बुधबार फागु पूर्णिमाको अवसर पारेर काठमाडौँको चावहिलस्थित चारुमती बुद्ध विहारमा विशेष कार्यक्रम आयोजना गरियो । फागु पूर्णिमाको शुभकामना आदानप्रदान र शान्तिको कामनाा सहित उक्त कार्यक्रममा बुद्ध पूजा, परित्राण, धर्मदेशना र पूण्यानुमोदन लगायतका कार्यक्रम गरिएको थियो । फागुन पूर्णिमाकै दिन सिद्धार्थ गौतमले बुद्धत्व प्राप्त गरिसके पछि पहिलोपटक राजा सुद्धोदनको निमन्त्रणामा राजगृह नगरबाट कपिलवस्तु नगरमा प्रस्थान गरेका थिए । यसकारण पनि फागु पूर्णिमा बौद्ध धर्मावलम्वीका लागि पनि विशेष महत्वपुर्ण रहेको छ ।
Read MoreAuthor: rinpoche
बुद्धले थालनी गरेको सोवा रिग्पा उपचार पद्धतीलाई सरकारले प्रवद्र्धन गर्ने
उपप्रधान एवम् स्वास्थ्य तथा जनसङ्ख्यामन्त्री उपेन्द्र यादवले करिब २६ सय वर्षअघि भगवान गौतम बुद्धले थालनी गर्नुभएको सोवा रिग्पा स्वास्थ्य उपचार पद्धतिलाई मूल उपचार प्रणालीको रुपमा विकसित गर्न सरकार सकारात्मक रहेको बताउनु भएको छ । सोवा रिग्पा एशोसिएसन नेपालका अध्यक्ष आम्ची डा तेन्जीङ धार्के गुरुङ्ग (गुगे) को नेतृत्वमा गएको प्रतिनिधिमण्डलले बुझाएको ज्ञापनपत्र बुझ्दै मन्त्री यादवले होमियोप्याथिक, प्राकृतिक चिकित्सा, योग, अकुपञ्चरजस्तै सोवा रिग्पालाई पनि राज्यले वैकल्पिक तथा पूरक चिकित्सा पद्दतिको रुपमा महत्व दिँदै स्वास्थ्य ऐन २०७५ र विभिन्न स्वास्थ्यसम्बन्धी नीतिहरुमा व्यवस्था गरेको उल्लेख गर्नुभयो । ज्ञापनपत्रमा नेपालको संविधान संशोधन गर्दा धारा ५१…
Read Moreभिक्षु अश्वघोषको स्वास्थ्य सुधारोन्मुख
काठमाडौँ, ५ चैत (रासस) ः थेरवाद बुद्धधर्मका भिक्षु महासङ्घका सङ्घनायक भिक्षु अश्वघोष महास्थवीरको स्वास्थ्यावस्था सुधारोन्मुख बन्दै गएको छ । केही दिनदेखि अचेत भिक्षुले आँखाले हेर्ने, इशारा गर्ने र सामान्य कुरा गर्न थाल्नुभएको अखिल नेपाल भिक्षु महासङ्घका सदस्य भिक्षु तपस्सी धम्मले जानकारी दिनुभयो । उहाँलाई चिकित्सकको विशेष निगरानीमा राखिएको छ । पूर्वसांसद अश्वघोषको मिर्गौला, रक्तचाप, मुटु, कलेजो, पिसाब, निमोनियालगायत समस्याका कारण ग्राण्डी अस्पताल टोखामा करीब दुई सातादेखि उपचार भइरहेको छ । करीब आठ दशकदेखि बुद्धदर्शन र साहित्यको प्रवद्र्धनमा लाग्नुभएका भिक्षु अश्वघोषको उपचारका लागि खर्च सरकारले व्यहोर्ने भएकामा महासङ्घले त्यसको स्वागत गरेको…
Read MoreShort Info of Buddhist Shrine Namo Buddha
Namo Buddha a magnificent Buddhist monastery lies 38 km east of Kathmandu with 1,750 meters. Namo Buddha is one of the most important pilgrim sites in the valley, particularly for Mahayana Buddhists. In one of his previous lives as a prince, it was here that the Buddha gave up his body out of compassion for a starving tigress and her cubs. It has a fantastic story concerned with the Buddha which is commemorated by an ancient stone slab and a Stupa with the all-seeing eyes of Lord Buddha. This holy…
Read Moreगौतम बुद्धको जन्मस्थलको विवाद किन ?
