तेन्जिन शेर्पाको ओखलढुंगा जिल्लाको खिजीदेम्बा गाउँपालिका २ रगनीमा २०६५ साल असोज १३ गते जन्म भएको हो । उनका बुबा आङनिमा शेर्पा र आमा दाटी शेर्पा हुन् । उनि ५ वर्ष देखि दक्षिण भारतको नाम्ड्रोल लिङ गुम्बामा अध्ययन गरिरहेका छन् ।
आफन्तका अनुसार बाल्यकालमै उनले आफु नोर्बु लामाको पुुनर्जन्म पाएको बताएका थिए । पछि लामा पढ्न थालेका उनले बौद्धिक मान्यता अनुसार पुुनर्जन्म पाएको पुष्टि गरेका छन् । अघिल्लो जन्ममा भए गरेका सबै काम र योजनाबारे बताएपछि उनलाई अवतारी भएको औपचारिक मान्यता दिदै बुधबार गद्दी आरोहण गराईएको छ ।
अन्य समुदाय र धर्मावलम्वीलाई अनौठो र नौलो लागे पछि महायानी बौद्ध परमपरामा यो परम्परागतरुपमा चलि आएको बौद्ध संस्कार भएको थोलेदेम्बा शेर्पा किदुकका अध्यक्ष डेण्डी शेर्पाले बताए ।
पूनर्जन्म पाएको सबै प्रमाण जुटिसके पछि उनलाई गद्दी आरोहण गराइएको र औपचारिक मान्यता दिलाउने तयारी भइरहेको पनि शेर्पाको भनाई छ ।