लमजुङमा सुरु भयो बाह्रौ राष्ट्रिय बौद्ध सम्मेलन

लमजुङको बेसीशहरमा १२ औ राष्ट्रिय बौद्ध सम्मेलन सुरु भएको छ । दुईदिसम्म सञ्चालन हुने सम्मेलनको शनिबार गण्डकी प्रदेशका मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङले उद्घाटन गरेका हुन् । सम्मेलनको उद्घाटन गर्दै मुख्यमन्त्री गुरुङले नेपाल बहुजाति, बहुभाषी, बहुधार्मिक र संस्कृतिले युक्त इन्द्रेणीमय देश भएको बताए । मुख्यमन्त्री गुरुङले भने ुयी सबैको पहिचानबाट नै नेपालको राष्ट्रियताको जग बलियो हुन्छ । जुन मुलुकमा धार्मिक सहिष्णुता छ त्योे मुलुक धनी छ भन्ने बुझ्नुपर्छ । विगतमा धर्मनिरपेक्ष राष्ट्र रहँदा पनि नेपालमा धार्मिक सहिष्णुताले पूर्ण थियो, यतिबेला धर्म निरपेक्षराष्ट्र भएपछि झनै बल मिलेको छ । शान्ती, सुरक्षा र राष्ट्रियताको…

Read More

नेपालका संघमहानायक भिक्षु अश्वघोष महास्थवीरको निधन

नेपालका संघनायक भिक्षु अश्वघोष महास्थवीरको ९३ वर्षको उमेरमा निधन भएको छ । काठमाडौको टोखास्थित ग्राण्डी इन्टरनेशनल अस्पतालमा उपचारको क्रममा शुक्रबार दिउँसो १:३० बजे उनको निधन भएको हो । करिब ३ सातादेखि महास्थवीरको स्वास्थ्य गम्भिर बन्दै गएको थियो । संघनायकको रक्तचाप कम, मृर्गौला र मुटुमा समस्या हुनुका साथै  कलेजोमा पानी जमेको थियो । डेढ महिना अघि झाडा पखालाले सताएपछि उनलाई सुरुमा जमलस्थित ग्रान्डी सिटी अस्पतालमा उपचारका लागि लगिएको थियो । तर उक्त अस्पतालमै उपचार गराइरहँदा भिक्षुको स्वास्थ्य थप जटिल बन्दै गएपछि करिब तीन साता अघि ग्राण्डी अस्पतालमा लगिएको थियो । संघनायकको…

Read More

साँखुका बौद्ध विहारसम्बन्धी पुस्तक सार्वजनिक

अखिल नेपाल भिक्षु महासंघका महासचिव श्रद्धेय कौडण्य महास्थविरले शनिबार प्रा. विद्याकुमारी बज्राचार्यद्वारा लिखित साँखुस्थित बौद्ध विहारहरु एक अध्ययन नामक पुस्तकको विमोचन गरे । कार्यक्रममा प्रमुख अतिथि भिक्षु कौडण्य महास्थविरले साँखु थेरवाद बुद्धधर्मको इतिहासमा महत्वपूर्ण ऐतिहासिक स्थल भएको र यहाँको बौद्ध विहारहरुको महत्वसम्बन्धी  प्रकाश पार्दै सुख शान्तीपूर्वक जीवनयापन गर्नका लागि मानिसले आप्mनो ईन्द्रिय संयम राख्नुपर्ने तथा आहारविहारमा समेत ध्यान पुर्याउनु पर्ने कुरा बताए । साथै प्रा.विद्याकुमारी बज्राचार्यले ७ दशक नाघेको अवस्थामा पनि यसरी शारीरिक र मानसिक रुपमा क्रियाशील भइरहेकोमा अरु महिलालाई पनि प्रेरणा मिलेको दावी गरे । थेरवाद बुद्धिष्ट एकेडेमीका संयोजक…