भारतले बेलाबखतमा बुद्धको जन्मस्थानलाई लिएर भ्रामक प्रचार गरिराखेको छ । उसले नेपालको लुम्बिनीसँगको भारतीय सीमानामा नै जोडेर अर्को लुम्बिनी बनाएको छ । बुद्ध भारतीय हुन उनी जन्मिएको भूमि लुम्बिनी भारतमा पर्दछ भनी प्रमाणित गर्नका लागि विद्युतीय सञ्चार माध्यम, बलिउडमा निर्मित चलचित्र, विद्यालयहरुमा पढाइने पाठ्यपुस्तक, साधुसन्तहरुको प्रवचनलाई समेत उपयोग गरेको छ । यद्यपि भारतीय योग गुरु रामदेवले यस्को बिरोध गरेर भनेकाछन कि बुद्ध भारतमा जन्मेका हुन् भन्नु सरासरमहा गल्ती हो बुद्धको जन्म नेपालमै जन्मेका हुन् । उसले बलिउडले बनाएको चाँदनी चौक टु चाइना नामक चलचित्रको मुख्य नायकको मुखबाट नै “लुम्बिनी भारतमा पर्दछ ।” भन्ने सम्बाद ओकल्न लगायो । २०६९ माघ…
Read Moreवज्रयान महाविहारमा लोकेश्वरको मुर्ति स्थापना
लुम्बिनी स्थित नेपाल वज्रयान महाविहारमा विभिन्न वज्रयान अन्तर्गत पूजा गरिने विभिन्न देवदेवीहरुको स्थापना गर्ने क्रममा हालै सहस्रभुज लोकेश्वरको मूर्ति स्थापना गरिएको छ । मूर्ति स्थापना गर्ने क्रममा ३ दिनको विशेष पूजा वज्रधातुमण्डल, प्रतिस्था पूजा र विसर्जन पूजा गरिएको थियो । यसमा पहिलो दिन कलश शोधन, दोस्रो दिन होम गरी मूर्ति प्रतिस्था गरिएको थियो । मूर्ति प्रतिस्था गर्दा दशकर्म पूजा गर्ने गरिन्छ । पूजा समाप्ति पछि गुरुजुले गणचक्र भनि चर्या नृत्य पनि देखाउने गरिन्छ । पूजाको अन्तिम दिन विर्सन पूजा गरेर पहिलो दिन स्थापना गरेको कलशबाट जलधारा बगाउने चलन रहेको छ…
Read Moreविद्यालयमा बौद्ध शिक्षा लागू हुने तयारी
कपिलवस्तु जिल्लामा आगामी शैक्षिक सत्रदेखि बौद्ध शिक्षा लागू गरिने भएको छ । बुद्धले २९ वर्ष बिताएको ठाउँको रुपमा परिचित प्राचीन कपिलवस्तुमा बौद्ध शिक्षा फैलाउन जिल्लाका आधारभूत तहका पाठ्यक्रममा बौद्ध शिक्षा र कपिलवस्तुसम्बन्धी विषयलाई पाठ्यक्रममा उर्ताने गरी अहिले तयारी अगाडि बढेको छ । बुद्धसँग सम्बन्धित ऐतिहासिक, पुरातात्विक र महत्वपूर्ण स्थान रहेकाले विद्यालयमा बौद्ध शिक्षालाई निश्चत पाठ्यभार तोकेर अगाडि लैजाने गरी योजना अघि बढेको शिक्षा विकास तथा समन्वय एकाइ कपिलवस्तुका एकाइ प्रमुख बाबुराम भट्टराईले जानकारी दिनुभयो । पाठ्यक्रममा व्यवस्थ्या भएको स्थानीय विषय रहेकाले जिल्लाका संस्थागत र सामुदायिक विद्यालयमा बौद्ध शिक्षा लागू हुने…
