महास्थवीरलाई संघउपनायक नियुक्त गरिएको छ । संघनायकक प्रतिष्थापन कार्यक्रममा अखिल नेपाल भिक्षु महासंघका अध्यक्ष भिक्षु मैत्री महास्थविर सहित अ.ने.भि.महासंघका धर्मानुशासक, पदाधिकारी एवं सम्बद्ध संघ सदस्यहरु उपस्थित थिए ।

Read More

बुद्धवचन अनुवाद समिति र बि.सि.सि. युकेको सांस्कृतिक कार्यक्रम

नयाँ वर्ष २०७६ को पहिलो सन्ध्यामा बुद्धवचन अनुवाद समिति र बि.सि.सि.युकेको संयुक्त आयोजनामा सांस्कृतिक कार्यक्रम आयोजना गरियो । सम्भोटा तथा संस्कृत लिपिमा रहेको बौद्ध ग्रन्थ प्रज्ञापारमितालाई नेपालीमा अनुवाद गरिरहेको बुद्धवचन अनुवाद समितिले आफ्ना दाताहरु, सहयोगी र शुभचिन्तकलाई सांस्कृतिक कार्यक्रम तथा रात्रीभोजमार्फत सम्मान गर्ने उद्देश्यले उक्त कार्यक्रम आयोजना गरिएको हो । प्रज्ञापारमिता अनुवादमा आर्थिक सहयोग गरिरहेका दाताहरुलाई कार्यक्रममा सम्मान पनि गरियो । कार्यक्रममा बि.सि.सि. युकेले ३ लाख १० हजार रुपैयाँ सहयोग समेत गरेको थियो । कार्यक्रममा बि.सि.सि.युकेका प्रतिनिधि, विभिन्न रिन्पोछे, लामा गुरुहरु उपस्थित थिए । कार्यक्रममा बोल्दै बुद्धवचन अनुवाद समितिका अध्यक्ष…

Read More

लुम्बिनीमा शान्ति सम्मेलन हुने

आगामी वर्ष असोज ४ गतेदेखि ६ गतेसम्म लुम्बिनीमा शान्ति सम्मेलन हुने भएको छ। शान्ति र समझदारीका लागि लुम्बिनी अनुसन्धान केन्द्रको आयोजनामा हुने सम्मेलनका लागि आज काठमाडौं विज्ञहरूबीच छलफल भएको हो। पूर्वराजदूत, प्रधानसेनापति, जनजातिका अगुवाहरू, बौद्ध भिक्षु तथा विभिन्न क्षेत्रका विज्ञहरूबीच भएको छलफलमा संस्थाका महासचिव डा. विनोदकुमार विष्टले सम्मेलनले नेपालको सांस्कृतिक महत्त्व र पर्यटकीय क्षेत्रमा पार्ने प्रभावबारे प्रकाश पारेका थिए। सम्मेलनबारे जानकारी दिँदै महासचिव विष्टले सम्मेलनको अवसरमा विभिन्न मुलुकमा रहेका बौद्धमार्गी र धार्मिक विद्वानहरू लुम्बिनीमा आउने बताए। संस्थाका अध्यक्ष निरन्जनमानसिंह बस्नेतले सम्मेलनले नेपाल सरकारको पर्यटन वर्ष २०२० को लक्ष्य भेटाउन सहयोग…

Read More