Read More

‘दे आचार्य गुठी’ सम्पन्न

काठमाडौँका विभिन्न १८ महाविहारसँग आबद्ध बज्राचार्यहरुको दुईदिने बृहत् भेला ‘दे आचार्य गुठी’ आज हनुमानढोकामा सम्पन्न भएको छ । हनुमानढोकाभित्र भएको विशेष कार्यक्रममा श्रीखण्डमूल महाविहारका श्याममान बज्राचार्य र बज्रशील महाविहारका शीलमान बज्राचार्यको अगुवाइमा मामकी र बज्रसत्व पूजा गरिनाका साथै दान प्रदान गरिएको थियो । बज्राचार्य गुरुहरुलाई चामल, चिउरा, पैसालगायत दान गरिएको थियो । बज्रसत्व पूजामा आनन्दमुनि बज्राचार्यले बज्रसत्वको नृत्य तथा राजगुरु मञ्जुश्रीरत्न बज्राचार्यले विशेष पूजा गर्नुभएको थियो । कार्यक्रममा काठमाडौँ महानगरपालिकाका प्रमुख विद्यासुन्दर शाक्यले दे थाय्पा धुपरत्न बज्राचार्यको हातबाट टीका तथा प्रसाद ग्रहण गर्नुभएको थियो । दे आचार्य गुठीको पहिलो दिन…

Read More

लुम्बिनी संरक्षणको मुद्दा सर्वोच्चमा, अशोक पिलर मक्किदै गएकोमा संरक्षणको माग

विश्व सम्पदामा सूचीकृत लुम्बिनी संरक्षण गर्न माग गर्दै सर्वोच्च अदालतमा रिट दर्ता भएको छ । ऐतिहासिक, पुरातात्त्विक क्षेत्रको संरक्षणमा प्रतिकूल असर गर्ने गरी निजी उद्योग दर्ता गरेको र त्यसले यो क्षेत्रमा गम्भीर असर गरेको भन्दै बुधबार रिट दर्ता भएको हो । केही व्यक्तिको स्वार्थपूर्तिको लागि प्रदूषणयुक्त निजी उद्योगलाई स्वीकृति प्रदान गर्नु संविधान, विभिन्न राष्ट्रिय कानुनी व्यवस्था, औद्योगिक प्रवर्द्धन बोर्डको निर्णय तथा अन्तराष्ट्रिय कानुनविपरीतको कार्य हो भन्दै सम्पदा संरक्षण अभियन्ताले रिट दायर गरेका हुन् । प्रधानमन्त्री कार्यालय, उद्योग वाणिज्य तथा आपूर्ति मन्त्रालय, संस्कृति पर्यटन तथा नागरिक उड्ययन मन्त्रालय, वन तथा वातावरण…

Read More

बुद्ध जन्मस्थल लुम्बिनीमा आयोजित अन्तराष्ट्रिय सम्मेलन सम्पन्न

तीन बुँदे लुम्बिनी घोषणापत्र जारी गर्दै बुद्ध जन्मस्थल लुम्बिनीमा आयोजित अन्तर्राष्ट्रिय सम्मेलन आज सम्पन्न भएको छ । दक्षिण एशियामा जातीय र धार्मिक द्वन्द्व न्यूनीकरण गरी शान्ति स्थापनाका लागि प्रयास गर्ने, लुम्बिनीमा अन्तर्राष्ट्रिय शान्ति केन्द्र स्थापनाका लागि सबै देशले सहकार्य गर्ने तथा प्रत्येक वर्ष लुम्बिनीमा अन्तर्राष्ट्रिय शान्ति सम्मेलन गर्ने निर्णय गरी सम्मेलन सम्पन्न भएको हो । सम्मेलनका निर्णय आज लुम्बिनीको मायादेवी मन्दिर परिसरमा दीप प्रज्वलन गरी सार्वजनिक गरिएको सो सम्मेलनका सहसंयोजक सुजिता भट्टराईले जानकारी दिनुभयो । लुम्बिनी विकास कोष, नेपाल सरकार र विनचेस्टर विश्वविद्यालय बेलायतद्वारा संयुक्त रुपमा आयोजना गरिएको ‘दक्षिण एशियामा…