Read Moreसंघनायकको सम्पूर्ण स्वास्थ्योपचार सरकारले गर्ने
अस्वस्थ भई विगत केही दिनदेखि काठमाडौँको ग्राण्डी इन्टरनेशनल अस्पतालमा उपचार गराइरहेका नेपालका संघनायक भिक्षु अश्वघोष महास्थवीरको सम्पुर्ण उपचार खर्च सरकारले व्यहोर्ने भएको छ । काठमाडौँका सांसद कृष्णगोपाल श्रेष्ठले दिएको जानकारी अनुसार स्वास्थ्यलाभ गरिरहेको ९३ वर्षीय भिक्षु अश्वघोषको आजीवन उपचार खर्च समेत सरकारले नै व्यहोर्ने भएको छ । सरकारले संघनायकको आजीवन उपचार खर्च व्यहोर्ने निर्णय गरेकोमा अखिल नेपाल भिक्षु महासंघले धन्यवाद व्यक्त गरेको छ । सरकारले भिक्षुको स्वास्थ्यमा चासो देखाउँदै उपचार खर्च व्यहोरेको यो पहिलो पटक हो । फागुन २९ गते प्रधानमन्त्री केपी शर्मा ओलीले नेपालका ज्येष्ठ संघनायक भिक्षु अश्वघोष महास्थविरको…
Read Moreकदम्पा गुम्बामा शनिबार संघदान सम्पन्न (फोटो फिचर)
संघदान कार्यक्रममा करिब ३ हजार बौद्ध भिक्षुहरु सहभागि थिए । पूजापाठ, विश्वशान्तिको कामना र चराचर जगतको सुखशान्तिको काम सो कार्यक्रममा गरिएको थियो । संघदानमा सहभागि भिक्षुहरुलाई पूजापाठ तथा परित्राण पछि जनही ३ हजारको दरले दान दक्षिण प्रदान गरियो ।
Read Moreकपिलवस्तुका बुद्धकालीन पुरातात्विक क्षेत्रको संरक्षण र विकासमा प्रदेश सरकारले देखायो चासो
प्राचीन कपिलवस्तुका बुद्धकालीन पुरातात्विक क्षेत्रहरुको संरक्षण र विकासका लागि प्रदेश सरकारले विशेष चासो राखेको प्रदेश ५ को मुख्यमन्त्री शंकर पोखरेलले बताएका छन् । मुख्यमन्त्री पोखरेलले शनिबार कपिलवस्तु जिल्लाका पुरातात्विक स्थलहरुको अवलोकन गर्ने क्रममा सञ्चारकर्मीहरुसामु संक्षिप्त प्रतिक्रिया दिँदै प्राचीन कपिलवस्तु क्षेत्र प्रदेश ५ को प्रमुख पर्यटकीय गन्तव्य बन्नसक्ने र यसका लागि प्रदेश सरकारले विशेष नीति तथा कार्यक्रम अघि सारेको बताएका हुन् । मुख्यमन्त्री पोखरेलले शाक्यमुनि बुद्धले ज्ञान प्राप्त गरेपछि पहिलो पटक आफ्ना माता पितालाई भेट गरेको स्थान कुदान, क्रक्छन्द बुद्धको जन्मस्थल गोटिहवा, नेपालकै ठूलो शिवलिंग रहेको ताम्रेश्वर महादेवको मन्दिर लगायतका पुरातात्विक…
Read More





