आज माइतीघर मण्डलाका खादा सम्बन्धी प्रदर्शनी हुने

बौद्ध धर्मावलम्वीले पवित्र वस्तुको रुपमा लिने खादा प्रति केही समययता विभिन्न आक्षेप तथा लान्छाना लगाउने किशिमको कृयाकलाप भइरहेको भन्दै विभिन्न संघसंगठनले आज ११ बजे काठमाडौँको माइतीघर मण्डलामा विरोध प्रदर्शनी गर्ने भएका छन् । हिमाली बौद्ध धर्मावलम्वीहरुका लागि खादा धार्मिक तथा सांस्कृतिक रुपले निकै महत्वपुर्ण भएका कारण कुरै नबुझी सामाजिक सद्भाव भड्काउने किशिमका अभिव्यक्ति वा गतिविधि नगर्न पनि बौद्धमार्गीहरुले अनुरोध गरेका छन् । हिमाली क्षेत्रमा फूल नपाइने भएपछि फूलको विकल्पमा पूजाआजा लगायतका शुभकार्य गर्दा खादाको प्रयोग गरिन थालिएको विश्वास छ ।

Read More

आउँदो बुद्ध जयन्तीमा लुम्बिनीमा रुख रोप्ने अभियान

आउँदै गरेको बुद्ध जयन्तीको अवसरमा बुद्ध जन्मभूमि लुम्बिनीमा बुद्धभूमि लुम्बिनीमा एउटा रुख मेरो नाममा अभियान सञ्चालन गरिने भएको छ । २५६२ औँ बुद्धजयन्तीको अवसर पारेर यो अभियान सञ्चालन गरिन लागिएको हो । आफ्नो नाममा एउटा रुखको विरुवा रोप्न चाहनेले १ हजार रुपैयाँ शुल्क तिर्नु पर्ने व्यवस्था आयोजकले मिलाएको छ ।

Read More

१० करोड वज्रगुरु जप सम्पन्न

नेपाल बुद्ध धर्म सेवा, हिमाली शेर्पा समाज तथा सृजनशील आमा समूहद्वारा विश्व शान्तिको कामना गर्दै काठमाडौँको स्वयम्भूमा श्रद्धेय बौद्ध धर्मगुरु कुंगा रिन्पोछेज्यूको समुपस्थितिमा आयोजना भएको प्रथम बज्रगुरु थ्युङ्गूर २०७५ (दश करोड बज्रगुरु जप) सम्पन्न भएको छ । चैत २ गतेदेखि सुरु भएको बज्रगुरु जप शनिबार समापन भएको हो । बज्रगुरु जप समापनसँगै सोही दिन परेको विश्व मौसम दिवसलाई लक्षित गरेर स्वयम्भू महाचैत्य परिसरमा स्वयम्भू सरसफाई र परिक्रमा कार्यक्रम पनि आयोजना पनि गरिएको थियो ।

Read More

बौैद्ध दर्शन र माध्यम भाषा

✍️ वसन्त महर्जन केही वर्ष अघि नेपाल मण्डलको बौद्ध धर्म सम्वन्धी लोटस रिसर्च सेन्टर द्वारा आयोजित अन्तर्राष्ट्रिय सम्मेलनमा सहभागी भई फर्केका एक मित्रले बाटोमा मसँग आफ्नोे असन्तुष्टि यसरी व्यक्त गरे–सम्मेलन बाट बौद्ध धर्मको विकास हुन्छ÷हुन्न बेग्लै कुरा, नेपाल भाषाको विकास चाहिँ पक्कै हुन्छ होला।’ कुरा बुझ्न गाह्रो भएन। कार्यक्रम संचालनको माध्यम भाषा नेपाली नहुँदा नेपाल भाषा (नेवार)बारे जानकारी नभएका ती सहभागीलाई सकस परेको थियो। नेपाल मण्डलको बौद्ध धर्म–दर्शन भन्नु यस क्षेत्रमा प्रचलित बौद्ध धर्मको एउटा शाखा हो, बज्रयानीे। बज्रयानीमा पनि नेपाल मण्डल भित्र नेवार समाजमा आफ्नै विशिष्टता सहित विकास भएको…

Read More

चन्द्रागिरीमा बुद्ध मुर्ति स्थापना

चन्द्रागिरी नगरपालिका वडा १२ बलम्बु भास्तिपुर अवस्थित एतिहासिक पोखरीमा स्थानीय दाताहरु र अन्य दाताहरुको सहयोगबाट बुद्धको मुर्ती प्रतिस्थापन गरि शुक्रबार अहोरात्री श्रदये भिक्षु महासंघद्रारा परित्राण गरि  आज बिहान बुद्धपुजा , अस्टपरिस्कार, संघदान र भोजनदान गरि उद्घाटन सप्पन्न गरिएको छ ।   उक्त कार्यक्रममा अखिल नेपाल भिक्षु महासंघ अध्यक्ष भिक्षु मैत्री , उपाध्यक्ष धर्ममुर्ती महस्थविर, महासचिव भिक्षु कोन्दन्य भिक्षु संघ र अनागारिका गुरुमा र बिशाल संख्यामा उपासक उपासिकाहरु उपस्थित थिए ।