Read More

लुम्बिनीमा अन्तर्राष्ट्रिय सम्मेलन शुरु

लुम्बिनीलाई अन्तर्राष्ट्रिय शान्ति केन्द्रको रुपमा विकास गर्ने उद्देश्यले ‘दक्षिण एशियामा शान्ति र मेलमिलापका लागि धर्म र संस्कृतिको भूमिका’ विषयक दुई दिने अन्तर्राष्ट्रिय सम्मेलन आजदेखि लुम्बिनीमा शुरु भएको छ । नेपाल सरकार, लुम्बिनी विकास कोष, र विनचेस्टर विश्वविद्यालय बेलायतको संयुक्त आयोजनामा शुरु भएको सो सम्मेलनमा बेलायत, क्यानडा, बङ्गलादेश, नेदरल्याण्डस, इन्डोनेसिया, श्रीलङ्का, भारत र नेपाललगायत १५ मुलुकका २४ जना विज्ञले कार्यपत्र प्रस्तुत गर्दैछन् । सम्मेलनमा विभिन्न मुलुकले द्वन्द्व अन्त्यका लागि गरेका प्रयास, धार्मिक तथा साम्प्रदायिक युद्धको समाधानका उपायलगायतका विषयमा छलफल हुनेछ । सम्मेलनमा ‘शान्ति स्थापनामा बुद्ध धर्मको महत्व’ विषयमा केन्ट विश्वविद्यालयका प्रा…

Read More

थाइल्याण्डका भिक्षु भिक्षाटानका लागि काठमाडौँमा

थाइल्याण्डको धम्मकाय फाउण्डेसनका श्रद्धेय भिक्षुहरु आइतबार काठमाडौँको चावहिल जयवागेश्वरी परिसरमा भिक्षाटानमा सहभागि भएका छन् । विहानैदेखि सुरु भएको भिक्षाटन जयवागेश्वरी मन्दिरबाट सुरु भई सिफल, कुटुबहिल, पिंगला विहार, लामपोखरी, चावहिल गणेशस्थान बजार, चावहिल चौक हुँदै चारुमती विहारमा पुगेर समापन भएको थियो । भिक्षाटानमा सहभागि भएका थाइल्याण्डका १० भिक्षुहरुलाई स्थानीय उपासक उपासिकाले भिक्षादान गरेको चारुमती बुद्धिष्ट मिसनका तर्फबाट भिक्षु तपस्सी धम्मले जानकारी दिए । भिक्षाटान पश्चात भिक्षुहरुले ऐतिहासिक चारुमती (धन्दो) स्तुप अवलोकन गरी चावहिल निवासी रामप्रसाद डंगोलको घरमा भोजनदान तथा परित्राण पाठ गरेका थिए । तस्विर सौजन्य : भिक्षु तपस्सी धम्म

Read More

खादाको दुष्प्रचार गरेको भन्दै माइतीघर मण्डलामा विरोध जुलुस

बौद्ध धर्मावलम्वीले पवित्र वस्तुको रुपमा लिने खादा प्रति केही समययता विभिन्न आक्षेप तथा लान्छाना लगाउने किशिमको कृयाकलाप भइरहेको भन्दै विभिन्न संघसंगठनले आज ११ बजे काठमाडौँको माइतीघर मण्डलामा विरोध प्रदर्शनी गर्ने गरेका छन् । हिमाली बौद्ध धर्मावलम्वीहरुका लागि खादा धार्मिक तथा सांस्कृतिक रुपले निकै महत्वपुर्ण भएका कारण कुरै नबुझी सामाजिक सद्भाव भड्काउने किशिमका अभिव्यक्ति वा गतिविधि नगर्न पनि बौद्धमार्गीहरुले अनुरोध गरेका छन् । केही दिन अघि नेकपा नेता खगराज अधिकारीले खादा फ्रि तिब्बत बिरोधी नारा लेखिएको हुने आक्षेप लगाएदेखि बौद्धमार्गीहरु आक्रोशित बनेका हुन् ।   समय समयमा आउने यस्ता खादा विरोधी…

Read More