Read More

सुलक्षण कीर्तिमा बुद्ध पूजा

सुलक्षण कीर्ति विहार कीर्तिपुरमा प्रत्येक महिनाको प्रतिपदाको दिन गरिने बुद्ध पूजा आज सम्पन्न भयो । पूजामा भन्तेहरु सहित दर्जनौ उपासक उपासिकाहरु सहभागि भएका थिए । पूजाकै अवसरमा मंगलसूत्रको विषयमा धर्मदेशना प्रदान दिइएको थियो ।

Read More

शेर्पा गुम्बामा मानी रिल्डुप सम्पन्न (फोटो फिचर)

ओखलढुंगाको किङ्खुर्दिङ गुम्बाका लामाज्यूहरुबाट शुक्रबार काठमाडौँको बौद्धस्थित शेर्पा सेवा केन्द्रमा मानी रिल्डुप पूजा सम्पन्न भएको छ । मानी रिल्डुप पूजाका लागि ४ सय ५० सदस्यीय आयोजक मूल समिति बनाइएको थियो । पूजामा उल्लेख्य मात्रामा धर्मावलम्वीहरु सहभागि थिए । पूजासँगै सम्पर्ण प्राणी जगतको दीर्घायूको कामना पनि गरियो । तस्विर : ल्हाक्पा शेर्पा भिजे

Read More

Swayambhunath Stupa

The Swayambhunath Stupa is one of the crowning glories of Kathmandu Valley architecture. This perfectly proportioned monument rises through a whitewashed dome to a gilded spire, from where four iconic faces of the Buddha stare out across the valley in the cardinal directions. The site was shaken severely by the 2015 earthquake, but the main stupa sustained only superficial damage.   The entire structure of the stupa is deeply symbolic: the white dome represents the earth, while the 13-tiered, tower-like structure at the top symbolises the 13 stages to nirvana.…

Read More

भोली स्वयम्भूमा १० करोड बज्रगुरु जप समापन हुने

नेपाल बुद्ध धर्म सेवा, हिमाली शेर्पा समाज तथा सृजनशील आमा समूहद्वारा विश्व शान्तिको कामना गर्दै काठमाडौँको स्वयम्भूमा श्रद्धेय बौद्ध धर्मगुरु कुंगा रिन्पोछेज्यूको समुपस्थितिमा प्रथम बज्रगुरु थ्युङ्गूर २०७५ (दश करोड बज्रगुरु जप) भइरहेको छ । चैत २ गतेदेखि सुरु भएको बज्रगुरु जप भोली शनिबार समापन हुँदैछ । बज्रगुरु जप समापनसँगै सोही दिन परेको विश्व मौसम दिवसलाई लक्षित गरेर स्वयम्भू महाचैत्य परिसरमा स्वयम्भू सरसफाई र परिक्रमा कार्यक्रम पनि आयोजना गरिने नेपाल बुद्ध धर्म सेवा संघका सभापतिा साङ्बो शेर्पाले बताए ।

Read More

थाइल्याण्डका भिक्षुहरु आइतबार भिक्षाटानमा सहभागि हुँदै

थाइल्याण्डबाट आएका १० भिक्षुहरु आइतबार भिक्षाटान कार्यक्रममा सहभागि हुँदैछन् । आइतबार बिहान ७ बजेर ३० मिनेटमा काठमाडौँको जयबागेश्वरी स्थित जयवागेश्वरी मन्दिरबाट भिक्षुहरुको भिक्षाटान सुरु हुने जानकारी चारुमती बुद्ध विहारका प्रमुख भिक्षु तपस्सी धम्मले जानकारी दिए । भिक्षाटन जयबागेश्वरी मन्दिरबाट सुरु भएर सिफल, कुटुबहिल, पिंगला विहार, लामपोखरी, चावहिल गणेशस्थान बजार, चावहिल चौक हुँदै चारुमती विहारमा पुगेर समापन हुनेछ । सम्पुर्ण उपासक उपासिकाहरुले यसै रुटमार्फत् भिक्षाटान कार्यक्रममा सहभागिता जनाउन सक्ने आयोजक चारुमती बुद्धिष्ट मिसन, नेपालले जानकारी दिएको छ ।

Read More